Ichchha Sanchar - इच्छा सञ्चार

Ichchha Sanchar - इच्छा सञ्चार " नेपाली साहित्यको उठान सर्जकलाई सम्मान "
इच्छा सञ्चारको अभियान
Youtube : https://www.youtube.com/
(1)

खुस्बु ऋजाल ज्यू को प्रेमिल कविता..`तिमी आउनु´
07/12/2024

खुस्बु ऋजाल ज्यू को प्रेमिल कविता..
`तिमी आउनु´

कवि: खुस्बु ऋजाल Khusbu_Rijalशीर्षक: तिमी आउनु ...

अभय श्रेष्ठ ज्यू को शक्तिशाली कविता..`मुक्ति´कृपया सबैले च्यानल subscribe गरिदिन अनुरोध गर्दछौं !
05/12/2024

अभय श्रेष्ठ ज्यू को शक्तिशाली कविता..
`मुक्ति´
कृपया सबैले च्यानल subscribe गरिदिन अनुरोध गर्दछौं !

कवि: अभय_श्रेष्ठ Abhaya_Shresthaशीर्षक: मुक्ति ...

अमरदीप सुनुवार जी को शक्तिशाली कविता !
04/12/2024

अमरदीप सुनुवार जी को शक्तिशाली कविता !

कवि: अमरदीप सुनुवार Amar Dip Sunuwarशीर्षक: पञ्चतत्त्व ...

https://www.youtube.com/गौरवमय ५१ औं विशेष श्रङ्खला चर्चित कविहरुको उत्कृष्ट प्रस्तुति !पूरा भिडियो हेरेर ब्यापक शेयको अ...
02/12/2024

https://www.youtube.com/
गौरवमय ५१ औं विशेष श्रङ्खला
चर्चित कविहरुको उत्कृष्ट प्रस्तुति !
पूरा भिडियो हेरेर ब्यापक शेयको अपेक्षा गर्दछौं 🙏

कवि: #प्रकाशसीनवयुग #लक्ष्मीथापा #उमेशअकिन्चन #उर्मिलाकोइराला #रामगोपालआशुतोष ...

शोभा शरभ ज्यू को प्रेमिल कविता..`सपनाको कथा´
02/12/2024

शोभा शरभ ज्यू को प्रेमिल कविता..
`सपनाको कथा´

कवि: शोभा शरभ Shova Sharabhशीर्षक: सपनाको कथा #...

सञ्जय सुमन जी को शक्तिशाली कविता..`मुटुको मान्छे कसरी भयो गायब´subscribe गरिदिई कविताको अभियानलाई सफल पारिदिन अनुरोध गर्...
01/12/2024

सञ्जय सुमन जी को शक्तिशाली कविता..
`मुटुको मान्छे कसरी भयो गायब´
subscribe गरिदिई कविताको अभियानलाई सफल पारिदिन अनुरोध गर्दछौं 🙏Youtube link👇️👇️
https://www.youtube.com/

कवि: सञ्जय सुमन Sanjay Sumanशीर्षक: मुटुको मान्छे कसरी भयो गायब ...

शकुन आँशुको वैचारिक कविता...`सत्ता मोह´हामी निरन्तर कविता अभियानमा छौँ,यो अभियानलाई साथ दिन सबैमा अपिल गर्दछौं 🙏Youtube ...
30/11/2024

शकुन आँशुको वैचारिक कविता...
`सत्ता मोह´
हामी निरन्तर कविता अभियानमा छौँ,यो अभियानलाई साथ दिन सबैमा अपिल गर्दछौं 🙏Youtube channel link👇️
https://www.youtube.com/

कवि: शकुन आँशु Shakun Aansuशीर्षक: सत्ता मोह #इ...

29/11/2024

Watch full video; Ichchha Sanchar Youtube Channel..youtube link👇️👇️
https://www.youtube.com/
#शब्दडायरीको
#युगसर्वनाम
#इच्छासञ्चार

अनिल किराँती ज्यू को प्रेमिल कविता...`एक प्रेम वक्तव्य´आदरणीय साहित्य अनुरागी मित्रहरु हामी निरन्तर कविताको अभियानमा छौँ...
29/11/2024

अनिल किराँती ज्यू को प्रेमिल कविता...
`एक प्रेम वक्तव्य´
आदरणीय साहित्य अनुरागी मित्रहरु हामी निरन्तर कविताको अभियानमा छौँ,तपाईंको एक subscribe ले उत्पादक र सर्जकलाई हौसला मिल्नेछ !Youtube link👇️👇️👇️
https://www.youtube.com/

कवि: अनिल किराँती Anil Kirateeशीर्षक: एक प्रेम वक्तव्य ...

