News Weather

News Weather Nepali Update is the best documentary making company.

नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी यु...
26/01/2025

नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न र आहारको खोजीमा चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न देशमा आउने गर्दछन् । तस्बिरः रुपनी जि एम / रासस

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ९ अर्ब माथिसाताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घ...
26/01/2025

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ९ अर्ब माथि
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घटेको छ । तर, आइतबार नेप्सेमा ९ अर्ब १२ करोड ८६ लाख माथिको शेयर कारोबार भएको छ । नेप्सेमा आएको गिरावटसँगै नेप्से परिसूचक २६४४३.९३ अंकमा पुगेको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी...
26/01/2025

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : धन लाभ हुने दिन छ। व्यवहार सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुधा...
26/01/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : धन लाभ हुने दिन छ। व्यवहार सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग रहेको छ। लामो यात्रा तय हुने दिन छ।

वृष : मन खुशी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीले जतिसुकै दुःख दिए पनि जित तपाईंकै हुनेछ। खर्च बढ्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : यात्रा कष्टकर हुनसक्छ। मन अशान्त बन्ने जोखिम रहेको छ। पढाइमा भन्दा बाहिरका कुरामा समय बढी नै बित्नेछ। साझेदारीमा गरेको व्यापारबाट लाभ हुनेछ ।

कर्कट : मन अशान्त बन्नसक्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षालाई महत्त्व दिनुपर्ने दिन छ। शिक्षामा गरेको मिहेनत सफल बन्नेछ। विपक्षी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नु राम्रो होला।

सिंह : दिन सुखद् रहेको छ। तपाईंको लगानीको उचित मूल्यांकन हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दाम्पत्य जीवन सुखमय बन्नेछ।

कन्या : मन अशान्त बन्नेछ। पेट सम्बन्धी रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिले तपाईंलाई साथ दिनेछन्। परिवारको इच्छा पूरा गर्न नसक्दा मनमा खटपटी बढ्नेछ।

तुला : दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। शिक्षामा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक सेवाको अवसरलाई सदुपयोग गर्नुपर्ने दिन छ।

वृश्चिक : दिन सामान्य छ। पुरानो रोगले सताउने छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। शिक्षामा गरेको प्रयासबाट मनमा शान्ति मिल्नेछ। बौद्धिक साथीसँगको भेटघाटमा सक्रिय हुँदा फाइदा हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढेमा तपाईंको काम बन्नेछ।

धनु : दैनिकी सहज बन्नेछ। साथीको सहयोगमा तपाईंले सोचेका काम बन्नेछन्। वैदेशिक रमझमले मनलाई आकर्षित गर्नेछ। लगानी र श्रम भए फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनाले दिन सहज बन्नेछ।

मकर : खर्च बढ्ने योग छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। आजको दिनमा ठुलो लगानी नगर्नु उचित हुनेछ। परिवारको सहयोग प्राप्त नहुँदा निर्णय क्षमता कमजोर हुनेछ। मन शान्त बनाउन बिहान उठेर पिपलको दर्शन गर्नु उचित हुनेछ।

कुम्भ : मनमा नयाँ उत्साह थपिनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। शनिदेव अनुकुल भएमा आज ठुलो उन्नति हुनेछ। बिहान उठेर शिवको भजन सुन्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : महत्त्वपूर्ण निर्णय गर्नुपर्ने दिन छ। बौद्धिक व्यक्तिसँग झुकेर अगाडि बढेमा सोचेको काम बन्नेछ। साना कुराले मन अशान्त बन्नसक्छ। सुरुवाती साढेसाती दशा रहेकाले पिपलको दाहिने परिक्रमा मात्र गरेमा दैनिकी सहज बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

सूर्य देवताको पुजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। ...
26/01/2025

सूर्य देवताको पुजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस् सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सहकर्मीले तपाईंको विरोध गर...
25/01/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सहकर्मीले तपाईंको विरोध गर्नेछन्। मन अशान्त भएकाले हरेक कुरामा विवाद हुनेछ। खानपानमा समस्या हुनेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ।

वृष : दिन सामान्य छ। रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको कामप्रति साथीले असन्तुष्टि जनाउने छन्। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : शुभग्रहको बहुमत रहेको छ। धार्मिक क्षेत्रको काममा सहभागी हुँदा मन शान्त बन्नेछ। तपाईंका विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : सानो कुराले मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी नगर्नु उचित हुनेछ। लगानी गर्ने भए सहकार्यको आँचो देखिन्छ। धेरै कमाउने भन्दा भएको जोगाउने बाटो रोज्नु उचित हुनेछ।

कन्या : दिन राम्रो छ। साथीको साथ र सहयोग मिल्नेछ। शिक्षामा भन्दा स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। व्यापारमा फाइदा हुने योग रहेको छ।

तुला : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ। गला र कलाको प्रदर्शनले तपाईंको नाम र दाम बढ्नेछ। परिवारले भन्दा साथीले गरेको प्रशंसाबाट मन शान्त बन्नेछ।

वृश्चिक : उदयमान चन्द्रमा तपाईंको राशिमा पुगेका छन्। राज्यका अंगमा भएका काममा प्रयास गरे सफलता मिल्नेछ। साना कुराले तपाईंलाई छिटो रिस उठ्नसक्ने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा गोपनीयता भंग नगर्नु उचित हुनेछ।

धनु : आफ्नै बोलीले अप्ठेरो परिस्थिति बन्ने जोखिम रहेको छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक व्यक्ति विपक्षी भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : ११ औं स्थानमा चन्द्रमा पुगेकाले थोरै लगानी गरे पनि व्यापारमा ठुलो फाइदा हुने सम्भावना छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। बिहान धार्मिक कार्यमा सहभागी बन्नु उचित हुनेछ।

कुम्भ : साना कुराले मनमा खटपटी बढ्नेछ। शिक्षाको माध्यमबाट अगाडि बढ्नुपर्ने दिन छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले तपाईंको मनमा खुशी मिल्नेछ।

मीन : नवौ भावमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको मेहनत सफल बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा शनिदेवको प्रभाव पर्नसक्ने भएकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण...
25/01/2025

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन्।

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेस...
24/01/2025

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : आज तपाईंको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नाम र इज्जत बढ्नेछ। विप...
24/01/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : आज तपाईंको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नाम र इज्जत बढ्नेछ। विपक्षी साथीलेसमेत आज तपाईंको तारिफ गर्नेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। तपाईंले महत्त्वपूर्ण अवसरको सदुपयोग गर्नुपर्नेछ।

वृष : स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। साथीसँग धेरै तर्क नगर्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धले नयाँ उचाई पाउनेछ।

मिथुन : आज तपाईंको मन कला र संस्कृतितर्फ जानेछ। खेलकुदको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : साना कुराले मन अशान्त बन्नसक्छ। योजना बनाउँदा बौद्धिक व्यक्तिको साथ लिनु उचित हुनेछ। पञ्चम भावमा चन्द्रमा रहेकाले शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ। परिवारले तपाईंको इच्छा विपरीत काम गर्दा मन अशान्त बन्नेछ। गुरुको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। साथीभाइले सहयोग गर्नेछन्।

कन्या : संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम रहेको छ। नेतृत्वले माया गर्दा काम गर्ने अवसर प्राप्त हुनेछ।

तुला : परिवारले भन्दा बाहिरका व्यक्तिले तपाईंको कामको प्रशंसा गर्नेछन्। आफ्नो कामको जस अरुले लिने जोखिम रहेको छ। शिक्षामा गरेको लगानीले फाइदा हुने हुँदा लगानीमा हिम्मत गर्नुपर्नेछ।

वृश्चिक : स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ। बिहानै गणेशको दर्शन गरेमा मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग लिएको सल्लाह कार्यान्वयन गर्नु अगाडि विवेक प्रयोग गर्नु उचित हुनेछ।

धनु : दिन सामान्य छ। स्वास्थ्यमा सुधार हुनेछ। बन्धुको साथले मनमा खुशी मिल्नेछ। बौद्धिक व्यक्तिको निगरानी भइरहेकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा कोधा हुे जोखिम रहेको छ।

मकर : छिमेकको शुभकार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। परिवारको विश्वास गर्दा घाटा हुनेछ। काम गर्दा अरुको सल्लाह लिनेभन्दा विवेक प्रयोग गर्नुपर्नेछ।

कुम्भ : आज काममा अवरोध हुनसक्ने जोखिम रहेको छ। स्वदेशमा भन्दा विदेशको रमझमले आकर्षित गर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : चन्द्रमा अनुकुल छन्। काममा निरन्तरको प्रयासको खाँचो देखिन्छ। खुशीका साथ गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग बढी तर्क नगर्नु उचित हुनेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख शान्ती रहिरहने विश्वास गरिन्छ ।
24/01/2025

शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख शान्ती रहिरहने विश्वास गरिन्छ ।

११ अंकले घट्यो नेप्से, कारोबारमा पनि भारी गिरावटआज सेयर कारोबार  नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११...
23/01/2025

११ अंकले घट्यो नेप्से, कारोबारमा पनि भारी गिरावट
आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो ।

मनाङको चामे गाउँपालिका-१ तिमाङ बाट देखिएको मनास्लु हिमाल । विश्वका अग्ला हिमशृङ्खला मध्ये आठौँ नम्बरमा पर्ने यो हिमालको ...
23/01/2025

मनाङको चामे गाउँपालिका-१ तिमाङ बाट देखिएको मनास्लु हिमाल । विश्वका अग्ला हिमशृङ्खला मध्ये आठौँ नम्बरमा पर्ने यो हिमालको उचाइ आठ हजार १५६ मिटर रहेको छ । तस्बिर : नवीन लामिछाने / रासस

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी मह...
23/01/2025

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:मेष : दिन राम्रो छ। मनमा खुशी मिल्नेछ। लक्ष्यमा पुग्न साना कुरामा नअल...
23/01/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
मेष : दिन राम्रो छ। मनमा खुशी मिल्नेछ। लक्ष्यमा पुग्न साना कुरामा नअल्झिनु उचित हुन्छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। साथीले साथ दिएमा राजनीतिमा सेवाको अवसर मिल्नेछ।

वृष : थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। उपचारकोक्रममा भए स्वास्थ्य लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। विपक्षी साथीले निगरानी गरिरहेकाले काम गर्दा सचेत बन्नु राम्रो हुनेछ।

मिथुन : खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारले दुःखी बनाउने जोखिम रहेको छ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ।

कर्कट : साना कुराले मन अशान्त बन्नसक्छ। स्वास्थ्यले साथ दिनेछ। आफ्ना भनेका साथीले आक्रमण गर्ने जोखिम छ। शनिश्चर अनुकुल भएमा दिन सहज बन्नेछ। परिवारसँग सल्लाह लिन थाल्दा महत्तवपूर्ण काम छुट्ने जोखिम छ।

सिंह : बोल्नु अगाडि सोच्नु उचित हुनेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जतको जोखिम हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यले निगरानी गरिरहेकाले सचेत बन्नु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी व्यापारबाट फाइदा हुनेछ। पशुपालनमा नाफा होला। सामाजिक क्षेत्रमा साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सहज छ। कला र गलाको प्रदर्शन गर्नुपर्नेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ। सामाजिक क्षेत्रमा तर्क नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। तर्क नगर्नु उचित हुनेछ। थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ। प्राविधिक शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। योजना बनाउँदा विवेक प्रयोग गर्नुपर्ने समय आएको छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : व्यवहारमा झन्झट आइपर्न सक्छ। इज्जतका लागि धन खर्च हुनेछ। दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ।

कुम्भ : स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। विपक्षी साथीसँग तर्क नगर्नु राम्रो हुन्छ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन शान्त बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : मनमा साना कुराले झन्झट आउनसक्छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको सहमतिमा धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

ॐ नमोः नारायणाय॥ मन्त्रलेभगवान श्री हरि विष्णुको पूजा गर्नुहोस्। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुन...
23/01/2025

ॐ नमोः नारायणाय॥ मन्त्रले
भगवान श्री हरि विष्णुको पूजा गर्नुहोस्। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।

खाँदबारी–किमाथाङ्का सडकखण्ड र अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थलसङ्खुवासभाको मकालु गाउँपालिकाबाट देखिएको राष्ट्रिय गौर...
22/01/2025

खाँदबारी–किमाथाङ्का सडकखण्ड र अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थल
सङ्खुवासभाको मकालु गाउँपालिकाबाट देखिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्ड र अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थल । तस्बिरः भविन कार्की/रासस

नेप्से ५२ अंकले बढ्दा अन्य समूहमा उछाल बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आज एकै दिन नेप्से ५२.३६ अंकल...
22/01/2025

नेप्से ५२ अंकले बढ्दा अन्य समूहमा उछाल
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आज एकै दिन नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेको छ । नेप्सेमा उछाल आउँदा कारोबार पनि उछाल आएको छ । आज एकै दिन ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर कारोबार भएको छ ।

सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ? नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १९ सय रुपैया...
22/01/2025

सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when News Weather posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Weather:

Videos

Share