Sajha News-साझा न्यूज

Sajha News-साझा न्यूज निष्पक्ष तथा सत्यतथ्यको लागि हामी छौ
www.sajhanewss.com
(1)

एमाले कनकाईको अध्यक्षमा ओझा र सचीवमा शिवाकोटी निर्वाचित
30/05/2024

एमाले कनकाईको अध्यक्षमा ओझा र सचीवमा शिवाकोटी निर्वाचित

१७ जेठ २०८१कनकाईनेकपा एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा र सचीवमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ। गएराती...

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारपानेमा अहिले भर्खरै दुर्घटना भएको छ ।दुर्घटनामा एकजना महिला गम्भीर घाइते भएको र उ...
25/05/2024

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारपानेमा अहिले भर्खरै दुर्घटना भएको छ ।

दुर्घटनामा एकजना महिला गम्भीर घाइते भएको र उपचारको लागि अस्पताल लगिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

मे. १ त ७९७७ नम्बरको ट्र्याक्टरले प्रदेश १-०३-०११ प १५६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ती महिला गम्भीर घाइते भएको जनाइएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

19/05/2024

Sad News:
बिर्तामोडको मनकामना कलेज छेउमा एक जना पुरुष लाई चक्कु प्रहार गरी एक जना व्यक्ति फरार भएको छ ! घाइते लाई उपचारको लागि अस्पताल लगिएको छ
थप जानकारी आउन बाँकी...

कनकाईमा एकदिने सहकारी सम्बन्धी कार्यशाला गोष्ठी
19/05/2024

कनकाईमा एकदिने सहकारी सम्बन्धी कार्यशाला गोष्ठी

कनकाई, ६ बैशाख । झापाको कनकाई नगरपालिकामा आज एक दिने सहकारी सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कनकाई नगरप....

19/05/2024

झापाको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटल नजिकै रहेको झाडीमा एउटा बेवारिसे अवस्थामा शव फेला परेको छ। केही दिनअघि नै मृत्यु भइसकेको अवस्थामा शव फेला परेको प्रहरी स्रोतले जनाएको छ । विस्तृत विवरण आउन बाँकी

झापामा मोटरसाइकल दुर्घटना, चालक घाइते
18/05/2024

झापामा मोटरसाइकल दुर्घटना, चालक घाइते

भद्रपुर । झापाको चारआली- केचना भएको मोटरसाइकल दुर्घटनामा परी चालक गम्भीर घाइते भएका छन् । शुक्रबार साँझ ५.५५ बजेक...

आगामी दुई दिन अत्यधिक गर्मी हुने
17/05/2024

आगामी दुई दिन अत्यधिक गर्मी हुने

देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। आगामी दुई दिन अत्यधिक गर्मी हुन....

सुनजस्तो धातु देखाएर ठग्ने शर्मा दमकबाट पक्राउ। दमक प्रहरीले सुनजस्तै पहेँलो धातु देखाएर ठगी गर्दै हिँड्ने एकजना युवालाई...
16/05/2024

सुनजस्तो धातु देखाएर ठग्ने शर्मा दमकबाट पक्राउ।

दमक प्रहरीले सुनजस्तै पहेँलो धातु देखाएर ठगी गर्दै हिँड्ने एकजना युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ५ क्षेत्रीबाहुन टोलका ३० वर्षीय सञ्जीत शर्मा रहेकोे जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।
पक्राउ परेका शर्माका साथबाट सुनजस्तो देखिने पहेँलो धातु ५६.३१० ग्राम पनि प्रहरीले बरामद गरेको जनाएको छ।

शर्माले दमक हाट बजारको क्षेत्रमा ज्येष्ठ नागरिक र महिलाहरूलाई विभिन्न मितिमा सुनजस्तो पहेलो धातुको टिल देखाई नगद तथा महिलाहरुले लगाएका सुनका गहनासँग सट्टापटा गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई दमक-६ पशुहाटबाट पक्राउ गरी आज झापा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थप गरि अनुसन्धान प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।

16/05/2024

इलामबाट चोरी गरी माई खोलामा बगाएर ल्याउँदै गरेको काठ झापाको दोमुखामा बरामद ।। बरामद गर्न पुगेका टोलीमाथि तस्करद्वारा गुलेली प्रहार ।।।

