ABN TV

ABN TV ABN TV is a 24/7 News and Entertainment Satellite TV channel.
(50)

शिरडीसा सुब्बाले रचिन् सेक्सोफोनमा इतिहास ABN TV बिजनबारी निवासी युवा साहित्यकार एवं पत्रकार निमेष सुब्बा सिकारु अनि चन्...
09/05/2024

शिरडीसा सुब्बाले रचिन् सेक्सोफोनमा इतिहास
ABN TV
बिजनबारी निवासी युवा साहित्यकार एवं पत्रकार निमेष सुब्बा सिकारु अनि चन्द्रीका प्रधानकी एकमात्र सुपुत्री शिरडीसा सुब्बाले सबैभन्दा कम उमेरका सेक्सोफोन वाद्यकको रुपमा ईन्डिया बुक रिकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएकी छिन्। उनले यो रिकर्ड ११ वर्ष ७ महिना १५ को उमेरमा कायम गरेकी हुन्।

शिरडीसा सुब्बाले बाल्यकालदेखि नै खण्ड देखि जिल्ला स्तरीय सम्म नृत्य, आवृति प्रतियोगितातिर अंशग्रहण गर्दै थुप्रै पुरस्कारहरु आफ्नो नाममा गरिसकेकी छिन् भने उनी सानैदेखि सांस्कृतिक क्षेत्रहरूमा पनि सक्रिय थिइन्।

ईन्डिया बुक अफ रिकर्ड २०२४ मा आफ्नो नाम अंकित गर्न सफल शिरडीसा सुब्बा सम्भवतः विश्वभरमा नै पहिलो नेपाली भाषी भारतीय गोर्खा बाल कलाकार हुनसक्ने स्रोतहरुबाट जान्नमा आएको छ।

ईन्डिया बुक अफ रिकर्डमा आफ्नो नाम दर्ता भएकोमा हर्षित बन्दै यसको श्रेय आफ्नो संगीत प्रशिक्षक पुलबजार निवासी भारतीय गोर्खा सैनिकका भुतपुर्व अनरेरी कप्तान श्री टी०बी० गुरुङ, आफ्नो अभिभावक अनि आफुमाथि विश्वास गरेर मञ्च दिई हौसला प्रदान गर्ने शुभचिन्तकवहरुलाई दिएकी छिन्। हाल शिरडीसा सुब्बाले विद्या ज्योती एकादमी बिजनबारीको सातौं श्रेणीमा अध्ययनरत छिन्।

25 families resigned from SKM and joined SDF in presence of Candidate Meeyong Gyatso Bhutia along with Shri Thutop Bhuti...
09/04/2024

25 families resigned from SKM and joined SDF in presence of Candidate Meeyong Gyatso Bhutia along with Shri Thutop Bhutia Advisor, Tashi Gyatso Bhutia Vice President Incharge West Sikkim, Shri Melan Gurung CLEC President and other Party functionaries of Yuksom Tashiding constituency in West Sikkim Sikkim Democratic Front (SDF) ABN TV Pawan Chamling Youth connect

09/04/2024

SDF party would like to assure all government employees that your vote is highly confidential, maintained by the Election Commission of India. One should not believe the false rumours and threats of SKM party. This is the most important vote of our life time where the fate of Sikkim will be decided. Thus we kindly request all government employees to vote wisely and be assured in our Central Government's capability to carry out elections fairly. In this regard, SDF Party VP, Dr Bina Basnett presents a crucial video message.
ABN TV Youth connect Sikkim Democratic Front (SDF)

08/04/2024

Press Release Sikkim Democratic Front (SDF)

SDF candidate from Soreng Chakung, Dr. AD S***a and campaign team, were attacked by Adiya Golay’s gang

The peaceful door to door campaign of Dr. AD S***a at Chota Samdung GPU, Soreng-Chakung, was attacked by Aditya Golay’s goons. The leader of the gang was Ashman S***a, CA of PS Golay and Pramod Tamang who ordered their youths to attack Dr. AD S***a. Many elderly and women were injured in this grievous attack all of which was recorded on camera. Mr. IB Subbea, a senior citizen, from Timburbung was seriously injured in the attack and is currently hospitalised at Soreng.

This is a direct attempt of SKM party to eliminate opposition candidates and thus murder democracy. In response to this SDF party approached the police to file an FIR which was rejected by the Soreng Police Station citing that it was not under their jurisdiction.

Such blatant violations of rule of law has made it clear that there is complete dictatorship in Sikkim where the elderly and women are attacked openly and without consequence. SDF party is fighting for the right to democracy and to free the people from this constant fear.

Ram Bhandari
Spoekesperson, West Sikkim
SDF.
08.04.2024
ABN TV Youth connect Pawan Chamling

BJP MP Candidate Shri Dinesh Chandra Nepal visited Geyzing Bernyak constituency today and had an exchange of ideas as we...
08/04/2024

BJP MP Candidate Shri Dinesh Chandra Nepal visited Geyzing Bernyak constituency today and had an exchange of ideas as well as discussion of various issues with the local community. He was accompanied by BJP Candidate from Geyzing Bernyak Constituency Shri Bharat Dulal, Senior member of the party Shri NB Khatiwara, Loksabha Vistarak Shri Yap Tshering Bhutia alongwith party functionaries & Karyakartas. Shri Nepal also participated in a door-to-door campaign in Geyzing Bazar.
The general public is now becoming aware against the growing political violence, corruption, nepotism and other distortions in the state. Now Sikkimese people are moving forward on the path of peace and development and Bharatiya Janata Party is the only capable and reliable political alternative, which can ensure the safety, security and development of people of Sikkim.
BJP Sikkim BJP INDIA ABN TV

भाजपा कार्यकर्ताको घरमा झण्डा लगाएको आरोपमा एसकेएस कार्यकर्ताहरूले गरे हमलानयाँ बजार पुलिसले चार आरोपिलाई लियो हिरासतमाB...
04/04/2024

