Aamsanchar
- Home
- Nepal
- Jhapa District
- Aamsanchar
‘नागरिकको सञ्चार आमसंचार’ आम मानिसमा एकसाथ सत्य, तथ्य, स्वतन्त्र, समावेशी समाचार, सन्देश, सूचना प्रवाह गर्दै आएको छ ।
(1)
Address
Jhapa
Jhapa District
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when Aamsanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Business
Send a message to Aamsanchar:
Shortcuts
Category
आम नागरिकको साथी आमसंचार
अत्याधुनिक प्रविधिको द्रुत विकाससँगै सञ्चार बिनाको जीवनशैली आजको युगमा कल्पना पनि गर्न सकिँदैन । मानिसका लागि आमसंचार गाँस, बाँस र कपास जस्तै अनिवार्य बनिसकेको छ । आम सञ्चारप्रतिको आकर्षण उत्तिकै बढ्दो छ । बोली, भाषा, लिपी हुँदै एकोहोरो सञ्चारबाट शुरु भएको सञ्चारको विकास कटुवाल घोकाउने, सनै बजाएर मानिस जम्मा गरी सन्देश प्रवाह गर्ने युगबाट कयौं गुणा अघि फड्को मारेको छ । छापामा सञ्चारमाध्यमको रुपमा पत्रपत्रिका, विद्युतीय सञ्चारमाध्यमको रुपमा रेडियो, टेलिभिजन हुँदै आधुनिक विश्वको अत्याधुनिक सञ्चारमाध्यम बनेको छ अहिले विद्युतीय पत्रिका ‘अनलाइन ।’ विद्युतीय पत्रिका ‘अनलाइन’ मार्फत एक क्लिकमा सेकेन्डभरमा विश्वमा सूचना प्रवाह सम्भव भएको छ । आमसंचारको अत्याधुनिक र सशक्त माध्यम बनेको छ आज अनलाइन ।
जस्तो नाम त्यस्तै काम । आम मानिसमा एकसाथ समाचार, सन्देश, सूचना प्रवाहका लागि आमसञ्चार डटकम (प्रा.)लि.ले सञ्चालनमा ल्याएको आमसंचार डटकम (https://www.aamsanchar.com/) नेपाली भाषाको समाचार पोर्टल हो । सामाजिक मुद्दा, खोजमूलक, नयाँ र पाठकका रुचीका विषयवस्तु आमसंचार डटकमका प्राथमिकता हुन् । राजनीतिक घटनाक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, अर्थ, वन वातावरण, साहित्य, मनोरञ्जन, चलचित्रका साथ देश बाहिरका विषयवस्तु पनि आमसंचार डटकमले समेट्ने छ । विज्ञान प्रविधि, जीवनशैली, जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्र, समुदायका विविध पक्षका सामग्री आमसंचारमा अध्ययन गर्न सकिनेछ । समाचार, सन्देश र मनोरञ्जन प्रदान गर्ने भिडियो र अडियो समेत हेर्न र सुन्न आमसंचार डटकममा सकिने छ । नेपालीसँगै यसले अंग्रेजी र हिन्दी भाषाका सामग्री समेत सम्प्रेषण गर्नेछ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेको आमसंचार डटकमले राजधानीसहित मोफसलका विभन्नि जिल्ला र विश्वका विभिन्न मुलुकबाट आफ्ना संवाददाता मार्फत एकसाथ समाचार, सूचना र सन्देश सम्प्रेषण गर्दै आएको छ ।