Nepalese In Canada

Nepalese In Canada क्यानडाको बिषयमा सम्पुर्ण जनाकारी !! Admin:Rudra Gc

07/29/2024

भ्यानकुभरका नेपालीहरुको एकता,मन्दिर तथा बौद्द बिहार निर्माणका लागि करिव १६ करोड बराबरको जमिन किन्ने अभियान सन्चालन हुँदै।आम सम्पुर्णमा सहयोगको अपिल!अहिले सम्म करिव ४ करोड उठिसक्यो !! 🇨🇦🇳🇵

07/25/2024

'क्यानडाको भ्यानकुभरमा हिन्दु-बौद्ध मन्दिरका लागि पहिलो चरणमा झण्डै ६ लाख ५० हजार डलर(झन्डै ७ करोडउठाउने अभियानमा छौं' प्रस्तुत छ, हिन्दु बुद्धिष्ट फाउण्डेशन अफ क्यानाडाका संस्थापक अध्यक्ष तथा मुख्य गुरू मधुसुदन आचार्यसँग मन्दिरको अवस्था, आगामी योजनालगायतका विषयमा गरिएको कुराकानी:
🇨🇦🇳🇵 🇨🇦 🇨🇦

07/21/2024

क्यानडाको भ्यानकुभरमा नेपाली कला,भाषा र खानाको प्रवर्द्धन मा जुटदै नेपालीहरु! 🇨🇦🇳🇵

06/17/2024

क्यानडामा नेपाली विधार्थीका समस्या तथा समाधानका पहलमा एनआरएनए क्यानडाको भुमिका ,एनआरएनए क्यानडाका पछिल्ला गतिविधि लगायत विभिन्न बिषयमा एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलाल संग गरिएको विशेष कुराकानी !

06/04/2024

गरे के हुँदैन र ? क्यानडामा आफ्नै कोठामा शैलुन चलाएर मात्रै १२ डलरमा सयौँ नेपालीको कपाल काटिदिन्छन यी नेपाली विधार्थी ! 🇨🇦 🇨🇦

05/19/2024

कोरियाको F2 भिषा त्यागेर क्यानडा आउनुभएका कमल शाही संग कुराकानी हेर्नुहोस।

Beautiful side of Canada 🇨🇦 spring vibes
05/14/2024

Beautiful side of Canada 🇨🇦 spring vibes

Must Read: Canada का लागि नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेरमात्रै छोराछोरीलाई क्यानडा पठाउन...
05/09/2024

Must Read: Canada का लागि नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेरमात्रै छोराछोरीलाई क्यानडा पठाउन नेपाली अभिभावकसँग अपिल गरेको छ। ❤️

पठाइसकेपछि उनीहरूसँग निरन्तर Contact मा रहने, छोराछोरी के-कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ।

Canada पढ्न आउने विद्यार्थीहरूले आउनासाथ Job पाइहाल्छन् भन्ने भ्रममा रहेको र त्यसले मानसिक समस्या पैदा गरेको दूतावासले जनाएको छ।

यस्तै Students ले क्यानडा आउनु अघि आफू पढ्ने College/University, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन गर्नुपर्ने पनि दूतावासको अपिलमा उल्लेख छ। 🇨🇦

05/05/2024

क्यानडाको भ्यानकुभरमा अवस्थित नेपाली मन्दिरमा रामको मुर्ति भित्राईदै !

Wow: Manitoba Draw Invited Whooping 941 Invitations For PR 😮🇨🇦On May 2, the Manitoba Provincial Nominee Program (MPNP) s...
05/04/2024

Wow: Manitoba Draw Invited Whooping 941 Invitations For PR 😮🇨🇦

On May 2, the Manitoba Provincial Nominee Program (MPNP) sent out a whopping 941 permanent residency invitations under various categories:

Skilled Worker in Manitoba: 488
International Education Stream: 427
Skilled Worker Overseas: 26

181 of the invited candidates in this MPNP draw had a valid Express Entry profile.

