Pictures Feed

Pictures Feed Video Buzz

14/07/2024

Dhadkan

Good Morning
26/02/2024

Good Morning

Hello friends how are you?
23/02/2024

Hello friends how are you?

21/02/2024
21/02/2024
21/02/2024
Happy Hug Day > Maya
12/02/2024

Happy Hug Day > Maya

Beautiful Singer Tika Sanu
30/01/2024

Beautiful Singer Tika Sanu

Old Bhadragrol character (Now in Sakkigoni)
26/01/2024

Old Bhadragrol character (Now in Sakkigoni)

10/01/2024
पाँचौ इन्द्रेणी 🌈 कप २०७९ को उपाधी दीपज्योति युवा कल्ब गृहकोट टिमलाई... हार्दिक बधाई तथा शुभकामना !!!💐💐💐💐💐विजया दशमीको अ...
12/10/2022

पाँचौ इन्द्रेणी 🌈 कप २०७९ को उपाधी दीपज्योति युवा कल्ब गृहकोट टिमलाई... हार्दिक बधाई तथा शुभकामना !!!💐💐💐💐💐

विजया दशमीको अवसर पारेर श्री इन्द्रेणी युवा क्लव हरिनास-४ चित्रे स्याङ्जाद्वारा आयोजना गरिएको शुद्ध गाउँ तथा साविक वडा स्तरीय सिनियर पुरूष भलिबल प्रतियोगिताको उपाधी गृहकोट टिमले हासिल गरेका छन् । सान्त्वना पुरस्कार / तृतीय पुरस्कार रू १०,०००/१०,०००, द्वितीय पुरस्कार रू ३०,००० र प्रथम पुरस्कार ५०,००० राखिएको राशीमा सान्त्वना / तृतीय पुरस्कार गैराखोला र धरादीलाई, त्यसै गरी द्वितीय पुरस्कार आग्रिडाडा टिमलाई र प्रथम पुरस्कार गृहकोट टिमले जीत हासिल गरेर पाचौं इन्द्रेणी कप-२०७९ को उपाधी गृहकोटले हात पारेको हो ।

पाचौं इन्द्रेणी कप-२०७९ कार्यक्रम समापन गर्नका लागि अतिथिहरू इन्द्रेणी युवा क्लवका अध्यक्ष समीर राना, हरिनास गाउँपालिका का अध्यक्ष खिम नारायरण मानन्धर, हरिनास गाउँपालिका का उपाध्यक्ष इन्द्रा कुमारी राना, हरिनास गाउँपालिका वडा न. ४ का अध्यक्ष सन्त बहादुर थापा, गुञ्जन मानन्धर, सुरक्षाकर्मी र अन्य अतिथिहरूको उपस्थितिमा पाचौं इन्द्रेणी कप-२०७९ लाई समापन गरिएको हो ।

हिजोको सम्पुर्ण खेलको प्रत्यक्ष प्रसारण Hamro Media TV
Link :- https://youtube.com/channel/UC4ibVEjJLavs_bVFRxM_qkQ

Pokhara Airport Update: यस्तो बन्यो पोखरा अन्तराष्ट्रिय विमानस्थल ।
23/08/2022

Pokhara Airport Update: यस्तो बन्यो पोखरा अन्तराष्ट्रिय विमानस्थल ।

------------------------------------------CENTER NEPALPresented by Paschim Pokhara Media Pvt.Ltd.Bagar-01, PokharaConnect with Us:Facebook: https://www.faceb...