भाजपा कार्यकर्ताको घरमा झण्डा लगाएको आरोपमा एसकेएस कार्यकर्ताहरूले गरे हमला
नयाँ बजार पुलिसले चार आरोपिलाई लियो हिरासतमा
BJP INDIA BJP Sikkim ABN TV
गान्तोक, 04 अप्रेलः सिक्किममा राजमनीतिक हमलाहुने क्रम निरन्तर जारी रहेको छ। यस्तै अर्को राजनीतिक उद्देश्यले प्रेरित हमला हिजो मध्यरात्री पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत सवाली गाऊँमा भारतीय जनता पार्टीका कर्मठ कार्यकर्ता माथि उनकै घरमा प्राणधातक हमला भएको जानकारी प्राप्त भएको छ। पीडितको अवस्था गम्भिर रहेको परिवारले जनाएको छ।
पीडित सुमन राई माथि भएको घटनालाई लिएर नयाँ बजार पुलिस थानामा एक प्राथनमिकी दर्ता गरिएको छ। घटनामा सिक्किम क्रान्तिकारी मार्चा पार्टीका सक्रिय कार्यकर्ताहरू क्रमशः प्रवेश क्षेत्री, संगम राई, मिङ्मा राई उर्फ थम्बे अनि नितेश क्षेत्री संलग्न गरेको प्राथमिकीमा जनाइएको छ।
भारतीय जनता पार्टीका प्रत्याशी पहलमान कामीले उक्त घटनाको कडा शब्दमा भत्सना गर्दै सत्तारूढ पार्टीको उम्मेदवार मदन सिञ्चुरीबाट नै प्रायोजित हमला भएको भन्दै घटनामा संलग्न रहेका सबै एसकेएम पार्टीका सक्रिय कार्यकर्ता रहेको आरोप लगाए।
उनले क्रान्तिकारी मार्चा पार्टीले हिंसाका राजनीति गरिरहेको र त्यस्ता हिस्रंक गतिविधिले सिक्किमलाई भलो नहुने तथा सिक्किममा चुनाउ शान्ति प्रिय ढङ्गमा नहोस् भन्ने हेतुले डरको संत्रास फैलाउन सो हमला गरिएको पनि आरोप लगाए। घाइते बनेका सुमन राई अहिले नाम्ची अस्पतालमा उपचाराधिन रहेको पनि जानकारी दिएको ।
पीडित राईका पिताले भारतीय जनता पार्टीमा सामेल भएको अनि घरमा झण्डा लगाएको भन्दै राती हमला गरिएको पनि भाजपा उम्मेदवार कामीले आरोप लगाएका छन्।
अर्को पटि नयाँ बजार पुलिसले चारजना आरोपीहरू विरूद्ध भारतीय दण्ड संहिताको 325/34 अन्गर्गत मामिला दर्ता गरी पक्राउ गरिएको जानकारी दिएको छ।

सिक्किम डेमोक्रेटिक फ्रण्ट32 औ स्थापना दिवस4 मार्च,2024सन्देशYouth connect Sikkim Democratic Front (SDF) Pawan Chamling ...
04/03/2024

सिक्किम डेमोक्रेटिक फ्रण्ट
32 औ स्थापना दिवस
4 मार्च,2024
सन्देश
Youth connect Sikkim Democratic Front (SDF) Pawan Chamling ABN TV
सिक्किममा प्रजातन्त्र, न्याय, समानता, सद्भावना अनि सुख-शान्तिको प्रतीक नै बनेको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) -को तीनरङ्गे झण्डा सगर्व फर्फराइरहेको छ। माथि आकाशे निलो, मध्यमा पहेंलो र तल्लोपट्टि रक्तिम रातो रङ्गले बनिएको झण्डा अनि चुनाउको प्रतीकस्वरूप छाताको चिन्ह विगत 32 वर्षदेखि सिक्किमे जनताको आशा, भरोसा र सुरक्षाको प्रतीक बनेको छ।

आज 4 मार्च, 2024। सिक्किम डेमोक्रेटिक फ्रण्टको बतीसौं स्थापना दिवस। सिक्किमको इतिहासमा मेहनती अनि न्यायप्रेमी जनताको विजय यात्रा र सिक्किम नवनिर्माणको थालनीको दिन। यसै दिन एसडीएफ पार्टीको झण्डामुनि गोलबद्ध भएर महान् सिक्किमेली जनताले शान्ति, प्रगति, सुरक्षा, समानताको सुखद जीवनयात्रामा अग्रसर हुने अवसर प्राप्त गरेका थिए। एसडीएफ पार्टीको सरकारमा नै सिक्किम देशको सर्वश्रेष्ठ राज्यको रूपमा दरिएको थियो र विश्वतमा हाम्रो राज्यको पहिचान भएको थियो। सिक्किमको भौतिक संरचना अनि जनताको जीवनमा सुख, शान्ति, समृद्धि र सुरक्षामा आमूल परिवर्तन ल्याउने एसडीएफ पार्टी हो। आज यसै पार्टीको स्थापना दिवस, सिक्किमे जनताको निम्ति सबैभन्दा सुखद पल भएर आएको छ।
आज सिक्किम जस्तो छ, त्यो हामी सबैले देखेका छौं, जानेका छौं। आज देखिने सिक्किम र विश्वकभरि चर्चित सिक्किम हाम्रै एसडीएफ पार्टीको सरकारकालमा बनेको हो भन्ने सबैलाई थाहा छ। त्योभन्दा पहिला सिक्किमलाई देशका मानिसहरूले पनि चिन्दैन थिए। त्यतिखेर सिक्किम भौगोलिक रूपमा भू-परिवेष्ठित राज्य मात्र नभएर देशमा अलग-थलग परेको राज्य थियो, कसैले चिन्दैनथियो, कसैले जान्दैनथियो।
अप्रजातन्त्रिक परिवेश रहेको त्यस समयमा साँचो प्रजातान्त्रिक विचार भएको पार्टी गठन गर्नु, पार्टीको प्रचार-प्रसारको काम गर्नु ठूलो हिम्मतको काम थियो। जनसभा गर्न नपाउने, प्रशासनले अनुमति नदिने, गाड़ी नपाउने, विपक्षी पार्टीको मिटिङ भनेपछि कुनै पनि किसिमको खाना-पिना, चिया-पानी नदिनू भन्ने माथिबाट आदेश भएकोले बजारेहरू पनि एसडीएफ पार्टीलाई सहयोग नगर्ने। 18 अप्रेल, 1993 -मा जोरथाङमा सम्पन्न भएको एसडीएफ पार्टीको पहिलो जनसभाको लागि कसैले गाड़ी नदिएकोले 90 प्रतिशत जनता पैदल हिँड़ेर जनसभामा आएका थिए र पैदलै फर्किएका थिए। यसरी 4 मार्च, 1993 -मा हाम्रो एसडीएफ पार्टी गठन भएको समयदेखि नै सरकारको तर्फबाट नराम्रो बाधा-अवरोध पार्टीले खप्नपरेको थियो।

