bastarakhabar.com बास्तराखवरडटकम

  • Home
  • Nepal
  • Syangja
  • bastarakhabar.com बास्तराखवरडटकम

bastarakhabar.com बास्तराखवरडटकम We provide news and views of Bastara and all over the world if possible.

आजको सन्देशः शेयर गरेर अरुलाई पनि बाँड्नुहोस् ! एकजना बृद्धको टाउकोमा ४०-५० वटा कपाल थिए। उहाँ बार्बरको पसलमा गएपछि हजाम...
11/06/2024

आजको सन्देशः शेयर गरेर अरुलाई पनि बाँड्नुहोस् !

एकजना बृद्धको टाउकोमा ४०-५० वटा कपाल थिए। उहाँ बार्बरको पसलमा गएपछि हजामले जिस्काउँदै भन्यो: 'साहेब ! के गरुँ ? गनौ कि काटौं ?'

वृद्धले हाँसेर भने: 'अलिकति छोटो गरी काट अनि राम्रो देखिने कालो रंग लगाइदेऊ !

त्यसपछि दुबै जना नै हाँस्न थाले। बार्बरले सोही अनुसार गर्यो।

जिन्दगी ज़िन्दगीकै रुपमा बाँच्ने हो। चाहे जेसुकै होस्, मुस्कुराउन छोड्नु हुँदैन । यदि तपाईं चिन्तामा हुनुहुन्छ भने, आफूलाई सम्हाल्नुहोस् र सोँच्नुहोस्ः संसारमा म भन्दा धेरै दुःखी मान्छे र प्राणीहरु पनि त छन्।

हेर्नोस् त अंग्रेजी वर्णमालाले हामीलाई सिकाउँछ —

A B C...
Avoid Bad Company
गलत संगतबाट टाढा रहनुहोस्!

D E F...
Don't Entertain Fools
मुर्खहरु सँग समय बर्बाद नगर्नुहोस् ।

G H I..
Go For High ldeas
उच्च बिचार राख्नुहोस् ।

J K L M..
Just Keep a friend like Mother
आमाजस्तो साथी राख्नुहोस्

N O P..
Never Overlook the Poor
गरिब र पीडितलाई कहिल्यै नदेखेको झै नगर्नुहोस्।

Q R S..
Quit Reacting to Silles.
मुर्खहरुलाई प्रतिक्रिया दिन छोड्नुहोस्।

T U V..
Tune Urself for ur Victor
आफ्नो जीतमा सुनिश्चित हुनुहोस् ।

W X Y Z...
Work like Zerox you are always young, target the zenith.
फोटोकपीजस्तै दुरुस्त काम गर, तिमी सधै जवान छौ, शिखर चुम्ने लक्ष्य लेऊ॥

हाम्रो दैनिकी ९ ८ ७ ६ ५ ४ ३ २ १ ० हुनुपर्छ । अर्थात —

दिनमा ९ गिलास पानी पिउनुहोस
रातमा ८ घन्टा सुत्नुहोस्
७ परिवार सँग सम्पर्क बढाउनुहोस्
६ अङ्कको मासिक आम्दानी
हप्तामा ५ दिन काम गर्नोस्
४ पाङ्ग्रे सवारी साधन
३ बेडरुम भएको घर
२ असल र संस्कारी छोराछोरी
१ जनासँग मात्र गहिरो जीवन-सम्बन्ध
० चिन्ता ।

सामाजिक संजालबाट साभार गरी सामान्य सम्पादित गरिएको।

14/05/2024

यो जानकारी धेरैलाई काम लागन सक्छ । सैयर पनि गर्नुहोला ।

बैशाख र जेष्ठ महिनाको भित्ते पात्रो हजुरहरुको लागि
11/05/2024

बैशाख र जेष्ठ महिनाको भित्ते पात्रो हजुरहरुको लागि

जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तोताले सोधे — सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनु...
11/04/2024

जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तोताले सोधे — सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनुहुन्छ ?

