Palika Khabar

  • Home
  • Palika Khabar

Palika Khabar Nepal's First Federal Media House- "Palika Khabar"
www.palikakhabar.com
(1)

22/05/2025

उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता............
‘पक्राउ परेका माथि पीडकहरू विक्रमरण पहेली (दर्जी), कुन्दन दास, पूर्णीमा राई तथा मकालु होटलका सञ्चालक त्रियुगा नगरपालिका–११ का वर्ष ३८ का ललित भण्डारी, भ्यु प्वाइन्ट होटलका सञ्चालिका त्रियुगा नगरपालिका–१० की वर्ष २९ की सम्झना मगर तथा तीन बालक र पाँच जना बालिकासमेत गरी १३ जनालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा अनुसन्धान गरी हिजो मङ्गलवार मुद्दा दर्ता गरिएको छ ।’

‘ढुकुर जोडी’ खोज्दै सुन्दरहरैँचा # सम्बन्ध विच्छेद तथा लैंगिक हिंसाका घटनाहरु न्युनीकरण गर्दै जानुपर्छ भन्ने मूल नाराका ...
22/05/2025

‘ढुकुर जोडी’ खोज्दै सुन्दरहरैँचा

# सम्बन्ध विच्छेद तथा लैंगिक हिंसाका घटनाहरु न्युनीकरण गर्दै जानुपर्छ भन्ने मूल नाराका साथ यो कार्यक्रम राखिएको नगरपालिकाले बताएको छ ।

# यस्ता छन् ‘ढुकुर जोडी’ छनोटका लागि नगरपालिकाले बनाएको १२ मापदण्ड
१) कम्तीमा विवाह भएको १० वर्ष पूरा गरेको हुनुपर्ने ।
२) श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनुपर्ने ।
३) विवाह दर्ता गरेको हुनुपर्ने ।
४) स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिका बसोबास गरेको हुनुपर्ने ।
५) छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने ।
६) नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने ।
७) विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।
८) निरन्तर रूपमा संयुक्त परिवारमा (बुवा वा आमारसासू वा ससुरासँग) बसेको हुनुपर्ने । अलग भिन्न नभएको ।
९) बुवाआमा वा सासूससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।
१०) हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरूमा वा समाजमा श्रीमान्–श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।
११) निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दाबढी नबसेको ।
१२) माथि उल्लेखित शर्तहरू पूरा हुने कागजात फारमसहित पेश गर्नुपर्ने ।

22/05/2025

# काभ्रेका किसानमाथि प्रकृतिको प्रहार, ७ सय रोपनीभन्दा बढी जग्गाको बाली नष्ट

# २०८२ साल वैशाख २९ गतेको वर्षा र बाढीले फेरि पनि आलु, टनेलमा लगाइएको गोलभेँडा, भर्खरै उम्रिएका मकै लगायतका तरकारी तथा अन्नबालीमा क्षति पुगेको छ ।

कर्णाली सरकारले तिलगाउँमा एक सातापछि पठायो राहत..................................हुम्लाको नाम्खा गाउँपालिका-६ को तिलगाउँ...
22/05/2025

कर्णाली सरकारले तिलगाउँमा एक सातापछि पठायो राहत..................................
हुम्लाको नाम्खा गाउँपालिका-६ को तिलगाउँमा आएको हिमपहिरोले विस्थापित भएकाहरूलाई कर्णाली प्रदेश सरकारले एक सातापछि राहत सामाग्री पठाएको छ । हिमपहिरो गएको एक सातापछि बिहीबार प्रदेश सरकारले राहत सामाग्री पठाएको हो । जेठ १ गते राति दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँबासी विस्थापित बनेका छन् ।

22/04/2025

Palika Khabar || "घट्ना गौरदहको : चासो मुलुकभरका जनप्रतिनिधिको || आखिर के भएको थियो गौरादहमा ! ||

Address

Thapagau

44601

Alerts

Be the first to know and let us send you an email when Palika Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palika Khabar:

  • Want your business to be the top-listed Media Company?

Share