17/07/2022

साउन महिनाको पहिलो दिन लुटो फ्याक्ने प्रचलन
हामीले पनि लुटु फ्याकेर रमाइलो गरेका थियौ ।
गत साल २०७८


भिडियो स्रोतः Om Manandhar

05/07/2022

ईमान्दारिता सबै भन्दा ठूलो कुरो,त्यो जरुरी छ । अप्ठ्याराहरु आउछन कठिनाईहरु आउँछन हिडडै जाँदा ठेस लाग्न सक्छन, ती कुराहरु आत्तिनु हुँदैन। र मलाई लाग्छ टेकेको धरातल र समाएकोको हाँगो छोडन हुदैन, म को हुँ भनेर बिर्सनु हुँदैन । र आफ्नो कर्ममा एक्दमै कर्म शिल उतार चढाव आउछ तपाईको स्वास्थमा उतार चढाव आउँछ तपाईको वेवाहरमा उतारचढाव आउँछ । तपाइको समय विभिन्न खालकाहरु आउन सक्छ ती छल्दै ती पन्छाउदै अगाडी बढनु पर्छ ।
#प्रमोद_खरेल

16/06/2022

हरिनास गाउपालिका स्याङ्जा को पहिलो कार्यपालिका बैठक ले बिभिन्न बिषयगत समिति निर्माण गरि जिम्मेवारि प्रदान गरेको छ। जिम्मावारी प्राप्त गर्नु हुने कार्यपालिका सदस्यज्यु हरु प्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्याक्त्त गर्दछु।💐💐💐
१• हरिनास गाउपालिका सरकार को प्रबक्त्ता : Om Prakash Sigdel
२• स्रोत अनुगमन तथा बजेट सिमा निर्धारण समिति : संयोजक - खिम नारायण मानन्धर
३• राजश्व परामर्श समिति : संयोजक - Indra Kumari Thapa Rana
४• आर्थिक बिकास समिति : संयोजक- उजेलि परियार
५• पुर्बाधार बिकास समिति : संयोजक- Santa Thapa
६• सामाजिक बिकास समिति :संयोजक - भरत थापा
७• अनुगमन तथा सुपरिवेक्षण समिति : संयोजक- इन्द्रा कुमारि थापा राना
८• न्यायिक समिति : संयोजक - इन्द्रा कुमारि थापा राना
९• विधायन समिति : संयोजक - ओम प्रकाश सिग्देल
१०• शिक्षा समिति : संयोजक - खिम नारायण मानन्धर
११• बिपद ब्याबस्थापन समिति : संयोजक- खिम नारायण मानन्धर
१२• लेखा समिति : संयोजक - Nirmal Lamsal
१३• बजेट तथा कार्यक्रम तर्जुमा समिति : संयोजक - इन्द्रा कुमारि थापा राना |

14/06/2022

हिजाे हरिनास गा पा वडा नम्बर ४ काे कार्य बहाक वडा अध्यक्षमा मलाई वडा समितिकाे सर्वसहमतिले चयन गरेकाे र जनता तथा जनमानसमा केही भ्रम र फरक बुझाई भएकाे, आएकाेले वडाकाे सम्पूर्ण काम, कर्तव्य अध्यक्ष सन्त थापाबाटै हुने जानकारी गराउदछु। जनतालाई भई परि आएकाे अवस्थामा म मात्रै नभई चारै जना वडा सदस्यहरु तमतयारि रहेकाे जानकारी गराउदछु। जसकाे लागि ठाउँ भेग र आफुलाई सहज अनुसार जुन, जस लाई पनि फाेन गरेर गुनासा तथा समस्या जानकारी गराउन सक्नुहुनेछ ।
अध्यक्ष- सन्त बहादुर थापा ९८१७१३७८९५,
९८५६०८७५९५
सदस्य- गुञ्जन मानन्धर ९८०८५१११२२, ९८४१७८६३१९
सदस्य- इन्द्र कुमारी थापा ९८२५१२८०९१, ९८४२६२६६८९
सदस्य - दिल कुमारि बि क ९८२४१४६५५९५
सदस्य - प्रथी बहादुर थापा ९८०६६२३१८५
#गुञ्जन_मानन्धर

30/05/2022

वडा कार्यालयले केके काम गर्न पाउँछ ? यी हुन्, वडाले गर्ने ३७ काम

स्थानीय तह अन्तर्गत वडाले देहाय वमोविजमका विषयमा सिफारिश वा प्रमाणित गर्ने:

१. नाता प्रमाणित
२. नागरिकताको सिफारिश र
नागरिकताको प्रतिलिपि लिनका
लागि सिफारिश गर्ने ।
३. बहाल करको लेखाजोखा
सिफारिश गर्ने ।
४. कोठा खोल्न रोहबरमा बस्ने ।
५. मोही लगत कट्टा सिफारिश गर्ने

६. घर जग्गा करको लेखाजोखा
सिफारिश गर्ने ।
७. जन्म मिति प्रमाणित गर्ने ।
८. व्यापार व्यवसाय बन्द भएको
वा संचालन नभएको वा ब्यापार
व्यवसाय हुँदै नभएको सिफारिश
गर्ने ।
९. मिलापत्र कागज गराउने निवेदन
दर्ता सिफारिश गर्ने ।
१०. विवाह प्रमाणित, अविवाहित
प्रमाणित गर्ने ।
११. निःशुल्क वा सशुल्क स्वास्थ्य
उपचार सिफारिश गर्ने ।
१२. आफ्नो अधिकारक्षेत्रका
विषयमा अंग्रेजी भाषामा सिफारिश
तथा प्रमाणित गर्ने ।
१३. घर पाताल प्रमाणित गर्ने ।
१४. व्यक्तिगत विवरण प्रमाणित
गर्ने ।
१५. पुर्जामा घरकायम गर्ने
सिफारिश गर्ने ।
१६. फरक, फरक नाम, थर, जन्म
मिति सिफारिश र प्रमाणित÷दुवै
नाम गरेको व्यक्ति एकै हो भन्ने
सिफारिश गर्ने ।
१७. नाम, थर, जन्म मिति
संसोधनको सिफारिश गर्ने ।
१८. जग्गा धनीपुर्जा हराएको
सिफारिश गर्ने ।
१९. कागज र मन्जुरीनमा प्रमाणित
गर्ने ।
२०. कित्ताकाट सिफारिश गर्ने ।
२१. संरक्षक प्रमाणित तथा
संस्थागत र व्यक्तिगत संरक्षक
सिफारिश गर्ने ।
२२. जीवितसँगको नाता प्रमाणित
गर्ने ।
२३. हकवाला वा हकदार प्रमाणित
गर्ने ।
२४. नामसारी सिफारिश गर्ने ।
२५. जग्गाको हक सम्बन्धी
सिफारिश (सार्वजनिक, ऐलानी तथा
पर्ति जग्गा बाहेक) गर्ने ।
२६. मृतकसँगको नाता प्रमाणित,
सर्जमिन, सिफारिश गर्ने ।
२७. उद्योग ठाउँसारी सिफारिश
गर्ने ।
२८. जीवित रहेको सिफारिश गर्ने ।
२९. पूर्व प्राथमिक विद्यालय
खोल्ने सिफारिश गर्ने ।
३०. जग्गा मूल्यांकन सिफारिश
प्रमाणित गर्ने ।
३१. विद्यालयको कक्षा बृद्धि
सिफारिश गर्ने ।
३२. पालन पोषण सिफारिश गर्ने ।
३३. वैवाहिक अंगिकृत नागरिकता
सिफारिश गर्ने ।
३४. आर्थिक अवस्था कमजोर वा
विपन्नता प्रमाणित–आर्थिक
अवस्था बलियो वा सम्पन्नता
प्रमाणित गर्ने ।
३५. विद्यालय ठाउँसारी सिफारिश
गर्ने ।
३६. धारा तथा विद्युत जडान
सिफारिश गर्ने ।
३७. प्रचलित कानुन अनुसार
प्रत्यायोजित अधिकार बमोजिमको
अन्य सिफारिश वा प्रमाणित गर्ने ।

21/05/2022

जिल्ला स्याङ्जाका ११ पालिकाका निर्वाचित प्रमुख/उपप्रमुख लगायत वडा प्रतिनिधिहरु लाई हार्दिक बधाई एवं कार्य सफलताको शुभकामना !