Amazing: Canada Ranked The Safest Country For Travellers in 2024 😮🇨🇦Canada, known for its low crime rates and political ...
05/03/2024

Amazing: Canada Ranked The Safest Country For Travellers in 2024 😮🇨🇦

Canada, known for its low crime rates and political stability, tops the list of the safest countries for travellers, followed by Switzerland and Norway, according to Berkshire Hathaway Travel Protection. The country moved up from the sixth spot on the list last year to the first.

The list was made by calculating average scores of six sub-category scores: safety from violent crime and terrorism, transportation safety, health measures, safety for women, LGBTQ, and people of color.

What do you think about this list? 🤔

अध्ययनका लागि क्यानडा आउने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि प्रस्तुत गरिएको जानकारी: क्यानडाका विभिन्न शैक्षिक संघ-स...
05/01/2024

अध्ययनका लागि क्यानडा आउने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि प्रस्तुत गरिएको जानकारी:

क्यानडाका विभिन्न शैक्षिक संघ-संस्थाहरूमा अध्ययनका लागि आउनुहुने/आइपुग्नु भएका नेपाली विद्यार्थीहरू र सम्बन्धित सबैको सचेतनाका लागि यो जानकारी प्रकाशित गरिएको छ।

१. विद्यार्थीहरूले क्यानडा आउनु अघि आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन (Research) गरी जानकारी लिएर आवश्यक तयारी र सो को प्रबन्ध गरी आउनुपर्दछ। कलेज/विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्छ। डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्नुपर्दछ। सामाजिक संजालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ।

२. क्यानडामा अध्ययन गर्ने सोच भएमा धेरै सूचनाहरू सम्बन्धित वेवसाइटमा उपलब्ध हुन्छन्।पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेज/विश्वविद्यालय, ती कलेज/विश्वविद्यालयमा पाइने छात्रबृत्तिका अवसर र संभावना, लाग्ने शैक्षिक शुल्क, बस्नखान लाग्ने खर्च, हावापानी, आदिबारे विद्यार्थी स्वयं वा अभिभावकहरूले यथेष्ट खोजी गरी सुसूचित हुनुपर्दछ।केही विषयमा प्रष्ट हुन चाहेमा आफूले चिनेका, सम्पर्कमा रहेका क्यानडामा रहनुहुने इष्टमित्र, साथीभाई, क्यानडामा अध्ययनरत विद्यार्थीहरू, गैर आवासीय नेपाली संघ वा नेपाली समुदायका संघसंस्थाहरू, तिनका पदाधिकारीहरूसँग सम्पर्क गरी थप जानकारी लिन उचित हुन्छ।

३. अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ। पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के-कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ। क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ।

४. शैक्षिक परामर्शदाता संस्थाहरू (Educational Consultancies) ले विद्यार्थीहरूको रुची अनुसारको रोजेको विषय पढ्न पाउने गरी गुणस्तरीय कलेज/विश्वविद्यालयको छनौट, पढाईमा दिनुपर्ने समय, कलेज र विश्वविद्यालयको लोकेसन, जीवनयापन खर्च, कामको अवसर, संभावना र चुनौति, कार्यघण्टा, थप अध्ययनका अवसर र संभावना एवं आवासीय अनुमति आदिबारे कानून सम्मत, तथ्यपूर्ण र यथार्थपरक सूचना र जानकारी विद्यार्थीहरू र तिनका अभिभावकहरूलाई दिनुपर्दछ। अपर्याप्त, अवास्तविक र यथार्थ भन्दा बाहिर बढाइ चढाइ गरी गरिएको प्रचार, प्रसार र सूचना प्रवाहबाट विद्यार्थीलाई पर्न सक्ने समस्याबारे हेक्का राख्नुपर्दछ।

५. क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी नयाँ नीति लिएको छ।जसमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति रहेको छ। त्यसबाहेक निजी-सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सो भन्दा मुनीका तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति/वर्क परमिट (PGWP) जारी नगर्ने नीति लिएको छ।अतः क्यानडामा अध्ययनका लागि आउन लाग्नु भएका विद्यार्थीरूले यी नीतिहरूलाई विशेष ध्यान दिन उचित हुनेछ।

