गजल प्रहर 3angels

गजल प्रहर 3angels This page is for radio program gajal prahara which is broadcasting form 3angels community radio 94.6 MHz
phone No :061-431823
www.3angelsnepal.org.np

गजल प्रहर पेज थ्रि एन्जल्स कम्यूनिटी रेडियो ९४.६ मेगाहर्जबाट प्रसारण हुने कार्यक्रको लागि गजल मनहरुको गजललाई स्थान दिनको लागि हो । कार्यक्रम गजल प्रहर हरेक हप्ताको शुक्रवार राति ९ः१५ देखि १०ः०० बजे सम्म प्रसारण हुने गर्दछ ।

14/07/2016

कविता : क्या बात प्रम केपी ओली !

–महेन्द्र केसी,

हामी सवै नेपालीको एउटै बोली
नौटंकी प्रम केपी ओली
कहिले पाइपमा ग्यास,
कहिले पानी जाहज
त कहिले हावामा विजुली
थोत्रा भाषण सुनेपछि भन्नै पर्छ
हामी सवैका मनमनबाट निस्केको बोली
नौटंकी उखानटुक्के हाम्रा प्रम केपी ओली ।

फोहोरबाट विजुली निस्कीयो
घरघरमा केबुलतार(कार)को लाइन प्रशासरण भयो
अब डुबानमा परेको तराइमा पानीजाहज आउँछ उद्धार गर्न
हुम्ला, जुम्ला , जारकोट पुग्छन नक्कली डाक्टर उपचार गर्न
कानको अप्रेशन गर्ने विरामीको नाकको अप्रेशन हुन्छ
पेटको गर्नेको मुटुको
अनि हुन्छ जताततै जाली
मूर्तबादका नारा हुन्छन् खाली
हामी सवैको मनमनको बोली
क्या पाएछौं उखानटुक्के प्रम केपी ओली ।

मेलम्चीको पानी काठमाडौमा आइसक्यो !
कर्णालीका जनताले भोकमरी राहत पाइसक्यो !
नक्कली पाइलट उडान भर्छन
जनता अब बसमा र्हैन केबुलतार र पानीजाहज चढ्छन्
नक्कली डाक्टरसँग मुख, गिजा, दाँत र जिब्रो जँचाएर
नेता फुर्ती लगाउँदै अनेक थरी भाषणमा भन्छन्
जोसमा हो कि !?
होसमा हो कि !?
बेहोसमा, आउँछन हावामा महल बनाउने बोली
भन्नैपर्छ दिल खोली
क्या बात प्रम केपी ओली ।

जताततै ओलीकै चर्चा र ताली
छैन कुनै कुना –चोटा खाली
सरकारी कार्यालय जाऊँ
या, एनजिओ÷आइएनजिओ जाऊँ
अस्पताल पसौं या शहरका चोकगल्ली
हरेक क्षेत्रमा कुरीति, जालसाँची
विकृतिले सवैलाई गाँजेको छ
झलमल बलेको छ–अध्यारोले देख्न सकिन
पानीजाहज आउँछ कि !?
मेट्रो रेल आउँछ कि !? भनी कुरी बसे समुन्द्रमा टेक्न सकिन
बाध्यभए खुट्टा डुबाइहाले
ट्राफिक आयो जरिवाना तिरायो
नेताले बनाएको यो देश देखेर भन्नैपर्छ हामी
विदेशीसँग थापेर कुम्लो– झोेली
कुम्लाएर पोको
युवा विदेश पठाएर
फर्किएका कफिनमाथि झारिएका आशु ती
जनताप्रति शासकको क्या सम्मान छ,
भूकम्पको घाउमा भ्रष्टाचारको मलम लाएको
देश मात्रै हैन विदेशमा पनि चर्चा पाएको
हामी सवैले भन्ने पर्छ दिल खोली
जय ! जय !! प्रम केपी ओली !!!

बाजुङ–१ पर्वत

13/07/2016
कविता : क्या बात केपी ओली ! - Ratopati

कविता : क्या बात केपी ओली ! - Ratopati

हामी सवै नेपालीको एउटै बोली नौटंकी प्रम केपी ओली कहिले पाइपमा ग्यास, कहिले पानी जाहज त कहिले हावामा विजुली थोत्रा भाषण सुनेपछि भन्नै पर्छ हामी सबैका मनमनबाट निस्केको बोली उखानटुक्के हाम्रा प्रम ओली । फोहोरबाट विजुली निस्कियो घरघरमा केबुलतार(कार)को लाइन प्रशासरण भयो अब डुबानमा परेको तराइमा पानीजाहज आ...

11/06/2016

गजल ~~~~~~~~~~

आफैलाई थाहा छैन आज म सरावी भएँ
संगत नगर्नु सँग गरेर म वर्वादी भएँ

आज आफ्नो यो चरित्र आफैले हत्या गर्दैछु
सवै सवैको सामुन्ने हेर म वदनामी भएँ

ठूलै पो गल्ती गरेछु धिक्कार्छु म आफैलाई
सवैको नजरमा म व्यर्थै वदमासी भएँ

जानी जानी हामफालें सरावको त्यो दहमा
जस्को विश्वास पात्र थिएँ आज म वैमानी भएँ

आफैलाई थाहा छैन आज म सरावी भएँ
संगत नगर्नु सँग गरेर म वर्वादी भएँ ।

~ © मानन्धर अभागी ।

#गजल #नेपालीगजल

11/06/2016

"गजल"

दैब ले फेरि लुटेर गयो
उठ्नै सकिन कुटेर गयो !!

आखिर यो कस्तो निएति हो
छणमै सबै भुटेर गयो !!

जसो-तसो म रमेकै थिए
सपना सबै फुटेर गयो !!

आफ्नै घर हर्के रमाकै थ्यो
कठै साथ त्यो छुटेर गयो !!

ढून्गा बनेरनै बसेउ रत्
आशा सबैको टूटेर गयो !!

दैब ले फेरि लुटेर गयो
उठ्नै सकिन कुटेर गयो !!

" प्रकास पाठक "
"योगि"
चितवन
हाल-चेन्नै

28/05/2016

पोखिएका आशु ति थमाउन सकेन गणतन्त्र
गरिव जनता तिमीसँग रमाउन सकेन गणतन्त्र ।

भूकम्पले, खुला आकाशमा, रुदै जनता बस्दा यहाँ
आशु पुछि जनतालाई फकाउन सकेन गणतन्त्र ।

हिमाल, पहाड तराईको, मित्रतामा प्रदेश संरचना
विवाद चल्यो, फाटो प¥र्यो अटाउन सकेन गणतन्त्र ।

केक सरी मेरो देश, बाँडीचुडी खान, भाग लगाउँदै
राम्रो सन्देश यस्ले पठाउन सकेन गणतन्त्र ।

हिमाल रुन्थ्यो पहाडको काखमा, खुसी पार्न खोज्थ्यो तराई
तिम्रो प्रादेशीक संरचनामा, भाइचारा मौलाउन सकेन गणतन्त्र ।

कतै भोकमरी त कतै झाडापखलाको शिकार भए जनता
नेता गए विदेश, जनताका दुख ती घटाउन सकेन गणतन्त्र ।

दरबार पसे नेता, घरबार विहिन भोकभोकै जनता यहाँ
ओतबस्ने बास, गासको ठेगान बताउन सकेन गणतन्त्र ।

मौलायो कालो अर्थतन्त्र, बढे शोषक शामन्त देशमा
संरक्षण गर्यो उल्टै आफै हटाउन सकेन गणतन्त्र ।

नाम अनुसारको काम, व्यवहार पनि भएन तिम्रो
त्यसैले त गतिलो गरी फस्टाउन सकेन गणतन्त्र ।।

महेन्द्र केसी
पर्वत

24/05/2016

भुकम्पले घर भत्क्यो आफन्तको लास भयो ।
बर्ष दिन बितिसक्यो त्रिपाल मुनि बास
भयो ।।
पीडा अझै मेटिदैन झल्को आउँछ घरि घरि ।
हजारौंको मृत्युसँगै धनजन सत्यानास भयो ।।
पीडितलाई राहत दिने भाषण मात्र गरी
बस्यौ ।
गोदाममा राहत सड्यो यता आधा गास
भयो ।।
धेरै ठूलो सहयोग आयो कता गयो पत्तो छैन ।
आज भोलि हल्ला सुन्छु नेताजीकै पास भयो
।।
कस्लाई पो सुनाऊँ खै पीडितका दुःख ब्यथा

भोट हाली पठाएको नेता झन बदमास भयो

24/05/2016

~ गजल ~~~~~~~~

अब चाहिँ यस्तो वुद्ध जन्मियोस
कसैले पनि दावी न गरियोस

हाम्रो निवेदन विश्व सारा समक्ष
वुद्धको जन्म यथार्थ वुझियोस

खोजी निजी होस् वरु किम्वदन्ती
वास्तविक स्थल पनि भेटियोस

दूधको दूध पानी छुटाए पछि
फेरि अर्को वुद्ध न वनाइयोस्

वुद्धको देश नेपाल हो भनेर
चाँडै नै इतिहासमा लेखियोस ।

~ © मानन्धर अभागी ।

11/05/2016

गजल

कसैको लागि यो ज्यान जिरो हुन सक्छ
कसैको लागि यो ज्यान हिरो हुन सक्छ ।

जस्तो चश्मा लगाए उस्तै देखिन्छ हजुर
लिन जान्नेलाई गुलियो नजान्नेलाई पिरो हुन सक्छ ।

तिमी कुन व्यापहार गछौं त्यसमा भरपर्छ
साथीलाई साथ दुश्मनलाई बहादुर बलियो हुन सक्छ ।

तिमी जे स्ुकै भन, जे सोच यहाँ मतलब छैन
एकातिर जिरो भएपनि अर्कोतिर हिरो हुन सक्छ ।

महेन्द्र केसी
पर्वत

गजल

कसैको लागि यो ज्यान जिरो हुन सक्छ
कसैको लागि यो ज्यान हिरो हुन सक्छ ।

जस्तो चश्मा लगाए उस्तै देखिन्छ हजुर
लिन जान्नेलाई गुलियो नजान्नेलाई पिरो हुन सक्छ ।

तिमी कुन व्यापहार गछौं त्यसमा भरपर्छ
साथीलाई साथ दुश्मनलाई बहादुर बलियो हुन सक्छ ।

तिमी जे स्ुकै भन, जे सोच यहाँ मतलब छैन
एकातिर जिरो भएपनि अर्कोतिर हिरो हुन सक्छ ।

महेन्द्र केसी
पर्वत

07/05/2016
मेरी आमा...

मेरी आमा...

यो दिलमा चोट लाग्दा रुन्छिन् मेरी आमा हर प्रहर मेरै साथमा हुन्छिन् मेरी आमा । आफू भोकै बसी मेरो ...

05/05/2016

जसले जे भनेपनि प्रचण्डले पचाएका छन्
कहिले ओली त कहिले शेरेलाई नचाएका छन् ।

विखण्डनकारी भने हिजो एमालेका कार्यकर्ता समर्थकहरु
तर एमालेको सरकारलाई प्रचण्डले खामो लगाएर बचाएका छन् ।

भित्ते राष्ट्रपति, प्रधानमन्त्री भने उनका विरोधहरुले हिजो
सुतेको थियो सरकार ढाल्छु भनी उनले घचघचाएका छन् ।

उठेको छ सरकार आज संसदमा संबोधन पनि गर्यो मिठो
सरकारलार्ई ठिक ठाउँमा ल्याउन तहल्का उनले मच्चाएका छन् ।
जस्तो नाम उस्तै काम प्रचण्डको सम्मान गर्न किन कन्जुसाई
दल्नलागेको एमाले सरकार थामो लगाई प्रचण्डले बचाएका छन् ।

कुरा बुझ्नुस घरतिर कुद्नुस

05/05/2016

गजल ~~~~~~~

सवथोक मैले प्यारमा गुमाएँ
आफूले आज आफैलाई जलाएँ

घरवार छाडें परिवार त्यागें
आफ्नै सम्झेर तिमीसँग विताएँ

डर थ्यो मलाई सवै कुरा भन्न
मैले केही वताएँ केही लुकाएँ

तिरेर सकिँन त्यो प्रेमको ऋण
धरौटी वापत जिन्दगी वुझाएँ

सवथोक मैले प्यारमा गुमाएँ
आफूले आज आफैलाई जलाएँ ।

~ © मानन्धर अभागी ।

#गजल

05/05/2016

न तौल माया तिमी धन सँग
हुदैन सम्झौता धनको मन सँग ।

मोल तौल नगर हरेक बस्तुको तिमी
पैसासँग नदाँज प्रेमको बचन सँग ।

जति धन भएपनि चितामाथि चढ्दा नाङ्गै हो
के सम्बन्ध पैसाको यो दिलको जलन सँग ।

24/04/2016

भुकम्प बिशेष

भुकम्पले घर भत्क्यो आफन्तको लास भयो ।
बर्ष दिन बितिसक्यो त्रिपाल मुनि बास भयो ।।

पीडा अझै मेटिदैन झल्को आउँछ घरि घरि ।
हजारौंको मृत्युसँगै धनजन सत्यानास भयो ।।

पीडितलाई राहत दिने भाषण मात्र गरी बस्यौ ।
गोदाममा राहत सड्यो यता आधा गास भयो ।।

धेरै ठूलो सहयोग आयो कता गयो पत्तो छैन ।
आज भोलि हल्ला सुन्छु नेताजीकै पास भयो ।।

कस्लाई पो सुनाऊँ खै पीडितका दुःख ब्यथा ।
भोट हाली पठाएको नेता झन बदमास भयो ।।

By Bhumiraj Sharma, Parbat

23/04/2016

गजल ~~~~~~~~

मन यो वहलाउन मज्जा वेग्लै
मान्छेलाई फसाउन मज्जा वेग्लै

माया गरेझैं मायाको जाल फ्याँकी
मान्छेलाई तड्पाउन मज्जा वेग्लै

उस्कै जो पैसामा खर्च गराएर
होटलमा चपाउन मज्जा वेग्लै

मुर्गा वनेका हरि लठ्कहरू को
फोटाहरू सजाउन मज्जा वेग्लै

वेला वेलामा रिसाइ दिनु पर्छ
दिमाग त्यो तताउन मज्जा वेग्लै ।

~ © मानन्धर अभागी ।

23/04/2016

कस्ले भन्यो आज लोकतन्त्र दिवस
यो त होे नेताले बनाएको जोकतन्त्र दिवस ।

भूकम्पको पीडामा मलम खै जनताले पाएको
यो त हो सत्ताको भोकतन्त्र दिवस ।

अझै आको छैन जनताको लागि लोकतन्त्र दिवस
यो त नेताले बनाएको जोकतन्त्र दिवस ।

16/04/2016

आजको सहारान्यूज दैनिकमा प्रकाशित गजल
हजुरका पनि साहित्य रचना छन् भने मेल गर्नुहोला समय अनुसार समावेश गर्नेछौं
[email protected]
Mb No : 9847648132

09/04/2016

प्रतिक्रिया पाउ है

07/04/2016

अन्तीम पल्ट मेरो कोमल ओठ छोएर

गयो

भन्छेउ अरे मैले छोड्दा कठै बरा अतीत

धर्धरी रोएर गयो

माया त म पनी गर्छु नी मेरो अतीत लाई

भन्छेउ अरे कठै बरा आसु ले मुख धोएर

गयो

कसरी भुल्न सक्छु र काली ती तीम्र

कोमल ओठ का स्पर्सहरु
भन्छेउ अरे अन्तीम पल्ट ओठ मा ओठ

छोएर गयो गूड्बाइ भन्दा तीम्रा पनी आँखा त

रसाएका थीये काली अझ भन्छेउ अरे मैले छोड्दा कठै बरा

अतीत धर्धरी रोएर गयो

Atit chhetri ronaldo mmc

07/04/2016

गजल"

दैब ले फेरि लुटेर गयो
उठ्नै सकिन कुटेर गयो !!

आखिर यो कस्तो निएति हो
छणमै सबै भुटेर गयो !!

जसो-तसो म रमेकै थिए
सपना सबै फुटेर गयो !!

आफ्नै घर हर्के रमाकै थ्यो
कठै साथ त्यो छुटेर गयो !!

ढून्गा बनेरनै बसेउ रत्
आशा सबैको टूटेर गयो !!

दैब ले फेरि लुटेर गयो
उठ्नै सकिन कुटेर गयो !!

" प्रकास पाठक "
"योगि"
चितवन
हाल-चेन्नै

07/04/2016

गजल ~~~~~~~~

मन यो वहलाउन मज्जा वेग्लै
मान्छेलाई फसाउन मज्जा वेग्लै

माया गरेझैं मायाको जाल फ्याँकी
मान्छेलाई तड्पाउन मज्जा वेग्लै

उस्कै जो पैसामा खर्च गराएर
होटलमा चपाउन मज्जा वेग्लै

मुर्गा वनेका हरि लठ्कहरू को
फोटाहरू सजाउन मज्जा वेग्लै

वेला वेलामा रिसाइ दिनु पर्छ
दिमाग त्यो तताउन मज्जा वेग्लै ।

~ © मानन्धर अभागी ।

#गजल #नेपालीगजल

27/03/2016

उस्ले निदाउनुको मजा सुनाइरह्यो ।
श्रोता भने पलपल निदाइरह्यो ।
*
सजिएर बस्न बगैँचाको धुपीले ,
प्रत्येक नयाँ पालुवा कटाइरह्यो ।
*
कमाउन गएको छोराले अझै पनि ,
रुपैँया पठाएन चिठ्ठी पठाइरह्यो ।
*
फूल धेरै पहिले नै झरिसकेको छ ,
भँबरा आजसम्म पनि आइरह्यो ।
*
ढोकाको आग्लो जस्तैँ तिम्रो याद ,
मसामु साँझपछि मात्रै धाइरह्यो ।
*
मेरो अतितले पनि छोराले जस्तै,
मुहार हेरिरह्यो हात समाइरह्यो ।
*
खै के को वजनले च्यातिन्छ कुन्नि ,
भिखारीले कमिजको खल्ती सिलाइरह्यो ।
*
आमाले बुच्चेकानले सुनिरहिन् ,
रेडियो सुनको बिज्ञापन बजाइरह्यो ।

- अर्याल कृष्ण

21/03/2016

के तिमीसँग मैले माया लाउन हुन्न र ?
के तिमीसँग मैले हास्न पाउन हुन्न र ?

किन मेरो मायालाई माया नठानेको तिमी
के तिमीसँग मैले साइनो लगाउन हुन्न र ?

किन मेरो मायामा संखा गर्छो तिमी भन त
के तिमीसँग मैले यो दिल भराउन हुन्न र ?

दुखसुखमा दुवैको आँखा रसाउँछ हैन भन त
के तिम्रो दुखमा मेरो आँखा रसाउन हुन्न र ?

किन तरक तरक तर्कन्छौ म देखि आज भोली
के तिमीसँग मैले नाता बढाउन हुन्न र ?

के छ फरक तिम्रो र मेरो पिडामा हुने छटपटिमा
के तिमीसँग मैले नाताको हात अघि बढाउन हुन्न र ?

भोक प्यास खुसी रोदन लिन स्वास सवै एउटै भन अब
के तिमीसँग मैले माया लाउन हुन्न र ?

महेन्द्र केसी
पर्वत

17/03/2016

होली विशेष गलत कविता तथा मुक्त वा अन्य कुनै लेख रचना भए कमेन्टमा पोष्ट गर्नुहोस् है

17/03/2016

गजल

शान्ती छाओस देशमा मरेको मारेको देख्न नपरोस हासिखुशी रहुन सबै आँसु झारेको देख्न नपरोस ।।
रोजगारी सृजना होस सबैलाई आफ्नै देशमा भौतारिदै खाडी मुलुक चारेको देख्न नपरोस ।।

सबै बनुन सम्पन्न माग्न नपरोस कोहि पराइसँग बाड्ने मन पलाओस छैन भनी टारेको देख्न नपरोस ।।
देशमा अब दुइ बर्षमा तुइन हट्छ भन्दैछ सरकार बिद्यार्थीसँगै तुइनमा झोला तारेको देख्न नपरोस ।।

देशको सबै ठाउँमा बिकासै बिकास होस बिज्ञानले कहिकतै खेतवारी जोत्न मान्छे नारेको देख्न नपरोस ।।
भुकम्प पीडित चिसोले थलिदैछन खुला आकासमा चिसोमा कठांग्रीदै अल्पत्र परेको पारेको देख्न नपरोस ।।

देशमा सबैलाई अधिकार प्रात होस समान रुपले कसैलाई अबसर कसैलाई रित्तै टारेको देख्न नपरोस ।।
सँगै लडौ जिते सब्को जित हुन्छ हार्न परे सगै हारौ भाईफुटी आपस आपसमा हारेको देख्न नपरोस ।।

घनश्याम शर्मा पौड्याल
पोखरा नेपाल

17/03/2016

चोखो माया ढलाउनेलाई पाप लाग्छ
मेरो माया जलाउनेलाई पाप लाग्छ

एक दिन पछुतो होला सम्झनामा म
मेरो माया गलाउनेलाई पाप लाग्छ

17/03/2016
जमिन बाँझो राख्ने कृषकलाई जरिवाना

बढ्दो युवाशक्तिको पलायनले जनशक्ति अभाव, उत्पादनमा कमीलगायत कारणले खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै गएको छ । खेती गर्न फुर्सद नभएको र जनशक्ति नपाएको कारण देखाउँदै जमिन बाँझो राख्ने जिल्लाका ‘जमिनदार’ अब कारबाहीमा पर्ने भएका छन् ।

फलेवास (पर्वत) । पछिल्लो समय जिल्लामा खेतीयोग्य जमिन बाँझै रहने क्रम बढ्दै गइरहेको छ । बढ्दो युवाशक्तिको पलायनले जनशक्ति अभाव, उत्पादनमा कमीलगायत कारणले खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै गएको छ । खेती गर्न फुर्सद नभएको र जनशक्ति नपाएको कारण देखाउँदै जमिन बाँझो राख्ने जिल्लाका ‘जमिनदार’ अब कारबाही…

19/02/2016

दिल जलेर खरानी भो
उनको कुरा सुनेर हैरानी भो

हिजोसम्म मेरै हुँ भन्थी आज
अर्कैको ऊ सिरानी भो

कति चाँडै बाटो मोड्यौ प्रिय
वाइफाइ जस्तो उसको बानी भो

महेन्द्र केसी

02/01/2016

यो माया खै के माया
सल्की रहेको सिक्रेटको खिली जस्तो
जति तान्यो त्यतिनै घट्दो छ
यो माया खै के माया
बट्टामा भरीएको खैनी जस्तो
मन लाग्यो खायो, रस लियो फ्याक्यो
यो माया खै के माया
पलास्टीकको पोकामा भरीएको सुर्ती जस्तो
मन लाग्यो
हातमा लियो
मिच्यो चुन हाली खायो
यो माया खै के माया
खोजीमा हालिएको पर्स जस्तो
भरि हुनजेल हुन्छ खाली भए पछि हराउने
यो माया खै के माया

महेन्द्र केसी
पर्वत

30/12/2015
YouTube

YouTube

Share your videos with friends, family, and the world.

10/12/2015

गजल

शान्ती छाओस देशमा मरेको मारेको देख्न नपरोस हासिखुशी रहुन सबै आँसु झारेको देख्न नपरोस ।।
रोजगारी सृजना होस सबैलाई आफ्नै देशमा भौतारिदै खाडी मुलुक चारेको देख्न नपरोस ।।

सबै बनुन सम्पन्न माग्न नपरोस कोहि पराइसँग बाड्ने मन पलाओस छैन भनी टारेको देख्न नपरोस ।।
देशमा अब दुइ बर्षमा तुइन हट्छ भन्दैछ सरकार बिद्यार्थीसँगै तुइनमा झोला तारेको देख्न नपरोस ।।

देशको सबै ठाउँमा बिकासै बिकास होस बिज्ञानले कहिकतै खेतवारी जोत्न मान्छे नारेको देख्न नपरोस ।।
भुकम्प पीडित चिसोले थलिदैछन खुला आकासमा चिसोमा कठांग्रीदै अल्पत्र परेको पारेको देख्न नपरोस ।।

देशमा सबैलाई अधिकार प्रात होस समान रुपले कसैलाई अबसर कसैलाई रित्तै टारेको देख्न नपरोस ।।

Ghanashyam Sharma

Address

Ban Campus/15
Pokhara
POSTBOXNO.268

Alerts

Be the first to know and let us send you an email when गजल प्रहर 3angels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गजल प्रहर 3angels:

Share

Category


Other Radio Stations in Pokhara

Show All