Gorkha Sansar

Gorkha Sansar please help us
(1)

28/06/2024
27/06/2024

जानकारीको लागि सबैले सेयर गरिदिनुहोला है त।
माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा आज आउँदै

सामुदायिक सिकाई केन्द्रद्वारा भाषण कला सम्बन्धी तीन दिने तालिमको सुरुवातगोर्खा संसारगोर्खा गोर्खाको पालुङटार नगरपालिका व...
21/06/2024

सामुदायिक सिकाई केन्द्रद्वारा भाषण कला सम्बन्धी तीन दिने तालिमको सुरुवात
गोर्खा संसार
गोर्खा

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा ३ दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिमको सुरुवात आजबाट भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालको प्रमुख आतिथ्यतामा सुरुवात गरिएको उक्त कार्यक्रम मा सिकाई केन्द्रकी सदस्य सावित्रा बिकले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यस्तैगरी कार्यक्रममा कार्यपालिका सदस्य पम्फा बिकवडा सदस्यहरु खोप बहादुर थापा प्रमिला थापा प्रेम बहादुर कुमाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए। सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सचिव राममाया कुमालले गर्नुभएको थियो। सो कार्यक्रममा टोल विकास संस्थाका सचिव तथा अन्य पदाधिकारीहरू लगायतकाको उपस्थिति रहेको छ ।

आज कार्यक्रममा उद्घोषण कला माइनोट लेखन लगायतका विषयवस्तुमा पत्रकार शंकरराज नहरकीले सहजीकरण गर्नुभएको थियो। उद्घोषण कला तथा भाषण कला सम्बन्धी भोलि र पर्सि कार्यक्रम हुने र ९ गते कार्यक्रमको समापन हुने सिकाई केन्द्रले जनाएको छ ।

20/06/2024

Dp Adhikari

जनतासँग सभामुख कार्यक्रम अन्तर्गत गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ कार्यालयमा हिजो गण्डकी प्रदेश सभाका सभामुख मानन...
20/06/2024

जनतासँग सभामुख कार्यक्रम अन्तर्गत गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ कार्यालयमा हिजो गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण धिताल आउनुभएको थियो । उहाँले जनताहरूसँग भेटघाट गर्ने र जनताका गुनासाहरु बुझ्ने उद्देश्यका साथ गाउँ गाउँमा आएको बताउनु भएको थियो । वडा कार्यालयको सभाहलमा भएको एक कार्यक्रममा बोल्दै उहाँले जनताहरुले आफ्नो समस्या बोकेर मन्त्रालय अर्थात् प्रदेश धाउनुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि र जनताका समस्याहरु सँग प्रत्यक्ष साक्षात्कार गर्दै समाधानका उपायहरु खोजी गर्नका लागि आफू गाउँ गाउँ हिँडेको बताउनुभयो। सो क्रममा बोल्दै उहाँले च्याङ्लीका विभिन्न समस्याहरु नयाँ पुल बिरुवाटार जोड्ने सडक, कृषि क्याम्पस, औद्योगिक क्षेत्र लगायतका विषयवस्तुहरुलाई समाधान गर्नको लागि आफूहरुले प्रयास गरिरहेको र सम्बन्धित निकायहरूमा समन्वय गरिरहेको पनि बताउनुभयो ।

20/06/2024
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित च्याङ्ली म्याङ्गो गार्डेन रिसोर्ट नजिकै सडकमा आज  रातको ९ बजेको सम...
18/06/2024

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित च्याङ्ली म्याङ्गो गार्डेन रिसोर्ट नजिकै सडकमा आज रातको ९ बजेको समयमा एक बाघ (चितुवा) मृत अवस्थामा फेला परेको छ !
सोही स्थान नजिकै आज बिहान एक चितुवाले दुईजनालाई आक्रमण गरेको थियो।

18/06/2024

गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्ली खोलाघाटमा बाघको आक्रमणमा परेपछिको अनुभव सुनाउँदै राजमान कुमाल

गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन्। घाइते हुनेहरुमा खोलाघाटका ७६...
18/06/2024

गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन्। घाइते हुनेहरुमा खोलाघाटका ७६ वर्षका गनबहादुर कुमाल र ६० वर्षका राजमान कुमाल रहेका छन् / उनीहरुलाई बिहानै बाघले आक्रमण गरेको थियो !
राजमान कुमाल बिहानै मर्स्याङ्दी नदीमा माछा मार्न जान लागेका बखत बाटोमा एक्कासी जम्का भेट हुँदा बाघले आक्रमण गरेको बताउनुभयो ! बाघले एक्कासी आफूलाई आक्रमण गरेपछि माछा मार्ने घम्काले आफूले पनि बाघलाई हिर्काएको र त्यसपछि बाघ भागेको कुमालले बताउनुभयो ! त्यस्तैगरी गनबहादुर कुमाललाई केही समयपछि घाँसको बिउ लिएर आउने क्रममा आक्रमण गरेको बताइएको छ राजमान कुमालको साप्रामा चोट लागेको छ भने गनबहादुर कुमालको घाटीमा चोट लागेको छ। दुवै जनाको अवस्था सामान्य रहेको छ गनबहादुर कुमाललाई भने घाटीमा र नशामा चोट लागेको कारणले गर्दा उपचारको लागि भरतपुर अस्पताल पठाइएको अस्थायी प्रहरी पोस्ट बिरुवा टारले जानकारी दिएको छ !
यस्तै दुई दिन अगाडि मात्रै पालुङटार ८ निवासी जितमान कुमारलाई पनि बाघले आक्रमण गरेको थियो। यसरी बाघले आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् भने बाघको नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने र सर्वसाधारणले सावधानी अपनाउनुपर्ने देखिएको छ !

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
10/06/2024

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । उक्त अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।तस्बिरः रासस

07/06/2024

भारतको झारखण्ड राज्य स्थित सदरमुकाम राँची बजारमा देखिएको साझपखको दृश्य

06/06/2024

साउदिमा हुने साथिहरु फुटबल खेल हेर्न जाऔं!, नेपाली खेलाडीको हौसला बढाऔं!!

सन् २०२६ को फिफा विश्वकप फुटबल छनौट अन्तर्गत आज जुन ६, २०२४ मा साउदी अरेबियाको दमामको Mohammed Bin Fahd Stadium मा बेलुका ७ बजे नेपाल र युएई बीच हुने फुटबल खेल हेर्नका लागि नेपाली दर्शकहरूलाई उक्त रंगशालाको ५ नं गेटबाट निःशुल्क प्रवेश गर्ने व्यवस्था रहेकोले नेपाली खेलाडीहरूलाई हौसला बढाउन रंगशालामा उपस्थिति हुनको लागि सबै खेलप्रेमी प्रवासी नेपालीहरूलाई हार्दिकअनुरोध गरिन्छ ।

05/06/2024

बीरगञ्जको घण्टाघरमा देखिएका दृश्यहरू

05/06/2024
05/06/2024
03/06/2024

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा गत शनिबार भएको नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट प्रेमबहादुर कु...

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा गत शनिबार भएको नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट प्रेमबहादुर कुमालको अध्य...
03/06/2024

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा गत शनिबार भएको नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट प्रेमबहादुर कुमालको अध्यक्षतामा १९ सदस्य वडा समिति गठन गरेको छ। जसको उपाध्यक्षमा कमल बहादुर गुरुङ, सचिवमा ओम प्रकाश गुरुङ, सहसचिवमा सूर्यलाल कुमाल र कोषाध्यक्षमा भगवती कुमाल रहेका छन् ॥

ज्ञानु ढकाल भावना कुमाल शान्ता कुमाल, इन्दिरा नेपाली ,दुर्गा कुमाल युवा संगीता वि.क. युवा कल्पना कुमाल १३, दलित टेक व.कि.क. लेख बहादुर बि.क., शान्ता विक, जेनिशा थापा गुरुड,
सिता परियार र अमृता वि.क.रहेका छन् ॥

सम्मेलन वडा नम्बर ७ को पार्टी अध्यक्ष देवीलाल कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो। सचिव ओम प्रकाश गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खोप बहादुर कडेलले समसामयिक राजनीतिक तथा प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो। त्यस्तैगरी कार्यक्रममा पालुङ्गटार नगर समितिका सचिव शंकरराज कडेल पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे, नगर समितिका सदस्य मनबहादुर कुमाल, पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल, कार्यपालिका सदस्य पम्फा बिक लगायतका शुभकामना मन्तव्य राखेका थिए ।

03/06/2024

यस वर्षको मनसुन यही जुन १३ अर्थात् जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपि मनसुन भित्रिने सरदर म...

03/06/2024

शिक्षण विधि 🙏♥️🙏

Address

Gorkha

Alerts

Be the first to know and let us send you an email when Gorkha Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorkha Sansar:

Videos

Share


Other News & Media Websites in Gorkha

Show All