६. कार्यस्थलमा श्रम शोषण/दुर्व्यवहार/ठगीमा परेमा विद्यार्थीहरूले कार्यस्थलमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी कानूनी उपचार खोज्नुपर्दछ। विद्यार्थीहरूले आफ्नो कलेज वा काममा जाँदा/आउँदा, पैदल हिंड्दा वा सवारी चलाउँदा यहाँको ट्राफिक नियम राम्रोसंग पालना गर्नुपर्दछ। यहाँका सडकहरूमा अत्यन्त तीब्र गतिमा गाडीहरू चल्ने हुनाले नियम विपरित बाटो काट्दा दुर्घट्नाको जोखिम रहन्छ।ट्राफिक संकेतको पूर्ण पालना गरेर मात्र सवारी साधन चलाउने वा बाटो काट्नुपर्दछ।

७. अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो कलेज/युनिभर्सिटीको अन्तर्राष्ट्रिय विद्यार्थी काउन्सिल, मेन्टल हेल्थ/करिअर काउन्सिल आदिमा सम्पर्क गरी विभिन्न सूचना तथा अवसरहरूबारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। त्यसैगरी आफूलाई कुनै समस्याहरू आइपरेमा नेपाली राजदूतावास, टोरन्टोस्थित नेपाली अवैतनिक महावाणिज्यदूत, गैर आवासीय नेपाली संघ क्यानडा एवं आ-आफ्नो क्षेत्रमा भएका नेपाली डायस्पोरा समुदायका संघसंस्थाहरू वा पदाधिकारीहरूलाई सम्पर्क गरी सल्लाह सुझाव वा सहयोग लिनुपर्दछ।

नेपाली राजदूतावास,
ओटावा

Canada भनेर Dubai मा Land: Canada पठाउने भन्दै Dubai पुर्‍याएर एक युवतीलाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन्...
04/28/2024

Canada भनेर Dubai मा Land: Canada पठाउने भन्दै Dubai पुर्‍याएर एक युवतीलाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । आफूले धरैलाई क्यानडा पठाएको र जानका लागि 30 लाख लाग्ने भन्दै फिरोजले युवतीलाई प्रलोभनमा पारेर बेचबिखन गरेको आरोप छ । 😯🇨🇦

Canada पठाउने भनेर उनले युवतीसँग ११ लाख २८ हजार रुपैयाँ लगेका थिए । 😥

कतै तपाईलाई नि कसैले Canada लाग्छु भनेर फसाउन खोजी रहेको त छैन?

04/22/2024

क्यानडाको फ्रेजर नदि किनारमा बिछ्याईएका साहित्यिक यी बिस्कुनहरु !!!

प्रस्तुति :भुपेन खडका

04/22/2024

१० बर्षे शिक्षण पेशा त्यागेर एक महिना अगाडि क्यानडा आउनुभएका भुपेन खडका को साहित्यिक प्रस्तुति संगै क्यानडा अनुभव सुनौँ आजको अँकमा गुरुदत्त न्यौपानेको साथमा! 🇨🇦

क्यानडामा Immigrants ले  नागरिकता कम पाइरहेका छन्😯In Canada, fewer recent immigrants are becoming citizens, with a 30% d...
04/22/2024

क्यानडामा Immigrants ले नागरिकता कम पाइरहेका छन्😯

In Canada, fewer recent immigrants are becoming citizens, with a 30% drop from 1996 to 2021. 🇨🇦

The decline is biggest in the last ten years. Factors like income, education, and where immigrants are from affect this trend. Immigrants from East and Southeast Asia have seen the largest decreases.

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोका करोडौँ मानिसले सोमवार सूर्यग्रहण अवलोकन गरेका छन्।उक्त खग्रास ग्रहणका कारण उ...
04/09/2024

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोका करोडौँ मानिसले सोमवार सूर्यग्रहण अवलोकन गरेका छन्।

उक्त खग्रास ग्रहणका कारण उत्तर अमेरिकाका धेरै क्षेत्रमा केही क्षण दिउँसै अँध्यारो भएको थियो।

यस रोचक खगोलीय घटनाका केही तस्बिरहरू हेर्नुहोस्।

क्यानडाको भ्यानकुभर को यो लोभलाग्दो मौषम,जताततै साकुरा फुलेको दृश्य साँच्चिकै आनन्दलाग्दो छ।तपाईहरुको तिर कस्तो छ?
04/05/2024

क्यानडाको भ्यानकुभर को यो लोभलाग्दो मौषम,जताततै साकुरा फुलेको दृश्य साँच्चिकै आनन्दलाग्दो छ।तपाईहरुको तिर कस्तो छ?

Canada का विद्यालयहरु April 8 मा हुने सूर्यग्रहणमा छुट्टी: Once in a life time हुने सौर्य घटनाका लागि eastern क्यानाडाका...
04/05/2024

Canada का विद्यालयहरु April 8 मा हुने सूर्यग्रहणमा छुट्टी: Once in a life time हुने सौर्य घटनाका लागि eastern क्यानाडाका विद्यालयहरुले सम्भावित जोखिमलाई ध्यान दिंदै विद्यालय छुट्टी गर्ने भएका छन्। Toronto भने पूर्ण सूर्यग्रहणको प्रभावभन्दा बाहिर पर्छ। 😲🇨🇦

03/17/2024

Namaste from vancouver hindu buddhist temple canada🇨🇦

03/11/2024

कोरियामा यस्तो प्रकृतिको ठगी धन्दा गर्ने गिरोह सक्रिय,कसरी बच्ने त यस्ता सम्भावित ठगी बाट? पूरा भिडियो हेर्नुहोस।

Bella Coola Valley, BC, Canada 🇨🇦
03/05/2024

Bella Coola Valley, BC, Canada 🇨🇦

03/03/2024

कोरियन एयरलाइन्सको महंगो भाडादर र नेपाल एयरलाइन्स कोरिया अवतरण हुन नसकेको सन्दर्भमा मेरो सानो विचार -:- अजय सोडारी !!

Canada मा Tax File गर्ने सिजन सुरु: All low income earners in Canada, including immigrants and *international students*,...
02/27/2024

Canada मा Tax File गर्ने सिजन सुरु: All low income earners in Canada, including immigrants and *international students*, who arrived on or before December 31, 2023, are eligible to receive benefit payments of up to *$2,000* even with zero income. If you paid 1 year fee to the college , you will receive tax return amount from the CRA. 😳🇨🇦

Note: It’s mandatory to file your tax returns every year to receive these payments. We suggest our Student followers in Canada to file the tax. 😯

हजुरहरुले tax file गर्नु भयो त? 🤔

Wow: Canada को Toronto Pearson International Airport ले कर्मचारी लिन आयोजना गरेको कार्यक्रममा करिब २ हजार जनाले आवेदन दि...
02/26/2024

Wow: Canada को Toronto Pearson International Airport ले कर्मचारी लिन आयोजना गरेको कार्यक्रममा करिब २ हजार जनाले आवेदन दिएका छन्। 😲🇨🇦

विमानस्थलले ३० भन्दा बढी Position हरुमा कर्मचारी भर्ना गर्न लागिरहेको छ। विभिन्न पदका लागि ७०० जनालाई भर्ना गर्न लागिएको जनाइएको छ। 😳❤️

हजुरहरुले नि आवेदन दिनु भएको थियो त? ✨🤔

02/26/2024

कोरिया बाट क्यानडा अप्लाई गर्दा अनिवार्य पेश गर्नुपर्ने महत्वपुर्ण डकुमेन्टहरु।भिडियो अन्तिम सम्म हेर्नुहोला। 🇨🇦

Good news: Ontario को London मा भएको Car accident मा परी मृत्यु र घाइते भएका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले सु...
02/20/2024

Good news: Ontario को London मा भएको Car accident मा परी मृत्यु र घाइते भएका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको अभियानका क्रममा ५० हजार डलर संकलन भएको छ। ❤️

सहयोगमा जुटेको रकम मृतकहरुको शव नेपाल पठाउन साथै घाइतेहरुको उपचार गर्न खर्च गरिने जनाइएको छ।

02/15/2024

कानुनले कसरी काम गर्छ? नैतिकताले कसरी काम गर्छ?

यहाँ क्यानाडाको कुरा गर्दैछु। लण्डन, अन्टारियोमा सडक दुर्घटनामा परेर दुईजना नेपाली विद्यार्थीको मृत्यु भयो र अरू ८ जना घाइते। त्यो मंगलबार बिहानको घटना हो तर बिहिबार मध्य दिनसम्म पनि पीडितको नाम कतै सार्वजनिक गरिएको-भएको छैन। उद्धारमा खटिएका संस्था र व्यक्तिले नाम थाहा नभएर हैन, कसैले पनि उनीहरूको नाम बाहिर ल्याएका छैनन्। मुलधार र समुदाय केन्द्रित मिडियालाई पनि उनीहरू बारे जानकारी छ तर अरू विवरण प्रकासित गरे पनि मृतक र घाइते बारे मौन छन्। यस्ता अरू घटनामा पनि त्यसै गर्छन्।

सरकारी निकायले पुष्टि नगर्दासम्म मिडियाले नाम प्रकासित गर्दैनन्। यहाँ थोरै कुरा कानुनले रोकेको छ भने त्यो भन्दा धेरै नैतिकताले बाँधेको छ। आखिर हतार-हतार पीडितको नाम सार्बजनिक गरेर पाइने केही पनि हैन रहेछ।

पाठकले भन्दा पहिला आफन्तले मृतक र पीडितका बारेमा जानकारी पाउनु पर्छ भन्ने कुरा असाध्य महत्वपूर्ण छ।

Jayram gautam

अत्यन्तै दुखद खबर !कार दुर्घटनामा दुई जना नेपाली भाईवैनी को दुःखद निधन भयको खवर आयको छ। लण्डन, ओन्टारियोमा आज बिहान भएको...
02/13/2024

अत्यन्तै दुखद खबर !

कार दुर्घटनामा दुई जना नेपाली भाईवैनी को दुःखद निधन भयको खवर आयको छ।

लण्डन, ओन्टारियोमा आज बिहान भएको सवारी दुर्घटनामा परेर २ जनाको दुःखद निधन भएको जानकारी आयको छ। मृतकहरू नेपाली अन्तराष्ट्रिय विद्यार्थी भएको त्यहाको एन आर एन ए प्रतिनिधी तथा अन्टारियो प्रदेश संयोजक श्री कुवेर वुर्लाकोटी ले जानकारी दिनु भयको छ। घटनाको खवर थाहा पाउने वित्तिकै कुवेरजी, कुमार जी, शिवजी लगायतका साथीहरु अस्पताल पुगेर पुर्ण जानकारी लिने काम गरेको थियो। एन आर एन क्यानडाले नेपाली राजदुतावास संग समन्वय गर्ने र नेपालमा परिवार संग समन्वय गर्ने काम भैरहेको छ।

प्रहरीको अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिने प्रक्रियाका कारण आधिकारिक रुपमा उनीहरूको नाम सार्वजनिक गरिएको छैन। विस्तृत जानकारी छिटै प्रकाशित गर्ने छौ।

Lets prey for them.
(कृपया गाडि चलाउदा एकदमै सचेत हुन अनुरोध गर्दछु)।

Madhab dulal

Address

Vancouver, BC

Telephone

+17789566653

Website

Alerts

Be the first to know and let us send you an email when Nepalese In Canada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalese In Canada:

Videos

Share


Other News & Media Websites in Vancouver

Show All