यो बाटो कहाँ पुगिन्छ दाइ ? / आर्यश
27/11/2024

यो बाटो कहाँ पुगिन्छ दाइ ? / आर्यश

तिमीले एउटा विशाल भिर देख्नेछौ

सापटी म प्रत्येक दिनमृत्युसँग सापट मागेरजीवन बाँच्दैछु तिर्न बाँकी ऋण जस्तो ।°°°कविता संग्रह - दियोको अन्तिम लप्का र शरद...
03/09/2024

सापटी

म प्रत्येक दिन
मृत्युसँग सापट मागेर
जीवन बाँच्दैछु
तिर्न बाँकी ऋण जस्तो ।

°°°

कविता संग्रह - दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू
कवि - दीपा राई पुन | Deepa Rai Pun
प्रकाशक - We Read
मूल्य - रु.६५० ( हार्डकभर ) |

आखिर कहिलेसम्म ?कुनै हरियाली नभएकोयो उजाड उजाड मनमातेर पनि मादकता नभएकोयो उदास उदास साँझ कहिलेसम्म ?यो सडक किनारकोबुढो र...
03/09/2024

आखिर कहिलेसम्म ?

कुनै हरियाली नभएको
यो उजाड उजाड मन
मातेर पनि मादकता नभएको
यो उदास उदास साँझ कहिलेसम्म ?

यो सडक किनारको
बुढो रूखको जस्तो चोइटिएको एक्लोपन
यो आवाजै आवाजको कहालीलाग्दो सन्नाटा
यो ऐँठनै ऐँठनको धारावाहिक सपना
यो अ-विराम अल्प-विराम घातहरू
यो तिम्रा अविरल तरल याद
यो नरित्तिने रक्सीको अतिरिक्त गिलास
यो दिशाविहीन मडारिएको चुरोटको धूवाँ
यो हृदय निचोरिएको क्षत-विक्षत कविता
यो अचानोको व्यथाजस्तो अज्ञात कथा
यो जोकजस्तो र बिजोकजस्तो मरुभूमि जिन्दगी
यो जँड्याहाको नामुद उपनाम

कहिलेसम्म ?
आखिर कहिलेसम्म ?

कुनै हरियाली नभएको
यो उजाड उजाड मन
मातेर पनि मादकता नभएको
यो उदास उदास साँझ कहिलेसम्म ?

कविता संग्रह - म तिमी आउनुअघि नै गइसकेको थिएँ
कवि - आर्यश
प्रकाशक - इन्डिगो इन्क प्रकाशन
मूल्य - रु.३००

हथौडासपना-घडेरी जोड्ने छघर बनाउने छगाडी किन्ने छसपना-ऋण तिर्ने छआफू र आफ्नाहरुलाई पुग्ने जतिअलिकति खुशी जोड्ने छसपना-ती ...
04/08/2024

हथौडा

सपना-
घडेरी जोड्ने छ
घर बनाउने छ
गाडी किन्ने छ
सपना-
ऋण तिर्ने छ
आफू र आफ्नाहरुलाई पुग्ने जति
अलिकति खुशी जोड्ने छ
सपना-
ती दूरदराजका बस्तीहरुका लागि
ॲध्याराहरूको शहर झरेर
अलिकति उज्यालो किन्ने छ


तिनै सपनाहरु पुरा गर्न
आज फेरी एउटा हथौडा किनेको छु ।

°°°

कविता संग्रह - कामी
कवि - मञ्जुल मितेरी
प्रकाशक - शिखा बुक्स
मूल्य - रु.२७५

बेहोसीका साँझहरू जब दिनभरको थकान बिसाएर साँझ घर आइपुग्छु र सुस्ताउन भनी निस्कन्छु बार्दलीमा मन गिजोल्न आइपुगिहाल्छ बेमान...
26/07/2024

बेहोसीका साँझहरू

जब दिनभरको थकान बिसाएर
साँझ घर आइपुग्छु
र सुस्ताउन भनी निस्कन्छु बार्दलीमा
मन गिजोल्न आइपुगिहाल्छ
बेमानी बतास !

एकैछिन बार्दलीमा बस्दा पनि
मुटुसँगै लहरी खेल्न आइपुग्ने यो बतासले
आज के खबर ल्यायो कुन्नि ?

