News of Syangja

News of Syangja Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News of Syangja, Media/News Company, Syangja.

25/04/2022

स्याङ्जा जिल्लाका ११ वटा स्थानीय तहमा मेयर/अध्यक्ष,

उपमेयर / उपाध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट चयन

भएका उम्मेदवारहरु ।

चापाकोट- अध्यक्ष राजु कोइराला

कालीगण्डकी अध्यक्ष खिम थापा

गल्याङ - अध्यक्ष सुर्य प्रसाद गैह्रे (पारश) वालिङ अध्यक्ष कृष्ण खाण

भिरकोट- अध्यक्ष बिश्वनाथ अर्याल

अर्जुनचौपारी अध्यक्ष चिनमाया गुरुङ पुतलीबजार अध्यक्ष सिमा क्षेत्री

आधिखोला अध्यक्ष विश्व पौडेल

हरिनास अध्यक्ष खिम नारायण मानन्धर

बिरुवा अध्यक्ष सुर्य बहादुर कुवर

फेदिखोला अध्यक्ष घनश्याम सुवेदी

24/04/2022
24/04/2022

एमालेबाट गल्याङ्को मेयरमा सुर्य प्रसाद गैह्रे (पारसको) उमेदवारी पक्कापक्की Surya Prasad Gaire Paras

24/04/2022

नगरकमिटी को बहुमत को निर्णय र कार्यकर्ता को चाहना बिपरित प्रदेश कमिटीको निर्णय आउने बुझिएको ले अनिश्चित समयको लागि नेकपा एमाले पुतलीबजार नगरकमिटी र पुतलीबजार का सम्पुर्ण युवा साथिहरु द्वारा जिल्ला पार्टी कार्यलयमा स्याङ्जामा तालाबन्दी गरेका छन ।

24/04/2022

काङ्ग्रेसले आँधीखोला गाउँपालिकाबाट प्रेम पौडेल, फेदीखोलाबाट लक्ष्मीप्रसाद बराल, हरिनासबाट टोपबहादुर भुजेल, अर्जुन चौपारीबाट प्रकाश तिवारी, काली गण्डकीबाट माया राना र बिरुवाबाट डिआर पोख्रेललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ

23/04/2022

नेकपा माओवादी केन्द्रले गल्याङ नगरपालिकाको मेयरमा घनश्याम भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

23/04/2022

स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चापाकोट नगरपालिकाको मेयर पदमा मुन शाह र उपमेयरमा जीवन पंगेनीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ |

23/04/2022

स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सीता थापा, वालिङ नगरपालिका प्रमुखमा कृष्ण बहादुर खाँड र उपप्रमुखमा खगीसरा थापा मगर, हरिनास गाउँपालिका अध्यक्षमा खिमनारायण मानन्धरलाई उम्मेदवार बनाउने एमाले गण्डकीले निर्णय गरेको छ ।

23/04/2022

स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा महेन्द्र श्रेष्ठ र उपमेयरमा उमा श्रेष्ठले चाहना गरेका छन् । उहाँहरू नाताले श्रीमान्-श्रीमती हुनुहुन्छ ।

23/04/2022

पुतलीबजार नगर प्रमुख बन्नका लागि नेकपा एमालेका तर्फबाट ८ जनाले प्रमुखमा र ११ जनाले उपप्रमुखका आकाङ्‌क्षी देखिएका छन्। यसैगरी नेपाली कंग्रेसतर्फका २२ जनाले नगरप्रमुखमा र ६ जनाले उपप्रमुखमा उम्मेदवारीको घोषणा गर्ने इच्छा प्रकट गरेका छन्।

19/06/2021

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८–७९ को योजनामा स्याङ्जाका २१ वटा आयोजना समेटिएका छन् ।

११ पालिका रहेका स्याङ्जाको हरिनास, विरुवा र अर्जुन चौपारी गाउँपालिकाबाहेकका सम्पूर्ण पालिकाहरुको लागि मन्त्रालयले छनोट भएका आयोजनाहरुमा आवश्यक बजेट समेत विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश तहमा हस्तान्तरण भएका शशर्त पूँजीगत योजनाअन्तर्गत चापाकोट नगरपालिका वडा नं १० छापको गह्रौँ कालिका मन्दिरका लागि १० लाख, मगर समाज साँस्कृतिक घर निर्माणको लािग १० लाख, नेवार समाज सांस्कृतिक घर निर्माणका लागि ८ लाख, वडा नं ९ को बेल्चौरमा रहेको त्रिभुरेश्वर शिव (राधाकृष्ण) मन्दिरका लागि ८ लाख विनियोजन गरिएको छ ।

पुरातवत्व विभागमार्फत पुतलीबजार नगरपालिकाको सतहुँकोट तथा चण्डीथान संरक्षण गर्न १० लाख र सोही नगरपालिका १३ को सितलादेवी मन्दीर संरक्षण पुन निमार्ण गर्न १० लाख, कालीगण्डकी गाउँपालिकाको आलमदेवी मन्दिर संरक्षणका लागि २५ लाख, वालिङ नगरपालिका १४ बान्द्रे भन्ज्याङ दुर्गा संरक्षण गर्नका लागि १० लाख र आधिँखोला गाउँपालिका ५ को काला भैरवकोट मन्दिरका लागि २५ लाख विनियोजन गरेको छ ।

मन्त्रालयका अनुसार स्थानीय तहमा हस्तान्तरण भएका पूँजीगत योजनाअन्तर्गत फेदीखोला गाउँपालिका २ को भैरवस्थान पर्यटन पूर्वाधार निर्माण गर्नको लागि १० लाख विनियोजन गरेको छ ।

त्यसैगरी आधिखोला गाउँपालिका वडा नं १ र २ को गोरुजुरे पर्यटन पूर्वाधर निर्माण योजनाका लागि ८ लाख र सेतीदोभान प्रहरी चौकीदेखि साधना गार्डन जाने पदमार्ग तथा दृश्यावलोकन टावर निर्माण गर्नको लागि १० लाख विनियोजन गरेको छ ।

मन्त्रालयले वालिङ नगरपालिका वडा नं १४ लंकाकोट पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि १२ लाख र पुतलीबजार नगरपालिका ५ को डाडे, टारी, ठूल ढुगा) र हरिहर मन्दिर क्षेत्र पूर्वाधार निर्माणको लागि १० लाख विनियोजन भएको छ ।

त्यसै गरी आधिँखोला गाउँपालिकाको काफलटारी गुरुकुलका लागि १२ लाख र कालीगण्डकी गाउँपालिका वडा नं ४ को क्षेत्रपाल कालिका मन्दिर संरक्षण गर्नको लागि १० लाख विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

गल्याङ नगरपालिका वडा नं ३ को चण्डेश्वरी मन्दिरका लागि १० लाख र ११ मा रहेको गह्रौँ भगवती मन्दिर, तुल्सिभञ्ज्याङ दिमिकको लागि १५ लाख विनियोजन गरेको छ ।

त्यसैगरी भीरकोट नगरपालिकाको सिद्ध गोपालेश्वर पशुपतिनाथ मन्दिर निर्माणका लागि ८ लाख र कदङ्ग मदरसा स्तोन्नतिका लागि १० लाख विनियोजन गरेको छ ।

त्यसै गरी चापाकोट नगरपालिका १ को महारुद्रस्थान पर्यटकीयस्थल निर्माणका लागि १० लाख, ९ को उत्तरगंगा शन्तिकुञ्ज मधुवनधाम राममन्दिर परिसर पर्यटकीयस्थल निर्माणका लागि ८ लाख र ७ को रामजानकी मन्दिर पर्यटन पूर्वाधार विकासका लागि ७ लाख विनियोजन गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

16/06/2021

भीरकोट नगरपालिका–४ दर्बुङठाँटीस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भीरकोट–३ का ३६ वर्षीय गणेशजंग अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

घाइते हुनेहरुमा ३० वर्षीय विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीय रुकबहादुर परियार, २८ वर्षीया की सोनी श्रेष्ठ र २४ वर्षीय दिनेश परियार रहेका छन् । थापा जिपचालक हुन् ।

बुधबार बिहान बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ४९४० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते ६ जनालाई भीरकोट नगर अस्पतालमा उपचार गरेपछि थप उपचारका लागि पोखरा रिफर गरिएको डीएसपी अधिकारीले बताए ।

16/06/2021

अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ ।

15/06/2021
15/06/2021

आकाशवाट वर्षा घटेको छैन, जमिन मक्किदै गएको छ । धेरै ठाउँमा पहिरो जान सुरु भएको छ । कतिपय ठाउँमा बाटो र विजुली अबरुद्ध भएको छ । हामी सबै आफैप्रति र समुदाय प्रति अति सचेत बनौ ।
प्रशासन, प्रहरी र हामी संगठित राजनीतिकर्मी हरेक समय सतर्क अवस्थामा छौं । विपतको संकेत देखिएमा निम्न बमोजिम् सम्पर्क गर्नुहोला । हामी सक्दो उद्धारको निमित्त आईपुग्नेछौं ।

15/06/2021

अविरल वर्षाको कारण गुल्मी ,पाल्पा र स्याङ्जाको संगम स्थल रुरुधाममा नदीको सतह बढेको छ। कालीगण्डकी र रिडी खोलामा पानीको सतह बढेको छ। सतर्कता अपनाउन आग्रह गर्दछौ।

14/06/2021

स्याङ्गजामा कोरोनाको दोश्रो लहर संगै महामारी नियन्त्रणमा नआईसकेको भन्दै असार ७ सम्म जिल्ला प्रशासन कार्यालय स्याङ्गजाले निषेधाज्ञा थपेको छ । संक्रमणलाइ थप फैलन नदिन जिल्लाबासीलाई सजगता अपनाउन अनुरोध गर्दै निषेधाज्ञा असार ७ सम्म थपिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

13/06/2021

स्याङ्जा । गल्याङ नगरपालिका—३ लल्याङमा रहेको बस्ती पहिराका जोखिममा परेको छ । भार्लेको ठूलो पहिराको नामले चिनिने सो पहिराका कारण वर्षायामको शुरुआत भएसँगै यस क्षेत्रमा वसोवास गर्दै आएका स्थानीय बासिन्दा त्रसित बनेका हुन् । करीब एक सय घरधुरी रहेको सो क्षेत्रमा पहिरो बस्ती नजिक पुगेपछि स्थानीय बासिन्दामा त्रास छाएको हो ।

लायन्स क्लब अफ गल्याङ सिटीद्वारा गल्याङ नगर अस्पतालका लागि प्रदान गरिएको हाई फ्लो अक्सिजन मेसिन ग्रहण गर्दै नगरप्रमुख भु...
07/06/2021

लायन्स क्लब अफ गल्याङ सिटीद्वारा गल्याङ नगर अस्पतालका लागि प्रदान गरिएको हाई फ्लो अक्सिजन मेसिन ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारी । पाँच लाख २५ हजार रुपैयाँ बराबर मुल्य पर्ने उक्त मेसिन स्याङ्जा जिल्लामा पहिलोपटक गल्याङ भित्रिएको हो । गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एवम् लायन्स क्लब अफ डिस्ट्रिक ३२५ वि वान का एड्भाइजर महेश भट्टराईको पहलमा उक्त मेसिन प्राप्त भएको हो ।

स्याङ्जा जिल्लाक स्थानीय सरकारको बजेट
30/05/2021

स्याङ्जा जिल्लाक स्थानीय सरकारको बजेट

28/05/2021

थोरै भए पनि मलाम लगाउने काम गर्न खोज्नु भएकोमा गल्याङ नगरपालिका का मेयर पर्ती हार्दिक आभार व्यक्त गर्न चाहान्छौं । यो कदम नरोकियोस । मृतकका परिवारले राहत महसुस गर्न पाउन 🙏🙏

24/05/2021

वालिङ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अनन्तराज गैरेले कोभिड संक्रमितलाई अस्पतालसम्म आफ्नो निजी गाडी उपलब्ध गराएका छन्

गल्याङ नगरपालिकामा कोरोना बिरामीका लागि बेड तथा अक्सिजन निःशुल्क गरिने

This headlines are 😍😍❣️

सर्बोच्च अदालतमा रिट परेको छ अनि येस्तो महामारीमा येस्तो हर्कत नगर्दा हामी स्याङ्जा बासीको भलाई हुनेछ कृपया घरमा बस्नुहो...
22/05/2021

सर्बोच्च अदालतमा रिट परेको छ अनि येस्तो महामारीमा येस्तो हर्कत नगर्दा हामी स्याङ्जा बासीको भलाई हुनेछ कृपया घरमा बस्नुहोला अनि lockdown को पालना गर्नुहुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौं

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when News of Syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share



You may also like