आज पनि अवस्था ठीक त्यस्तै छ। आज सिक्किममा प्रजातन्त्रको हत्या भएको छ। हाम्रा पार्टीका नेता र कार्यकर्ताहरूमाथि बारम्बार आक्रमण भइरहेका छन्। जनतालाई भय र त्रास देखाएर एसडीएफको सभामा नजान दिनका लागि विभिन्न किसिमका बाधा उत्पन्न गर्ने कोशिष भइरहेको छ। परिवर्तनको नारामा आएको सरकारले सिक्किमको मान, सम्मान र अस्तित्व, विशेष पहिचान, विशेष अधिकार सबै हनन गरेर आफ्नो तानाशाही हुकुमत सञ्चालन गरिरहेको छ। आज सिक्किमका जनता उन्मुक्तिको खोजीमा छन्। जनताले एसडीएफ पार्टीमाथि ठुलो आशा र विश्वा स गरेका छन्। सिक्किमको गुमेको प्रतिष्ठा, अस्तित्व र विशेष पहिचान फर्काउनका लागि एसडीएफ पार्टीले �सिक्किम बचाऔँ अभियान’ मार्फत जनताप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ, प्रण गरेको छ।

हाम्रो एसडीएफ पार्टी सामुहिक नेतृत्वमा विश्वा स राख्दछ। नयाँ युगका विभिन्न चुनौतीहरूको सामना गर्न सक्ने युवा जनशक्तिको निर्माण गर्न अनेकौं युवामुखी कार्यक्रम र योजना लिएर एसडीएफको नवीन, परिमार्जित एवम् परिष्कृत संस्करणका रूपमा एसडीएफ 2.0 को उदय भएको छ। एसडीएफ 2.0 को लक्ष्य सिक्किमका नयाँ पुस्ताका लागि सुरक्षित अनि अवसरहरूले परिपूर्ण सिक्किमको निर्माण गरेर सबल र सक्षम युवाहरूको हातमा सिक्किम हस्तान्तरण गर्नु हो। यसैले हामी सगौरव भन्नसक्छौं, एसडीएफ 2.0 युवाहरूको सपना र विपनालाई साकार रूप दिने संस्थान हो।
आजको विकट परिस्थितिमा पनि हामीले सभाहरू आयोजन गर्ने कामलाई जारी राखेका छौं। हामी आजको अराजक स्थितिबाट सिक्किमे जनतालाई मुक्ति दिन प्रतिबद्ध छौं।

आज हाम्रा पार्टीका वरिष्ठ नेता एवम् पूर्व विधानसभा अध्यक्ष श्री केएन राईमाथि सत्ताधारी पार्टीले गरेको प्राणघातक आक्रमणले हामी अति मर्माहत बनेका छौं। हामी दुःखी छौं। यस समय हामी सम्पूर्ण सिक्किमेली जनतामा श्री केएन राईज्युको शिघ्र स्वास्थ्य लाभका लागि ईश्वमरसित प्रार्थना गर्न सविनय आग्रह गर्न चाहन्छौं।

4 मार्च मेहनती, न्यायप्रेमी सिक्किमेली युवा तथा जनताको विजयको पर्व हो। यस ऐतिहासिक आवसरमा सम्पूर्ण सिक्किमेली जनतामा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछु। न्याय र लोकतन्त्रको रक्षा अनि सिक्किम बचाउन सम्पूर्ण सिक्किमेली जनतालाई दृढताका साथ अघि आउन आग्रह गर्न चाहन्छौं।

4 मार्च, 1993 -देखि नै सिक्किमेली जनताको जीवनमा सुखद परिवर्तनहरूको थालनी भएको हो। जनताको विश्वानस, आस्था र भरोसालाई एसडीएफले सदैव कायम राखेको छ, राख्नेछ। यस 4 मार्चमा हामी सिक्किमे जनताको जीत र हितको रक्षा अनि सिक्किमको गुमेको प्रतिष्ठा फर्काउनका लागि अविराम सङ्घर्ष र काम गर्ने प्रतिबद्धता जनाउन चाहन्छौं।

आऔँ सिक्किम बचाऔँ
जय सिक्किम, जय सिक्किमे जनता।

पवन चामलिङ
अध्यक्ष
सिक्किम डेमोक्रेटिक फ्रण्ट

Sikkim Cricket Association inaugurates Lt Vinod Pradhan Memorial TournamentThe inaugural edition of ‘Lt Vinod Pradhan Me...
03/03/2024

Sikkim Cricket Association inaugurates Lt Vinod Pradhan Memorial Tournament

The inaugural edition of ‘Lt Vinod Pradhan Memorial Tournament’ kicked off today at the Sikkim Cricket Ground at Mining. The T20 tournament is organized by Sikkim Cricket Association as a tribute to late Vinod Pradhan, former President of Sikkim Cricket Association.

The tournament features the top-eight teams in the State, namely, Alpine Sporting Club, Black Eagles (SAP), Cricket Association of Tathangchen, Irises Cricket Club, Jorethang Brothers Cricket Club, Pakyong XI, Royal Daragaon Cricket Club, and Royal North Brothers.

Each team will engage in three matches in the group stage, employing a round-robin format. The top two teams from each group will advance to the semi-finals, leading to a total of 15 matches, including the final showdown.

Mr. Vinod Pradhan’s contributions to cricket in Sikkim serve as the cornerstone of this tournament.

Mr. Pradhan's led Sikkim Cricket Association as its President from 1994-95 until his demise in 2002. Under his stewardship, Sikkim cricket achieved remarkable milestones, including hosting prestigious national tournaments like Vijay Merchant Trophy, Cooch Behar Trophy, and Col CL Nayudu Trophy in 1996-97.

Beyond his administrative role, Mr. Pradhan was a passionate cricketer, often likened to the legendary Australian fast bowler Dennis Lillee. He played a pivotal role in expanding cricket beyond East Sikkim, particularly in South Sikkim, where he founded the Cricket Association of Namchi.

The establishment of Mining Ground as the home ground for cricket in Sikkim owes much to his visionary leadership and tireless efforts.

In commemoration of Mr. Pradhan's enduring legacy, the Sikkim Cricket Association is honoured to initiate the Lt Vinod Pradhan Memorial Trophy. The tournament not only celebrates his contributions but also provides a platform for local cricketers to showcase their talent and passion for the sport.

The Pradhan family has extended heartfelt gratitude to Sikkim Cricket Association for organizing this tournament in his honour.

Dr. Sumita Pradhan, his wife, expressed: “Though my late husband wore many hats, his passion for cricket was unparalleled. Playing cricket from his school days to his role as a cricket administrator, cricket was his true love. Even his health challenges could not stop him from getting engaged in cricket activities. He was always deeply involved.”

Mrs Pradhan was the Chief Guest for the opening day.

