Mero pardesh

Mero pardesh News and media

दशैंमा बचत गर्न विद्यार्थीलाई खुत्रुके वितरणदमौली । जिल्लाको व्यास नगरपालिका वडा नं ४ स्थित  कन्काई ग्लोवल एकडेमीले विजय...
07/10/2024

दशैंमा बचत गर्न विद्यार्थीलाई खुत्रुके वितरण
दमौली । जिल्लाको व्यास नगरपालिका वडा नं ४ स्थित कन्काई ग्लोवल एकडेमीले विजया दशमी पर्वको अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरूलाई खुत्रुके वितरण गरेको छ । सो कार्यक्रममा, विद्यार्थीहरूलाई टीका र जमरा लगाएर खुत्रुके अर्थात भुड्की वितरण गरिएको हो । विद्यालयका कक्षा १ मा अध्यनरत ५५ जना विद्यार्थीलाई खुत्रुके वितरण गरेको विद्यालयका प्रबन्ध निर्देशक मिलन गोदारले जानकारी दिए । विगत दुई वर्ष देखि चाडपर्वमा खुत्रुके वितरण गदै आएको समेत उनले बताए ।
उनका अनुसार बालबालिकालार्ई बचत गर्ने र मितव्यायी ढंगले जीवनयापन गर्नको लागि खुत्रुके वितरण गरिएको हो । उनले भने, “आजको समयमा, बचतको महत्वलाई बुझ्न र अभ्यास गर्न अत्यन्त आवश्यक छ । हामीले यो कार्यक्रम आयोजना गरेर विद्यार्थीहरूलाई मितव्यायी ढंगले बचत गर्न महत्वपूर्ण रहेको सिकाउन चाहान्छौं । ” सो अवसरमा, विद्यालयले विद्यार्थीहरूलाई टीका र जमरा लगाइदिँदा पारिवारिक र सांस्कृतिक महत्वको बारेमा जानकारी गराइएको थियो। गोदारले भने, “नेपाली समाजमा चाडपर्वको महत्व अत्यधिक छ । तर, प्रविधिको तीव्र विकाससँगै मौलिक संस्कृति र परम्पराहरू भुल्न थालिएका छन्।
यस कारणले, हामीले चाडपर्वको महत्व बुझाउने कार्यक्रम आयोजना गरेका हौं।“ एकडेमीले विद्यार्थीलाई पढाई सँगसँगै व्यवहारिक सिकाईलाई समेत प्राथमिकता दिदै आएको छ ।

घिरिङ गाउँपालिका - ४ वडा कार्यालय नजिक बसले मोटरसाइकल ठक्कर दिदा  बाइक मा सवार २ जना सामान्य घाइते भएका छन्।
08/09/2024

घिरिङ गाउँपालिका - ४ वडा कार्यालय नजिक बसले मोटरसाइकल ठक्कर दिदा बाइक मा सवार २ जना सामान्य घाइते भएका छन्।

07/09/2024

Advt

ए बि आई टी क्लब लगातार दोश्रो पटक प्रथम भएको छ । आदिकबी भानुभक्त क्याम्पसमा रहेका विभिन्न शिक्षा समुह बीचको  मुल्यांकन ग...
03/09/2024

ए बि आई टी क्लब लगातार दोश्रो पटक प्रथम भएको छ । आदिकबी भानुभक्त क्याम्पसमा रहेका विभिन्न शिक्षा समुह बीचको मुल्यांकन गरि क्याम्पसको वार्षिकउत्सव को अवसरमा ए बि आई टी क्लबलाई प्रथम घोषणा गरिएको हो ।

* **नेपाल विद्यार्थी संघद्वारा हरितालिका तीज विशेष कार्यक्रमको आयोजना**दमौली, तनहुँ - नेपाल विद्यार्थी संघ, जिल्ला कार्य...
01/09/2024

* **नेपाल विद्यार्थी संघद्वारा हरितालिका तीज विशेष कार्यक्रमको आयोजना**

दमौली, तनहुँ - नेपाल विद्यार्थी संघ, जिल्ला कार्य समिति तनहुँको आयोजनामा र नेपाल तरुण दल व्यास नगरको सहआयोजनामा हरितालिका तीजको अवसरमा "हाम्रो संस्कृति हाम्रो पहिचान" नामक तीज गीत प्रतियोगिता कार्यक्रम हुने भएको छ । यही भदौ १९ गते उद्योग वाणिज्य संघको हलमा हुने नेपाल विद्यार्थी संघ, जिल्ला कार्य समिति तनहुँका कार्यवाहक सभापति आशीष कैनीले जानकारी दिए।

कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्णलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ । प्रतियोगितामा जिल्ला भर रहेका बिधालाय बाट माध्यमिक तह सम्मका बिदार्थी सहभागी हुन पाउने कैनीले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु १० हज़ार ८१ र द्वितीय पुरस्कार: रु ५ हज़ार ८१ रहेको छ ।

