News Ok

News Ok यो भैरहवा बाट प्रकाशित हुँदै आएको न्यूज ओके पत्रिकाको पेज हो । News Ok is a freely distributed National Weekly Newspaper published in Bhairahawa City.

It is first of its kind in NFJS history of Nepal. It consists of total 8 pages (4 pages color & 4 pages monochrome) including one page publishing in Engligh. News Ok covers Corporate Business, Banking & Finance, Share market, Education, Health, Sports, Social & Developmental news. Board and Management:
-------------------------------

Chairman: Mr. Bimal Senchuri
Publisher/Editor: Mr. Manoranjan S

harma
Members: Mr. Raj Kumar Gupta
Mr. Prem Raj Sharma
Mr. Riaz Waris
Mr. Khem Bhusal
Mr. Prakash Pokhrel
Mr. Bikash Shrestha
Mr. Bikram Malla
Mrs. Ramila Thapa Magar
Mrs. Jamuna Giri
Mrs. Sita KC

Contact:
PORT Media (P) Ltd. Devkota Chowk, Siddharthanagar -13,
Bhairahawa, Rupandehi, Nepal. Mobile: 9857062352
Email: [email protected]
[email protected]

खाली कान्तिपुर , सिरोहिया, रवि लामिछाने भन्या छ, पछि लााछ । विगत ४ दिन देखी युक्रेनको एक निजी वायुसेवा स्काई अप एयरलाइन्...
22/05/2024

खाली कान्तिपुर , सिरोहिया, रवि लामिछाने भन्या छ, पछि लााछ । विगत ४ दिन देखी युक्रेनको एक निजी वायुसेवा स्काई अप एयरलाइन्सको एअरबस भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरी राखिएको छ।कसैलाई सरोकारन्र छैन किन होला ।

08/05/2024

मातातिर्थ औशीको उपलक्ष्यमा मेरी आमा सहित बिश्वका सम्पुर्णआमाहरुमा शुस्वास्थ्य समृद्धी र खुसीको शुभकामना ❤❤❤

भन्सार प्रशासन र उद्योगी,व्यवसायीबीच पुलको भूमिका निभाउँदै आएका भन्सार एजेन्ट अझ मर्यादित र जिम्मेवार बन्दै पूर्ण रुपमा ...
09/04/2024

भन्सार प्रशासन र उद्योगी,व्यवसायीबीच पुलको भूमिका निभाउँदै आएका भन्सार एजेन्ट अझ मर्यादित र जिम्मेवार बन्दै पूर्ण रुपमा पारदर्शिता अपनाउनु पर्नेमा उनिहरुको जोड थियो ।

श्रीन्यूज ओके रिपोर्टर ।भैरहवा आयात निर्यातमा मुख्य भूमिका रहेका भन्सार एजेन्टहरु अझ जिम्मेवार र पारदर्शी बन्न...

https://shreenewsok.com/sports-2/20186/
31/03/2024

https://shreenewsok.com/sports-2/20186/

श्रीन्यूज ओके रिपोर्टर । भैरहवा रुपन्देही सुपरलिग क्रिकेटमा प्रतिष्पर्धा गरीरहेको भैरहवाको तिरुपति स्पोर्टस .....

शहीद जितेन्द्र मणी स्‍मृति प्रतिस्थानको अध्यक्षमा तिर बहादुर निर्बाचित
10/02/2024

शहीद जितेन्द्र मणी स्‍मृति प्रतिस्थानको अध्यक्षमा तिर बहादुर निर्बाचित

शहीद जितेन्द्र मणी स्‍मृति प्रतिस्थानको अध्यक्षमा तिर बहादुर निर्बाचित श्रीन्यूज ओके रिपोर्टर।भैरहवा शहीद जि.....

श्रीन्यूज ओके रिपोर्टर भैरहवा भैरहवाका प्रदिप चौधरीलाई चिट्ठामा ३२ इन्चको स्मार्ट टिभी परेको छ । चौधरीले बैंकरोड स्थित ह...
03/12/2023

श्रीन्यूज ओके रिपोर्टर भैरहवा भैरहवाका प्रदिप चौधरीलाई चिट्ठामा ३२ इन्चको स्मार्ट टिभी परेको छ । चौधरीले बैंकरोड स्थित हरिश सेठियाको प्रतिष्ठान श्री भैरव ट्रेडिंगबाट मोबाईल खरीद गरेका थिए । चौधरीलाई लक्की ड्र मार्फत स्मार्ट टिभी परेको हो । चौधरी सहित अन्य १३ जनाले पनि लक्की ड्र मार्फत बिभिन्न पुरस्कार प्राप्त गर्न सफल भएका छन् । चौधरीले प्रथम पुरस्कार चिट्ठा मार्फत जिते पछि पर्वहरुमा यस प्रकारका अपरले व्यवसाय प्रबद्र्धन हुने र उपभोक्ता पनि आकर्षित हुने बताए । चिट्ठा मार्फत दोश्रो पुरस्कार ट्रलि स्पिकर (साउन्ड सिष्टम) अनुज मौर्यले प्राप्त गरेका छन् भने कृष्ण शर्माले तेश्रो पुरस्कार मिक्सर सेट जितेका छन् । त्यसै गरी १० जनाले रेडियो सेट जिेतका छन् । रेडियो सेट जित्ने १० भाग्यमानिमा मनोज गोयन्का, वर्षा गाहा, कार्तिक थापा, पदम बि.क., सोनम यादव, आसुतोष थापा, कृष्ण केवट, दिनेश प्रसाद चौधरी, विष्णु खनाल, सपना थापा रहेका छन् । …...

श्रीन्यूज ओके रिपोर्टर भैरहवा भैरहवाका प्रदिप चौधरीलाई चिट्ठामा ३२ इन्चको स्मार्ट टिभी परेको छ । चौधरीले बैंकर.....

श्रीन्यूज ओके रिपोर्टर भैरहवा । एनआरएनका पुर्व अध्यन भवन भट्ट्को बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी गरे...
29/11/2023

श्रीन्यूज ओके रिपोर्टर भैरहवा । एनआरएनका पुर्व अध्यन भवन भट्ट्को बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी गरेको छ। वैदेशिक रोजगारमा जाने नेपालीको हरुको लागि मलेशिया मुख्य गन्तब्य हो । त्यसैले बीबी एअरवेजले काठमाडौ साथै भैरहवाबाट पनि उडान सुरु गर्ने तयारी गरेको हो । एक बर्ष अघि भैरहवा मलेसिया रुटमा हिमालयन एअरलाइन्सले चार्टर्ड उडान गरे पनि केही समय पछि बन्द गरेको थियो । …...

श्रीन्यूज ओके रिपोर्टर भैरहवा । एनआरएनका पुर्व अध्यन भवन भट्ट्को बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने ....

श्रीन्यूज ओके रिपोर्टर भैरहवा नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन आज भैरहवामा हुदैछ । सिद्धार्थनगर नगर पालि...
28/11/2023

श्रीन्यूज ओके रिपोर्टर भैरहवा नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन आज भैरहवामा हुदैछ । सिद्धार्थनगर नगर पालिका वडा–१३ स्थित महेन्द्र सभा गृहमा (पट्वा ब्यान्क्वेट) बिहान ११ बजेदेखि सम्मेलन सुरु हुने र सबै तयारी पूरा भएको रुपन्देही काङ्ग्रेसका जिल्ला सभापती रामकृष्ण खाणले जानकारी दिए । सम्मेलनमा पार्टीका केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, विभिन्न भातृ संस्थाका सभापतिहरु लगायतको उपस्थिति रहने जनाइएको छ। …...

श्रीन्यूज ओके रिपोर्टर भैरहवा नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलन आज भैरहवामा हुदैछ । सिद्धार्थन....

श्रीन्यूज ओके रिपोर्टर भैरहवा ओमसतिया गाउँ पालिकाको ठुटिपिपलमा केन्द्रिय कार्यालय रहेको टुगा आस्था बिकास बचत तथा ऋण सहका...
25/11/2023

श्रीन्यूज ओके रिपोर्टर भैरहवा ओमसतिया गाउँ पालिकाको ठुटिपिपलमा केन्द्रिय कार्यालय रहेको टुगा आस्था बिकास बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षमा पुनह डी.बि.थापा निर्वाचित भएका छम। थापा सहित १५ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिती निर्बिरोध चयन भएको हो । सस्थाले लुम्बिनी प्रदेश बचत संघका संचालक तथा अधिवक्ता भरतराज भूसालको संयोजकत्वमा तारा प्रसाद छ्न्तेल भीम बहादुर पुन सदस्य रहेको निर्वाचन कार्यक्रमको निर्वाचन उपसमिति गठन गरि निर्वाचनको प्रक्रिया सहकारी ऐन अनुसार अघि बढाएको थियो । …...

श्रीन्यूज ओके रिपोर्टर भैरहवा ओमसतिया गाउँ पालिकाको ठुटिपिपलमा केन्द्रिय कार्यालय रहेको टुगा आस्था बिकास बचत त...

श्रीन्यूज ओके रिपोर्टर भैरहवा । स्वास्थ्यको लागि बिहानी हिडाइ मुख्य उद्देश्य राख्दै स्थापित सस्था भैरहवाको जगर्श ग्रुपले...
25/11/2023

श्रीन्यूज ओके रिपोर्टर भैरहवा । स्वास्थ्यको लागि बिहानी हिडाइ मुख्य उद्देश्य राख्दै स्थापित सस्था भैरहवाको जगर्श ग्रुपले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गर्दा ४३ प्वाइन्ट रगत संकलन भएको ग्रुपका सचिब बिक्रम मल्लले बताए । जगर्श ग्रुपको बुद्ध चोस स्थित एसएस मार्केटमा रहेको कार्यालय परिसरमा भएको रक्तदान मा ग्रुपका पदाधिकारी,सदस्य साथै अन्य संघ सस्थाका प्रतिनिधी,युवा,युवतीले रक्तदानमा सकृय सहभागिता जनाएका थिए । …...

श्रीन्यूज ओके रिपोर्टर भैरहवा । स्वास्थ्यको लागि बिहानी हिडाइ मुख्य उद्देश्य राख्दै स्थापित सस्था भैरहवाको जगर...

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा । आज कात्तिक शुक्ल एकादशीका दिन। आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी ए...
23/11/2023

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा । आज कात्तिक शुक्ल एकादशीका दिन। आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।...

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा । आज कात्तिक शुक्ल एकादशीका दिन। आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरि...

श्रीन्यूज ओके रिपोर्टर ,भैरहवा । उद्योग ब्यापार संगठन रुप्न्देहीको आयोजनामा आज बाट लुम्बिनी प्रादेशिक स्तरको छैटौं लुम्ब...
22/11/2023

श्रीन्यूज ओके रिपोर्टर ,भैरहवा । उद्योग ब्यापार संगठन रुप्न्देहीको आयोजनामा आज बाट लुम्बिनी प्रादेशिक स्तरको छैटौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) आयोजना हुदैछ। महोत्सव सिद्धार्थनगर–८ स्थित अंचलपुरमा आयोजना हुदैछ। संगठनका अध्यक्ष एवं मेला मूल आयोजक समिति संयोजक दर्पण श्रेष्ठले कोरोना लगायत बिबिध कारणले आर्थिक मन्दी भएकोले केही रुपमा भए पनि यहाँको आर्थिक क्षेत्र चलायमान होस भन्ने लक्ष्यका साथ उधयोगी, व्यवसायी, क्रेता बिक्रेता , कृषक , सरोकारवालासबैलाई एकै स्थानमा जम्मा गरि ब्यबसाय प्रवर्द्धन गर्ने उदेश्य रहेको बताए ।...

श्रीन्यूज ओके रिपोर्टर ,भैरहवा । उद्योग ब्यापार संगठन रुप्न्देहीको आयोजनामा आज बाट लुम्बिनी प्रादेशिक स्तरको छ.....

श्रीन्यूज ओके रिपोर्टर भैरहवा सुर्य भगवानको आराधना गरी मनाईने पर्ब छठ पर्वको आज मुख्य दिन हो । चार दिन सम्म बिभिन्न बिधि...
19/11/2023

श्रीन्यूज ओके रिपोर्टर भैरहवा सुर्य भगवानको आराधना गरी मनाईने पर्ब छठ पर्वको आज मुख्य दिन हो । चार दिन सम्म बिभिन्न बिधि पुरा गरी मनाईने यो पर्वको आज मुख्य तथा तेश्रो दिन आज(आइतवार) अस्ताउदो सूर्य लाई अर्घ र चौथो दिन (सोमवार)उदाउदो सूर्यलाई अर्घ दिए पछि यो पर्ब सकिन्छ । आज सांझ नयाँ तथा चोखो कपडा लगाई नाङ्गो खुट्टामा घरबाट पूजा सामाग्रीका साथ छठ पोखरीमा जाने र सुर्य अस्ताउने समयमा सूर्यको आराधना गरि अर्घ दिएर पुजा गरीन्छ । आईतबार रातभर जाग्राम बसेर सोमबार बिहान उदाउँदो सुर्यलाई जल चढाउंदै पुजा गरेपछि छठ पूजा समाप्त हुन्छ ।...

श्रीन्यूज ओके रिपोर्टर भैरहवा सुर्य भगवानको आराधना गरी मनाईने पर्ब छठ पर्वको आज मुख्य दिन हो । चार दिन सम्म बिभिन....

श्रीन्यूज ओके रिपोर्टर भैरहवा सप्ताहव्यापी रुपमा मनाईने कर सप्ताह सुरु भएको छ । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन...
17/11/2023

श्रीन्यूज ओके रिपोर्टर भैरहवा सप्ताहव्यापी रुपमा मनाईने कर सप्ताह सुरु भएको छ । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई नेपाल सरकारको निर्णय अनुसार २०६९ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आइएको छ। आन्तरिक राजस्व कार्यालय भैरहवाले विभिन्न कार्यक्रम गरी यस वर्षको राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८० सुरु गरेको छ । यस वर्षको लागी “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने मुल नारा तय भएको र राष्ट्रिय कर दिवस २०८० मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि भैरहवामा पनि मनाउन सुरु भएको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले बताए ।...

श्रीन्यूज ओके रिपोर्टर भैरहवा सप्ताहव्यापी रुपमा मनाईने कर सप्ताह सुरु भएको छ । नेपालमा मूल्य अभिवृद्धि कर लागु ...

श्रीन्यूज ओके रिपोर्टर भैरहवा सामाजिक सञ्जल टिकटक नेपालमा बन्द हुने भएको छ। नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको ...
13/11/2023

श्रीन्यूज ओके रिपोर्टर भैरहवा सामाजिक सञ्जल टिकटक नेपालमा बन्द हुने भएको छ। नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन। टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो शर्माले बताइन। मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने र कार्यान्वयन्को ब्यवस्था सन्चार मन्त्रालयले मिलाउने त्यसका लागि कुनै तिथि मिति नतोकिएको उन्को भनाइ छ । टिकटक नेपालमा धेरै लोकप्रिय रहेता पनि बिकृती बढेको भन्दै केही अघि देखिनै बन्द गर्नु पने आवाज उठ्दै आएको थियो ।

श्रीन्यूज ओके रिपोर्टर भैरहवा सामाजिक सञ्जल टिकटक नेपालमा बन्द हुने भएको छ। नेपाल सरकारले टिकटक बन्द गर्ने निर्....

श्रीन्यूज ओके रिपोर्टर भैरहवा तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्...
12/11/2023

श्रीन्यूज ओके रिपोर्टर भैरहवा तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। साथै आज कुकुर तिहार पनि हो । दुईवटा तिथिका कारण आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा गरिँदैछ । आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ । आइतबार बिहान चतुर्दशी तिथि रहेकाले कुकुरको पूजा गर्न लागिएको हो । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खान दिइन्छ ।...

श्रीन्यूज ओके रिपोर्टर भैरहवा तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआरा.....

श्रीन्यूज ओके रिपोर्टर भैरहवा तिलोत्तमा मिडिया क्लवद्वारा स्थापित ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार २०७९ पत्रकार टोपर...
11/11/2023

श्रीन्यूज ओके रिपोर्टर भैरहवा तिलोत्तमा मिडिया क्लवद्वारा स्थापित ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार २०७९ पत्रकार टोपराज शर्मा (टिआर)लाई प्रदान गरिएको छ । क्लवले नेपालीहरुका शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकार शर्मालाई उक्त पुरस्कार प्रदान गरेको हो २५ हजार राशीको उक्त “ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार” क्लवका प्रमुख सल्लाहकार एवं वरिष्ठ पत्रकार मोहन चापागाईंसँगको सहकार्यमा क्लवले स्थापना गरेको हो । क्लवले २०७९ सालको पत्रकारिता पुरस्कारबाट शर्मालाई पुरस्कृत गरेको हो । पुरस्कृत शर्मा अनलाइन खवरका लुम्बिनि प्रदेश प्रमुख र न्युज बुटवल टुडेको उपसम्पादक छन् ।...

श्रीन्यूज ओके रिपोर्टर भैरहवा तिलोत्तमा मिडिया क्लवद्वारा स्थापित ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार २०७९ .....

श्रीन्यूज ओके रिपोर्टर भैरहवा शहीद स्मृति पुस्तकालय ,सिद्धार्थनगरको (भैरहवा) २२ औं वार्षिकोत्सबका अवसरमा श्रष्टा एवं समा...
11/11/2023

श्रीन्यूज ओके रिपोर्टर भैरहवा शहीद स्मृति पुस्तकालय ,सिद्धार्थनगरको (भैरहवा) २२ औं वार्षिकोत्सबका अवसरमा श्रष्टा एवं समाजमा उल्लेलिय भुमिका खेलेका विशिष्ट व्यक्तीहरु साथै छात्रछात्राहरु सम्मानित भएका छन् । शुक्रवार भैरहवामा आयोजित कार्यक्रममा चन्द्रनिगाहपुर रौतहटका हरिकृष्ण काफ्ले नेत्रशोभा स्मृति साहित्यिक पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । त्यसै गरी गुल्मी ,तम्घासका दीन पन्थी ,नेत्रशोभा स्मृति साहित्यिक पुरस्कार २०८० बाट, सिध्दार्थनगर(भैरहवा)का रविकुमार रौनियार ,रामकला बुद्धिनाथ गौतम स्मृति पुरस्कार २०८० वाट सम्मानित भएका छन् । …...

श्रीन्यूज ओके रिपोर्टर भैरहवा शहीद स्मृति पुस्तकालय ,सिद्धार्थनगरको (भैरहवा) २२ औं वार्षिकोत्सबका अवसरमा श्रष्.....

श्रीन्यूज ओके रिपोर्टर, भैरहवा हिन्दुहरुको दसैँ पछिको ठूलो पर्व तिहार सुरु भएको छ । पहिलो दिन काग तिहारका रुपमा मनाईने ग...
11/11/2023

श्रीन्यूज ओके रिपोर्टर, भैरहवा हिन्दुहरुको दसैँ पछिको ठूलो पर्व तिहार सुरु भएको छ । पहिलो दिन काग तिहारका रुपमा मनाईने गरिन्छ । तिहार पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ। हिन्दूहरुले तिहारको रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन्। यस पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। तिहारमा दियो बत्ति बालि उज्यालो बनाईने भएकाले दीपावली पनि भन्ने गरीन्छ । त्यसैले तिहारलाई उज्यालो पर्वको रुपमा लिने गरिन्छ ।...

श्रीन्यूज ओके रिपोर्टर, भैरहवा हिन्दुहरुको दसैँ पछिको ठूलो पर्व तिहार सुरु भएको छ । पहिलो दिन काग तिहारका रुपमा म....

श्रीन्यूज ओके रिपोर्टर भैरहवा भिम अस्पताल भैरहवाको अध्यक्षमा डा. अनन्त कुमार शर्मा नियुक्त भएका छ्न । सो अस्पतालका पुर्व...
11/11/2023

श्रीन्यूज ओके रिपोर्टर भैरहवा भिम अस्पताल भैरहवाको अध्यक्षमा डा. अनन्त कुमार शर्मा नियुक्त भएका छ्न । सो अस्पतालका पुर्व वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका डा. शर्मालाई लुम्बिनी प्रदेश सरकार को निर्णय अनुसार भिम अस्पताल बिकास समिती को अध्यक्ष पद मा नियुक्त गरेको हो । यस अघिको समिती प्रदेश सरकारले खारेज गरेको थियो भने भैरहवामा नारायण भण्डारी अध्यक्ष थिए ।

श्रीन्यूज ओके रिपोर्टर भैरहवा भिम अस्पताल भैरहवाको अध्यक्षमा डा. अनन्त कुमार शर्मा नियुक्त भएका छ्न । सो अस्पताल...

श्रीन्यूज ओके रिपोर्टर, भैरहवा सिद्धार्थनगर नगरपालिकाको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनको विषयमा अध्ययन÷अवलोकनका लागि ...
08/11/2023

श्रीन्यूज ओके रिपोर्टर, भैरहवा सिद्धार्थनगर नगरपालिकाको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनको विषयमा अध्ययन÷अवलोकनका लागि नगरपालिका कार्यालयको टोली भारत गएको छ । मंगलबार साँझ नगर प्रमुख इश्तियाक अहमद खाँको नेतृत्वमा उपप्रमुख उमा अधिकारी, वडाअध्यक्ष, प्राविधिक सहितको टोली नगरको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि अध्ययन, अवलोकन, नविनतम अभ्यास, सिकाई र सिकाईको उपलब्धीका लागि भारतको चंडीगढ तर्फ प्रस्थान गरेका छन् । त्यहाँ रहेको अविस्कार केन्द्र, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने मेसिनरी साम्रगी, प्रयोगको अवस्था लगायत विषयमा अध्ययन÷अवलोकनका लागि टोली भारत प्रस्थान गरेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।...

श्रीन्यूज ओके रिपोर्टर, भैरहवा सिद्धार्थनगर नगरपालिकाको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनको विषयमा अध्ययन÷अ.....

श्रीन्यूज ओके रिपोर्टर, काठमाण्डौ नेपाल सन् २०२४मा अमेरीका र वेष्टइण्डिजमा आयोजना हुने आइसिसी टि२० विश्वकपमा प्रबेश गरेक...
03/11/2023

श्रीन्यूज ओके रिपोर्टर, काठमाण्डौ नेपाल सन् २०२४मा अमेरीका र वेष्टइण्डिजमा आयोजना हुने आइसिसी टि२० विश्वकपमा प्रबेश गरेको छ । एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपालविश्वकपमा हो । यस अघि नेपाल सन् २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेख ५२ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे भने रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे ।...

श्रीन्यूज ओके रिपोर्टर, काठमाण्डौ नेपाल सन् २०२४मा अमेरीका र वेष्टइण्डिजमा आयोजना हुने आइसिसी टि२० विश्वकपमा प.....

श्रीन्यूज ओके रिपोर्टर,लुम्बिनी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेर्रेस बुद्ध जन्मस्थल लुम्बिनी आउदा त्यहाका मु...
30/10/2023

श्रीन्यूज ओके रिपोर्टर,लुम्बिनी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेर्रेस बुद्ध जन्मस्थल लुम्बिनी आउदा त्यहाका मुख्य तिन प्रबेशद्धार बाट सर्बसाधारणलाई आउजाउ गर्न बन्द हुने भएको छ । महासचिवको भ्रमणका क्रममा सुरक्षा व्यवस्थापनका लागी भनेर लुम्बिनी विकास कोषले मंगलवार (कार्तिक १४ गतें) बिहान ६ बजे देखि ११ बजे सम्मका लागी लुम्बिनी गुरुयोजना क्षेत्र अन्तरगतका गेट नम्बर ४,५ र मुण्डन गेट बन्द रहने लुम्बिनी बिकास कोषका बरीष्ठ प्रशासकिय अधिकृत चूडामणि भट्टराईले बताए । …...

श्रीन्यूज ओके रिपोर्टर,लुम्बिनी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेर्रेस बुद्ध जन्मस्थल लुम्बिनी आउद.....

श्रीन्यूज ओके रिपोर्टर, काठमाण्डौ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा ...
29/10/2023

श्रीन्यूज ओके रिपोर्टर, काठमाण्डौ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज काठमाण्डौ आइपुगेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गरेका थिए । महासचिवको टोलीलाई स्वागत गर्न नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका प्रतिनिधिलगायत विमानस्थलमा उपस्थित थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल संग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...

श्रीन्यूज ओके रिपोर्टर, काठमाण्डौ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्र.....

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा सराय नाच भैरहवामा पहिलो पटक आयोजना भएको छ । दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मन...
28/10/2023

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा सराय नाच भैरहवामा पहिलो पटक आयोजना भएको छ । दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । यो गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङ, पाल्पा लगायतका विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पहाडेहरूको बस्तीमा यो नाच देख्न पाइन्छ । यो एउटा खेल जस्तो पनि हो । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर सराय नाच खेलिने गरिन्छ । सराय नाच सिद्धार्थनगर भैरहवाको वडा नम्बर ७ मा अवस्थित श्री नव दुर्गा मन्दिर समितिको आयोजनामा शनिबार कोजाग्रत पूर्णिमाको दिन आयोजना भएको थियो । पहिलो पटक आयोजना भएको सराय नाचमा उल्लेख्य उपस्थिती रहेको थियो ।...

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा सराय नाच भैरहवामा पहिलो पटक आयोजना भएको छ । दशैंका बेला पश्चिम नेपालका केही भागमा .....

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रस यही मंगलवार बुद्धजन्मस्थल लुम्बिनी आउने भए...
28/10/2023

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रस यही मंगलवार बुद्धजन्मस्थल लुम्बिनी आउने भएका छन् । गुटेर्रस कात्तिक १२ गते ४ दिने नेपाल भ्रमणका लागी काठमाण्डौ आउदैछन् । नेपाल भ्रमणका क्रममा गुटेर्रसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, संग भेट साथै संघिय संसदमा दुबै सदन (संघिय र राष्ट्रिय सभा)लाई सम्बोधन गर्ने साथै बुद्धजन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्ने कार्यक्रम रहेको छ । …...

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रस यही मंगलवार बुद्धजन्मस्थल लुम्...

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा देशको अग्रणी बायु सेवा कम्पनि बुद्ध एयरले थप एक नयाँ एटीआर जहाज ल्याएको छ । शुक्रबार नाइनए...
28/10/2023

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा देशको अग्रणी बायु सेवा कम्पनि बुद्ध एयरले थप एक नयाँ एटीआर जहाज ल्याएको छ । शुक्रबार नाइनएन– एओसी कलसाइन रहेको एटिआर–७२ जहाज बुद्ध एयरले भित्र्याएको हो। नयाँ जहाजले आवश्यक प्रक्रिया पु¥याई एक महिनाभित्र उडान सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ। योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन्।...

श्रीन्यूज ओके रिपोर्टर,भैरहवा देशको अग्रणी बायु सेवा कम्पनि बुद्ध एयरले थप एक नयाँ एटीआर जहाज ल्याएको छ । शुक्रब.....

श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागी नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । सोमब...
28/10/2023

श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागी नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । सोमबारदेखि काठमाण्डौमा सुरु हुने छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् । देसाईले घोषणा गरेको टिममा स्पीनर सन्दीप लामिछाने समेत छन् । विश्वकप छनोटको एसिया क्वालिफाफायर कात्तिक १३ गतेदेखि सुरु हुँदै छ । छनोटमा कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । छनोटबाट फाइनल पुग्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछन् । नेपालको समूहमा सिंगापुर,मलेशिया,ओमान छन् । अर्को सम्रहमा युएई, हंगकंग, कुबेत र बहराईन छन् । …...

श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागी नेपाली राष्ट्रिय टिमको घोषणा भए....

Address

Devkota Chowk, Siddharthanagar/13
Bhairahawa
32900

Alerts

Be the first to know and let us send you an email when News Ok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Ok:

Videos

Share


Other Media/News Companies in Bhairahawa

Show All