Khabar Cast

Khabar Cast Official page of khabarcast.com
Hanumansthan, Anamnagar, Kathmandu
Contact: 9843839234
Email: [email protected] Shreeyukta Multimedia Pvt.
(4)

Ltd

Description:
KhabarCast is your go-to source for the latest news, engaging newsy content, and much more. We strive to provide timely and accurate information on various topics of public interest. Address:
Hanumansthan, Anamnagar,
Kathmandu, Nepal

Contact:
Phone: +977 9843839234
Email: [email protected]

Social Media:

YouTube: youtube.com/
Instagram: instagram.com/khabarcast
TikTok: tiktok.com/
Twitter: twitter.com/khabarcast
Website:
www.khabarcast.com

 दुर्गा प्रसाई पक्राउदुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । सामाजिक सन...
19/11/2024



दुर्गा प्रसाई पक्राउ

दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । सामाजिक सन्जालमार्फत् अफवाह फैलाएको भन्दै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जनाएको छ । प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए।

संगठित सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले आज सरकारी वकिलको कार्यालयमा बयानपछि दिएको अभिब्य...
12/11/2024

संगठित सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले आज सरकारी वकिलको कार्यालयमा बयानपछि दिएको अभिब्यक्तिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा लगिएको थियो । बयानपछि बाहिरिनेक्रममा उनले समर्थकलाई हेरेर हात हल्लाउंदै ‘खोरमा थुनिँदैमा बाघ स्याल हुंदैन’ भनेका थिए । त्यसपछि अहिले फेसबुकमा 'बाघ' शब्द ट्रेन्डिङमा छ ।

बिक्रीका लागि बजार झारेका याकचौरीमुस्ताङमा हिउँद सुरु हुनै लाग्दा उपल्लो डोल्पा र मुस्ताङबाट याकचौरी बिक्रीका लागि बजार ...
10/11/2024

बिक्रीका लागि बजार झारेका याकचौरी
मुस्ताङमा हिउँद सुरु हुनै लाग्दा उपल्लो डोल्पा र मुस्ताङबाट याकचौरी बिक्रीका लागि बजार झार्दै किसान। यतिबेला बिक्रीका लागि लैजाने याकचौरी विशेषगरी सुकुटीको लागि प्रयोग गरिन्छ । तस्बिरः शुशिलबाबु थकाली/रासस

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीमा निर्माण भइरहेको जनक दरबार । तस्विर- रासस ।
10/11/2024

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीमा निर्माण भइरहेको जनक दरबार । तस्विर- रासस ।

रास्वपा सभापति रवि लामिछानेमाथि लगाईएको सहकारी ठगीको मुद्दाबारे के भन्नुहुन्छ ?(क) एकदम सही हो(ख) कानूनी सबैलाई बराबरी ह...
10/11/2024

रास्वपा सभापति रवि लामिछानेमाथि लगाईएको सहकारी ठगीको मुद्दाबारे के भन्नुहुन्छ ?

(क) एकदम सही हो
(ख) कानूनी सबैलाई बराबरी हुनुपर्छ
(ग) अनुसन्धान पूरा नभएसम्म केही भन्दिन
(घ) झुटो मुद्दा हो

 #गज्जब तिलिचो आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुलीहिमाल पारिको जिल्ला मनाङस्थित पर्यटन गन्तव्य तिलिचो तालको आधा...
10/11/2024

#गज्जब

तिलिचो आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

हिमाल पारिको जिल्ला मनाङस्थित पर्यटन गन्तव्य तिलिचो तालको आधार शिविर (बेस क्याम्प) मा राष्ट्रिय प्रसारण ग्रिडको बिजुली पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्र सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति गरिएको हो ।

बेस क्याम्पमा १० होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्ट सञ्चालनमा छन् । बेस क्याम्पमा विद्युत ग्राहक संख्या १५ छ । राष्ट्रिय प्रसारण लाइन पुग्नु पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ ।

पराल बोकेको गाडीलाई ट्राफिक प्रहरीले रोकेर चिट काटेपछि...गाडीमा ओभरलोड हुनेगरी पराल हालेको भन्दै ट्राफिक प्रहरीले चिट का...
10/11/2024

पराल बोकेको गाडीलाई ट्राफिक प्रहरीले रोकेर चिट काटेपछि...

गाडीमा ओभरलोड हुनेगरी पराल हालेको भन्दै ट्राफिक प्रहरीले चिट काटेका हुन् । यो फोटो देश सञ्चार डटकमका पत्रकार प्रकाश ढकालले खिचेका हुन् । फेसबुकमा पोस्ट गर्दै उनले लेखेका छन्, 'कृषि प्रधान देशको हविगत। किसानले व्यवस्थित रूपमा पराल बोकेर बाटोमा हिड्न पनि नपाउने। ओभर लोड हुने। सकेको दुःख हैरानी दिने। ट्रक, क्रसरले बालुवा, ढुङ्गा, गिटी चुली लगाएर बोके पनि ओभर लोड नहुने। दुई पाँच सय घुस दिए हलुका हुने। गरि खाने भुइँ मान्छेले पुलिसको बर्दी देख्दैमा घृणा गर्ने तहमा यस्तै यस्तै कारणले पुगेको हो।'

जापान काण्डः मानव तस्करीमा जोडिएका एमाले सांसद लिलाबल्लभ अधिकारी पक्राउ२५ कार्तिक, २०८१ । कोशी प्रदेश सरकारका पूर्व आन्त...
10/11/2024

जापान काण्डः मानव तस्करीमा जोडिएका एमाले सांसद लिलाबल्लभ अधिकारी पक्राउ

२५ कार्तिक, २०८१ । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो । उनलाई अहिले विराटनगरबाट काठमाडौँ ल्याइँदै छ ।

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सभ्यता पाठशाला परिसरमा रहेको स्विमिङ पुलमा आइतबार बिहान देखिएको बिषालु गोमन सर्प । ...
10/11/2024

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सभ्यता पाठशाला परिसरमा रहेको स्विमिङ पुलमा आइतबार बिहान देखिएको बिषालु गोमन सर्प । उक्त सर्पलाई जीवितै उद्दार गरेर डिभजन वन कार्यालयमा बुझाइएको छ । घोराही क्षेत्रमा अत्याधिक मात्रामा गोमन सर्प देखिने गर्छ ।

तस्वीरः कुलदीप न्यौपाने/रासस

रवि लामिछानेलाई आज चौथो पटक अदालतमा पेस गरिँदै२५ कात्तिक, २०८१ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रा...
10/11/2024

रवि लामिछानेलाई आज चौथो पटक अदालतमा पेस गरिँदै

२५ कात्तिक, २०८१ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुन: अदालत पेश गर्दैछ ।

जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुन: अदालतमा उपस्थित गराइन लागेको हो ।

यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् ।

सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले उनलाई कात्तिक ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो । सभापति पक्राउविरुद्ध रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आइपुगेको जजिरा एयरको विमानलाई वाटर स्यालुट दिइँदै । जजिराले शनिबार...
10/11/2024

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आइपुगेको जजिरा एयरको विमानलाई वाटर स्यालुट दिइँदै । जजिराले शनिबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ । तस्बिर: राधेश्याम विश्वकर्मा, रासस

छठको प्रसादछठ पर्वको अवसरमा  बिहीबार साँझ ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिनको लागि आज बिहानै जनकपुरधाम उपमहानगरपालिक...
07/11/2024

छठको प्रसाद
छठ पर्वको अवसरमा बिहीबार साँझ ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिनको लागि आज बिहानै जनकपुरधाम उपमहानगरपालिका-९ स्थित गोरधोइ पोखरीमा प्रसाद राख्दै । तस्बिर : निरंजनकुमार साह / रासस

एआईले कसरी काम गर्छ ? भिडियो लिंक कमेन्टमा 👇👇
02/11/2024

एआईले कसरी काम गर्छ ? भिडियो लिंक कमेन्टमा 👇👇

टेस्लाको कामको विद्युत प्रणाली, वायरलेस संचार, टेलिभिजन, राडार र धेरै अन्य क्षेत्रहरूमा गहिरो प्रभाव परेको छ। उनी एक दूर...
02/11/2024

टेस्लाको कामको विद्युत प्रणाली, वायरलेस संचार, टेलिभिजन, राडार र धेरै अन्य क्षेत्रहरूमा गहिरो प्रभाव परेको छ। उनी एक दूरदर्शी विचारक थिए जसको कल्पनाले हाम्रो अहिले जीवन सरल भएको हो ।

निकोला टेस्ला एक सर्बियाई-अमेरिकी वैज्ञानिक, आविष्कारक, भौतिकशास्त्री, यांत्रिक इन्जिनियर र विद्युत इन्जिनियर .....

प्रधानमन्त्री ओली भन्छन्- नेपाल भाषा पाठ्यक्रममा समावेश गरिनेछ
02/11/2024

प्रधानमन्त्री ओली भन्छन्- नेपाल भाषा पाठ्यक्रममा समावेश गरिनेछ

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने ...

18/10/2024

रवि लामिछाने पक्राउ, यस्ताे छ सुरूदेखिको सहकारी ठगीको कहानी

30/07/2024

हलेसी महादेवको EXCLUSIVE भिडियो, पहिलो पटक गुफाभित्रका सबै दृश्य नेपाल चित्रमा, श्यर गर्नुहोला

29/07/2024

तीन धर्मको संगम हलेसी: हिन्दू,किराँती र बौद्ध धर्मावलम्बीको तिर्थ, यस्ता छन् रोचक किम्बदन्ती

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Khabar Cast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Cast:

Videos

Share

Our Story

News Portal from Nepal.