Mahalaxmi Khabar

Mahalaxmi Khabar This is the official page of Mahalaxmi Khabar

रूपन्देही जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको छ।
26/01/2025

रूपन्देही जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको छ।

25/01/2025

बराहक्षेत्र- गरिबकाण्डबारे !
'बराहक्षेत्रका गरिब' काण्ड मा नगर प्रमुख रमेश कार्कीले पूर्व नगरप्रमुखको कार्यकालमा सङ्कलन गरिएको तथ्याङ्क मात्र सार्वजनिक गरेको मिडियामा प्रतिकृया दिएछन् । त्यस्तै समाचारका अनुसार केही नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताले माओवादी र एमालेले तथ्याङ्क सच्याउन गरेको मागलाई 'बखेडा झिकेको' प्रतिक्रिया दिएछन् ।
तत्कालीन अवस्थामा काङ्ग्रेसबाट वडामा निर्वाचित जनप्रतिनिधि पनि थिए । त्यस ठाउँमा पनि गरिबको तथ्याङ्क -याङको ठ्याङ नै आ'को देखिंदैन । नगर प्रमुख कार्कीले सार्वजनिक तथ्याङ्कको विषयलाई अतिरन्जित बनाउन खोजेको मिडियामा प्रतिक्रिया दिएका छन् ।

यो प्रवृतिले के देखिन्छ भने, जनप्रतिनिधिहरु आफ्नो कमिकमजोरी स्वीकार गर्न चाहाँदैनन् । आफ्नो राम्रो प्रचार होस भन्ने मात्र चाहान्छ्न् ।

नगर प्रमुखज्यूलाई के आग्रह गर्न चाहान्छु भने, हालको नगरप्रमुख तपाईं नै हो, तपाइँले सार्वजनिक गरेको तथ्याङ्कको जवाफदेहिता तपाईंले नै लिन पर्छ । तथ्याङ्कप्रति चित्त नबुझेको भए तपाईंले नै तथ्याङ्क सार्वजनिक गर्नु अघि सम्बन्धित वडामा रुजु गर्न पठाउने, वास्तविक तथ्याङ्क हो वा होइन भेरिफाइड गराउने काम गर्नु पर्थ्यो ।
खासमा अब यो झण्डै तीन वर्षमा तपाईंले गर्नु भएको काम त केही देखिंदैन । पूर्व नगरप्रमुखको कार्यकालमा भएका काम मात्र छन् । बरु पूर्व प्रमुखको कार्यकालमा भएको आर्थिक सूचक घटदैघट्दै अब त शून्यमै झर्लाकी जस्तो भै'राछ ।

नगरपालिकाले, माओवादी र एमालेले गरिबको तथ्याङ्क सच्याउन गरेको मागलाई सकारात्मक लिँदै सच्याउनुपर्छ । गुनासो सुन्ने र सच्याउने प्रक्रियालाई सहज बनाउन वडा र वडाका जनप्रतिनिधिलाई जिम्मेवार बनाउनु पर्छ ।
समाचारअनुसार, हालसम्म ३ सय ५० जनाले गरिब सूचीमा आफ्‌नो नाम नआएको, १ सय जनाले विरोध दाबी गरेको, ४० जनाले अति गरिबमा बस्न नचाहेको, २५ जनाले गरिबको सूचीबाट नाम हटाउन चाहेको र नाम, नागरिकता र बुबाको नाम नमिलेकोले विवरण सच्याउन गुनासो दर्ता गरिएको छ ।

नेपाल प्रहरीका ३७ जना डिएसपीको एसपीमा वढुवा सिफारिस (सूचीसहित)
25/01/2025

नेपाल प्रहरीका ३७ जना डिएसपीको एसपीमा वढुवा सिफारिस (सूचीसहित)

महालक्ष्मी वडा नम्बर एकमा आ.ब. 2081/82 को दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता 2081/10/15 गते बितरण हुने जानकारी गर्दछ...
24/01/2025

महालक्ष्मी वडा नम्बर एकमा आ.ब. 2081/82 को दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता 2081/10/15 गते बितरण हुने जानकारी गर्दछौ।

22/01/2025
स्वास्थ्य बीमामार्फत स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गर्ने उद्देश्यसाथ गठित सुधार सुझाव कार्यदलको प्रतिवेदन ब...
13/01/2025

स्वास्थ्य बीमामार्फत स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गर्ने उद्देश्यसाथ गठित सुधार सुझाव कार्यदलको प्रतिवेदन बुझेका छौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको महत्वपूर्ण सम्पत्ति बनेको यश प्रतिवेदन तयार पार्न अनवरत खट्ने सबै अग्रजप्रति आभारी छौं ।

अध्ययनपश्चात सार्वजनिकीकरण तथा उठाइएका विषय कार्यान्वयनका लागि आवश्यक तहसँग परामर्श गरेर निचोडमा पुर्याउन हामी प्रतिबद्ध छौं ।

स्वास्थ्य बीमामा देखिएका समस्या सुधार गरेर स्तरीय सेवा प्रदान गर्ने कार्यमा तपाईंबाट रचनात्मक प्रतिक्रिया र साथको अपेक्षा गरेका छौं । 🙏
Ministry of Health and Population-Nepal Bhagawan Koirala

रवि काठमाडौं प्रहरीको हिरासतमा रहनेकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिस...
12/01/2025

रवि काठमाडौं प्रहरीको हिरासतमा रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो ।

प्रहरी स्रोतका अनुसार रविलाई आइतबार भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिनेछ । सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।
गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए
लगत्तै न्यायाधीश अधिकारीको इजलासमा बयान भएको थियो ।
रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।