१. पुतलीबजार नगरपालिका:
मेयर : तुलसी राम रेग्मी (ने.कांग्रेस)
उपमेयर: देवी अर्याल (ने.कांग्रेस)

२. वालिङ नगरपालिका:
मेयर :कृष्ण खाणँ (ने.एमाले)
उपमेयर:कविता तिवारी (ने.कांग्रेस)

३.भीरकोट नगरपालिका:
मेयर: गोविन्द कु.कर्माचार्य (ने.कांग्रेस)
उपमेयर:भगवती अर्याल (ने.कांग्रेस)

४. गल्याङ नगरपालिका:
मेयर:गुरु प्रसाद भट्टराई (ने.कांग्रेस)
उपमेयर:हेमा न्यौपाने (ने.कांग्रेस)

५.चापाकोट नगरपालिका:
मेयर:देब कुमार खाणँ (ने.कांग्रेस)
उपमेयर:इशा राना (ने.कांग्रेस)

६.फेदिखोला गाउँपालिका:
अध्यक्ष:घनश्याम सुवेदी (ने.एमाले)
उपाध्यक्ष :देवी कुमारी गुरुङ (ने.एमाले)

७.अर्जुनचौपारी गाउँपालिका:
अध्यक्ष:प्रकाश तिवारी (ने.कांग्रेस)
उपाध्यक्ष:सपना गुरुङ (ने.कांग्रेस)

८.हरिनास गाउँपालिका:
अध्यक्ष:खिमनारायण मानन्धर (ने.एमाले)
उपाध्यक्ष:इन्द्रकुमारी थापा राना (ने.एमाले)

९.बिरुवा गाउँपालिका:
अध्यक्ष :सुर्य कुँवर (ने.एमाले)
उपाध्यक्ष :भगवती शर्मा (ने.एमाले)

१०.आधिखोला गाउँपालिका:
अध्यक्ष:बिश्व पौडेल (ने.एमाले)
उपाध्यक्ष:सीता थापा (ने.एमाले)

११.कालिगण्डकी गाउँपालिका:
अध्यक्ष:खिम बहादुर थापा (ने.एमाले)
उपाध्यक्ष:साबित्रा कोइराला (ने.एमाले)

15/05/2022

२०७९को स्थानीय निर्वाचनले स्याङ्जा हरिनास गाँउपालिकाको स्थानीय तहमा निर्वाचित गरेका पालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष जनप्रतिनिधिहरु:-

वडा न १:इन्द्र बहादुर गुरुङ (काँग्रेस)

वडा न २:चित्र बहादुर थापा (काँग्रेस)

वडा न ३:ओम प्रकाश सिग्देल (एमाले)

वडा न ४: सन्त बहादुर थापा (एमाले)

वडा न ५: निर्मल लम्साल (काँग्रेस)

वडा न ६: दिल बहादुर राना (एमाले)

वडा न ७: भरत थापा (एमाले)

गाउँपालिका
अध्यक्षमा : खिम नारायण मानन्धर (३७ भोटले विजेता)

उपाध्यक्षमा : इन्द्र कुमारी राना थापा।

पालिकामा अध्यक्ष उपाध्यक्ष जिते पनि गत चुनावमा पालिकाको दुई वटा वडा जितेको एमालेले यस पटक दुइवटा २ र ५ वडा गुमाएको छ भने गत चुनावमा काङ्ग्रेसले जितेको एउटा वडा (६ नम्बर) थप्न सफल भएकोछ । त्यस्तै काङ्ग्रेसले गत चुनावमा जितेको ६नम्बर वडा गुमाए पनि २ र ५वडा जित्न सफल भएकोछ। यस्तै नेकपा माओवादीले वडा नम्बर १, २ र ५मा एक एक जना वडा सदस्य जित्न सफल भएकोछ । यो संगै हरिनास गाउँपालिका सरकारमा एमाले, काङ्ग्रेस र माओवादीको प्रतिनिधित्व हुने भएकोछ ।

