Machhapuchhre Fm - Official

Machhapuchhre Fm - Official First Established Radio Station of Pokhara
Hello : 061-532893
www.fmmachhapuchhre.com

हार्दिक समवेदना !हार्दिक समवेदना !!हार्दिक समवेदना !!!
22/08/2023

हार्दिक समवेदना !हार्दिक समवेदना !!हार्दिक समवेदना !!!

प्राविधिक समस्याका कारण  हामी तपाइको साथ मा आउन असमर्थ थियौ अब केही दिन मै आउदै छौ ।
10/08/2023

प्राविधिक समस्याका
कारण हामी तपाइको साथ मा आउन असमर्थ थियौ अब केही दिन मै आउदै छौ ।

पोखरा-  गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कास्की कारागारलाई २० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक मा...
14/03/2023

पोखरा- गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कास्की कारागारलाई २० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले कारागार तथा कैदीबन्दीको अवस्था र समस्या बारे बुझ्न सोमबार निरीक्षण गर्ने क्रममा भौतिक संरचना मर्मत संभार गर्न उक्त रकम विनियोजन गरेको बताउनुभयो ।

उहाँले उक्त बजेटबाट कारागारको भौतिक संरचना मर्मत तथा संभार तथा व्यवस्थापनमा खर्चिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री गाहामगरले सो बजेटबाहेक खेलकुदका समाग्री तथा लाइब्रेरीका लागि पुस्तक तथा ट्रिपाल उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारले उपलब्ध गाराउनुपर्ने सबै समाग्रीमा कमी हुन नदिने बताउनुहुदै आगामी दिनमासमेत सहयोगका लागि तत्पर रहेको बताउनुभएको थियो ।

यस्तै मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले कारागारका लागि सो बजेट यथेष्ट नहुने बताउनुभयो । ‘अहिले हाम्रो मन्त्रालयले २० लाख छुट्याएको छ । यो रकम पर्याप्त होइन । तैपनी यहाँको समस्यामा मन्त्रलायको उपस्थिति जनाउन खोजेका हौं, सचिव अधिकारीले भने, ‘आगामी दिनमा पनि थप सघाउन हामी कटिबद्ध छौ ।’

सचिव अधिकारीले आगामी आर्थिक वर्षको बजेटमा छुट्टै व्यवस्था गर्न कारागार तथा कैदीबन्दीको समस्याहरु लिखित रुपमा उपलब्ध गराउन जेलरसँग आग्रह गरेका थिए । यस्तै कास्की कारागार प्रमुख भिमराज कोइरालाले आवश्यक कच्चापदार्थमात्रै उपलब्ध भएको खण्डमा भौतिक पूर्वाधार निर्माणका लागि कैदीबन्दीनै सक्षम रहेको जानकारी दिए । ‘यहाँ बनाउनुपर्ने जे भएपनि कच्चापदार्थ र सामानको आवश्यकता हो, उनले भने,‘दक्ष जनशक्तिको यहाँ कमी छैन । जे भन्यो त्यही बन्छ । तर सामान मात्रै चाहिएको अवस्था हो ।’

उनले कारागारको आन्तरिक व्यवस्थापनमा कैदीबन्दीहरुले नै व्यवस्था मिलाएको बताए । ‘यहाँ भित्र छुट्टै टिम छ । आन्तरिक रुपमा व्यवस्थित बनाउनका लागि समस्या छैन । तर पूर्वाधार निर्माणका लागि भने सरकारले सहयोग गर्नुपर्छ ।’ कोइरालाले भने । कारागार अवलोकनको क्रममा कैदीबन्दीहरुले कारागारको क्षमता भन्दा बढी कैदिबन्दी रहेकाले बस्नमा समस्या भएको गुनासो गरेका थिए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापामगरसँगै, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी बुद्धिराज गुरुङ तथा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसी लगायतको सहभागिता रहेको थियो ।

कास्की कारागारमा महिला कैदीबन्दीका लागि छुट्टै ब्लक र पूरुषका लागि ब्लक ‘ए’ र ब्लक ‘बि’ गरी दुइवटा भवन छन् । सो तीन भवन (कास्की कारागार) मा हाल ४५ महिला ६ आश्रित नाबालिग र ६९४ पुरुष गरि कुल ७ सय ४५ कैदिबन्दी रहेका छन् ।

पोखरा - पृथ्वी राजमार्ग अन्तरगत पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भ...
03/03/2023

पोखरा - पृथ्वी राजमार्ग अन्तरगत पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भएको छ ।

तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने छ ।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने सुचना जारी गरेको छ ।

सडक बन्द गरिएका बेला यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि योजना कार्यालयले आग्रह गरेको छ ।

पोखरा - गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताका लागि कास्कीबाट ९४ खेलाडी छनौट भएका छन् । सोमबार सम...
28/02/2023

पोखरा - गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताका लागि कास्कीबाट ९४ खेलाडी छनौट भएका छन् । सोमबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनौट गरेको हो ।

९४ खेलाडीमध्ये एथलेटिक्समा २२, उसुमा १२, करातेँ १२, तेक्वान्दो १२, भलिबल १८ र कबड्डीमा १८ जना खेलाडी छनौट गरिएको हो । छात्र र छात्रा दुवै गरी ९४ खेलाडी छनौट भएका हुन् । मार्सलआर्टमा पोखरा महानगरपालिकाको बाहेक अन्य पालिकाको सहभागिता नभएपछि सोझै छनौट भएका हुन् । अन्य खेलमा भने छनौट गरिएको हो ।

एथलेटिक्स छात्रा तर्फ एन्जल अधिकारी, सविना खातुन मिया, अनुष्का अधिकारी, नारायणी भण्डारी, संगिता घर्ती, कविता मगर, सम्पदा गुरुङ, रेखा विक,सिर्जना केसी, विनिता विक र पवित्रा गुरुङ रहेकी छिन् । वैकल्पिक खेलाडीमा सिर्जना केसी, दिपा पोडेल, शोनिका विक र अप्सरा भुजेल रहेकी छिन् । छात्रतर्फ रिशव श्रेष्ठ, कुशल पोखरले, सन्दिप क्ुँवर, प्रवेश आचार्य, तेन्जेन रोका मगर, मनिष जिसी, लव पोखरेल, नरेश विक, आसिष कार्की र रितेश विक रहेका छन् । वैकल्पिक खेलाडीतर्फ दिपेश यादव, विराज परियार र राजिव थापा रहेका छन् ।

भलिबल छात्रातर्फ सजिना बुढाथोकी, स्माइल पुन, कृष्ला बलाम, जमुना गुरुङ, तुलकुमारी तिलिजा, मनिषा राई, शोभा मगर, विन्दु विक र सुस्मिता विक रहेकी छन् । वैकल्पिक खेलाडीमा आकृति थापा र दिपा थापा रहेकी छिन् । छात्रतर्फ आसिष सुनार, मदन छन्त्याल, सुदिप परियार, टाइसिन गुरुङ, किसान थापा,, सुजन बुढाथोकी, समिर विक, प्रतिक श्रेष्ठ र मञ्जुर मिया रहेका छन् । वैकल्पिक खेलाडीमा विद्धान विक, आसिष नेपाली, रञ्जन सुनार रहेका छन् ।

कबड्डी छात्रातर्फ संजु घर्ती, भिमसरा विक, रोजिना कुँवर, रोजिना सुनार, स्विकृत केसी, दिविसा ज्यु ठकुरी, सुष्मा कुँवर, पुनम कुँवर र करुणा नेपाली रहेकी छिन् । वैकल्पिक खेलाडीमा पुष्पा श्रीपाली, एलिना परियार, अनिता परियार र अनिषा सुनार रहेकी छिन् । छात्रतर्फ उचित रिमाल, सौगात भट्टराई, समिर शाही, सुशान भुजेल, रोहन खत्री, भविन पुन, मदन राना, सुमिन गुरुङ र आयुष विक रहेका छन् । वैकल्पिक खेलाडीमा अशोक पोडेल, निसान तामाङ र राजेश गुरुङ रहेका छन् ।

पोखरा - आइतबारको असिना पानीले पोखरा २१ सुन्तलाको पकेट कृस्ती क्षेत्रमा ठुलो असर गरेको छ । सुन्तलाको बोटमा पालुवा पलाउने ...
27/02/2023

पोखरा - आइतबारको असिना पानीले पोखरा २१ सुन्तलाको पकेट कृस्ती क्षेत्रमा ठुलो असर गरेको छ । सुन्तलाको बोटमा पालुवा पलाउने र फुल खेल्न शुरु गरेको बेला भीषण असिना पानीले सुन्तला उत्पादनमा ठुलो असर गरेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।

उनले आगामी बर्षको उत्पादनमा उल्लेखनिय असर पर्ने बताए । यस बर्ष राम्रो उत्पादन लिएरका कृषकलाई खुशी दिएको सुन्तलाले अर्को वर्ष भने सुन्तला उत्पादनमा कमिआउने भएको उनले बताए । पोखरा २१ को फेदीपाटन, मासपाटन, पोखरेलथोक, दोपरे क्षेत्रमा सुन्तला राम्रो हुन्छ ।

पोखरामा चार महिनापछि हिउँदे वर्षा भएको थियो । फागुन ११ र १४ गते हिउँदे वर्षा सहित असिना परेको हो । लामो समयपछि परेको पानीले सुकेको हिउँदे खेतीलाई राहात मिले पनि असिनाले कतै भने क्षती पुगेको कडरीयाले बताए । असिना समेत पर्दा तोरी, गहुँ, फापर फलफुलका बोट र तरकारी बालीमा क्षति पु¥याएको उनले बनाए ।

लामो समयपछि परेको पानीले सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहत मिलेपनि कतै असिना समेत पर्दा हिउँदे बालीमा क्षति पुगेको उनको भनाई छ ।

पोखरामा ३० हजार सुन्तलाको बाट उत्पादनशिल अवस्थाका रहको प्रमुख कडरियाले बताए । पोखरामा १५० हेक्टरमा सुन्तला उत्पादनशिल अवस्थामा रहेको उनको भनाई छ । पोखरामा यस वर्ष ७ करोड बराबरको उत्पादन भएको थियो ।

पोखरा - पोखरा महानगरपालिका वडा नम्बरका ४ सदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ ।उनको शनिबार राति ३ बजे फिस्टेल हस्पिटलम...
26/02/2023

पोखरा - पोखरा महानगरपालिका वडा नम्बरका ४ सदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ ।

उनको शनिबार राति ३ बजे फिस्टेल हस्पिटलमा उपचारक्रममा निधन भएको पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए ।

पोखरा ४ गणेशटोल निवासी ५२ बर्षिय श्रेष्ठ केही समय देखी बिरामी परेका थिए । उनलाई जण्डिस समेत देखिए पछि अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो ।

उनको आइतबार नै सेती किनार तुलसीघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।

पोखरा - पोखरा महानगरपालिका वडा नम्बर ५ कालिका पेट्रोल पम्प नजिक एक व्यक्ति फेला परेका छन् ।शनिबार बिहान पम्प नजिक करिब ३...
26/02/2023

पोखरा - पोखरा महानगरपालिका वडा नम्बर ५ कालिका पेट्रोल पम्प नजिक एक व्यक्ति फेला परेका छन् ।

शनिबार बिहान पम्प नजिक करिब ३५ बर्षिय पुरुष शरिरमा ददारिएको अवस्थापमा रहेका उनको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतको पहिचान नखुलेको बताउदै प्रहरीले आफ्न्त हराएको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

पोखरा - पोखरामा बिस्फोटक पदार्थ पड्किदा २ जना बालक घाइते भएका छन् । वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर खेलाउँदा मं...
22/02/2023

पोखरा - पोखरामा बिस्फोटक पदार्थ पड्किदा २ जना बालक घाइते भएका छन् । वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर खेलाउँदा मंगलबार पोखरा–३३ ठूलढुंगामा २ जना बालक घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञान खड्काले जानकारी दिए ।

नजिकैको वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर किला ठोक्दा पड्किएर घाइते भएका उनले बताए । घाइतेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

पोखरा - पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङमा रहेको खुडेपोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।सोमबार राति घर नआएपछि खो...
21/02/2023

पोखरा - पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङमा रहेको खुडेपोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।

सोमबार राति घर नआएपछि खोजी गर्ने क्रममा खुडेपोखरीमा डुबेको अवस्थापमा ४ बर्षिय सुहौन केसी फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ ।

सोमबार राती सम्म घर नआएपछि खोजी भएको थियो तर मंगलबार बिहानै घर नजिकैको पोखरीमा खोजी कार्य गर्दा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाई छ । उनको पोष्टमार्टका लागि अस्पताल लगिएको छ ।

पोखरा आउदै गरेको बस लेखनाथमा दुर्घटना, ४२ जना घाइते, केहीको अवस्था गम्भीरपोखरा, ७ फागुन/ पोखरा महागनरपालिका २६ लेखनथस्थि...
19/02/2023

पोखरा आउदै गरेको बस लेखनाथमा दुर्घटना, ४२ जना घाइते, केहीको अवस्था गम्भीर
पोखरा, ७ फागुन/ पोखरा महागनरपालिका २६ लेखनथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् ।

पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो ।
घाइतेहरुको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।

ब्रेक फेल भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएको केसीको भनाई छ । बस प्रहरी चौकी नजिकै रहेको खोलामा खसेको थियो । प्रहरी नजिकै भएका कारण घाइतेले छिटो उद्धार पाएका थिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए । बसमा अधिकांश पोखरा विश्वविद्यायलबाट फर्किदै गरेका विद्यार्थी रहेका छन् । उनीहरु भोली हुने दिक्षन्त समारोहमा भाग लिनका लागि गएका थिए ।

सार्वजनिक विदा न्युनिकरण गर्न सरकारलाई सांसद थापाको ध्यानार्कषणपोखरा, ४ फागुन/ गण्डकी प्रदेश सरकारका सांसद एवम् पूर्व का...
16/02/2023

सार्वजनिक विदा न्युनिकरण गर्न सरकारलाई सांसद थापाको ध्यानार्कषण
पोखरा, ४ फागुन/ गण्डकी प्रदेश सरकारका सांसद एवम् पूर्व कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सार्वजनिक विदालाई न्युनिकरण गर्न सरकारलाई ध्यानार्कषण गराएका छन् ।

बुधबार सदनमार्फत उनले ध्यानार्कषण गराएका हुन् । प्रदेश सभाको शुन्य समयमा बोल्दै थापाले नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलिरहेको उल्लेख गरे ।

‘नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलेको छ । जसको न्युनिकरण हुनुपर्ने आवश्यकता छ । कुनै दिन विशेष दिवसमा सार्वजनिक विदा दिएर मात्र कसैको सम्मान तथा मर्यादा हुन्छ भन्ने भाष्य हामीले निर्माण गर्दै गयौं भने हामी कहाँ पुग्छौं?’,उनले भने ।

फागुन महिनामा मात्रै १० दिन सार्वजनिक विदा हुँदा सर्वसाधारणहरु मारमा परेको अभिव्यक्ति उनको छ । अनावश्यक रुपमा थपिएको सार्वजनिक विदाले विनास मात्रै गर्ने विकास नगर्ने हुँदा घटाउनुपर्ने उनले बताए ।

‘सार्वजनिक विदा एक किसिमको अघोषित नेपाल बन्द जस्तै हो । अनावश्यक रुपमा थपिएको सार्वजनिक विदाले विकास होइन विनास गर्छ । विदालाई न्युनिकरण गर्न सभामुख र प्रदेश सरकार मार्फत संघीय सरकारलाई ध्यानार्कषण गराउँछु ।’,उनले भने ।

ग्यास सिलिण्डर बिस्फोट हुदा कांग्रेस नेता चन्द्र भण्डारी घाइतेकाठमाडौं, ४ फागुन/ ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाली कां...
16/02/2023

ग्यास सिलिण्डर बिस्फोट हुदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते
काठमाडौं, ४ फागुन/ ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् ।

काठमाडौं बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो । भण्डारीको ८६ वर्षकी आमा हरिकला भण्डारी समेत घाइते भएकी छन् ।

उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहको छ । चिकित्सकका अनुसार चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र आमाको ७० प्रतिशतको हाराहारी शरिरको भाग जलेको छ ।

राती खाना खाएर सुति सकेपछि ग्यास बिस्पोट भएको थियो । गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय साम्सदमा विजयी भएका थिए ।

यती विमान दुर्घटनाः खतराको संकेत देखीपछि प्रशिक्षक केसीलाई कमान्डमाघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको...
16/02/2023

यती विमान दुर्घटनाः खतराको संकेत देखीपछि प्रशिक्षक केसीलाई कमान्ड
माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सीट (जुन मुख्य कमान्ड दिने ठाउँ हो) मा क्याप्टेन अञ्जु खतिवडा बसेकी थिइन् । प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेका थिए । दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन् ।

’खतराको संकेत प्राप्त भएपछि १०ः५७ः१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा)ले पीएम (कमल केसी)लाई सुम्पेकी थिइन्,’ प्रतिवेदनमा भनिएको छ । त्यसक्रममा खतिवडाले इञ्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा उल्लेख छ । एयर ट्राफिक कन्ट्रोलर(एटीसी)ले अवतरणका लागि धावनमार्ग ३० उपलब्ध गराएका थिए, तर उडानको अन्तिम चरणतिर चालक दलले धावन मार्ग १२ मागेको प्रतिवेदनमा उल्लेख छ ।

पाइलटले मागेपछि एटीसीले १२ मा अवतरण गर्न अनुमति दिएका थिए । बिहान १०ः ५१ मा धावनमार्गको उत्तरतर्फ १२ बाट अवतरण गर्न प्रयास भएको थियो । प्रतिवेदनअनुसार १० ः५६ मा पाइलटहरूले विमानको पंखा १५ डिग्रीको पोजिसनमा राखेका थिए । र, धावनमार्गमा ल्याउनका लागि ल्यान्डिङ गियर समेत खोलेका थिए ।

विमान उडाइरहेकी खतिवडाले विमानलाई देब्रेतर्फ नै निरन्तर लगिरहने हो कि होइन भन्ने सोध्दा प्रशिक्षक केसीले निरन्तरता दिन निर्देशन दिएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यसपछि खतिवडाले विमान तल लग्ने कि नलग्ने भन्ने सोध्दा त्यो आवश्यक नरहेको भन्दै केसीले अलिकति बढी पावर लगाउन निर्देशन दिएका थिए ।

त्यसपछि अन्तिम सेकेन्डमा खतिवडाले विमानको सम्पूर्ण कमान्ड प्रशिक्षक केसीलाई सुम्पिएकी थिइन् । तर, दुर्भाग्य! केसीले पनि दुर्घटना टार्न सकेनन् । ’दुर्घटनाका क्रममा विमानको दुवै इञ्जिन प्रोपेलर फेदरमा गएको देखिन्छ, त्यो किन भयो भनेर अनुसन्धान जारी नै छ,’ आयोगका सदस्य सिनियर इन्जिनीयर एकराज जंग थापाले भने ।

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजत्वमा गठित ५ सदस्यीय जाँचबुझ आयोगले दुर्घटनाअघि विमानको ’कमान्ड’ परिवर्तन भएको विवरण खुलाएर बुधवार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । दुर्घटनामा परी चालक दलका ४ सदस्यसहित ७२ जनाको निधन भएको थियो ।

फागुन ४ गते सार्वजनिक विदापोखरा, ३ फागुन/ गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्व...
15/02/2023

फागुन ४ गते सार्वजनिक विदा
पोखरा, ३ फागुन/ गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्वजनिक विदाको निर्णय गरेको छ ।

गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद बैठकले यो वर्षका विदाबारे निर्णय गरेको थियो । विदाको निर्णय राजपत्रमा प्रकाशित छ । संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म विदा दिनसक्छ ।

गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषदले २०७९ मा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैते दसैं चैत १५ गते विदा गर्ने निर्णय गरेको थियो ।

एमालेलाई राष्ट्रपति दिए बर्बाद भईहाल्छः माधव नेपालपोखरा, ३ फागुन/ एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमा...
15/02/2023

एमालेलाई राष्ट्रपति दिए बर्बाद भईहाल्छः माधव नेपाल
पोखरा, ३ फागुन/ एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने बर्बाद भईहाल्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमाले कै बनाउदा देश बर्बाद भइहाल्ने बताए ।

राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले त्यस्तो बताए । नेता नेपालले अहिलेको सत्ता गठबन्धनको पनि आलोचना गरे । उनले त्यसलाई खिचडी गठबन्धनको संज्ञा दिए ।

उनले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी नदिने बताए । नेपालले देशको राजनीति तरल भएको भन्दै कल्पना गरेभन्दा फरक हिसावले राजनीति चलेको बताए ।

अर्को एक प्रसंगमा उनले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको बताए । उनले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि बताए ।

बैंकर पवन ढकालको निधनपोखरा, ३ फागुन/ लुम्बिनी विकास बैंकका सिनियर डेपुटी सिइओ पवन ढकालको बुधबार निधन भएको छ । हृदयघातपछि...
15/02/2023

बैंकर पवन ढकालको निधन
पोखरा, ३ फागुन/ लुम्बिनी विकास बैंकका सिनियर डेपुटी सिइओ पवन ढकालको बुधबार निधन भएको छ । हृदयघातपछि लामो समयदेखि उपचाररत ढकालको काठमाडौंमा निधन भएको हो ।

ह्दयघात भएपछि उनलाई उपचारका लागि दिल्ली लगिएको थियो । दुई पटक सम्म ह्दयघात भएको उनका परिवारले जनकारी दिएको छ ।

माछापुच्छ्र्रे बैंक, कैलाश विकास बैंक हुँदै उनी लुम्बिनी विकास बैंकमा आबद्ध भएका थिए । तनहुँका स्थायी बासिन्दा उनको परिवार हाल पोखरा ७ शान्तिनगर बस्दै आएको छ । उनको आजै काठमाडौंमा अन्त्येष्टि गरीएको छ ।

मुस्ताङबाट पोखरा आउदै गरेको बस कालीगण्डकीमा खस्योपोखरा, ३ फागुन/ मुस्ताङको जोमसोमबाट पोखरा आउदै गरेको बस कालीगण्डकी नदीम...
15/02/2023

मुस्ताङबाट पोखरा आउदै गरेको बस कालीगण्डकीमा खस्यो
पोखरा, ३ फागुन/ मुस्ताङको जोमसोमबाट पोखरा आउदै गरेको बस कालीगण्डकी नदीमा खसेको छ ।

मुस्ताङको थासाङ–३ धम्पुमा ना ७ ख ७४४० नम्बरको बस दुर्घटना भइ कालीगण्डकीमा खसेको हो ।

दुर्घटनामा परि १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

बसमा सवार १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरीको भनाई छ ।

गम्भीर घाइते यात्रुलाई थप उपचारका लागि पोखरा ल्याएको छ भने सामान्य घाइते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Address

Newroad
Pokhara
3700

Telephone

+97761532893

Website

Alerts

Be the first to know and let us send you an email when Machhapuchhre Fm - Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category