HulakiNews

HulakiNews This is official FB page of Hulakinews. The news are update 7days, 24 hours & 365 days a year.
(16)

Which is online news portal for all types of nepali National, International, Entertainment, Business, Sport, Culture etc.

https://madheshpati.com/2024/06/07/14588/?fbclid=IwY2xjawDQHnFleHRuA2FlbQIxMQABHUGQNDYkr8Hodl3Tc_pN7WvgShdRqXqGpezVo7aPA...
07/06/2024

https://madheshpati.com/2024/06/07/14588/?fbclid=IwY2xjawDQHnFleHRuA2FlbQIxMQABHUGQNDYkr8Hodl3Tc_pN7WvgShdRqXqGpezVo7aPAEm8Nvfzkn17AyRxhQ_aem_AS26mXSOd5ntS6ZlmC1rx30sjZwuLn2nmJUMQJVOTOUqqVO0QPRmw-llyi3GO36Y0dsQwTjY91ZuNXiJVACO-vx6

  मधेशका १३६ पालिकामा कृषि उत्कृष्टता केन्द्र तयार गरिने जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश ....

बारा सिम्राैनगढमा तस्करलाई छुट दिएपछि बारा । बारा जिल्लाबाट तस्करी गर्न तस्करहरूलाई छुट दिएको हो कि भन्ने भान हुन थालेको...
07/06/2024

बारा सिम्राैनगढमा तस्करलाई छुट दिएपछि

बारा । बारा जिल्लाबाट तस्करी गर्न तस्करहरूलाई छुट दिएको हो कि भन्ने भान हुन थालेको छ । किनकि यस्तो तस्करी धन्दा डेढ बर्ष यता भएको थिएन । यो भनाई हो सिम्राैनगढमा स्थानीयवासी बिन्देश्वर साहको । उनको कुरा सुन्दा लाग्छ कि बारा अहिले तस्करहरूकाे अखडा मात्रै नभएर उनीहरूलाई जतिसक्यो लुट भन्नाका लागि छुट दिइएको छ ।
कचर्वा प्रहरी चाैकी मातहतको झरअाेखर सीमावर्ती क्षेत्रबाट अहिले दैनिक ५ सयभन्दा बढी बाेरा धान प्रहरीकाे सेटिङमा तस्करी भई नेपाल भित्रिरहेकाे छ । स्थानीय श्याम साहका अनुसार प्रहरीले धान तस्करीको लागि चार जनालाई लाइन दिएको छ । तस्करीको लाइन पाउनेहरूमा बिन्देश्वर , राजकिशाेर , जितेन्द्र यादव र श्यामसुन्दर रहेका छन् । यी चारजना मध्ये बिन्देश्वर र राजकिशाेर नेपाली हुन भने जितेन्द्र यादव र श्यामसुन्दर भारतीय नागरिक हुन । यसैगरी बैरिया नाकाबाट पनि केही दिन यता व्यापक तस्करी चलिरहेको छ । यो नाकाबाट भारतीय नागरिक उपेन्द्र र प्रदिप भन्नेलाई हार्डवेयरकाे ठूलो तस्करीको लाइन दिइएको छ । यो तस्करीमा नेपाल प्रहरीको बैरिया , पथलवाघाट र खजानी प्रहरी चाैकीका प्रमुखहरूकाे संरक्षण र सेटिङ रहेको स्थानीय धुर्व साहले बताए । झारअाेखर नाकाबाट गुरूदेव , माष्टर , दीपक , भाेला , बलिराम र अरबिन्दकाे कपडाको ठूलो तस्करी लाइन चलेको छ । यी मध्ये अरबिन्द भारतीय नागरिक हुन भने बांकी नेपाली हुन । यसै नाकाबाट शत्रुधन र सुभाषकाे कुखुराको चल्लाकाे तस्करी पनि व्यापक मात्रामा चलिरहेको छ । तस्करीको लाइन दिएवापत तस्करहरूले नेपाल प्रहरीको हकमा बैरिया , पथलवाघाट र खजानीका असईहरूलाई साेझै रकम दिदै आएका छन् । नेपाल प्रहरीकाे हकमा बैरिया , पथलवाघाट र कचर्वा तीन वटै चाैकी इलाका प्रहरी कार्यालय सिम्राैनगढ मातहत पर्दछ । बैरियामा असई रामविनय यादव , पथलवाघाटमा असई दिनेश कुमार महत्ताे र कचर्वामा असई कमलेश साह रहेका छन् । इप्रका सिम्राैनगढमा भने प्रहरी निरीक्षक नवीन राई प्रमुख छन् ।
सशस्त्र प्रहरी बलको हकमा पिपरपाती स्थित प्रस्तावित गुल्मबाट घुमुवाकाे रूपमा परिचालन गरिएका हवल्दार प्रकाश थापाले गर्दै आइरहेका छन् । गुल्मपति डिएसपी काली प्रसाद चाैधरीकाे अति बिश्वासपात्रकाे रूपमा हवल्दार प्रकाश थापा आंफै तस्करहरूसंग भेट गरेको यहाँ जाे काेहीले पनि देखिरहेको हुन्छ । यहाँबाट मलको तस्करी पनि व्यापक रूपमा चलिरहेको छ । दैनिक ५ सयभन्दा बढी बाेरा मलकाे तस्करी पनि हुदै आएको छ । बैरिया बलुवाघाटबाट तस्करीको मल निस्कने गरेको छ। सयौं साइकलका माध्यमबाट मल तस्करी गरेर नेपाल ल्याई घर घरमा गाेदाम गर्ने र त्यसपछि अन्यत्र लैजाने धन्दा हुदै आएको छ । सशस्त्र प्रहरीकाे गुल्मबाट खटिएका घुमुवालाई प्रति साइकल ५० रूपैयाँकाे दरले काराेवारीले घुष दिने गरेको साइकलवालाहरू बताउँछन् । यहाँ यसरी मल ल्याउने साइकल सयौंकाे संख्यामा छन् । तस्करीको लाइन मिलाउन सहयोग गर्ने व्यक्ति सिम्राैनगढ उद्योग बाणिज्य संघको अध्यक्ष लालबाबु कुशवाहा भएको र काराेवारका उनको पनि साझेदारी रहेको आराेप स्थानीय व्यापारीहरूकाे छ । तर उनी यो कुरालाई भने अस्वीकार गर्छन्

05/06/2024

जनकपुरधाम । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्....

05/06/2024

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बहुमतका लागि ५४ सांसदको ...

05/06/2024

जनकपुरधाम । आफ्नै साथीसँग विश्वासघात र ठगी गरेको आरोपमा सिद्धार्थ बैँक जनकपुरका म्यानेजर अजय कुमार यादवसहित ती.....

04/06/2024

एजेन्सी । भारतमा भएको लोकसभा निर्वाचन–२०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी भएका छन् । उत्तर प्रदेश.....

https://madheshpati.com/2024/06/03/14562/
03/06/2024

https://madheshpati.com/2024/06/03/14562/

सिरहा । सिरहा नगरपालिका-५ बरेर्वामा वडाध्यक्ष जागेश्वर यादवले व्यक्तिगत जग्गामा बलपूर्वक सडक बनाएर आरसिसी ढलान...

02/06/2024

अमित ठाकुर,रौतहट । रौतहटमा गरिब बिपन्नका घर मधेश सरकारबाट बनाई दिने प्रलोभन दिई रकम ठग्ने गिरोहलाई रौतहट प्रहरील...

यातायात ब्यवस्था कार्यालय गौरका ट्रायल सेन्टरबाट बिचौलिया पक्राउ !
02/06/2024

यातायात ब्यवस्था कार्यालय गौरका ट्रायल सेन्टरबाट बिचौलिया पक्राउ !

अमित ठाकुर,रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा अवस्थित यातायात ब्यवस्था कार्यालय गौरको ट्रायल सेन्टरबाट दुई .....

10/05/2024
29/04/2024

छिमेकीको ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ

जनकपुरधाम । सिरहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिरहा नगरपालिका-१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन् । सोनावतीका श्रीमान् धनिकलाल यादव भने फरार छन् ।
छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।डीएसपी सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् ।खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो ।मसुराको झ्याङ्टाभित्र कालो रंगको प्लाष्टिकको बोराभित्र बालिकाको शव फेला परेको डीएसपी सापकोटाले बताए ।अनुसन्धानको क्रममा परिवारसँगको रिसइबी साध्न धनिकलालको परिवारले रमेशको छोरीको हत्या गरेको खुलेको डीएसपी सापकोटाको भनाइ छ ।उनका अनुसार करिब एक वर्षदेखि छिमेकी रमेश र धनिकलालको परिवारबीच झैझगडा हुने गरेको थियो । त्यही रिसइबीका कारण धनिकलालको परिवारले घर अगाडि खेलिरहेकी बालिकालाई बिस्कुट दिई आफ्नो घरभित्र लगेर हत्या गरेको डीएसपी सापकोटाले बताए ।

धनुषाका एसपीहरुकाे गुप्तचर घुमुवा 'आजाद यादव', १४ बर्षदेखि एसपीकाे नाममा करोडौँ असुले जनकपुरधाम । सीमाबाट तस्करी गराउने ...
21/04/2024

धनुषाका एसपीहरुकाे गुप्तचर घुमुवा 'आजाद यादव', १४ बर्षदेखि एसपीकाे नाममा करोडौँ असुले

जनकपुरधाम । सीमाबाट तस्करी गराउने मुख्य भूमिका कस्को हुन्छ भनेपछि जवाफ एउटै हुन्छ– “प्रहरी” । धनुषामा एक प्रहरी यस्ता पनि छन् जो जिल्ला घुमुवाको टोली हुँ भनी तस्करहरुसँग सहजै करोडौँ उठाएर सरकारको राजस्व छली गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा विगत १४ बर्षदेखि एसपी (सबै) को ड्राइभर समेत रहेका आजाद प्रसाद यादव गोप्य घुमुवाको रुपमा परिचालन भई करोडौँ रुपैयाँ असुली गर्दै आएका छन् । यादवले धनुषाको सीमा क्षेत्रमा अड्डा जमाएर बसेका तस्करहरुसँग मासिक लाखौँ असुली गरी एसपीहरुलाई बुझाउने गरेका छन् । धनुषामा आउने एसपीले चढने बा ७ झ ३६०६ नम्बर प्रहरी भ्यानका चालक रहेका यादवले कैयौँ एसपीहरुलाई गुमराहमा पनि राख्ने गरेका छन् ।

कुनै पनि जिल्लामा तस्करहरुसँगको सम्पर्क प्रहरी सँगठनको चार तहसम्म हुने गर्छन् । जसको लागि उच्च पदस्थ अधिकारीहरुले एउटा गोप्य मान्छे राख्ने गरेका छन् । यस्तै, धनुषामा आउने एसपीहरुको चाहेता र गोप्य घुमुवाको रुपमा विगत १४ बर्षदेखि आजाद प्रसाद यादवले अड्डा जमाएर कमाउ पुतको रुपमा आफूलाई चिनाएका छन् । यद्यपी, गृह मन्त्रालयले घुमुवाहरुलाई फिर्ता बोलाएपछि उनी अहिले यस क्षेत्रमा निष्क्रीय रहेका छन् । अहिले उनी मात्र प्रहरी प्रमुखको चालकको रुपमा कार्यरत छन् ।

विभिन्न सीमानाकाबाट हुने तस्करीको जिम्मेवार बोर्डरमा स्थापित सशस्त्र प्रहरीको बिओपी हुन् । तर, यसपछि ईलाका प्रहरी कार्यालय, प्रहरी चौकीसम्म सेटिँग हुन्छन् । ईलाका र प्रहरीचौकीले सेटिँग मिलाएका तस्करहरुलाई कुनै कुनै बेला जिल्लाको टोली भनेर समाउने गरेको छ त्यो दाम नमिलेर मात्र हो । कहिलेकाँही राती १० बजेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट निस्कने आजाद यादव धनुषाको विभिन्न नाका पुग्ने गरेको गोप्य श्रोतको दाबी छ । साथमा केही प्रहरी राखेर रुपैयाँ नदिने व्यापारी, तस्कर र समानलाई समाएर जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाउने गरेको छ ।

प्रहरी सँगठनमा एकै ठाउँमा विगत १४ बर्षदेखि अड्डा जमाएका यादवले धनुषा आउने एसपीहरुकै छत्रछायाँमा राखिएको छ । यस सन्दर्भमा वर्तमान एसपी भुवनेश्वर तिवारीले भने अहिले जिल्लामा कुनै घुमुवा नरहेको दाबी गरे । उनले आफू धनुषामा नमुना कार्य गर्न आएको बताउँदै कुनै घुमुवा परिचालन नभएको तथा चालकले यस्तो कार्यमा संलग्नताबारे आफूलाई जानकारी नभएको बताए । उनले आफू भर्खरै जिल्ला प्रमुख बनेर आएपछि आफूलाई धेरै कुरा अहिले थाहा नभएको भन्दै खण्डन गरे ।

स्रोतको अनुसार, आजाद प्रसाद यादव र प्रकाश सिँह नामक प्रहरी समय मिलाएर मात्र निस्कने गरेका छन् । यी दुवै जनाको जुगलबन्दीले सीमाबाट हुने तस्करीलाई थप ठाउँ मिलेको हो । यादव र सिँहले धनुषा आउने एसपीहरुको नाममा सीमामा जडो गाडेर बसेका नमुद तस्कर, व्यापारीहरुसँग असुली गर्दै आएको बताईन्छ ।

पूर्वी धनुषाको इनरवादेखि पश्चिम मुखियापट्टि मुसरनीयाँसम्म आजाद यादव र प्रकाश सिँहले महिनबारी उठाउने गरेका छन् । जसमा दुध व्यापारी (तस्कर) मनिष मिश्रा, रक्सी तस्कर प्रमोद ठाकुर, रुपेश यादव, अनिल मण्डलसँग मासिक १८ हजार रुपैयाँदेखि सुरु भई ३० हजार रुपैयाँसम्म उठाउने गरेका छन् ।

यस्तै, कपडाको नामुद तस्कर रहेको पहनी चाचीबाट मासिक ३० हजार, कपडाकै गुप्ता तस्करबाट मासिक ४५ हजार रुपैयाँ, नरेशसँग मासिक २८ हजार रुपैयाँ तोकेर उठाउने गरेका छन् । यादवले रामकुमारको क्रसर उद्योगबाट समेत २५ हजारको मासिक लिने गरेका छन् ।

असई सरुवामा पनि लेनदेन

जिल्ला प्रहरी कार्यालय धनुषाबाट हुने असई सरुवा प्रक्रियामा पनि आजाद यादवले रकम उठाउने गरेको खुलेको छ । अनुशासन विपरित, विभाग विपरित वा गैर अनुशासित कार्यमा संलग्नतापछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट हुने निष्पक्ष कारवाहीको क्रममा पनि यादवले सोही ठाउँमा राखि राख्न वा अन्यत्र कतै सरुवा मिलाइदिन उनले २५ देखि ५० हजारसम्म लिने गरेका छन् । धनुषा आउने एसपीहरुको विश्वासको पात्र मानिएका आजाद यादवले सोझासाझा एसपीहरुलाई धोका समेत दिने स्रोत बताउँछन् । एसपीहरुको नाम बेचेर उनले रकम उठाउने गरेको पाईएको छ ।

यस सन्दर्भमा सवारी चालक यादवसँग कुरा गर्न उनको सम्पर्क नम्बर ९८२३६***३२ मा सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।

छानबिन गरी तुरुन्त कारवाही गर्छौँः एसपी तिवारी

धनुषामा आए लगत्तै एक्सनमा आएका नयाँ एसपी भुवनेश्वर तिवारीले यादवमाथि छानबिन गरी तुरुन्त कारवाही गर्ने प्रतिवद्धता जाहेर गरे । अहिले सोही गाडीका चालक रहेका आजाद यादवको सन्दर्भमा संक्षिप्त कुराकानीमा एसपी तिवारीले उनको विरुद्ध एउटै प्रमाण फेला परे तु को तु. कारवाही गर्ने प्रतिवद्धता जाहेर गरे ।

धनुषामा आएपछि प्रहरी संगठनबाट हुने विभिन्न सूचनाहरुको पारदर्शितालाई झन उजागर गर्न सफल भएका नयाँ एसपी तिवारी इमान्दार पदस्थ अधिकारीको रुपमा चिनिन्छन् । गत चैत २६ गते मात्र धनुषा आएका एसपी तिवारीले जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रवाह हुने सेवा, मुद्दाको विवरण, फर्छायौटको विवरण, घटना प्रतिघटना, कारवाही, अनुसन्धानको समेत पारदर्शीता गरेपछि उनको चौतर्फी प्रशँसा गरिएको छ । धनुषा आएका अन्य प्रहरी प्रमुखहरुभन्दा तिवारीको कार्य सम्पादन र कार्यशैली फरक रहेको जिल्लावासीले महसुस गरेका छन् ।

एसपी तिवारी आएपछि भएको विभिन्न अपराधिक घटनाका आरोपित, शंकास्पद र संलग्न व्यक्तिहरुलाई केही घण्टाभित्रै पक्राउ गरी प्रहरीको सक्रियता दर्साएका हुन् । सवारी चालक आजाद यादवको सन्दर्भमा समेत उनले प्रमाण फेला परी एक्सन लिने विश्वास गरिएको छ ।

एजेन्टको सेटिंगमा गैर कानुनी कार्यको अखाडा बन्दै  गौर भन्सार कार्यालय रौतहट । केही एजेन्टको इशारामा गौर भन्सार कार्यालय ...
17/04/2024

एजेन्टको सेटिंगमा गैर कानुनी कार्यको अखाडा बन्दै गौर भन्सार कार्यालय

रौतहट । केही एजेन्टको इशारामा गौर भन्सार कार्यालय गैरकानुनी कार्य गर्नेहरुको अखाडामा परिणत हुँदै गएका छन् ।पछिल्ला समयमा गौर भन्सार कार्यालयबाट भएका केही संदिग्ध कारोबारका कारण उक्त गैरकानुनी कार्यको अखाडामा परिणत हुँदै गएको रहस्य खुलेका हुन् । स्क्रेप लिलामी प्रकरण होस चाहे श्रोत नखुल्न नसकेको हुण्डीको रकम होस सबै कार्यमा एउटै एजेन्टले भन्सार कर्मचारीको सेटिंगमा गैरकानुनी कार्य गर्दै आफना गोरखधन्धा जारी राखेको श्रोतले बतायो।यस्तै गतिविधिका कारण रौतहटमा एउटा ठेगो छ, “जे न करे बाबु भैया, से करे रुपैया” लाई शतप्रतिशत चरितार्थ गर्दै ति एजेन्ट कर्मचारीको सेटिंगमा गोरखधन्धा जारी राख्दै नेपाल सरकारलाई आर्थिक रुपमा नोक्सानी पुर्याउदै आएपनि सम्बध निकाय कानमा तेल हालेर मस्त निन्द्रामा सुतेको ति श्रोतले गम्भीर आरोप लगाए ।

स्क्रेपमा लिलामी सरकार गरेका न्यु विश्वास ट्रेडर्स जनकपुरधामले सबैभन्दा बढी बोलपत्र चारपाङ्गे ८७ लाख ८७ हजार ८ सय ७७ रुपैयाँ र मोटरसाइकल १ करोड २१ लाख मूल्य राखेर शिलबन्दी बोलपत्र समिट गराएर ठेक्का सकार गरेको थियो । तर ति स्क्रेपमा लिलाम सकार गरेका सवारी साधनलाई भन्सार कर्मचारीको रोहवरमा ग्यास कटरबाट इंजन र च्याचिसलाई काटेर लैजानुपर्ने प्रावधान रहेपनि दुई÷चार दुई पाँग्रे सवारीको इंजनमा होल बनाएर बाकी ११ सय भन्दा बढि दुई पाँग्रे त्यसै भन्सारबाट बाहिर निकाल्न सफल भए ।
त्यतीमात्रै नभई चार पाँग्रे सवारीसाधनलाई पनि त्यसरी नै त्यहाँबाट निकाले । उक्त गैरकानुनी कार्यमा भन्सार प्रमुख देखि लिएर कर्मचारीहरु सबैलाई आर्थिक लाभ गराइएको ति श्रोतले दाबी गरे ।

न्यु विश्वास ट्रेडर्स जनकपुरधामको फर्मबाट स्थानीय एजेन्ट कौशल साहले भन्सार संग समन्वय गरेर निर्वाध रुपमा गैर कानुनी रुपमा निकालिएका सवारी साधन कतिपय भारतमा गुडिरहेका छन् भने कतिपय नेपाली सडकमा गुडिरहेको छ । स्थानीय एक वर्क सपमा सामान्य मर्मत गराएर सम्बध धनीलाई कागजातको आधारमा चर्को रकम लिएर विक्री गर्ने कार्य जारी राखेपनि सम्बध निकाय चुप लागेका छन् ।
यस्तै तिन दिन अघि नेपाल प्रहरीले गौर नपा १ बाट श्रोत नखुलेका ११ लाख १५ हजार सात सय सहित विरेन्द्र जयसवालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा श्रोत खुलाउन नसकेपछि हुण्डी कारोवारको रकम हुन सक्ने भन्दै आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएपछि हिजो सोमवार उक्त रकम हाम्रो हो भन्दै ति एजेन्ट साहले सकार गरेर लगेपछि अबैध एवं जस्तो पनि गैर कानुनी कार्यको थलो भन्सार कार्यालय बन्दै गएको ति श्रोतले भने ।
गौर नपा १ का जयसवाल लाई अनुसन्धान गर्दा दैनिक ३० लाख रुपैया गौर स्थित कृषि विकास बैंक सहित एउटा अन्य बैंकमा राख्ने गरेको बुझिएको छ । ठूलो रकम जम्मा गराउदा प्रति लाख ५० देखि एक सय रुपैया बैंक कर्मचारीले लिन गरेको हुँदा हुँण्डी कारोवारलाई बैंकहरु पनि संरक्षण दिदै आएको ति श्रोतले दाबी गर्दै सम्बध निकाय जागरुक नभए सम्म गौर अहिले अबैध कार्य गर्नेहरुको आश्रय स्थलको रुपमा परिणत हुँदै गएका छन् ।

13/04/2024

आजदेखि २०८१ सुरु , नयाँ वर्ष घर घरमै मनाइँदै

12/04/2024

२० किलो गाँजासहित महोत्तरीबाट वडासदस्य पक्राउ

12/04/2024

आगलागी हुँदा एक घर जलेर नष्ट

12/04/2024

सर्लाहीमा कवाडी गोदामबाट ५३ राउण्ड गोली बरामद

08/04/2024

रौतहट । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं ४ सरूअठा निवासी सकिल मियाको नाती मो.अतितुल्लाहको छोरा मो. असरफ ....

गौर भन्सारको बदमासी लिलामी गरिएको स्क्रेपको सवारीसाधन ठेकेदारले सिधै लग्दै !रौतहट।चैत २६ ।रौतहट जिल्लाको गौर भन्सारबाट ल...
08/04/2024

गौर भन्सारको बदमासी लिलामी गरिएको स्क्रेपको सवारीसाधन ठेकेदारले सिधै लग्दै !

रौतहट।चैत २६ ।रौतहट जिल्लाको गौर भन्सारबाट लिलामी गरिएको स्क्रेपका चार चक्का र मोटरसाइकल ठेकेदारले सिधै लग्दै तथ्य बाहिरिएको हो।गौर भन्सारले गत चैत ५ गते लिलाम गरिएको ७० पिस चारपाङ्गे र ११३८ पिस मोटरसाइकल अहिले ठेकेदारले स्क्रेपका सवारीसाधन अर्को ठाउँमा स्टोर गर्न बिना स्क्रेपकै लगि रहेको तथ्य बाहिरिएको हो। गौर भन्सारकै मिलोमतोमा ठेकेदारले आ- आफ्नो मान्छे खटाई बिचौलियाको सहारामा उक्त स्क्रेप भएका सवारीसाधन अन्तय ठाउँमा स्टोर गरिरहेको पाईएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा पक्राउ गरि बर्षौं भन्सार दाखिला गरेको सवारीसाधन गत चैत ५ गते लिलाम गरेको थियो ।

गौर भन्सार लिलामी प्रकृयामा रहेको ७० पिस चारपाङ्गे सवारीसाधनको मुल्यांकन मूल्य ३१ लाख ९७ हजार ४ सय पचिस तोकिएको थियो भने स्क्रेपकै ११३८ पिस मोटरसाइकल मुल्यांकन मूल्य ३९ लाख ५८ हजार ३ सय पचिस तोकिएको थियो। उक्त स्क्रेपका चारपाङ्गे र मोटरसाइकल लिलाम प्रकृयामा जाँदा न्यु बिश्वास ट्रेडर्स जनकपुरधामले सबैभन्दा बढी बोलपत्र चारपाङ्गे ८७ लाख ८७ हजार ८ सय ७७ रुपैयाँ र मोटरसाइकल १ करोड २१ लाख भरे पछि उक्त स्क्रेपका लिलामको सवारीसाधन सो ट्रेडर्सलाई परेको थियो। बर्षौं देखि गौर भन्सारमा पक्राउ परि राखिएका लिलामका सवारीसाधन अहिले ठेकेदार र गौर भन्सारका प्रमुख अम्रेन्द्र सिंहको सेटिङ्गमा स्क्रेपमा लिलाम भएको सवारीसाधनको इन्जिन नंबर र चेचिस नकाटि सिधै पिकपमा लोड गरि अन्तय ठाउँमा ठेकेदारले स्टोर गरिरहेका छन्। सो स्क्रेपका सवारीसाधन सडकमा चलाउन गौर भन्सारले अनुमानि पत्र नबनाएता पनि ठेकेदारले उक्त सवारीसाधन गौर भन्सार कार्यालयबाट स्क्रेप नै नगरि सिधै पिकपमा लोर्ड गरि अन्तय ठाउँमा स्टोर गर्ने गरेका छन्।

स्टोर गरिएको ठाउँबाट ठेकेदारले सवारीधनीले पुरानो कागज ल्याई स्क्रेपमा लिलाम गरिएको सवारीसाधनबाट ईन्जिन नंबर र चेचिस नंबर मिलाई आ-आफ्नो सवारीसाधन चर्को पैसा तिरी लगिरहेका छन्। उक्त स्क्रप भएका सवारीसाधन सडकमा चलाउन गैरकानुनी रहेता पनि गौर भन्सार प्रमुख र ठेकेदारलाई अहिले रजगज भएका छन्। यस बिषयमा गौर भन्सार प्रमुख सिंह संग सोधपुछ गर्दा स्क्रेपमा लिलाम गरिएका सवारीसाधन १५ दिन भित्र ईन्जिन र चेचिस नंबर ग्यास बेल्डिङ्गले काटी मात्र लग्ने हो । भन्सार प्रमुख सिंहले यस्तो जवाफ दिए। तर ठेकेदारले अहिले स्क्रेप भएको सवारीसाधनक‍ो ईन्जिन र चेचिज नकाटिकन अन्तय ठाउँमा स्टोर गर्दै गरेको पाईएको हो ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when HulakiNews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HulakiNews:

Videos

Share