इलामबाट चोरी तस्करी गरी माई खोलामा बगाएर ल्याउँदै गरेको काठ झापाको दोमुखामा बरामद भएको छ । बिहीबार बिहान अन्दाजी २ः३० बजेको समयमा शिवसताक्षी नगरपालिका–१० दोमुखास्थित माई खोलामा इलामबाट काठ चोरी तस्करी गरी ल्याइरहेको भन्ने सूचना पाए लगतै इलाका प्रहरी कार्यालय झिलझिले, चुलाचुली सब डिभिजन वन कार्यालय इलाम र माई सुखानी सब डिभिजन वन कार्यालय इलामबाट खटिएका वन रक्षक तथा गैँडे सामुदायिक वन उपभोक्ता समिति माईधारको संयुक्त टोलीले अन्दाजी ६० हजार मूल्य बराबरको सखुवा जातको २०.२२ क्युबिक फिट फेन्टा बरामद गरेको थियो ।
तस्करहरूले प्रहरीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेको र पछि थप सुरक्षाकर्मी लगेर काठ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताए । बरामद गरिएको काठ गैँडे सामुदायिक बन माईधारमा बुझाइएको छ ।
यसअघि गत बैशाख १५ गते माई खोलामा त्यसरी नै बगाएर ल्याउँदै गरेको चोरीको काठ प्रहरीले बरामद गरेको थियो । ट्युबमाथि काठ राखेर माई खोलाको पानीमा बगाएर इलामबाट काठ चोरी गरी झापातर्फ ल्याउने क्रम बढेको छ ।

मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि  डिभिजन वन कार्यालय झापाद्वारा  ड्रोन खरीद ।। मानव–हात्ती द्व...
16/05/2024

मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाद्वारा ड्रोन खरीद ।।


मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाद्वारा ड्रोन खरीद गरेको छ ।

बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रयोग गर्ने र वन अपराध नियन्त्रणका भ्याटसहित रू १० लाखको लागतमा ड्रोन खरिद गरिएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

“ड्रोनलाई मोडिफाइ गरेर लाइट र साइरन पनि जडान गरिएको छ”, उहाँले भन्नुभयो, “जंगलबाट बाहिर आएको हात्तीलाई ड्रोनको मद्दतले सुरक्षित रुपमा जंगलभित्रै पठाउने योजना छ ।” सँगै काठ र वन्यजन्तुको चोरी–तस्करी नियन्त्रण गर्ने प्रयोजनमा समेत ड्रोनको प्रयोग हुने उहाँको भनाइ छ ।

वनको कतिपय स्थानमा जान सक्ने अवस्था नरहेकाले ड्रोनको मद्दतबाट वनभित्रको गतिविधि नियाल्न सकिने उहाँले बताउनुभयो । वन क्षेत्रमा प्रविधिको प्रयोग/उपयोग गर्न समेत ड्रोन खरिद गरिएको र प्रभावकारी भए थप किन्न सकिने उहाँले बताउनुभयो । ड्रोन सम्बन्धित निकायबाट इजाजत लिएर प्रयोग गरिने उहाँले बताउनुभयो ।

कार्यालयले रू १० लाखको लागतमा खरीद गरेको ड्रोनले एक पटकमा आधा घण्टासम्म उडान भर्न सक्छ । करिब आठ किलो तौल भएको यो ड्रोनले चार सय मिटर वरपरको दृश्य कैद गर्नुका साथै साढेचार किलोग्राम तौल उचाल्न सक्ने कार्यालयले जनाएको छ । ड्रोनकै मद्दतबाट भविष्यमा बिऊलाई माथिबाट छर्न प्रयोग गर्न सकिने सोच राखिएको छ ।

कनकाईमा नयाँ प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सम्हाले कार्यभार
16/05/2024

कनकाईमा नयाँ प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सम्हाले कार्यभार

कनकाई, ३ जेठ । झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुरज श्रेष्ठ आउनुभएको छ। सामान्य प्...

दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ
15/05/2024

दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापाको दमकमा प्रतिबन्धित लागुऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् । हिजो राति अन्दाजी १० बजे दमक नगरपालिका व....

गायक ओडले गरे आत्मसमर्पण
12/05/2024

गायक ओडले गरे आत्मसमर्पण

झापा, ३० बैशाख । गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनल...

कनकाई नगरपालिकाका नगर प्रमुख आदरणीय राजेन्द्र   पोखरेल ज्यु लाई शुस्वास्थ्य,दिर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित ज...
12/05/2024

कनकाई नगरपालिकाका नगर प्रमुख आदरणीय राजेन्द्र
पोखरेल ज्यु लाई शुस्वास्थ्य,दिर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित जन्म दिनको लाखौ लाख शुभकामना व्यक्त गर्दछौ।

बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ
11/05/2024

बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ

झापाको बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । शनिबार दिउँसो १ बजेको समयमा बिर्तामोड नगरपालिका- ४ आ...

झापा चन्द्रगढी एयरपोर्टबाट २ किलो चाँदीसहित एक महिला पक्राउ
11/05/2024

झापा चन्द्रगढी एयरपोर्टबाट २ किलो चाँदीसहित एक महिला पक्राउ

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलोभन्दा बढी चाँदीसहित एक महिला पक्राउ परेकी छन्। उनी भारतीय नाग....