प्रतियोगिता पूर्ण रूपमा निःशुल्क समेत रहेको आयोजकले जनाएको छ ।

हराएकी बालिका सम्पर्कमा   तनहुँको व्यास-४ दमौली निवासी १३ वर्षीया दृष्टि गुरुङ आज बिहान घरदेखि हराएको र दिउँसो २ बजे चित...
31/08/2024

हराएकी बालिका सम्पर्कमा

तनहुँको व्यास-४ दमौली निवासी १३ वर्षीया दृष्टि गुरुङ आज बिहान घरदेखि हराएको र दिउँसो २ बजे चितवनमा भेटिएको परिवारले जानकारी दिएको छ ।

Nepal Airlines को जहाजलाई सुपर ग्लुले टालेर जहाज उडाउन खोज्ने ३ जना इन्जिनियरलाइ नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन...
30/08/2024

Nepal Airlines को जहाजलाई सुपर ग्लुले टालेर जहाज उडाउन खोज्ने ३ जना इन्जिनियरलाइ नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ।

 #निरन्तर_प्रहारः प्रचण्डलाई गगनको चेतावनी, नेता देशबाट भाग्ने अवस्था आए तपाई पनि खुमलटारमा सुत्न पाउनु हुन्न
29/08/2024

#निरन्तर_प्रहारः प्रचण्डलाई गगनको चेतावनी, नेता देशबाट भाग्ने अवस्था आए तपाई पनि खुमलटारमा सुत्न पाउनु हुन्न

हेर्ने कथाको 'हराएका वर्षहरू' का प्रकाश गोरखाको चुमभ्यालीबाट बिदा भएर उनकै घर भोजपुर फर्किएका छन।
29/08/2024

हेर्ने कथाको 'हराएका वर्षहरू' का प्रकाश गोरखाको चुमभ्यालीबाट बिदा भएर उनकै घर भोजपुर फर्किएका छन।

भारत बाहिरियो‌ : साफ यु-२० च्याम्पियनसिपको फाइनल खेलमा नेपालले बङ्गलादेश विरुद्ध खेल्ने भएको छ ।
27/08/2024

भारत बाहिरियो‌ : साफ यु-२० च्याम्पियनसिपको फाइनल खेलमा नेपालले बङ्गलादेश विरुद्ध खेल्ने भएको छ ।

दमौलीमा आयोजित कृष्ण जन्माष्टमीको मेलामा युवा अभियन्ता महम्मद गफ्फार जुस र पानी बाढदै र सहयोग गर्दै बागबजार युथ क्लब ।
26/08/2024

दमौलीमा आयोजित कृष्ण जन्माष्टमीको मेलामा युवा अभियन्ता महम्मद गफ्फार जुस र पानी बाढदै र सहयोग गर्दै बागबजार युथ क्लब ।

25/08/2024

झापामा एक १६ वर्षीय बालिका बला'त्कृत भएकी छन् । शुक्रबार राति घुम्न जाने भन्दै बोलाएर छुट्टाछुट्टै स्थानमा लगी उनीमाथि सामूहिक ब'लात्कार भएको हो ।अर्जुनधारा ८ को नयाँ बजारमा करिब साढे ८ बजे हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि राति ११ बजे होटलमा लगेर ब'लात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा प्रहरीका अनुसार अनिष, सरोज र केशवले सुरुमा हटियामा करणी गरेका थिए । त्यसपछि अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा बालिकालाई लगिएको थियो । होटलमा होटल मालिकसहित चार जना कामदारले करणी गरेको देखिएको प्रहरीले बताएको छ ।

सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुक...
22/08/2024

सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।@topfans

22/08/2024

अविरल वर्षाका कारण डुम्रे- दमौली सडकखण्ड २४ घण्टादेखि अवरुद्ध बनेको छ । तनहुँ घाँसीकुवामा हिजो बुधबार साँझ खसेको पहिरो आजसम्म हटाउन नसक्दा सडक अवरुद्ध बनेको हो । सडकको पहिरो बिहीबार बिहानैबाट हटाउन सुरु गरिएको थियो । तर सडकमा ठूला रुखसहित पहिरोले खसेकाले पहिरो हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

22/08/2024

६ भदौ, तनहुँ । अविरल वर्षाका कारण काठमाडौं-पोखरा सडकखण्ड २४ घण्टादेखि अवरुद्ध बनेको छ । तनहुँ घाँसीकुवामा हिजो बु....

22/08/2024

कालिका मन्दिर सरसफाइ अभियानमा सहभागी हुन युवा अभियान्त सुदिपको आग्रह

तनहुँको व्यास नगरपालिका-१२ घॉसीकुवामा बुधबार सॉझ खसेको पहिरो ।
21/08/2024

तनहुँको व्यास नगरपालिका-१२ घॉसीकुवामा बुधबार सॉझ खसेको पहिरो ।

भारतका प्रधानमन्त्री नरेन्द्र माेदीसँग साेमबार भेट गर्दै नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ।
20/08/2024

भारतका प्रधानमन्त्री नरेन्द्र माेदीसँग साेमबार भेट गर्दै नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ।

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when Mero pardesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero pardesh:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share