रतन टाटाले भने — मैले जीवनमा खुशीका चार चरण पार गरेको छु, र यी चार चरण पश्चात खुसीको अर्थ बुझ्न सके ।

पहिलो चरणमा धन र सम्पति कमाउनु थियो । तर यो चरणमा मैले चाहेको खुशी पाउन सकिन ।

त्यसपछि दोस्रो चरणमा आफूलाई मन परेका महंगा र वहुमुल्य सामन जोड्नु, सोख पुरा गर्नु थियो । तर यो कुराको प्रभाव पनि क्षणिक हुन्छ र बहुमूल्य वस्तुको चमक धेरै दिन टिक्दैन भन्ने बुझेँ ।

त्यसपछि तेस्रो चरणमा ठूलो परियोजना प्राप्त गर्नु थियो । त्यो बेला भारत र अफ्रिकामा डिजेल सप्लाई गर्ने प्रोजेक्ट पाए । म भारत र एशियाको सबैभन्दा ठूलो स्टिल कारखानाको मालिक पनि थिएँ। तर यहाँ पनि मैले सोचे जस्तो खुशी पाउन सकिन ।

चौथो चरण थियो जब मेरो एक साथीले मलाई अपाङ्गता भएका बालबालिकाका लागि ह्वीलचेयर किन्न आग्रह गरे । साथीको आग्रहमा मैले तुरुन्तै ह्वीलचेयरहरू किनें ।

तर साथीले मलाई उनीसँगै गएर बच्चाहरूलाई ह्वीलचेयर वितरण गरिदिन आग्रह गरे। म तयार भएँ र उनीसँगै गएँ । त्यहाँ मैले यी बालबालिकाहरूलाई आफ्नै हातले ह्वीलचेयर दिएँ । ती बालबालिकाको अनुहारमा अनौठो खुशीको चमक देखेँ । मैले ती सबैलाई ह्वीलचेयरमा बसेर, घुमफिर गरेको र रमाइलो गरेको देखेँ ।

मैले आफू भित्र साँच्चै खुशी महसुस गरें।

जब कार्यक्रम सकियो र म फर्कन लागेको थिए, एउटा बच्चाले मेरो खुट्टा समात्यो। मैले बिस्तारै खुट्टा छोड्ने कोसिस गरें, तर बच्चाले मेरो अनुहार हेर्यो र मेरो खुट्टालाई समातिरह्यो । मैले झुकेर बच्चालाई सोधें — तिमीलाई अरू केही चाहिन्छ?

यो केटाले दिएको जवाफले मलाई स्तब्ध बनाएको मात्र होइन, जीवनप्रतिको मेरो दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गरिदियो ।

यो बच्चाले भन्यो — "म तपाईको मुहारलाई हेरेर सम्झन चाहन्छु ताकि जब म तपाईलाई स्वर्गमा भेट्नेछु, त्योबेला म तपाईलाई चिन्न सकूँ र फेरि एकपटक धन्यवाद दिन सकूँ।"

21/08/2023

जानकारी सम्बन्धमा ।

https://youtu.be/rLgKeJmF6uE
08/08/2023

https://youtu.be/rLgKeJmF6uE

कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । भूइँमा उभिएको मान्छेको जीवन त कहिले फूल, कहिले ....

02/06/2023

गेल्जी शेर्पा र ङिमा शेर्पाले निकै जटिल र कठिन मानिने सगरमाथाको चौथो शिविर माथिबाट तेस्रो शिविरसम्म ल्याउन सफल भ...

A husband said to his wife: I miss my family, I hope you will prepare lunch tomorrow, so I can invite them, it's been a ...
26/04/2023

A husband said to his wife: I miss my family, I hope you will prepare lunch tomorrow, so I can invite them, it's been a while.

The wife said with a sigh: God willing, it will be good.

The husband said: OK, I will invite them.

The next morning, the husband went to work and at one o'clock he came home, and said to his wife: Did you cook lunch? My family will come in an hour.

And the wife said: No, I did not cook, because your family are not strangers, they can eat what is in the house.