14/05/2022

हरिनास ४ मा काङ्ग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेको उम्मेदवार सन्त बहादुर थापा विजयी। हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

14/05/2022

हरिनास गाउँपालिका वडा नं - ३ को नतिजा :
नेकपा एमाले उम्मेदवार ओम प्रकाश सिग्देल वडा अध्यक्षमा विजयी । पालिका प्रमुख उपप्रमुख तर्फ भने गठबन्धनलाई बढी मत ।।।

14/05/2022

स्याङ्जा हरिनासगाउँपालिका को पछिल्लो अपडेट
गाउँपालिका अध्यक्ष :
गठबन्धन बाट टोपबहादुर भुजेल- १४५९
एमाले बाट खिमनारायण मानन्धर - १०४३
गठबन्धनको आग्रता - ४१६

गाउपालिका उपाध्यक्ष बाट :
गठबन्धन बाट मिठु लम्साल- १४४५
एमाले बाट इन्द्राकुमारी थापा राना - १०४३
गठबन्धनको आग्रता - ४०१
हरिनास वडा नं १ र २ मा काँग्रेस माओवादी गठबन्धनको प्यानल नै विजयी ।

02/05/2022

लसुन प्राय हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ तर यसका स्वास्थ्यसम्बन्धी धेरै गुणबाट हामीमध्ये सायद थोरै मात्रै जानकार छौ ।
लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र उपयुक्त नभइ औषधीका रूपमा समेत निकै उपयोगी मानिन्छ । लसुनका केही उपयोगिताका बारेमा जानीराखे भविष्यमा तपाईलाई समेत फाइदाजनक हुन सक्छ भने अहिले आफूमा रहेका समस्याबाट बच्नका लागी समेत यो सामग्री उपयोगी हुन सक्छ ।

जानीराखौँ लसुनका केही उपयोगिता...
१. गानो गएमा: लसुन पिसेर वा एक केस्रा लसुन तातो पानीसित खाएमा गानो गएको अवस्थामा फाइदा गर्छ ।
२. विषम ज्वरोमा: बिग्रेको ज्वरोमा लसुन घिऊ वा तेलमा डढाएर त्यो घिउ वा तेल पिए लाभ गर्दछ ।
३. मुटुको रोगमा: यस रोगमा घिऊमा फुराएको लसुन एक-दुई केस्रा भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ ।
४. शरिर सुनिएकोमा: लसुन हालेर पकाएको तेलम मालिस र एक-दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ ।
५. पेट दुखेमा: लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ ।
६. बाजीकरणमा: एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या धिऊमा पकाएर खाए उत्तेजना र बलविर्य बढ्छ ।
७. स्वप्नदोषमा: एक केस्रा काँचो लसुन चपाउनुपर्छ । यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ ।
८. भित्री चोटमा: नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ गर्दछ ।
९. वीर्य बृद्दीमा: लसुनको केस्रा छोडाएर घीऊमा रातो पारेर भुट्ने तर कालो पारेर भने डढाउनइ दुधमा खीर पकाएर एक महिना जति िनहुँ खाए विर्य बढ्छ । नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ ।
१०. कपाल दुखेमा: दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ ।
११. बिच्छीको विषमा: लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ ।
१२. जिब्रो सुनिएमा: लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ ।
१३: घाऊ धुन: पानिमा कुटेका लसुन मिसएर घाऊ धोए लाभ गर्दछ ।
१४: कान दुखेमा: लसुनको पातको रस वा लसुन तेलमा डढाएर त्यो तेल कानमा हाले लाभ गर्छ ।
१५ भोक नलागेमा: बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत हुन्छ ।

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Pictures Feed posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies