KTM VMAG

KTM VMAG VMag from KTown ! VMAG from Kathmandu, Nepal

Award winner Films at Kathmandu International Mountain Film Festival (KIMFF) 2024.1. Dhye Dreams (Shanta Nepali-Nepal) 2...
03/06/2024

Award winner Films at Kathmandu International Mountain Film Festival (KIMFF) 2024.
1. Dhye Dreams (Shanta Nepali-Nepal)
2. Adjustment (Mehrdad Hasani-Iran)
3. Rio Rojo (Guillermo Quintero-Colombia)
4. Climbing For Gold (Vincent Groos-Belgium/US)
5. A Childless Village (Reza Jamali-Iran)

Congratulations to the team!

'गाउँ आएको बाटो'को गीत 'राई माईला' सार्वजनिकVideo Link on First Comment.
03/06/2024

'गाउँ आएको बाटो'को गीत 'राई माईला' सार्वजनिक
Video Link on First Comment.

लिटल मिस एन्जलको ट्यालेन्ट राउण्ड सम्पन्न लिटल मिस एन्जल २०२४ का  ३९ सहभागी बालिकाहरुले आज सर्वनाम थिएटर  कालिकास्थानको ...
02/06/2024

लिटल मिस एन्जलको ट्यालेन्ट राउण्ड सम्पन्न

लिटल मिस एन्जल २०२४ का ३९ सहभागी बालिकाहरुले आज सर्वनाम थिएटर कालिकास्थानको रंगमंचमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन् । लिटल मिस एन्जलका प्रतियोगीहरुले नृत्य, चित्रकला, तेक्वान्दो, बासुरी, भाषण कला, गायन लगायतका विभिन्न विधामा प्रतिभा देखाएको छन् ।

कार्यक्रममा निर्णायकको भूमिकामा प्रसिद्ध नृत्य निर्देशक जे डि तमु , प्रोफेसनल उद्घोषक सेसेमी लिम्बु र बरिष्ठ चित्रकार तथा सन्तु आर्ट ग्यालरीका अध्यक्ष सुदर्शन राज शाक्य रहेका थिए।

लिटिल मिस एन्जलका सम्पूर्ण प्रतियोगीहरुले आउँदो जेष्ठ २६ गते अन्तिम प्रतिस्पर्धामा सहभागी जनाउने छन् ।

२५ विधामा अवार्ड प्रदान गर्दै ७ औं सिने सर्कल अवार्ड सम्पन्न  काठमाडौं, १९ जेठ । नेपाली चलचित्रको अवार्डको अवस्था खस्की ...
02/06/2024

२५ विधामा अवार्ड प्रदान गर्दै ७ औं सिने सर्कल अवार्ड सम्पन्न

काठमाडौं, १९ जेठ । नेपाली चलचित्रको अवार्डको अवस्था खस्की रहेको बेला चलचित्रकर्मीलाई नै गर्वको महसुस हुनेगरी काठमाडौंमा भव्यताका साथ ‘एलजी ७ औं सिने सर्कल अवार्ड – २०८०’ सम्पन्न भएको छ । काठमाडौंको अर्मी अफिसर्स क्लबमा शुक्रबार बेलुका यो अवार्ड सम्पन्न भएको हो । समारोहमा विभिन्न २५ विधामा अवार्ड प्रदान गरियो ।

नेपाली सैनिक कलाकारद्वारा विभिन्न नेपाली चलचित्रमा अर्केष्ट्रा धुन प्रस्तुतिसँगै शुरु भएको यो अवार्ड समारोहको सञ्चालन कार्यक्रम आयोजक तथा सिनेमा सर्कल नेपालका अध्यक्ष निर्देशक डिसीले गरेका थिए । सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी समूहका प्रवन्ध निर्देशक वरुण चौधरीले अवार्डको महत्वबारे प्रकाशपार्दै स्वागत मन्तव्य राखेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा क्यामेराको पछाडी रहेर निरन्तर योगदान दिएको भन्दै दुई अग्रज प्राविधिकलाई समारोहमा दुई अग्रज प्राविधिकलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो । जनही ५१ हजार रुपैयाँ सहित चलचित्र सम्पादक नरेन्द्र खडका र चलचित्र मेकअप कलाकार अशोक रोकालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो । अग्रज अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल, चैत्य देवी, अग्रज संगीतकार शम्भुजीत बासकोटा, अग्रज अभिनेता शिब श्रेष्ठ, अर्जुन जँग शाही, सन्तोष पन्त, सरोज खनाल, चलचित्र सम्बन्धि करिब एक दर्जन संघ संस्थाका अध्यक्षहरुलगायतले यो सम्मान संयुक्त रुपमा प्रदान गरे । आफुहरुले जहिले पनि पर्दा पछाडी रहेर काम गर्ने अग्रज चलचित्रकर्मीलाई दीर्घ साधाना सम्मान प्रदान गर्दै आएको अवार्ड आयोजक दिनेश डिसीले कार्यक्रममा प्रकाश पारे ।

अवार्ड समारोहमा यसपटक निश्चल बस्नेतको चलचित्र दिमाग खराबले सर्वाधिक अवार्ड जित्यो । यो चलचित्रले उत्कृष्ट चलचित्रको अवार्ड सहित पाँच अवार्ड पायो । जसमा यही फिल्मबाट निर्देशकको अवार्ड निश्चल बस्नेतले, अभिनेत्रीको अवार्ड स्वस्तिमा खड्काले, छायाँकारको अवार्ड सुसन प्रजापतिले र सम्पादकको अवार्ड निमेश श्रेष्ठले प्राप्त गरे । उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र अगस्तेबाट सौगात मल्लले चुमे भने चलचित्र अगस्तेबाटै उत्कृष्ट खल चरित्रको अवार्ड प्रमोद अग्रहरीले र अगस्तेबाटै द्धन्द्ध निर्देशकको अवार्ड श्री श्रेष्ठले हाँसिल गरे । यसैगरी २०८० मा राम्रो व्यापार गर्न सफल चलचित्र जारीले पनि अवार्डमा राम्रो पकड जमायो । जारीबाट उपेन्द्र सुब्बाले उत्कृष्ट नव निर्देशक र उत्कृष्ट स्कृनप्ले राईटरको अवार्ड हाँसिल गरे । जारीले नै वर्षको बक्स अफिसमा वर्षको सर्वाधिक व्यापार गर्ने चलचित्रको अवार्ड प्राप्त गर्यो भने जारीबाटै दयाहाङ राई र मिरुना मगरले उत्कृष्ट अन स्क्रिन जोडीको अवार्ड चुमे ।

गीत संगीततर्फ उत्कृष्ट संगीतकारको अवार्ड चलचित्र बगानका लागि संगीतकार सुवास भुसालले, पाश्र्व गायिकाको अवार्ड बगानबाटै गायिका अन्जु पन्तले र पाश्र्व गायकको अवार्ड चलचित्र प्ररदेशी २ बाट निशान भट्टराईले प्राप्त गरे । यस्तै उत्कृष्ट कोरियोग्राफरको अवार्ड चलचित्र नाँगो गाउँको सुन सुन गीतबाट रामजी लामिछानेले, उत्कृष्ट भीएफएक्सको अवार्ड चलचित्र उपहारबाट अनुपम गौतम शर्माले, उत्कृष्ट पोस्टर डिजाइनरको अवार्ड चलचित्र बुलाकीबाट राकेश दाहालले, उत्कृष्ट ट्रेलरको अवार्ड चलचित्र काँडेतारबाट बन्दे प्रसादले र उत्कृष्ट स्टन्टको अवार्ड पनि चलचित्र काँडेतारबाटै लक्ष्मण सेन्चुरीले पाए ।

यसपटक समारोहमा क्रिटिक्स अवार्ड अभिनेताको अवार्ड चलचित्र बुलाकीबाट अभिनेता नरेन खड्काले र अभिनेत्रीको अवार्ड चलचित्र बुलाकीबाटै अभिनेत्री सुरक्षा पन्तले र निर्देशकको अवार्ड चलचित्र अन्तिम संस्कारबाट प्रदीप शाहीले पाए । यस्तै ट्रेण्ड सेटर्स अवार्ड चलचित्र निर्देशक रामबाबु गुरुङ र अर्का चलचित्र निर्देशक प्रदीप भट्टराईलाई प्रदान गरियो । रामबाबुलाई कबड्डी जस्ता ग्रामिण परिवेशका सफल चलचित्र निर्माता र प्रदीपलाई सफल सामसामयिक हास्यप्रधान सामाजिक चलचित्र निर्माणका लागि यी अवार्ड प्रदान गरिएको अवार्ड आयोजक संस्था सिने सर्कल नेपालका अध्यक्ष दिनेश डिसीले बताए ।

अवार्ड समारोहमा गायक यम बराल, गायिका देविका बन्दना, नेपाल आर्मीका कलाकार र चलचित्र पुराज सार्कीका कलाकारको गीत संगीत प्रस्तुतिसँगै विभिन्न कलाकारको नृत्य रह्यो । यी प्रस्तुतिले सिने सर्कल अवार्ड समारोह संगीतमय बनेको थियो । यो अवार्डको निर्णायकमा चलचित्र निर्देशक कलाकार मोहन निरौला, संगीतकार सुरेश अधिकारी, द्धन्द्ध निर्देशक एनवी महर्जन, सञ्चारकर्मी कृष्ण भट्टराई थिए ।

Listen to the Story 'Fake ID' by Suresh Badal!Youtube Link on the First comment Below.
01/06/2024

Listen to the Story 'Fake ID' by Suresh Badal!

Youtube Link on the First comment Below.

अनु चौधरीको स्वरमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिककाठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न...
01/06/2024

अनु चौधरीको स्वरमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन ।

अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियोलाई आकर्षक ढंगबाट खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा रिमा विश्वकर्मा, एलिसा शर्मा, सृष्टी सुब्बा, सम्राट अधिकारी, रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेलको अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

Video Link on the first comment!

The first Poster of the Nepali Movie 'बेहुली From मेघौली' has released.
01/06/2024

The first Poster of the Nepali Movie 'बेहुली From मेघौली' has released.

Address

New Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when KTM VMAG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KTM VMAG:

Videos

Share

Category

Nearby media companies