The husband said: God forgive you! Why didn't you tell me yesterday that you won't cook and they will soon be arriving, what will I do?😒

The wife said: Call them and apologize to them, after all, they are not strangers.

The husband left the house upset and after a few minutes, there was a knock on the door. The wife got up, opened the door and was surprised to see her family, brothers, sisters and children!

Her father asked her, "Where is your husband?"

She said to him: He left a while ago.

Her father said, "Yesterday, your husband invited us for lunch. Is it possible for him to invite us and leave the house?"

The wife was stunned by the news, and began rubbing her hands, puzzled that the food in the house was not befitting for her family. She called her husband and said to him: Why didn't you tell me that you intended to invite my family for lunch?

He said to her: My family is your family, and yours is mine. There's no difference.

She said to him: Please bring ready-made food with you when coming, there is no food at home.

The husband said: I am very far from home and your family are not strangers, feed them from the food in the house as you wanted to feed my family.

यो  तस्बिरलाई  " The Vulture And The Little Girl " को  नाम  दिइएको  थियो । यस  तस्विरमा  एक  गिद्ध  चरम  भोकले  तड्पिएर ...
30/03/2023

यो तस्बिरलाई " The Vulture And The Little Girl " को नाम दिइएको थियो । यस तस्विरमा एक गिद्ध चरम भोकले तड्पिएर मर्न आँटेकी एक सानी बालिकाको मृत्युको प्रतीक्षा गरिरहेको छ । यो तस्विर साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टरले ( Kevin Carter ) सन् १९९३ मा सुडानमा अनिकालको समयमा खिचेका थिए ।

उक्त तस्बिरबाट उनले पुलिट्जर पुरस्कार ( Pulitzer Award ) बाट सम्मानित पनि भएका थिए । तर, कार्टरले त्यस सम्मानको आनन्द धेरै दिन लिन भने पाएनन्, किनकि उक्त फोटो खिचेको केही महिनापछि ३३ बर्षको उमेरमा उनले आत्महत्या गरेका थिए ।

किन गरे त आत्महत्या ?

निसन्देह, जब उनी पुरस्कारबाट सम्मानित भए र खुशीयाली मनाउँदै थिए ।

उसबखत दुनियाभरका सञ्चार माध्यममा उनकै चर्चा भईरहेको थियो । यसै प्रख्यातिको माझ उनलाई एक फोन अन्तर्वार्तामा कसैले सोध्यो,
"त्यसपछि त्यो बालिकाको के भयो ?"

उनले जवाफ फर्काए, " त्यसपछि म रोकिईँन, किनकि मेरो फ्लाईट डिले हुँदैथियो । उनको उक्त जवाफपछि प्रश्नकर्ताले उनीतर्फ इङ्गित भने, " म तपाईँलाई भनिरहेकी छु कि त्यसदिन त्यहाँ दुईवटा गिद्धहरु थिए । जसमध्ये एकको हातमा क्यामेरा थियो ।"

फोटो पत्रकार करविन कार्टरलाई उक्त प्रश्नले यति विचलित बनायो कि अन्त्यमा पश्चातापमा पुगेर आत्महत्या गरे ।
****

त्यसैले कुनैपनि स्थितिमा केही कुरा हासिल गर्नुभन्दा पहिले मानवता जगाउनु पर्दछ ।

ति बालिका र कार्टर आजपनि जीवित रहन्थे यदि उनले ति बालिकालाई उठाएर युनाइटेड नेशनको फिडिङ्ग सेन्टरमा पुर्याईदिएको भए । जहाँ पुग्नका लागि बच्चा कोसिस गरिरहेकी थिईन् ।

त्यसैले जब कुनैपनि मौका पर्छ, त्यस्तो परिस्थितिमा फोटो खिच्नको सट्टा मद्दत गर्ने कोसिस गर्नुस् ।

आजकल दु:ख, दर्द, पीडा, गरिबी, घाइते, विरामी लगायतका फोटो खिचेर सामाजिक संजालमा मालामाल या भाइरल हुनकै लागि अपलोड गर्ने गरिन्छ । सहयोगको पुकारका लागि अनेकौँ उपायहरु अपनाएको देखिन्छ ।