झापाको चन्द्रगढी विमानस्थलबाट २ किलो ५ सय ग्राम चाँदी र २८ हजार भारतीय रुपैयाँसहित भारतको उत्तराखण्ड राज्य देहरादुन स्थि...
11/05/2024

झापाको चन्द्रगढी विमानस्थलबाट २ किलो ५ सय ग्राम चाँदी र २८ हजार भारतीय रुपैयाँसहित भारतको उत्तराखण्ड राज्य देहरादुन स्थित तिब्बतियन कोलोनी बस्ने ३१ वर्षिय तेंजिन पलडों पक्राउ ।

क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले झापा बिर्तामोडमा गरे प्रर्दशन
11/05/2024

क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले झापा बिर्तामोडमा गरे प्रर्दशन

क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले आज शनिबार बिहान  बिर्तामोडमा   प्रदर्शन गरेका छन् । सन्दीपलाई न्याय दे ल...

झापा गाउँपालिकामा २७ जोडीले गरे सम्बन्धविच्छेद
11/05/2024

झापा गाउँपालिकामा २७ जोडीले गरे सम्बन्धविच्छेद

झापा, २९ बैशाख । झापाको झापा गाउँपालिकामा सम्बन्धविच्छेदको घटना बृद्धि भएको छ । गाउँपालिका प्रमुख प्रसाशकीय अधि...

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु
08/05/2024

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। प....

गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया
07/05/2024

गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

झापा – गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा उनको आइतबार अकुप्लाष्टिक श.....

जग्गा छ तर  कर तिर्ने पैसा छैन कनकाई माध्यमिक विद्यालयको पिडा
07/05/2024

जग्गा छ तर कर तिर्ने पैसा छैन कनकाई माध्यमिक विद्यालयको पिडा

२४ बैशाख २०८१, सोमबार कनकाई,झापाको कनकाई माध्यमिक विद्यालय देशकै नमुना विद्यालयका रुपमा रहदै आएको छ । अभिभावकले .....

गुल्मी धुरकोटको १०३ वर्षीय हँसिलो आमा : वहाँ भन्नुहुन्छ, ' गाउँको शुद्ध हावापानीले मलाई बचाएर राखेको छ ' ❤️ Live Long Aa...
06/05/2024

गुल्मी धुरकोटको १०३ वर्षीय हँसिलो आमा : वहाँ भन्नुहुन्छ, ' गाउँको शुद्ध हावापानीले मलाई बचाएर राखेको छ ' ❤️ Live Long Aama 🙏

Pic. Prativa Bhandari

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा थप १ जना हात्तीपाइले रोगको संक्रमित फेला । हात्तीपाइले रोग विरुद्दको औषधी सेवन...
01/05/2024

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा थप १ जना हात्तीपाइले रोगको संक्रमित फेला । हात्तीपाइले रोग विरुद्दको औषधी सेवन अभियान सन्चालन भईरहेकोले सबै जनाले अनिवार्य सेवन गरौं ।

28/04/2024

कनकाई नगरपालिकामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान शुरु भएको छ ।
Sajha News-साझा न्यूज

28/04/2024

झापासहित सात जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुखुवाउन सुरु। कनकाई नगरमा ५० हजारलाई औषधि खुवाइने लक्ष्य ।।
Sajha News-साझा न्यूज

28/04/2024

खेलप्रेमी गौरीलाल श्रेष्ठको स्मृतिमा कराते प्रतियोगिता
Sajha News-साझा न्यूज

28/04/2024

श्री बराईली कुल वंश प्रतिष्ठानको भागवत महापुराण सम्पन्न
Sajha News-साझा न्यूज

27/04/2024

श्री बराईली कुल वंश प्रतिष्ठानले आयोजना गरेको श्रीमतभागवत सप्ताह महापुराण सम्पन्न
हेर्नुहोस पूरा भिडियोमा...

27/04/2024

पुर्वकै पवित्र धार्मिक स्थल कनकाई धाम कोटिहवनमा श्री बराईली कुल वंश प्रतिष्ठानले आयोजना गरेको श्रीमतभागवत सप्ताह महापुराणकाे समापन समारोह...
श्री बराईली कुल वंश प्रतिष्ठानका केन्द्र सचिव (मोहन बराईली) हेर्नुहोस पूरा भिडियोमा...

Address

Kathmandu
10700

Website

Alerts

Be the first to know and let us send you an email when Sajha News-साझा न्यूज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha News-साझा न्यूज:

Videos

Share

Nearby media companies



You may also like