BBC.Toral promote IN NEPAL

BBC.Toral promote IN NEPAL business of smart consumer

गरिब जीवनमा कति पटक मर्छ ?

गरिवलाई खान, लाउन, बस्न, शिक्षा, स्वास्थ्यको कुरा त परै जाओस सास फेर्न पनि गाह्रो छ







सुजन दाहाल

‘सवै भन्दा ढुंगो सा–ह्रो त्यो भन्दा नि नहुनु सा–ह्रो’ भनेजस्तै गरिव हुनु भन्दा सा–ह्रो संसारमा अर्को केही छैन । गरिवकोे समाजमा कुनै स्थान हुदैन । सवैले अपहेलित व्यवहार मात्र गर्छन । सवैले हेप्छन् । धेरैले जर्जर यातना र दुःख भोगिरहेका छन् । गरिवलाई अनेक यातना, उपमा र

विशेषण दिने गरिन्छ । कसैले वास्ता व्यस्ता नै गर्दैनन् । सम्मानित ढंगबाट व्यवहार गरिदैन । गरिव भएकै कारण सामाजिक उत्पिडन र भेदभावको शिकार भई अपमानित जिवन विताउन परिरहेको यही समाजमा हामीले देखिरहेका छौ ।

गरिव जीवनमा सास भएर पनि धेरै पटक मर्ने गर्छ । छोराछोरीलाई स्कूल पढाउदा पैशा तिर्न नसकेर एक पल्ट मर्छ । विरामी भएर उपचारका लागि अस्पताल जाँदा अस्पतालको खर्च बर्च तिर्न नसकेर अर्कोपल्ट मर्छ । सास अड्काउनका लागि जसरी भए नि खानु प–यो । बजारमा चामल, दाल, तेल, तरकारी आदी किन्न जाँदा अर्को पल्ट मर्छ । लाज गाल ढाक्न मात्रै भए पनि लुगा त लाउनै प–यो र बजारमा लुगाफाटो किन्न जाँदा फेरी अर्को पल्ट मर्छ ।
यसरी गरिव जीवनमा पाइलै पिच्छे मर्दै बाँच्दै गर्छ ।

गरिव बाँचेर पनि मरे तुल्य छ । देशमा मंहगीले आकाश छोएको छ । कुनै पनि बस्तु र सेवा खरिद गर्न सक्ने अवस्था र स्थिती छैन । गरिवले बजारमा गएर केवल आँखाले मात्र सपिङ गर्न सक्ने अहिलेको स्थिती छ । साच्चै भन्ने हो भने आम नेपाली यही श्रेणीमा जीवन विताई रहेका छन् । जीवन चलाउन र धान्न धेरै नेपालीलाई कठिन छ । जस्ले जति सुकै गफ गरे पनि खान र लाउन नेपालीलाई पुगेकै छैन भन्दा पनि हुन्छ । आफुले भोगिरहेको जीवनलाई हेरे थाहा हुन्छ कि म कति गरिव छु ? खान र लाउन नपुगेको कुरा आम नेपालीको अनुहारबाट पनि प्रष्ट संग झल्किरहेको देखिन्छ ।

गरिवको यो दुनियमामा कोही भरपर्दो सहारा हुदैन । सवै मुखले मात्र ठिक्क पार्छन् परेका दिन सवैले बहाना मात्र गर्छन् । अहिले हेर्दा लाग्छ मानिस त के दुःखमा गरिवलाई साथ दिने भगवान पनि हुदैन । भगवानले पनि बढी दुःख दिएको जस्तो लाग्छ ।

तमाम दुःख, पिर, मर्का, चोट, बेदना सहनु भन्दा अर्को विकल्प गरिवसंग छैन । खाने लाउने हिड्ने डुल्ने चाहना सवै आफु मरेर जाँदा संगै मरेर जान्छ । गरिव भएर बाँच्नु पर्दाको पिडा केवल गरिवलाई मात्र थाहा हुन्छ । ठूला ठूला महलमा बस्ने र मंहगा गाडी चढनेलाई के थाहा ?

गरिवले हरेक रात खाने नभएर भोकै सुत्नु परिरहेको छ । लाउने नभएर जाडोले मर्नु परिरहेको छ । औषधी उपचार गर्ने पैसा नभएर रोग पालेरै कुहिएर बस्नु परिरहेको छ । छोराछोरी पढाउने पैसा नभएर भविश्यका कर्णधार त्यसै खेर गइरहेका छन् । अनेकौ इच्छा, आंकाक्षा र चाहनालाई तिलाञ्जली दिनु परेको अवस्था छ ।

सपनाहरु विपनामा परिणत गर्न सम्भव छैन । मन भित्रका भावना र संवेदनालाई दवाउनु पर्ने अवस्था छ । यस्ता गरिवको पिढा र बेदना कस्ले बुझने ? अहिले त तीन तहका सरकार छन् । क

Address

Kathmandu
25055

Alerts

Be the first to know and let us send you an email when BBC.Toral promote IN NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BBC.Toral promote IN NEPAL:

Videos

Share


Other Broadcasting & media production in Kathmandu

Show All