एक हिसावले भन्ने हो भने मान्छेका अभाव, पीडा, व्यथा, दर्द आदिलाई सस्तो मजाक बनाईएको छ, कमाई खाने भाँडो बनाईएको छ । तर त्यस्तो फोटो/ भिडियो खिचेर भाइरल हुनु खोज्नेहरुले भने फिटिक्कै सहयोग गरेको देखिदैन् ।

त्यसैले, सोच बदलौँ मानवता सहितको सामाजिक उत्तरदायित्व पनि वहन गरौँ

13/01/2023
19/12/2022

View of Manhattan from Queens in Night

The Eagle does not fight the snake on the ground.It picks it up into the sky and changes the battle ground, and then it ...
08/12/2022

The Eagle does not fight the snake on the ground.
It picks it up into the sky and changes the battle ground, and then it releases the snake into the sky.
The snake has no stamina, no power and no balance in the air.
It is useless, weak and vulnerable unlike on the ground where it is powerful wise and deadly.
Take your fight into the spiritual realm by praying and when you are in the spiritual realm God takes over your battles.
Don’t fight the enemy in his comfort zone,
change the battle grounds like the Eagle
and let God take charge through your earnest prayer.
You’ll be assured of a clean victory !!

07/12/2022

यो जानकारी धेरैलाई थाहा नहुनसकछ , सक्दो सेयर गर्दिनुहोला 🙏

24/11/2022
24/11/2022

-

एकजना बाजे भोट हालेर बाहिर निस्किदैँ गर्दा निर्वाचन आयोगका एकजना कर्मचारीलाई सोधेछन्, "मेरी बूढी भोट हाल्न आई कि आईन हेर्दिनु त बाबु!" ती कर्मचारीले लिस्ट चेक गरेर भनेछन् - "वहाँ त भोट हालेर गइसक्नु भएछ।"

बाजेले अफसोच मान्दै सानो स्वरमा भनेछन् - "अलिकता अगाडि आको भए त आज पक्कै पनि भेट हुने रैछ मेरो!"

कर्मचारीले अचम्म मान्दै सोधेछ "किन र ? तपाईँहरू सँगै बस्नुहुन्न र ?"

बाजेले भनेछन् - "खासमा मेरी बूढी मरेको १५ बर्ष भइसक्यो तर जबजब चुनाव आउँछ मेरी बूढी भोट हाल्न जरुर आउँछे।"

🤪🤪🤪

यस्तो छ कतार विश्वकपको खेल तालिका (नेपाली समयमा)https://www.onlinekhabar.com/2022/11/1214504
07/11/2022

यस्तो छ कतार विश्वकपको खेल तालिका (नेपाली समयमा)

https://www.onlinekhabar.com/2022/11/1214504

२१ कात्तिक, काठमाडौं । फिफा विश्वकप फुटबल आउन अब दुई साता भन्दा कम समय बाँकी छ । पहिलोपल्ट जाडो मौसममा आयोजना हुन ल....

