21/04/2024
कुरा कमरेड, जय नेपाल र जय मधेस सर म्यामहरुकाे
पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय
नेपाली कांग्रेसको राजनीतिमा रहेका शिक्षकहरु :
कांग्रेसका महाधिवेशन प्रतिनिधि ललन द्विवेद्वि, रोशन लामिछाने, डा. कृपा सिन्धु प्रसाद चौधरी, गिता श्रेष्ठ यसैगरी जिल्लाका विनोद मेहता, पर्मा साह वर्णवाल, संजय चौहान, रामादेश चौहान, चन्देश चौहान, महासमिति सदस्य संतोष सिंह, क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि तीर्थराज यादव, अशोक साह, ट्रेड युनियनका अध्यक्ष छोटेलाल यादव, मुस्लिम संघका जिल्ला सचिव साबिर अहमद एराज उर्फ साविर हुसैन, रवि भुषण चौरसिया, कोपिला कंडेल चौरसिया राजनीतिमा सक्रिय हुन् । नेपाली कांग्रेस वडा नं. २ कमिटीका सचिव खेमराज महतो, राजेश चौधरी, चेतमान गैरे, बालेश्वर गैरे, संतोष श्रेष्ठ लगायत
नेकपा एमालेको राजनीतिमा रहेका शिक्षकहरु :
जिल्ला कमिटी सदस्य इन्द्रदेव प्रसाद कुर्मी, दिपक ठाकुर, रामजी चौहान, विनोद गिरी, विकास पाण्डे, जिराभवानी गाउँपालिका कमिटीका सभापति बटेश्वर ख्वास थारु, पोखरिया नगरपालिकाका नगर कमिटी अध्यक्ष पारस ठाकुर, सकृय सदस्य मुक्ति पाठक, संजय पटेल, शिवनाथ चौधरी लगायत
जनता समाजवादीको राजनीति गर्ने शिक्षकहरु :
जनता समाजवादी पार्टीका प्रदेश सदस्य हरेन्द्र चौरसिया, अन्नपुर्ण मानन्धर लगायत नेकपा एस नेपालेण्डु साह लगायत समाजिक संस्थामा रहेका शिक्षकहरु : इब्राहिम देवान, सन्देश चौहान लगायत
के भन्छ कानुनले ?
संघीय शिक्षा ऐन २०२८ संशोधनसहितका को दफा १६ (ङ) मा ‘शिक्षक तथा कर्मचारीको पदीय आचरण र अन्य व्यवस्था’ गेको छ । बुँदा नम्बर ५ को (छ) ले शिक्षकलाई राजनीति गर्न निषेध गरेको छ । ‘कुनै पनि शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा त्यस्तो शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ,’ ऐनमा स्पष्ट भनिएको छ । ऐनअनुसार कार्यकारिणी समिति भन्नाले राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीय तह स्तरका कार्यकारिणी सम्झनुपर्ने भनिएको छ ।
यसको अर्थ कुनै पनि पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मको कुनै पनि जिम्मेवारीमा रहे त्यस्तो शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनुपर्छ । शिक्षकलाई राजनीति गर्नबाट रोक्न बनेको ऐनको कार्यन्वयन नभएको लामो खडेरी तोड्दै नव नियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले कारबाही गर्ने प्रक्रिया सुरु गरेकी छिन् । मन्त्री श्रेष्ठले राजनीतिमा संलग्न शिक्षकहरुको विवरण देशभरबाट प्रमाणसहित माग गरेपछि यसको कार्यन्वयनको आशा पलाएको छ ।
के भन्छन् राजनीतिक दलका नेता शिक्षक ?
थप ...
शिक्षक राजनीतिमा संलग्न हुनुहुँदैन । शिक्षा ऐनले व्यवस्था गरेको नियम हो यो । तर, पर्सामा दर्जनौँ शिक्षकहरु सरकार...