रवि काठमाडौं प्रहरीको हिबयान सकिँदा आज १५/२० मिनेटमात्रै समय बाँकी भयो,’ न्यौपानेले अनलाइनखबरसँग भने, ‘हामीले आजै थुनछेक बहसका लागि आग्रह गरेका थियौं । तर, श्रीमान्ले प्रहरीकै जिम्मा लगाउनुभयो ।’
उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मामा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा दिनुपर्ने बताएको न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।

11/01/2025

लागुऔषध सहित ४ जना सुनसरी,

सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुह र इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ट्रामाडोल, स्पासपेन, निट्राजेपाम सहित ८०८ वटा ट्यव्लेट सहित इटहरी-१४ का २९ बर्षीय रूपेश नारायण चौधरी, इटहरी-८ का २२ बर्षीय बिसाल रसाईली, २० बर्षीय सबिन बिश्वकर्मा, इटहरी-१ का २० बर्षीय सेभिज भण्डारी समेतलाई पक्राउ गरेको छ भने इलाका प्रहरी पकलीबाट खटिएको प्रहरी टोलीले रामधुनी-६ का २० बर्षीय हेमन बिश्वकर्मालाई ट्रामानिल ६०० क्याप्सुल सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-२० स्थितबाट को.४४ प ३७५४ नम्वरको मोटरसाईकलमा २० किलोग्राम गाँजा बरामद गरेको छ भने ओसार पसारमा संलग्न व्यक्तिको खोजतालास भईरहेको छ ।

प्रधानमन्त्री ओलीले एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स...
11/01/2025

प्रधानमन्त्री ओलीले एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्मरण गर्दै लेखेका छन्, “राज्य एकीकरणको नेतृत्व गर्नुहुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।”

जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन...
09/01/2025

जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ

पुस, काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने ६५ लाख धरौटी बुझाएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर भएकाले काठमाडौं पठाइने बताए । ‘भर्खर अदालतको आदेश आएको छ । धराैटी बुझाएर रिहा भएपछि उहाँलाई हामी काठमाडौं पठाउँछौं’ एसपी ओलियाल समय अनलाइन सँग भने ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको छ । अब उनले ६५ लाख धरौटी तिर्नुपर्नेछ । यदी धरौटी तिर्न नसकेको अवस्थामा भने उनी कारागार चलान हुनेछन् पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियोकाठमाडौंमा भने रविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ । आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । ।स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत मंगलबार नै रिहा भइसकेका छन् ।

पोखरा / सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज ...
09/01/2025

पोखरा / सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको कास्की अदातलका सूचना अधिकारी सुरज अधिकारीले थाहाखबरलाई जानकारी दिए।

पूर्वगृहमन्त्रीसमेत लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएतारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न सक्ने छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक बहसका सबै प्रक्रिया सकिएपछि अहिले कास्की जिल्ला अदालतमा आदेश लेखन कार्य जारी छ। सू...
09/01/2025

सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक बहसका सबै प्रक्रिया सकिएपछि अहिले कास्की जिल्ला अदालतमा आदेश लेखन कार्य जारी छ।

सूर्यदर्शन सहकारी ठगीमा मुछिएका प्रतिवादीहरूमाथि लगाइएको सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अहिले आदेश लेखनको काम चलिरहेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले थाहाखबरलाई जानकारी दिए। उनले आदेश आजै आउने सम्भावना रहेको पनि बताए।

उक्त मुद्दामा रास्वपाका सभापति पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रतिवादी भएकाले पनि आदेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अहिले सबैको ध्यान कास्की अदालतमै छ।

यसअघि आज कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले बहस सकिएपछि प्रतिवादीलाई बोल्न समय दिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै अनुरोध गरेका थिए। त्यसक्रममा उनले सहकारीपीडितलाई न्याय दिलाउन आफूले पहल गर्ने पनि बताएका थिए।

कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आजै थुनछेक आदेश दिनसक्ने भएकाले सम्भावित सुरक्षा खतरालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

अदालतबाट आदेशको तयारी भएपछि अदालतको निषेधित क्षेत्र आसपास सुरक्षा कडा पारिएको र अन्य बाह्य क्षेत्रमा पनि आदेशपछि हुनसक्ने सुरक्षा थ्रेटलाई मध्यनजर गरी निगरानी बढाइएको छ।

त्यहाँ रविका समर्थक, रास्वपाका नेता कार्यकर्ता, सहकारी पीडितहरूको समेत उपस्थिति रहेको बताइएको छ।

प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, नर्सिङतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूचि ...
08/01/2025

प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, नर्सिङतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको सूचना ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाे सरूवा भएकाे छ । सुनसरीमा धर्मेन्द्र कुमार मिश्र  । माेरङमा इन्द्रदेव ...
07/01/2025

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाे सरूवा भएकाे छ । सुनसरीमा धर्मेन्द्र कुमार मिश्र । माेरङमा इन्द्रदेव यादव गृहले काठमाडौँ लगायत सात जिल्लाका सिडिओ सहित १२ सहसचिव तथा उपसचिवको सरुवा गरेकाे छ। #गृहमन्त्रालय

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्पकाठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमान...
07/01/2025

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्पकाठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए-नभएको बारेमा बुझ्ने काम भइरहेको बताए ।

Address

Itahari

Telephone

+9779819050177

Website

Alerts

Be the first to know and let us send you an email when Mahalaxmi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share