24/10/2022

दीपावली भनेको के हो ?~ सद्‌गुरु

तिहार वा दीपावलीलाई "दीप वा प्रकाशको पर्व" भनिन्छ । मानव जीवनमा प्रकाशको निकै महत्व हुनुको कारण भनेको हाम्रा आँखाको बनावट हो । अरू प्राणीहरूको लागि सामान्यता प्रकाशको अर्थ जीविका चलाउने माध्यम हो । तर मानव जीवनको लागि प्रकाश भनेको देख्न सक्ने वा नसक्ने भन्नेसँग सम्बन्धित हुँदैन । हाम्रो जीवनमा प्रकाशको उदय हुनु नयाँ शुरुवातको सङ्केत हो, अझ महत्त्वपूर्ण पक्ष स्पष्टता हो ।
धेरैजसो प्राणीहरू आफ्नो मूलभूत प्रकृति वा स्वभावअनुसार बाँच्दछन्, त्यसैले उनीहरूमा के गर्ने वा के नगर्ने भन्नेबारे कुनै दुबिधा हुँदैन । बाघको बच्चाले कहिल्यै पनि "के म राम्रो बाघ बन्छु, वा घर पालुवा बिरालोमै सीमित रहन्छु ?" भनेर सोच्दैन । यदि उसले राम्ररी खान सिक्यो भने ऊ राम्रो बाघ बन्दछ । भलै तपाईं मानिसको रूपमा जन्मिनुभए पनि, राम्रो मानिस बन्नको लागि तपाईंले थुप्रै कुराहरू गर्नुपर्ने हुन्छ । अनि तबपनि तपाईंलाई आफू कहाँ छु भन्ने नै थाहा हुँदैन । अरूसँग तुलना गर्दा तपाईंले आफूलाई राम्रो सोच्न सक्नुहुन्छ । तर आफूलाई मात्र हेर्दा तपाईंले आफू कहाँ छु भनेर थाहा पाउनुहुन्न । मानव बुद्धि यस्तो छ कि यदि तपाईंले यसलाई सही ढङ्गले सङ्गठित गर्नुभएन भने, यसले तपाईंमा अझ बढी दुबिधा र दुःख-कष्ट निम्त्याउँछ, जबकि तपाईंको दिमागको तुलनामा लाखमा एक भाग बराबर दिमाग भएका प्राणीहरूले त्यो कहिल्यै भोग्दैनन्; उनीहरू बढी स्पष्ट भएको आभास हुन्छ । गँड्यौला वा कीरालाई के गर्ने र के नगर्ने भनेर यतिकै थाहा हुन्छ, जबकि मानिसलाई चाहिँ हुँदैन । दुबिधामा पर्नको लागि निश्चित स्तरको बुद्धि चाहिन्छ । मानिसहरूले सङ्घर्ष गर्नुको कारण हाम्रो मस्तिष्कको क्षमताले गर्दा भएको हो ।

विशाल सम्भावना हुनुको सट्टा यही बुद्धि अधिकांश मानिसहरूको लागि ठूलो समस्या बनेको छ । उनीहरू आफ्नो पीडालाई विभिन्न नामहरू दिन सक्छन्— तनाव, चिन्ता, दुःख, पागलपन वा डिप्रेशन । तर मूलत: यसको अर्थ यो हो कि उनीहरूको बुद्धि नै उनीहरू विरुद्ध काम गरिरहेको छ । यदि कसैले पनि तपाईंलाई हमला नगरिकनै तपाईं आफैँमा दु:खी रहनुहुन्छ भने, यसको अर्थ तपाईंको बुद्धिले तपाईंको विरुद्धमा काम गरिरहेको छ । मानव अस्तित्वको प्रकृति यस्तो भएको हुनाले स्पष्टता सर्वाधिक महत्त्वपूर्ण छ । त्यसैले प्रकाश महत्त्वपूर्ण छ । किनकि प्रकाश भनेको स्पष्टता हो । दीपावली महत्त्वपूर्ण छ किनकि यो स्पष्टताको लागि समर्पित पर्व हो, जुन तपाईंभित्रको अन्धकारलाई कम गर्नमा केन्द्रित छ ।

दीपावली किन मनाइन्छ ?
ऐतिहासिक रूपमा आजको दिनमा कृष्णले नरकासुरको वध गरेका थिए भनिन्छ । नरकासुर उसको वास्तविक नाम थिएन, तर उसले सबैजनाको जीवन नर्क जस्तो बनाएको थियो, त्यसैले सबैले उसलाई नरकासुर नाम दिए- नरकासुर अर्थात् जसले सबैको जीवन नर्क (नरक) बनाएको छ । जब कृष्णले उसको कर्तुतको अन्त्य गरे मानिसहरूले घर-घरमा दीप प्रज्वलन गरेर उत्सव मनाए । नरकासुरसँगको त्यो घटना सम्भवत: धेरै पछाडि भएको थियो, तर यस समयमा दीप बाल्ने संस्कृति र परम्परा १२ देखि १५ हजार वर्ष पहिलादेखि गरिँदै आएको थियो । मानिसहरूले यो महसुस गरे कि वर्षको यस समयमा जीवन निष्क्रियताको चरम बिन्दुमा हुन्छ । पटाका पड्काउनु पछाडिको कारण के हो भने यदि तपाईं आफैँमा बिस्फोटक (पूर्ण रूपमा जीवित र सक्रिय) जीवन बाँचिरहनु भएको छैन भने कम्तीमा सेरोफेरोमा पटाका पड्काउनाले तपाईंलाई थोरै भएपनि जगाउन सकियोस् । त्यसैले नरक चतुर्दशीको दिन बिहानी ४ बजेदेखि पटाका पड्काइन्छ, ताकि सबैजना उठून र जीवित बनून् ।

यो पक्ष पर्वको प्रकृतिसँग सम्बन्धित छ, तर महत्त्वपूर्ण पक्ष भनेको निष्क्रियतालाई पराजित गर्नु हो । जीवन भनेको समय र ऊर्जाको खेल हो । तपाईंसँग निश्चित मात्राको समय छ र निश्चित मात्राको ऊर्जा छ । चाहे तपाईं व्यस्त हुनुहोस् वा अल्छी, तपाईं स्वस्थ हुनुहोस् वा बिरामी, समय बितिरहन्छ । हामी सबैको लागि समय एकै गतिमा बितिरहेको छ । न कसैले यसलाई रोक्न सक्छ, न कसैले तीव्र गतिमा चलाउन सक्छ । तर समयको अनुभव, तपाईं आनन्दित हुनुहुन्छ वा दु:खी हुनुहुन्छ भन्ने आधारमा फरक-फरक हुन्छ । कुनैदिन तपाईं आन्दित हुनुहुन्छ भने २४ घण्टा एक क्षणमा बितेको जस्तो लाग्छ । यदि तपाईं उदास हुनुहुन्छ भने, २४ घण्टा तपाईंको अनुभवमा निकै लामो समय जस्तो लाग्छ ।

तपाईं आनन्दित हुनुहुन्छ भने यो जीवन निकै छोटो छ । मानिसमा जुन सामर्थ्य र सम्भावनाहरू छन्, त्यसलाई हेर्दा तपाईं १०० वर्ष बाँचे पनि त्यो समय निकै छिटो बितिहाल्छ । तर यदि तपाईंमा जडता छ र तपाईं दु:खित हुनुहुन्छ भने, समय बितेकै छैन जस्तो लाग्छ । जब मानिसहरू दु:खी हुन्छन्, मनोरञ्जनको आवश्यकता अत्यधिक बढ्छ । जब मानिसहरू आनन्दित हुन्छन्, उनीहरूसँग मनोरञ्जनको लागि समय नै हुँदैन । आनन्दले तपाईंको सबै समय लिनेछ । तपाईं बिहान उठ्नुहुन्छ, अनि तपाईंले थाहा पाउनु अगावै रात परिहाल्छ । जब तपाईं आनन्दित हुनुहुन्छ, तपाईंले आफूले सकेको सबैथोक गर्नुहुन्छ । जब तपाईं दु:खी रहनुहुन्छ, तपाईं सबैकुराबाट कसरी पन्छिने भनेर सोच्नुहुन्छ ।

दीपावली निष्क्रियतालाई अन्त्य गर्ने प्रतीक हो, किनकि निष्क्रियता नै नर्कको स्रोत हो । जब जीवनमा निष्क्रियता आउँछ, तपाईं नर्क जानुहुन्न— तपाईं स्वयं नर्क बन्नुहुन्छ ।
“Thank God it’s Friday” (धन्य प्रभु आज शुक्रबार हो !) भन्ने संस्कृति सर्वत्र मौलाउँदै गएको छ । त्यसको अर्थ ५ दिनदु:खी भएर बित्छ अनि बाँकी २ दिन पनि आनन्दमा भन्दा सामान्यतया नशामा बित्ने गर्छ । मानिसहरूलाई हाँस्ने, गाउने, नाच्ने वा केही आनन्दायक कार्य गर्ने बनाउनको लागि तपाईंले उनीहरूलाई नशा दिनुपर्ने हुन्छ, वा कम्तीमा एक गिलास वाइन दिनुपर्ने हुन्छ— अन्यथा त्यो सम्भव हुँदैन ।
क्रोध, ईर्ष्या, घृणा र भयको भावनाले तपाईं आफूभित्र नरक सृजना गर्नुहुन्छ र स्वयं नरकासुर बन्नुहुन्छ । यदि यी कुराहरू हटाइयो भने, त्यहाँ नयाँ प्रकाश प्रदीप्त हुन्छ ।

दीपावलीको महत्व
तपाईंले देख्नुहुने छ कि दीपावलीमा हरेक शहर, गाउँमा जताततै हजारौँ सङ्ख्यामा दियो बालिन्छ । तर यो उत्सव बाहिर दियो बाल्नको लागि मात्रै होइन— तपाईंभित्र पनि दियोको प्रकाश प्रज्ज्वलित हुनुपर्छ । प्रकाश भनेको स्पष्टता हो । यदि स्पष्टता भएन भने, तपाईंमा रहेका सबै गुणहरू वरदान बन्नुको सट्टा अभिशाप बन्दछन् । किनकि स्पष्टताबिनाको आत्मविश्वास दुर्दशा हो । अहिले संसारमा स्पष्टताबिना थुप्रै कामहरू भएको छ ।

आवश्यक स्पष्टताबिना तपाईं चाहे जेसुकै गर्ने प्रयास गर्नुहोस्, त्यो दुर्दशा नै हुनेछ । प्रकाशले तपाईंको दृष्टिमा स्पष्टता ल्याउँदछ— शारीरिक पक्षमा मात्रै होइन । तपाईं जीवनलाई कति स्पष्ट रूपमा देख्नुहुन्छ अनि वरपरको कुरालाई कति स्पष्ट रूपमा बोध गर्नुहुन्छ भन्ने कुराले तपाईं आफ्नो जीवनलाई कति समझदारीपूर्वक अघि बढाउनुहुन्छ भन्ने कुरा निर्धारण गर्दछ । दीपावली त्यो दिन हो, जब अन्धकारमय शक्तिहरूलाई नष्ट गरिएपछि प्रकाशको उदय भएको थियो । मानिसले अन्त कतैबाट उज्यालो ल्याउनु पर्दैन । यदि उसले आफूभित्र जम्मा हुन दिएको काला बादलहरू हटाउने हो भने, स्वत: उज्यालो हुनेछ । प्रकाशको पर्वले त्यही कुरा स्मरण गराउँछ ।

जीवनलाई उत्सवमय बनाउनुहोस् !
यस संस्कृतिमा पहिला यस्तो समय थियो, जहाँ वर्षभरिमा ३६५ वटा चाडपर्वहरू हुने गर्दथे— हरेक दिन एउटा पर्व हुन्थ्यो । यसको पछाडिको उदेश्य हाम्रो सम्पूर्ण जीवनलाई उत्सवमा परिवर्तन गर्नु थियो । आज सायद केवल ३०-४० वटा चाडपर्वहरू रहेका छन् । बाँकी रहेका पर्वहरू पनि हामीले सही तरिकाले मनाउन सकेका छैनौँ, किनकि हामीलाई अफिस जानुपर्छ वा दैनिक अरू केही कुरा गर्नुपर्छ । तसर्थ मानिसहरूले सामान्यतया वर्षमा ८-१० चाडहरू मात्र मनाउँछन् । यदि यस्तै रहन दिने हो भने, आगामी पिँढीसामु कुनै पर्व रहनेछैन । उनीहरूलाई पर्व भनेको के हो भन्ने समेत थाहा हुनेछैन । कमाउने र खाने, कमाउने र खाने— उनीहरू यतिमात्र गरिरहने छन् । धेरै मानिसहरूको सम्बन्धमा यस्तो भइसकेको छ ।

मानिसहरूमा उत्सवको संस्कृति फर्काउनको लागि ईशा योग केन्द्रमा चारवटा मुख्य पर्वहरू मनाइने गरिन्छ: मकर सङ्क्रान्ति (पोङ्गल), महाशिवरात्रि, नवरात्रि र दीपावली ।
अहिले चाडपर्व आउँदा तपाईंले कामबाट छुट्टि पाउनुहुन्छ, अनि तपाईं १२ बजे मात्रै उठ्नुहुन्छ । त्यसपछि तपाईं टन्न खानुहुन्छ अनि कतै फिल्म हेर्न जानुहुन्छ वा घरमै बसेर टि.भी. हेर्नुहुन्छ । यदि बाहिरबाट केही थप्नुभयो भनेमात्र अलिकति नाच्नुहुन्छ । अन्यथा त्यहाँ नाचगान पनि हुँदैन । पहिला यस्तो थिएन ।

चाडपर्वको अर्थ पूरै शहर एक ठाउँमा जम्मा हुने र ठूलो उत्सव गर्ने हुन्थ्यो । चाडपर्वको अर्थ सबैजना बिहानै ४ बजे उठेर, धेरै सक्रिय रूपमा घरभरि थुप्रै कार्यहरू गर्ने गरिन्थ्यो । मानिसहरूमा उत्सवको संस्कृति फर्काउनको लागि ईशा योग केन्द्रमा चारवटा मुख्य पर्वहरू मनाइने गरिन्छ: मकर सङ्क्रान्ति (पोङ्गल), महाशिवरात्रि, नवरात्रि र दीपावली ।

गम्भीर नबन्ने, तर पूर्णतया संलग्न रहनेः
यदि तपाईंले हरेक कुरालाई उत्सवको रूपमा लिनुभयो भने, तपाईं जीवनमा गम्भीर नभइकन पूर्ण रूपमा संलग्न रहन सिक्नुहुन्छ । यतिखेर मानिसहरूको समस्या के हो भने उनीहरूलाई कुनै काम महत्त्वपूर्ण लाग्यो भने, उनीहरू एकदमै गम्भीर बन्दछन् । यदि उनीहरूलाई कुनै काम खासै महत्त्वपूर्ण लागेन भने उनीहरूमा कुनै जाँगर नभएर शिथिल बन्छन्— उनीहरू त्यसमा संलग्न रहन सक्दैनन् । जब कोही भन्छन्, "ऊ असाध्यै गम्भीर छ", तपाईंले बुझ्न सक्नुहुन्छ कि ऊ अब कता पुग्दैछ ! थुप्रै मानिसहरू यस्तै गम्भीर अवस्थामा रहने गरेका छन् ।

जीवनको रहस्य सदैव यसमै रहेको छ— सबैथोकलाई गम्भीर नभइकन हेर्ने, तर पूर्ण रूपमा संलग्न र सहभागी हुने ।
मानिसहरूको निम्ति जुन कुराले महत्त्व राख्दैन, उनीहरू त्यसमा संलग्न रहन र आफूलाई समर्पित गर्नै सक्दैनन् । यही मुख्य समस्या हो । तर, जीवनको रहस्य सदैव यसमै रहेको छ— सबैथोकलाई गम्भीर नभइकन हेर्ने, तर पूर्ण रूपमा संलग्न र सहभागी हुने, खेल जसरी । यही कारणले गर्दा जीवनको निकै गहन पक्षहरूलाई उल्लासमय रूपमा लिने गरिन्छ, ताकि तपाईं त्यसको मूल कुराबाट नचुक्नुहोस् ।

दीपावली पर्व, तपाईंको जीवनमा उत्सव र उल्लासको पक्ष भित्र्याउनको लागि हो ।

Address

Banethok Deurali
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when bastarakhabar.com बास्तराखवरडटकम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like