His elder brother, Mani Pradhan, remarked: “This has come like an ornament to the family. We are very thankful to Sikkim Cricket Association. We recognise the importance of sports alongside education in today’s world. It should be embraced by all.”

Opening day results:

Pakyong XI faced Royal North Brothers in the opening match. After winning the toss and deciding to bat first, Pakyong XI posted 149 for the loss of 6 wickets in 20 overs. Pakyong XI then restricted Royal North Brothers to 117/9 in 20 overs to win the match by 32 runs. Roshan Kumar of Pakyong XI was named the Player of the Match.

In the second match, Alpine Sporting Club defeated Cricket Association of Tathangchen. Opting to bat first, Cricket Association of Tathangchen scored 109 for 7 in 20 overs. Alpine Sporting Club scored 111/6 in 17.3 overs to win the match by four wickets.

Visit the link for scorecard:

https://cricheroes.com/state/64/sikkim-cricket-association/home

03/03/2024

सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)को 32औँ स्थापना दिवसमा एसडीएफ अध्यक्ष पवन चामलिङको सिक्किमे जनतालाई शुभकामना र प्रतिबद्धता
Youth connect Sikkim Democratic Front (SDF) Pawan Chamling

कवि प्रवीण खालिङको नयाँ किताब *चिया गफ* बजारमा उपलब्ध छ।Home Delivery available all over India Order Now https://wa.me/p...
13/01/2024

कवि प्रवीण खालिङको नयाँ किताब *चिया गफ* बजारमा उपलब्ध छ।
Home Delivery available all over India

Order Now
https://wa.me/p/7706015939426867/919883059670

निबन्ध · ₹250.00

20/11/2023

PRESS MEET OF T'NITES ALUMINI ASSOCIATION

22/09/2023

#जन्मदिनकोशुभकामना Youth connect Sikkim Democratic Front (SDF)

 #जन्मदिनकोशुभकामना     ABN TV Sikkim Democratic Front (SDF) Youth connect Pawan Chamling
21/09/2023

#जन्मदिनकोशुभकामना ABN TV Sikkim Democratic Front (SDF) Youth connect Pawan Chamling

09/09/2023

चिया कविताको जिल्लामा कविता-2 सम्पन्न 31 जना कविले गरे कविता पाठ

गान्तोक, 9 सेप्टेम्बर। चिया कविता, सिक्किमको आयोजनमा पाकिम जिल्ला प्रशासन केन्द्रको सहयोगमा आयोजन हुँदै आएको जिल्लामा कविता कार्यक्रमको दोस्रो श्रृङ्खला शुक्रबार रिनाक कलेज परिसरमा भव्यताको साथमा सम्पन्न भयो।
सर्कल क्याफेमा आयोजित कार्यक्रममा कवि तथा जिल्लापाल टासी छोपेल,बीडीओ रिनाक आरके गुरुङ, कवि प्रवीण राई जुमेली, कवि अमर बानियाँ लोहोरो, कवि सुधा एम राई, कवि डिल्ली प्रसाद अधिकारी, अम्बर लाछिकाठीको विशेष उपस्थिति रहेको थियो।
जिल्लामा कविता कार्यक्रममा पर्यवेक्षकको रूपमा नरबादुर भण्डारी डिग्री कलेजका प्राध्यपक डॉ. टेक बहादुर छेत्रीको उपस्थिति रहेको थियो। रिनाक कलेज, नरबादुर भण्डारी डिग्री कलेज, सिक्किम सिक्किम विश्वविद्यालय, बियाड युवा साहित्य संस्थान र दार्जीलिङका 31 जना कविले कविता वाचन गरेका थिए।

पर्यवेक्षक छेत्रीले अहिले लेखिँदै गरेको कविताको विषयमा पर्यवेक्षकीय मन्तव्य राखे भने आज पठित कविताहरूमाथि पनि टिप्पणी गरेका थिए। उनले विद्यार्थी कविहरूलाई कविता लेखनको धार समात्ने तरिका र चल्ती लेखन शैलीबारे पनि अवगत गराए।
तीन तरेलीका कविहरूको उपस्थिति रहेको यो कार्यक्रम चिया कविता सिक्किमले आयोजन गर्दै आएको अनौपचारिक कार्यक्रमहरूमा विशेष भव्यताको साथ सम्पन्न भएको थियो।

कार्यक्रममा कवि टासी छोपेलले स्वागत गर्दै जिल्लामा विभिन्न ठाउँमा यसप्रकारको कार्यक्रम आयोजन गर्नुको उद्देश्य स्थानीय प्रतिभाहरूलाई मूल धारका साहित्यकारहरूसित एकाकार गराएर प्रोत्साहित गर्नु रहेको बताए। चिया कविताले गर्दै आएको परम्परागत ढाँचा बाहिरको कार्यक्रमलाई जिल्लाको अरू ठाउँमा पनि आयोजन गर्ने जिल्ला प्रशासनको सोच रहेको बताए।

कार्यक्रममा रिनाक सरकारी महाविद्यालयका विद्यार्थी, मामरिङ विद्यालयका विद्यार्थी, बियाड़ युवा साहित्यक संस्थाका कविहरू लगायत गान्तोकबाट गएका कविहरूले कविता सुनाए। यसैक्रममा राष्ट्रिय कविता प्रतियोगिता 2023 के प्रथम उपबिजेता सुरज शर्मा, राज्यस्तरीय विद्यार्थी कविता प्रतियोगिता 2023 का विजेता सबिना राईले कविता सुनाएका थिए।
कार्यक्रममा 31 जना कविहरूले कविता वाचन गरेका थिए। जसमा कवि सुधा एम राई, मणिका शर्मा, दावा योञ्जन, नरबाहादुर घिमिरे, युवा बराल, पवन बाहुन, प्रितम दुलाल, जगन दाहाल, रेखा शर्मा, पुजा शर्मा, डिल्ली प्रसाद अधिकारी, टासी छोपेल, भीम रावत, दीपा राई, निर कमल दाहाल, प्रवीण खालिङ, पवल लेप्चा, अञ्जना शर्मा, अनिता प्रधान, अनुजा छेत्री, मलिका काफ्ले, सारदा बस्नेत, आकाश प्रधान, मिणा अधिकारी, प्रभात बस्नेत, सुमिरन शर्मा, प्रभाष प्रधानले नेपाली र अङ्ग्रेजी भाषाका कविता सुनाएका थिए। यसैगरि अनुवाद कविता पनि पठन गरिएको थियो।
चिया कविता सिक्किमका संयोजक प्रवीण खालिङले सञ्चालन गरेको जिल्लामा कविता कार्यक्रममा वण्डरिङ सोलका संस्थापक प्रणय खतिवडा र उनका सदस्य दलले स्थानीय आयोजकको भूमिका निर्वाह गरेका थिए।

शशिप्रभा स्मृति पुरस्कारको निम्ति श्रेष्ठ दस पुस्तकको घोषणासाहित्यिक पुरस्कारले पठन संस्कृतिमा पनि प्रभाव पार्न जरूरीः ह...
23/08/2023

शशिप्रभा स्मृति पुरस्कारको निम्ति श्रेष्ठ दस पुस्तकको घोषणा
साहित्यिक पुरस्कारले पठन संस्कृतिमा पनि प्रभाव पार्न जरूरीः हाम्रो किताब घर
ABN TV Hamro Kitab Ghar हाम्रो किताब घर
#कालेबुङः हाम्रो किताब घर- मार्फत् राष्ट्रव्यापी रूपमा प्रदान गर्दै आएको शशिप्रभा स्मृति पुरस्कार 2023 को निम्ति श्रेष्ठ दस पुस्तकको घोषणा आज गरिएको छ। पहिलो चरणमा रहेका ज्युरीहरूको छनौटमा रहेका दस पुस्तकमा उपन्यासदेखि कथासम्म अनि कवितादेखि समालोचनासम्म परेका छन्।
सन् 2020 देखि भारतमै पहिलोचोटि घर घर पुस्तक पुर्याउने अभियान सुरू गर्ने किताब घरले अघिल्लो वर्षदेखि साहित्यिक पुरस्कार पनि प्रदान गर्दै आइरहेको छ। साहित्यिक पुरस्कारले पठन संस्कृतिको विकासमा पनि प्रभाव पार्न जरूरी रहेको बताउँदै किताब घरले श्रेष्ठ दस पुस्तकको पनि सार्वजनिक गर्ने गरेको छ। सोही अनुरूप यसचोटि छनौटमा परेका किताबहरूमा अस्ताचलको क्षितिज र समीक्षा कतिपय (समालोचना) हस्त नेचाली, आदिम भोक (कविता सङ्ग्रह ) द्वारिका छेत्री,दार्जीलिङ VERSUS दार्जीलिङ (उपन्यास) विशाल विश्वकर्म, नुनको चिया (अनुवाद) मुल लेखक बिमल लामा/ अनुवादक शमीक चक्रवर्ती, पृथिवीका सुस्केराहरू (पर्या कथा सङ्ग्रह) डा. देवेन सापकोटा, परिवर्तित अनुहार (उपन्यास) रिना सुब्बा, बजार भर्नाबारी (कथा सङ्ग्रह) प्रकाश हाङखिम, महुवा (उपन्यास) पवित्रा लामा, राजा बिनाको देश (कथा सङ्ग्रह) आदर्श मिलन र स्फुट स्वरहरू (कविता सङ्ग्रह) सुभद्रा बम्जन परेका छन्। यी मध्ये एक पुस्तकले यसवर्षको शशिप्रभा स्मृति पुरस्कार प्राप्त गर्नेछन् भने जसलाई एक समोराहबीच प्रशस्ति पत्रसहित नगद पचास हजार रूपियाँ प्रदान गरिनेछ।
सितम्बर महीनामा ज्युरीहरूले विजैताको नाम तय गर्ने जनाउँदै हाम्रो किताब घरका संयोजक छेवाङ योञ्जनले भने, ‘कुनै पनि साहित्यिक पुरस्कार लबी मुक्त हुनुपर्छ भन्ने हाम्रो सोंच हो। लेखक भन्दा धेर उनको सिर्जनाले कुनै पनि साहित्यिक पुरस्कार पाउनु जरूरी हो जस्तो लाग्छ। यस्तो भइदिए पठन संस्कृतिको विकास पनि हुनेछ। नत्र साहित्यिक पुरस्कारको घोषणा भएपछि किताब नै बजारबाट हराएर जाने गरेको घटना पनि धेरैचोटि हुने गरेको सुनिन्छ। यी सबदेखि माथि उठेर नै भारतभरिका नेपाली पुस्तक मध्ये राम्रो एक पुस्तकको मूल्याङ्कन गर्न सकिन्छ कि भन्ने उद्देश्यले अघिल्लो वर्षदेखि हामीले शशिप्रभा स्मृति पुरस्कार सुरू गरेका छौं।’ यता पुरस्कारदाता तथा आख्यानकार विजय वान्तवा कैलाशीले किताब पठाउने हरेक लेखक तथा साहित्यकारहरूप्रति आभार व्यक्त गरेका छन्। उनले भने, ‘हरेक लेखकहरूप्रति हामी आभारी छौं। यसचोटि धेरैवटा ठाउँबाट धेरै लेखकहरूले पुस्तक पठाएका थिए। सो मध्ये पहिलो चरणको ज्युरीहरू मार्फत् उत्कृष्ट दस पुस्तकको घोषणा आज गरेका छौं। सितम्बर महीनामा फाइनल विजैताको घोषणा गरिनेछ।’
स्मरण गराइन्छ, पहिलो शशिप्रभा स्मृति पुरस्कार 2022 सन्ध्या आचार्यको कथा संग्रह ‘पराकम्पन’लाई प्रदान गरिएको थियो।

नेपाली साहित्य परिषद सिक्किमद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगिता र राज्यस्तरीय कविता प्रतियोगिताको शीर्ष दसजना कविक...
11/07/2023

नेपाली साहित्य परिषद सिक्किमद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगिता र राज्यस्तरीय कविता प्रतियोगिताको शीर्ष दसजना कविको नाम सार्वजनिक भएको छ। सबै कविहरूलाई बधाई। #भानुजयन्ती ABN TV

राष्ट्रिय र राज्य स्तरको कविता प्रतियोगिताको शीर्ष दश परिणाम घोषित12 जुलाईमा हुनेछ कविहरूको प्रत्यक्ष प्रस्तुतिABN TV  #...
10/07/2023

राष्ट्रिय र राज्य स्तरको कविता प्रतियोगिताको शीर्ष दश परिणाम घोषित
12 जुलाईमा हुनेछ कविहरूको प्रत्यक्ष प्रस्तुति
ABN TV #भानुजयन्ती
गान्तोक १० जुलाई। नेपाली साहित्य परिषद् सिक्किमद्वारा गठित 209औँ भानु जयन्ती समारोह समितिले प्रथम राष्ट्रिय नेपाली कविता प्रतियोगिता साथै राज्य स्तरीय कविता प्रतियोगिताको शीर्ष दशमा चयन भएका कविहरूको नाम सार्वजनिक गरेको छ। सोमवार गान्तोकस्थित नेपाली साहित्य परिषद् भवनमा एउटा पत्रकार सम्मेलन डाकेर नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेल, साहित्य सचिव भीम रावत र समारोह समितिका साहित्य समन्वयक प्रवीण खालिङले सम्पूर्ण जानकारी गराए।
प्राप्त जानकारीअनुसार राष्ट्रिय कविता प्रतियोगिताका चारसय सहभागीहरूमध्ये दशजनालाई अन्तीम चरणको प्रतियोगिताका निम्ति चयन गरिएको छ। ती चयन हुने कविहरूमा परेङ, जलढका, कालेबुङकी स्मिता सोताङ राई, रिनाक पूर्व सिक्किमका सूचन प्रधान, सदाम दक्षिण सिक्किमका नरबहादुर घिमिरे, कलबुङ, बिजनबारी, दार्जीलिङका सुरज शर्मा, गान्तोक, पूर्व सिक्किमका युवराज गुरुङ, कालेबुङका आशिष लिम्बु, खेचीपेरी, पश्चिम सिक्किमका दावा योञ्जन, ओदलगुडी असमकी डुलुमणि उपाध्याय, थर्पू, पश्चिम सिक्किमका विश्वजीत बास्कोटा अनि बाग्राकोट डूवर्सका अशोक विश्व लोहार रहेका छन्।
यसैगरी स्कुल स्तरको राज्य स्तरीय कविता प्रतियोगिताको शीर्ष दशमा आफ्नो नाम दर्ता गराउने विद्यार्थीहरूमा लिङ्गी विद्यालय दक्षिण सिक्किमका प्रभाकर अधिकारी, मङसारी उच्च माध्यमिक विद्यालय, पश्चिम सिक्किमकी अञ्जली छेत्री, सोनामति उ.मा. विद्यालय खाम्दोङकी लोचना छेत्री, बोझोघारी उच्चत्तर माध्यमिक विद्यालयकी समीक्षा दाहाल र बसन्ती राई, तादोङ उच्चत्तर माध्यमिक विद्यालयका आयुष्मान अधिकारी, मामरिङ उच्चत्तर माध्यमिक विद्यालयकी शारदा बस्नेत, वृहस्पति उ.मा. विद्यालय, रानीपुलकी सबिना राई, पेलिङ उ.मा. विद्यालय, गेजिङकी प्रशान्ता राई अनि टाशी नामग्याल एकाडेमी गान्तोककी अवन्तिका कोइराला रहेका छन्।
दुवै स्तरमा शीर्ष दशमा पुग्न सफल कविहरूले आगामी 12 जुलाई 2023-को दिन गान्तोकको मनन केन्द्रमा आयोजन गरिने अन्तीम चरणको कविता प्रतियोगितामा वाचन गर्नेछन्। स्मरण गराइन्छ, 209 औँ भानु जयन्ती समारोह समितिले गत 28 जूनका दिन राज्य र राष्ट्रिय स्तरको कविता प्रतियोगिताको घोषणा गरेको थियो भने राष्ट्रिय स्तरको प्रतियोगितामा कुल 400 कवि अनि राज्य स्तरको प्रतियोगितामा 150 विद्यार्थीले भाग लिएका थिए। तीमध्ये दुवै स्तरबाट दश-दशजना चयन गरिएको छ। परिषद्का साहित्य सचिव भीम रावत, समारोह समितिका समन्वयकद्वय डा टेकबहादुर छेत्री र प्रवीण खालिङले यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी लिएका छन्। प्रतियोगिता निष्पक्ष एवम् स्वतन्त्र गराउन निर्णायकहरूलाई कविको नाम नपठाएर क्रम संख्यासँग कविता मात्र पठाइएको थियो। सिक्किमबाट एकजना अनि राज्यबाहिरका दुई प्रतिष्ठित भारतीय कविलाई निर्णायकको जिम्मेवारी सुम्पिएको छ। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थानमा आउनेलाई आगामी 13 जुलाई 2023-को दिन भानु जयन्ती समारोहमा पुरस्कृत गरिनेछ। राष्ट्रिय स्तरको कविता प्रतियोगिताका निम्ति प्रथमलाई एक लाख रुपियाँ, दोस्रोलाई 75 हजार रुपियाँ अनि तेस्रोलाई 50 हजार रुपियाँ नगदराशिसहित स्मृतिचिन्ह, प्रमाणपत्रले पुस्कृत गरिनेछ। शान्तवना पुरस्कार प्रापक सातजनालाई प्रतिव्यक्ति रुपियाँ दश हजार नगदराशि प्रदान गरिनेछ। यसैगरी राज्य स्तरका प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई क्रमैले पचास हजार, चालिस हजार अनि तीस हजार नगदराशिसहित स्मृतिचिन्ह र प्रमाणपत्र प्रदान गरिनेछ। शान्तवना पुरस्कारका निम्ति सातजनालाई नगदराशि पाँच हजार प्रतिविद्यार्थी प्रदान गरिनेछ।

गान्तोकमा राष्ट्रिय एवम् अन्तरविद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न ABN TV   गान्तोकः गान्तोकमा आयोजन भइरहेको  209 औँ ...
08/07/2023

गान्तोकमा राष्ट्रिय एवम् अन्तरविद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न
ABN TV
गान्तोकः गान्तोकमा आयोजन भइरहेको 209 औँ भानु जयन्ती समारोहअन्तर्गत राष्ट्रिय एवम् अन्तर्विद्यालय रामायण पाठ प्रतियोगिताको शनिवार समापन भएको छ। गान्तोकको डेप्लोप्मेन्ट एरियाको जीवन मार्ग थिङस्थित नेपाली साहित्य परिषद् भवनको सभागारमा सम्पन्न अन्तर्विद्यालय रामायण पाठ प्रतियोगितामा वेस्ट पोइन्ट उच्चत्तर माध्यमिक विद्यालय प्रथम भएको छ। यसरी नै सिच्छे उच्चत्तर माध्यमिक विद्यालय दोस्रो अनि देउराली कन्या उच्चत्तर माध्यमिक विद्यालय तेस्रो विजेता दल भएको छ। प्रतियोगितामा पाँचवटा स्कूललाई सान्तवना पुरस्कार अर्पण गरिएको छ। सो विद्यालयहरूमध्ये लुइङ उच्चत्तर माध्यमिक विद्यालय, स्वरस्वती विद्या निकेतन, विद्या भारती, तादोङ, टासी नामग्याल एकाडमी, आहुपुल किसान माध्यमिक विद्यालय तथा बहाई माध्यमिक विद्यालय तादोङ रहेका छन। यस प्रतियोगितामा 16 वटा विद्यालय सामेल थिए। रामायण पाठ प्रतियोगिता कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी भट्टराई सभाध्यक्ष अनि नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेलको विशेश उफस्थिति थियो। प्रतियोगिताका निर्णायक मण्डलीमा कवि एसपी ढकाल, कथाकार विमल काफ्ले तथा संगीतकार मदन कुमार राई थिए।
विगत 6 जुलाईको दिन सम्पन्न राष्ट्रिय रामायण पाठ प्रतियोगिताको परिणामअनुसार सिङतामकी रिता शर्माले प्रथम, राङ्काका भीमलाल पाण्डेले दोस्रो तथा तादोङ, डाँडागाउँका दयाराम भट्टराईले तेस्रो स्थान प्राप्त गरेका थिए। प्रतियोगिताका निर्णायकहरूमा कवि भवानी घिमिरे, विमल काफ्ले तथा संगीतकार मदन राई थिए। प्रतियोगितामा वरिष्ठ साहित्यकार केएन शर्मा सभाध्यक्ष थिए। दुवै वर्गको प्रतियोगिताका श्रेष्ठ तीन-तीन ना विजेतालाई आउँदो 13 जुलाईको दिन गान्तोकको मनन केन्द्रमा आयोजन हुने राष्ट्रियस्तरको भानु जयन्ती समारोहमा पुरस्कार अर्पण गरिनेछ।

04/07/2023


"राजु विष्टको काम गोर्खाल्याण्ड माग्ने हो, पञ्चायत चुनावमा आएर के गर्नु खोजेको मैले बुझिन।" अनित थापा

मैले मेरो काम इमान्दार सित गरेको छु। मेरो काम राज्य सरकार संग मिलेर क्षेत्रको विकास गर्नु हो। त्यसरी नै राजु विष्टको काम केन्द्रमा गएर गोर्खाल्याण्ड अनि ११ जनजातिको मुद्दा माथि काम गर्नु हो। तर आफ्नो काम नगरेर राजु विष्टले पञ्चायत चुनावमा आएर के गर्नु खोजेको मैले बुझिन। भागोप्रमो अध्यक्ष अनित थापाले आज सिटोङमा चुनावी सभालाई सम्बोधन गर्दै भनेका हुन्।

पञ्चायत चुनावको प्रचार प्रसारमा सिटोङ पुगेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले सिटोङ 2 को लेप्चा गाउँ , तुरुक, अप्पर तुरुक , लाटपञ्चर अनि हाइवेका मतदाताहरुलाई भेटी पार्टीका प्रार्थीहरुको विजयको निम्ति भोटको अपील गरेका छन्। बीजेपी गोर्खाको हितमा छैन। गोर्खालाई विभाजन गराउन अनि हाम्रो मुद्दा मास्ने प्रक्रियामा रहेको आरोप लगाउँदै उनले बीजेपीलाई भोट पटक्कै नदिने अपील पनि गरेका छन्।

पञ्चायत चुनाव पञ्चायत क्षेत्रको विकासको चुनाव हो। जाति अनि पहिचानको चुनाव होइन। तर यहाँ विपक्षले स्थानीय चुनावमा पनि राष्ट्रिय दललाई भित्राएर पहाडलाई संकटमा हालेको विचार थापाले पोखेका छन्।

अनित थापाले क्षेत्रको विकास गर्ने आफ्नो कटिबद्धता दोहोराउँदै भने , "जीटिएको चार साल अझै मेरो हातमा छ यो क्षेत्रको निम्ति अवश्यै म धेरै कार्यहरु गरेर छाडने छु।"

भ्रमण समय भागोप्रमो अध्यक्ष अनित थापाले तुरुयोकबासीलाई सडक अनि तीन वटा सार्वजनिक भवन निर्माण गरीदिने अनि एकजना असहायलाई आफ्नो निजी कोष बाट घर बनाईदिने बचन दिए ।
सडकको काम आगामी सेप्टेम्बर महिना देखि शुरु गरीदिने अनि सार्वजनिक भवन निर्माणको कार्य भने छिट्टै शुरु गरीदिने बताएका छन्।

04/07/2023


Mabila Consultancy

02/07/2023

आदि पत्रकार पादरी गंगा प्रसाद स्मृति प्रतिष्ठानले आउँदो 4 जुलाई 2023 को दिन बिहान 11 बजेदेखि जोसुवा अडोटेरियम, माझीटार रम्फूमा आदि पत्रकारको जन्म जयन्ती पालन‌‌ गरिरहेको छ।‌यसमा प्रतिष्ठानले भाषा, साहित्य, पत्रकारिता ,अध्यात्म र समाज सेवामा आफ्नो योगदान दिने विशेष व्यक्तिहरूलाई सम्मान गर्ने छ। उक्त कार्यक्रममा सबैलाई निम्तो गरिएको छ।
ABN TV

याली फाकेलाखा गाउँको निम्ति स्वास्थ्य जाँच शिविर सम्पन्नABN TV      गान्तोक,30 जून। पूर्व सिक्किमको गान्तोक जिल्ला अन्तर...
30/06/2023

याली फाकेलाखा गाउँको निम्ति स्वास्थ्य जाँच शिविर सम्पन्न
ABN TV
गान्तोक,30 जून। पूर्व सिक्किमको गान्तोक जिल्ला अन्तर्गत 23 स्यारी निर्वाचन क्षेत्रको याली फाकेलाखा ग्राम पञ्चायत वार्डको पर्ने याली प्राथमिक पाठशालामा गान्तोक शहरी प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरूले स्पेशल आउटरिच हेल्थ क्याम्प आयोजन गरियो। हिज बिहिबार स्वास्थ्य तथा परिवार कल्याण विभागको अधिनमा रहेका गान्तोक शहरी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य अधिकारी डा टी जोम्बा लाचेनपा, डा पी तामाङ, डा इडेन प्रधान र अऩ्य स्वास्थ्य विभागका कर्मचारी र परिचारिकाहरूले स्थानीय गाउँलेहरूको स्वास्थ्य जाँच गरे। बिहान 10 बजीदेखि शुरु भएको यो स्वास्थ्य जाँच शिविरमा साधरण स्वास्थ्य जाँच,दाँत, मानसिक स्वास्वास्थ्य परामर्श लगायत विभिन्न आधारभूत जाँच गरिएको थियो भने निःशुल्क आवश्यक औषधि वितरण गरिएको थियो।
वार्ड पञ्चायत ढोल कुमारी गुरुङले गाउँलेहरूको नेतृत्व गर्दै स्वास्थ्य जाँचको निम्ति भेला गराएका थिए भने स्थानीय आइसीडीएसकी कर्मचारी लाकी तामाङ र आशाकर्मी मिना तामाङको सक्रियता रहेको थियो। यसैगरि स्थानीय दीपज्योति स्वयं सहायता समूहको स्वयंसेवकहरूले दिभरिको सेवा कार्य गरेका थिए। अर्कोतिर एमएएसएस का समिति सदस्यहरूले सहयोग गरेको स्थानीय समाजसेवी कर्मा तामाङले जानकारी दिएका छन्। वार्ड पञ्चायत सदस्या ढोल कुमारी गुरुङले स्वास्थ्य विभाग, गान्तोक शहरी प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक र स्वास्थ्य कर्मीहरूलाई आभार प्रकट गरेकी छन्।

राष्ट्रिय कविता प्रतियोगिताका निम्ति कविता सम्बन्धी नियमावलीABN TV 1. कविता मौलिक र स्वरचित हुनुपर्ने; 2. एउटा मात्र कवि...
28/06/2023

राष्ट्रिय कविता प्रतियोगिताका निम्ति कविता सम्बन्धी नियमावली
ABN TV
1. कविता मौलिक र स्वरचित हुनुपर्ने;
2. एउटा मात्र कविता पठाउनुपर्ने;
3. कविता A4 Size को पेपरमा देब्रेपट्टि 1.5 inches ठाउँ छोडेर युनिकोडमा टाइप गरेको हुनुपर्ने;
4. कविता पठाउँदा Word file बनाई आफ्नो नाममा save गरिनुपर्ने (उदा. ‘उदय’ नाम भए File को नाम UDAI.doc हुनुपर्ने);
5. WhatsApp (9832376668) मा पनि Word file नै बनाएर कविता पठाउनुपर्ने;
6. WhatsApp मा टाइप गरेर पठाइएको स्विकारिने छैन;
7. धेरैको हस्ताक्षर अस्पष्ट हुने हुँदा हस्तलिखित कविता स्विकारिने छैन;
8. कविता [email protected] मा कविको आफ्नै Email ID बाट पठाउनुपर्ने;
9. थप जानकारीका लागि 9679144113 मा सम्पर्क गर्न सकिन्छ;
10. दस उत्कृष्ट कविताको प्रत्यक्ष प्रस्तुति पछि उत्कृष्ट तिन चयन हुनेछ;
11. प्रत्यक्ष प्रस्तुति गान्तोकमा हुनेछ (यसका निम्ति उत्कृष्ट दस कविलाई गान्तोक आउने र यहाँबाट जाने अनि बस्ने व्यवस्था आयोजकले गर्नेछ।)
12. पुरस्कार राशि : प्रथम – 100,000 (एक लाख रुपियाँ), द्वितीय – 75,000 (पचहत्तर हजार रुपियाँ), तृतीय – 50,000 (पचास हजार रुपियाँ) र सातजनालाई 10,000 (दस हजार)का दरले सान्तवना पुरस्कार।

मतदानको निम्ति अपिल  #विज्ञापन  #पश्चिम_बङ्गाल  #पञ्चायत_चुनाउ
26/06/2023

मतदानको निम्ति अपिल
#विज्ञापन #पश्चिम_बङ्गाल #पञ्चायत_चुनाउ

10/06/2023

आफ्नो अध्यक्षीय सम्भाषणमा भारतीय नेपाली जातिको इतिहास पुनर्लेखन गर्ने आह्वान गर्दै निर्माण प्रकाशन-का संस्थापक पवन चामलिङ 'किरण'

10/06/2023

७ औं निर्माण पुरस्कार अलङ्करण समारोह,१० जून २०२३
गान्तोक। नेपाली साहित्य प्रकाशन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने 'निर्माण प्रकाशन' ले स्थापनाको स्वर्णजयन्ती मनाउने तर्खरबीच आज विराट समारोहअन्तर्गत सातवटा कृति एकैसाथ लोकार्पण गर्‍यो। निर्माण प्रकाशन-का संस्थापक माननीय पवन चामलिङ 'किरण' को अध्यक्षतामा आयोजित यस कार्यक्रममा वरिष्ठ साहित्यकारहरू कृष्णसिंह मोक्तान,बुलु मुकारुङ, प्रतापचन्द्र प्रधान आदि विशिष्ट अतिथिको रूपमा आसिन छन्।

आज मैले हाम्रो क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूबारे मार्गदर्शनका लागि माननीय गृहमन्त्री श्री अमित शाहज्यूलाई ...
16/05/2023

आज मैले हाम्रो क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूबारे मार्गदर्शनका लागि माननीय गृहमन्त्री श्री अमित शाहज्यूलाई भेटेँ।

उहाँको दूरदर्शी नेतृत्व सबै नागरिकहरू निम्ति विश्वास अनि आशाको निरन्तर स्रोत रहिआएको छ। जति नै जटिल मुद्दाहरू भएता पनि राष्ट्रीय हितमा ठोस निर्णय लिने उहाँको साहस अनि दृढ़ताका लागि उहाँको व्यापक सम्मान र सह्रनी गरिन्छ। उहाँको नेतृत्वले हाम्रो राष्ट्रका जनतालाई अति कठिन समयमा पनि सकारात्मक अनि विश्वासले भरिपूर्ण रहन शक्ति र प्रोत्साहन प्रदान गर्दछ।

हाम्रो क्षेत्रका जनताको उहाँमाथि दृढ़ आस्था छ र उहाँको अद्वितीय नेतृत्वमा नै हामीले अन्ततः न्याय पाउने छौँ भन्ने अगाध विश्वास छ। हाम्रो क्षेत्रको बारेमा उहाँको गहिरो समझदारी अनि हाम्रा जनताको कल्याणप्रति उहाँको वास्तविक चिन्ताबाट म धेरै उत्साहित भएको छु। मलाई पूर्ण विश्वास छ कि उहाँको सक्षम मार्गदर्शनमा हाम्रो प्यारो क्षेत्र र जनताको उज्ज्वल अनि सुनौलो भविष्य सुनिश्चित छ।

राजु बिष्ट
लोकसभा सांसद, दार्जीलिङ
एवं राष्ट्रिय प्रबक्ता भारतीय जनता पार्टी।

Address

MLA HOUSE, RELIANCE TREND 3RD FLOOR, SEVOK ROAD-WB
Gangtok
737102

Telephone

+918372098282

Alerts

Be the first to know and let us send you an email when ABN TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ABN TV:

Videos

Share