बागेश्वर धाम पिठादिश्वर श्री धीरेन्द्र कृष्ण शास्त्रीज्यू कुम्भ मेला चतरा धाममा पाँच दिनको हनुमान कथा प्रवचन समाप्त पारी हिजो आइतबार दिउँसो चताराबाट प्रस्थान गर्ने क्रममा इटरी हुँदै विराटनगर जाँदा होटल चिन्तन चौतारी अगाडि बाटोमा स्वागत गर्नेहरूको भीडको एक तस्बिर यहाँ प्रस्तुत गरेको छु। एसटिपी खबर संवाददाता बी.पी.पी. क्रान्ति इटहरी
आज महाकुम्भ मेला चतारा धाममा भइरहेको बेला बागेश्वर धामका बागेश्वर सरकार धीरेन्द्र कुमार शास्त्रीज्यूको आगमन हुनु अघि कथावाचन गर्न आउने बाटोमा भक्तजन उहाँको प्रतिक्षामा दुई घण्टादेखि लाइनबद्ध भएर शान्त स्वभावमा पर्खिरहनुभएकोले उहाँको स्वागत भक्तजनले गरेको दृश्य क्यामरामा कैद गरेको छु। बीपीपी क्रान्ति एसटिपी खबर चातारा धाम
पहाडको काखमा रहेको पूर्वको मुटु! धार्मिक पर्यटकस्थलले भरिभराउ, पूर्वको गहना भनेर चिनिने चतरा !आफैँमा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। जसको बीचबाट बग्ने कोशी नदीले त अझ सुनमा सुगन्ध भरिदिएको छ! त्यसको तटमा हुन लागेको महाकुम्भ मेला, त्यसमा पनिभारतका प्रसिद्ध कथावाचक धीरेन्द्र शास्त्री ज्यूको आगमनले अझ सिरिरी चिसो हावाको आगमनले भक्तजनहरू प्रफुल्लित छन्। यसरी म एस.टि.पी. खबर संवाददातामार्फत यी दृश्यहरू कैद गर्न पाउँदा गौरवामित भएको छु। दर्शकहरूको, भक्तजनहरूको, प्रतिक्रियाको लागि आभारी छु। बी.पी.पी. क्रान्ति