Pradeshdainik.com.

Pradeshdainik.com. All about here....

https://pradeshdainik.com/2024/12/40838.html
12/06/2024

https://pradeshdainik.com/2024/12/40838.html

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘हामी सबैको प्र.....

https://pradeshdainik.com/2024/12/40832.html
12/03/2024

https://pradeshdainik.com/2024/12/40832.html

पथरी, नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका सदस्यका लागि सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न भएक...

https://pradeshdainik.com/2024/11/40824.html
11/29/2024

https://pradeshdainik.com/2024/11/40824.html

रबिन्द्र बराल, रंगेली मोरङको रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयको भवनमा बिगत ४ वर्षदेखि आयुर्वेदिक स्वास्थ्य ....

https://pradeshdainik.com/2024/11/40819.html
11/28/2024

https://pradeshdainik.com/2024/11/40819.html

पथरी, मोरङको पथरीशनिश्चरे १ मा अवस्थित पञ्चायत माध्यमिक विद्यालयले पाँचसय भन्दा बढी सहभागी राखेर पीटी तालिमको आ....

11/26/2024

पथरीमा भारतीय ट्रकको ठक्करबाट धरानका एक युवकको मृत्यु

पथरी, पूर्व-पश्चिम राजमार्गअन्तर्ग पथरीशनिश्चरे वडा नम्बर १ सडकखण्डमा सोमबार एक ट्रकको ठक्करबाट धरानका एक युवकको मृत्यु भएको छ ।

साँझ करिव ७ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडि ५५११ नम्बरको भारतीय ट्रकको ठक्करबाट प्रदेश १-००२-०४०प ६०२५ नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका ११ का २५ वर्षिय टार्जन राईको घटनास्थलमै मृत्युु भएको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।

राईको शवलाई पोष्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाइएको बताईएको छ ।

यता भारतीय ट्रक र ट्रकका चालक ४२ वर्षीय दिनेशकुमार दासलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको पथरी प्रहरीले जनाएको छ ।

हाल पूर्वपश्चिम राजमार्ग बिस्तारका क्रममा दुबैतर्फ काम भइरहेको छ ।

सडक साँघुरो भएका कारण पछिल्लो एक साता यता उर्लाबारी पथरी सडक खण्डमा आठ जनाको सडक दुर्घटनामा मृत्युु भइसकेको छ ।

इटहरी १२ खनारमा बसले ठक्कर दिदा एक बालिकाको मृत्यु । अहिलेसम्म खनार तनावग्रस्त ।अक्षय चाैधरी, खनार
11/17/2024

इटहरी १२ खनारमा बसले ठक्कर दिदा एक बालिकाको मृत्यु । अहिलेसम्म खनार तनावग्रस्त ।
अक्षय चाैधरी, खनार

आज साँझ मोरङको पथरीशनिश्चरे २ सुनझाेडा सेल्फिराेड छेउमा भएको सडक दुर्घटनामा पथरीशनिश्चरे -७ का १८ वर्षिय निश्चल आङ्देम्ब...
11/16/2024

आज साँझ मोरङको पथरीशनिश्चरे २ सुनझाेडा सेल्फिराेड छेउमा भएको सडक दुर्घटनामा पथरीशनिश्चरे -७ का १८ वर्षिय निश्चल आङ्देम्बे र पथरीशनिश्चरे-२ का ४२ वर्षिय प्रितम गौतमको तिब्र गतिमा गुडिरहेको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ ।

सप्तरीबाट १३ जना सडकआश्रीत मानवहरूको उद्धार
10/19/2024

सप्तरीबाट १३ जना सडकआश्रीत मानवहरूको उद्धार

राजविराज, मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौ दिन शुक्रबार मधेश प्रदेशअन्तर्गत सप्तरीबाट १३ जनाको उद....

मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धतालेटाङ,...
10/11/2024

मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धता

लेटाङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मदन भण्डारी राजमार्ग निर्माणमा देखिएको समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर जाने प्रतिवद्धता जनाउनु भएको छ । शहर–बजार बसिसकेको क्षेत्रमा राष्ट्रिय सडकको क्षेत्राधिकार अनुशार संरचना निर्माण गर्दा ठूलोमात्रामा क्षति हुने भन्दै लेटाङ नगरपालिका लगायतका सरोकारवालाहरुले पटक–पटक ध्यानाकर्षण गराएपछि स्थलगत अनुगमनका लागि आउनु भएका मन्त्री दाहालले आज लेटाङ नगरपालिकामा भएको छलफलका क्रममा यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।
राजमार्गको मापदण्ड नै परिवर्तन गर्न नसकिने भएपनि ठाउँ विशेषको बजार क्षेत्रमा त्यहाँको समस्यालाई मध्यनजर गर्दै सडकको क्षेत्राधिकारको विषयमा विशेष निर्णय गरेर जाने सरकारको तयारी रहेको भन्दै उहाँले सडक निर्माण कार्य चाँडै सूचारु गरिने बताउनुभयो
लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले लेटाङका सरोकारवालाहरुको सर्वपक्षिय बैठकले लेटाङको बजार क्षेत्रमा २० मिटर मात्र क्षेत्राधिकार कायम गर्न सकिने निर्णय गरेको विषयमा जानकारी गराएपश्चात मन्त्री दाहालले राष्ट्रिय सडक भएकाले देशव्यापी रुपमा ५० मिटर क्षेत्राधिकार रहने भएपनि शहर बसिसकेको ठाउँको विषयमा विशेष निर्णय गरेर जाने तयारी रहेको जानकारी गराउनु भएको हो ।
यस्तै मन्त्री दाहालले केराबारीदेखि लेटाङसम्म र लेटाङदेखि मिक्लाजुङसम्मको सडक क्षेत्रमा रहेका रुख हटाउने विषयमा समेत प्रकृया अघि बढिसकेको भन्दै चाँडै सो क्षेत्रमा पनि सडक निर्माणको काम अघि बढाउने जानकारी दिनुभयो ।

उहाँले लामो समयदेखि निर्माणाधिन रहेका पुलहरुको काम तत्काल अघि बढाउने विषयमा पनि सरकार लागिपरेको उल्लेख गर्नुभयो । कार्यक्रममा सडक निर्माणका क्रममा देखिएका समस्या बारे जानकारी गराउँदै नगर प्रमुख लावतीले २० मिटर क्षेत्राधिकार कायम गर्दा समेत लेटाङ ३ मा एक परिवारको उठिवास हुने अवस्था आएको भन्दै त्यस विषयमा समेत मन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो । नगर प्रमुख लावतीले संघीय सरकारकै क्षेत्राधिकारमा पर्ने लेटाङ २ को किराँतचौकदेखि लेटाङ १ मा पर्ने पर्यटकीय क्षेत्र राजारानीसम्म जोड्ने सडक निर्माणमा ढिलासुस्ती भएको विषयमा पनि ध्यानाकर्षण गराउँदै चाँडै निर्माण सम्पन्न गराउने तर्फ गंभीर भएर लाग्न आग्रह गर्नुभयो ।

छलफलका क्रममा उपस्थित हुनु भएका मोरङ १ का सांसद तथा पूर्वमन्त्री डीगबहादुर लिम्बूले चाँडो भन्दा चाँडो समस्या समाधान गरि सडक निर्माण गर्नेतर्फ गंभीर भएर लाग्न मन्त्री दाहाललाई आग्रह गर्नुभयो । उहाँले त्यस कार्यका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

यसैगरि मोरङ १ का पूर्वसांसद् तथा नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पहिलोपटक आफूले संसद्मा सडक निर्माणको विषय उठान गरेको स्मरण गर्दै सडकले स्थानीयवासीलाई समस्या होइन अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले केहि ठाउँमा जंगलको रुख कटानमा देखिएको समस्या, केही ठाउँमा ठेकेदारको लापरवाही तथा केहि ठाउँमा क्षेत्राधिकारको विषयका कारण सडक निर्माणमा ढिलाइ भएको उल्लेख गर्नुभयो । उहाँले भौतिक पूर्वाधार मन्त्री दाहाल स्वयम् मदन भण्डारी राजमार्गको सुरुवातकर्ता रहेको भन्दै यसविषयमा जिम्मवार ढंगले काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय सरोकारवालको प्रतिनिधित्व गर्दै स्थानीय भिष्म श्रेष्ठले सडकको क्षेत्राधिकारका कारण उठिवास लाग्ने अवस्था आएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कोशी प्रदेश सांसद् खड्ग बस्नेत, होमबहादुर थापा, लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौला, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ, उपप्रमुख मनमाया मगर, लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्वजनप्रतिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । छलफल पश्चात मन्त्री दाहाल लगायतको टोलीले केहीबेर लेटाङ बजार क्षेत्रमा मदन भण्डारी राजमार्गको अनुगमन समेत गरेको थियो ।

10/11/2024

तुम्रुकको फार्ममा प्रहरीको छापा, जुवाडे फरार, सेक्युरिटी गार्ड पक्राउ

झापा तथा मोरङ्ग जिल्लाकै ‘कुख्यात जुवाडे’को रुपमा चिनिएका अर्जुन तुम्रुकको फार्ममा प्रहरीले छापा मारेको छ ।
अलकत्रा स्टोर गरेको उर्लावारी– ३ स्थित तुम्रुकको फार्ममा गएराति प्रहरीले छापा मारेको हो । सेक्युरिटी राखेर उनले आफ्नो फार्ममा जुवा खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय उर्लावारीको संयुक्त गस्ती टोलीले छापा मारेको थियो । तर, प्रहरी टोलीलाई जुवाको अखडासम्म जान सेक्युरिटीले अवरोध गरेका छन् । प्रहरी टोली आएको खबर गरी सेक्युरिटीले जुवाडेहरुलाई भगाएका छन् । प्रहरीले सेक्युरिटी इन्चार्ज प्रतिक पाण्डे र अर्का सेक्युरिटी सन्तमान लिम्वूलाई पक्राउ गरेको छ ।
प्रहरीले जुवाडेले छाडेको ४ वटा मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिएको छ । प्र १ –०२–०५१ प २१८७ , को ३१ प ७१७६,प्र १–०२–०५५प ६२८२ ,को २९ प ८९१० नं को मोटरसाइकल र स्कुटी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक राकेश यादवले बताए । उनले जुवा खेल्ने र खेलाउनेको खोजी भइरहेको जानकारी दिए ।
यसअघि गत भदौ २९ गते राति मोरङको ग्रामथानमा जुवा खेल्दै गर्दा प्रहरी पुगेपछि तुम्रुक भाग्न सफल भएका थिए । त्यतिबेला ९ जना जुवाडे पक्राउ परेका थिए । प्रहरीले उनको गाडी नियन्त्रणमा लिएको थियो । केही बर्ष पहिले बिर्तामोड अतिथि सदनको एक प्रसाई थरका व्याक्तिको घरबाट तुब्रोक सहित सुरुङ्गाका दर्जनौ जुवाडे पक्राउ परेका थिए । तुब्रोकले प्रदेश नम्बर एकको प्राय सबै स्थानमा जुवा खेल्दै खेलाउदै आएका छन् । उनी हरेक २ दिनमा एक पालिका फेरेर जुवा खेलाउदै आएको र प्राय कनकाई नगरपालिका र बिर्तामोड नगरपालिका, बुद्धशान्ति गाउँपालिका क्षेत्रमा बाक्लै रुपमा जुवा खेलाउँदै आएको जानकारहरु बताउँछन । जुवा खेल्नेक्रममा सापटी रकम समेत आफै दिने तथा जुवा खेलाएवापत मोटो रकम जितौरी उठाउँदै आएका तुब्रोक देशकै नामुक जुवाडे हुन । उनी पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

बडादशैंकाे पावन अवसरमा प्रदेश दैनिक परिवारका तर्फबाट हार्दिक मंगलमय शुभकामना ।
10/10/2024

बडादशैंकाे पावन अवसरमा प्रदेश दैनिक परिवारका तर्फबाट हार्दिक मंगलमय शुभकामना ।

बडा दशैं २०८१ काे पावन अवसरमा पथरीशनिश्‍चरे नगरपालिकाकाे शुभकामना सन्देश
10/10/2024

बडा दशैं २०८१ काे पावन अवसरमा पथरीशनिश्‍चरे नगरपालिकाकाे शुभकामना सन्देश

बडा दशैं २०८१ काे पावन अवसरमा रतुवामाई नगरपालिकाकाे शुभकामना सन्देश
10/10/2024

बडा दशैं २०८१ काे पावन अवसरमा रतुवामाई नगरपालिकाकाे शुभकामना सन्देश

बडा दशैं २०८१ काे पावन अवसरमा सुनवर्षी नगरपालिकाकाे शुभकामना सन्देश
10/10/2024

बडा दशैं २०८१ काे पावन अवसरमा सुनवर्षी नगरपालिकाकाे शुभकामना सन्देश

बडा दशैं २०८१ काे पावन अवसरमा उर्लाबारी नगरपालिकाकाे शुभकामना सन्देश
10/10/2024

बडा दशैं २०८१ काे पावन अवसरमा उर्लाबारी नगरपालिकाकाे शुभकामना सन्देश

https://pradeshdainik.com/2024/10/40808.html
10/09/2024

https://pradeshdainik.com/2024/10/40808.html

हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले गत वर्षको तुलनामा यस आर्थिक व...

10/09/2024

हरियाली वन पब्लिक लिमिटेडको तेस्राे वार्षिक साधारणसभा सम्पन्न ।

Address

Louisville, KY
40018

Alerts

Be the first to know and let us send you an email when Pradeshdainik.com. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pradeshdainik.com.:

Videos

Share