उफ् ! पतकर उडाउन सक्ने बतास
धूलो उडाउन सक्ने बतास
हुन्डरी जगाएर घर भत्काउन सक्ने बतास,

सक्छस् ! उडाएर लगिदे मेरा वियोगका स्मृतिहरू
ता कि स्मृतिबाट भाग्न मैले
बेहोसीमा बिताउन नपरोस्
प्रत्येक निर्दोष साँझ !

°°°

कविता संग्रह - त्यसरी त कहिल्यै सोचिएन
कवि - निर्भीकजंग रायमाझी
प्रकाशक - कलम प्रकाशन
मूल्य - रु.३७५

बागी स्त्रीको आत्मकथा सबेरै जिन्दगीको कलिलो घामसँग खेल्दाखेल्दैमध्याह्नको प्रचण्ड धुपसँगभिड्ने चेतना जन्मिएपछिलेखिँदोरहे...
26/07/2024

बागी स्त्रीको आत्मकथा

सबेरै जिन्दगीको कलिलो घामसँग खेल्दाखेल्दै
मध्याह्नको प्रचण्ड धुपसँग
भिड्ने चेतना जन्मिएपछि
लेखिँदोरहेछ बागी स्त्रीको आत्मकथा ।
गोधूलिको धूमिलतामा रम्दै
जुनेली रातको चमकसँग लट्ठ पर्दै
औँसीका घनघोर कालरात्रिहरूमा
हिँड्न थालेपछि
लेखिँदोरहेछ बागी स्त्रीको आत्मकथा ।
थाहा छैन कति छन्
उसको उन्मुक्त हाँसोसँग बिच्किनेहरू
थाहा छैन कति छन्
उसको स्वतन्त्र उडानको आरिस गर्नेहरू
खै कति छन्
उसको हौसलासँग जल्नेहरू, आत्तिनेहरू ।
तर,
कमैले बुझ्दा हुन्
उन्मुक्तता,
स्वतन्त्रता,
हौसला,
कसैले प्रेमपूर्वक प्याकेजिङ गरेर सुम्पिएको उपहार होइन ।
पलपलमा
सङ्घर्षको कष्टकर आँधिबेहरीबाट गुज्रिएर
आफैँसँग र आफ्नाहरूसँग
तिनका संस्कार, संस्कृति र कथित् मर्यादासँग
दशकौँ भौतिक र आत्मिक युद्ध लडेपछि
लेखिँदोरहेछ बागी स्त्रीको आत्मकथा ।
धेरै समयपहिले
तोडिसके आफ्नाहरूले नाता
कतै छुटिसक्यो प्रेमपूर्ण स्नेहको सहानुभूति
ऊ एक्लै छिचोल्छे हेमन्तका तुसारोहरू
कोही हुँदैनन् उसलाई
मखमली पछ्यौरी ओढाउनेहरू
कोही बिछ्याउँदैनन् ऊ हिँड्ने बाटोमा
गुलाफका नरम पत्रहरू,
र पनि
विद्रोहको सुस्केरा हाल्दै
निरन्तर उक्लिन्छे चट्टानी पर्वत
चुनौतीपूर्ण यात्राका भीमकाय अवरोध छिचोल्दै
बनाउन थालेपछि पैतालाले रगताम्य डोबहरू
बल्ल लेखिँदोरहेछ बागी स्त्रीको आत्मकथा ।
हिँड्दाहिँड्दै
अपूर्णतामै रोकेर प्रेमको अध्याय
हात छुटाई गयो सधैँका लागि
उसको अहङ्कारी प्रेमी
थमाइदिएर केही थान वियोगान्त कारणहरू
उसलाई
मन्जुर थिएन
प्रेममा दासत्वको झल्को
स्वाभिमान गुमाएर बाँच्नु थिएन
सम्झौतापरस्त जिन्दगी ।
हिँड्दाहिँड्दै
झकझक्याउन थालेपछि आत्मस्वाभिमानले
बिस्तारै सताउन थालेपछि अस्तित्वबोधको टकरावले
बल्ल लेखिँदोरहेछ बागी स्त्रीको आत्मकथा ।

बदलिइसक्यो
बालापनमै आमाले देखाएको राजकुमारी बन्ने सपना
फेरिइसक्यो
अप्सराहरूको जस्तो महल बनाउने उद्देश्य
अब त बदलिइसके
उसका आदर्श र आइडलहरू
स्वप्न यात्रा र गन्तव्यहरू
भत्किसके
निजी जिन्दगीका स्वार्थहरू ।
ऊसँग बेहिसाब छन्
गुमाउनुका हिसाबहरू
कतै अराजक र उच्छृङ्खलता नै
उसको पहिचान बनेको छ
विखण्डनकारीको तक्मा
उसको निम्ति आम भइसकेको छ
आरोप-प्रत्यारोप प्रहार र तिरस्कारकै बीचबाट
परिवर्तन र क्रान्तिको बाटोमा
अविचलित मुस्कुराउँदै उभिने अठोट गरेपछि
बल्ल बन्दोरहेछ
बागी स्त्रीको आत्मकथा ।
खै के देख्छन् देख्नेहरू
छुट्याउँछन् कि छुट्याउँदैनन्
रूप र सारको तात्त्विक भिन्नता
देखेभन्दा पृथक्
भोगेभन्दा जटिल
अझै भयानक र अकल्पनीय हुँदोरहेछ
एक बागी स्त्रीको आत्मकथा !!

°°°

कविता संग्रह - बागी स्त्रीको आत्मकथा
कवि - सुमिना
प्रकाशक - इन्डिगो इन्क प्रकाशन
मूल्य - रु.४४९

जब एउटा मान्छे हराउँछएउटा घाम हराउँछ त्यो घाम झुन्डिने आकाश हराउँछआकाशको बादल ओढेर उभिएको पहाड हराउँछपहाडलाई भेटन आउने ज...
26/07/2024

जब एउटा मान्छे हराउँछ

एउटा घाम हराउँछ
त्यो घाम झुन्डिने आकाश हराउँछ
आकाशको बादल ओढेर उभिएको पहाड हराउँछ
पहाडलाई भेटन आउने जून हराउँछ
हराउँछन् रातमा जून नदेख्दा ताराहरू
जब एउटा मान्छे हराउँछ ।

एउटा आँगन हराउँछ
त्यहीँ टेक्दै आउने खुट्टाहरू हराउँछन्
ती खुट्टाका आहट पर्खिबसेको ढोका हराउँछ
आँखाहरू देखादेख हुने झ्याल हराउँछ
हराउँछ एउटा घर
हराउँछ एउटा परिवारको सुगन्ध
जब एउटा मान्छे हराउँछ ।

दैनिकीको सुरताल हराउँछ
आँसु थाप्ने हातको स्पर्श हराउँ
समयको रूपरङ्ग हराउँछ
चराचुरुङ्गीको मधुर चिरबिर हराउँछ
हराउँछ मनको भित्ताबाट खुसियालीको चित्र
जब एउटा मान्छे हराउँछ ।

एउटा छहरा हराउँछ
त्यो छहराले भेटन जाने समुद्र हराउँछ
समुद्रसित एकान्तमा बात मार्ने बैँसालु रात हराउँछ
रातसित हात मिलाएर गएको दिन हराउँछ
हराउँछ दिनले उज्यालो पार्ने सुन्दर संसार
जब एउटा मान्छे हराउँछ ।

गीतको लय हराउँछ
शीतको विम्बले पातमाथि कोर्ने कविता हराउँछ
मनभरिको व्यथा लेख्ने अक्षर हराउँछ
कथाको एउटा पात्र हराउँछ
हराउँछन् धडकन व्यक्त गर्ने शब्दहरू
जब एउटा मान्छे हराउँछ ।

त्यही मुखाकृतिलाई आँखाभरि सँम्भाल्दै बस्ने
आमाको आशीर्वाद हराउँछ
भत्किएको घरको डिलमा झोक्रिरहेको
बूढो बाको भरोसा हराउँछ
एउटा सिउँदोलाई बेर्ने न्यानो अँगालो हराउँछ
हराउँछ गालामा बस्न आउने चुम्बनको पुतली
जब एउटा मान्छे हराउँछ ।

उदासीमा जुन किनारमा उभिने गथ्र्यौं
हो, त्यो नदी हराउँछ
साथ उक्लने देउराली हराउँछ
बाटोको छातीबाट पदचिह्नहरू हराउँछन्
आपतमा आश्वस्त पार्ने स्वर हराउँछ
हराउँछ सिँगो पृथ्वी
जब एउटा मान्छे हराउँछ !

°°°

कविता संग्रह - जब एउटा मान्छे हराउँछ
कवि - चन्द्र गुरुङ
प्रकाशक - इन्डिगो इन्क प्रकाशन
मूल्य - रु.२४९

Address

Babarmahal
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Ichchha Sanchar - इच्छा सञ्चार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies