03/07/2024
मृगौला रोगले ग्रसित परिवारको पक्षबाट सहयोगका लागि अपील
चम्पसरी ग्राम पञ्चायत अन्तर्गत मिलन मोडको जादुभिट्टा निवासी पुनु थापा अनि सन्तोष थापा आफ्नो दिदी भिनाजु सँगै बस्दै आएकी सोनु राई अहिले भने किड्नीको रोगले ग्रसित छिन्।
उनकी दिदी पुनु थापाले जति सक्दो उनको निम्ति उपचारमा लाग्ने खर्चहरू वहन गर्दै आइरहेकी थिइन्। दिदीको पनि आर्थिक अवस्था त्यति राम्रो नरहेको कारण उनी अहिले लाचार बनिरहेकी छिन्।
करिब १३ वर्ष पहिला सोनु राईको आमाबाबा परलोक हुनुभएको थियो। उक्त समयदेखि नै दिदीले आफ्नो बहिनी सोनु राईलाई पालनपोषण गरिरहेकी थिइन्।
सुस्त अनि स्वास्थ्य रहेकी सोनु राई अचानक बिरामी हुन पुग्छिन् २०२४ को फेब्रुअरी महिनादेखि उनलाई यो जटिल रोगले समातेको अनि उक्त फेब्रुअरी महिनादेखि नै चिकित्सा चलिरहेको उनको दिदी बताउँछिन्।
अहिले भने उनको चिकित्सा सिलिगुढीको एक मिर्गोला विशेषज्ञ डाक्टरको देखरेखमा चलिरहेको छ। यस किड्नी रोगको निम्ति गरिने डायलासिस उनलाई चलिरहेको छ। यतिका दिन त उनका दिदीले जसोतसो गरेर खर्च बहन गर्दै आइरहेकी छिन्। तर अब उनको पनि आर्थिक अवस्था कमजोर हुँदै गएको कारण अब चिकित्साको निम्ति लागनुपर्ने खर्चहरू उठाउन उनी पनि विवश बनेकी छन्।
अस्वस्थ अवस्थामा रहेको आफ्नो बहिनीलाई बचाउन उनी पनि चाहन्छिन्। तर आर्थिक अवस्थाले गर्दा खेरि सबै शून्य देखिरहेको छिन जसको निम्ति उनले स्थानीय मानिसहरू समाज संघ संस्था अनि विभिन्न संघसंगठनसँग आर्थिक सहयोगको अपिल गरेकी छन् उक्त संग्रह गरिएको अर्थ उनको बहिनीको निम्ति खर्च गर्ने उनले बताएकी छिन् !
बिरामी अवस्थामा ओछ्यानमै रहेको सोनु राइले पनि आफू बाँच्नको निम्ति सहयोग गरिदिनुहोला अपिल गरेकी छिन् !
आउनुहोस् फेरि एकपल्ट हामी सबै एकजुट भएर मानवताको एउटा परिचय अनि उदाहरण दिन खोजौं। अनि यो ३२ वर्षीय सोनु राई जस्ती युवतीलाई बचाउने चेष्टा गरौं।
फोटो वा भिडियोलाई सक्दो सेयर गरौँ ताकि बिरामी सोनु राईलाई केही हदसम्म भएपनि सहयोग गर्न सकौँ।
बिरामीकी दिदीको तर्फबाट सम्पूर्णमा सहयोगको निम्ति अपिल गरेकी छन्।
--------------------------------------------------------------------------------
बिरामी सोनु राईको दिदीको एकाउन्ट विवरण :-
Account Holder Name: Poonu Thapa
Account no: 20201442624
IFSC: SBIN0006829
Google Pay: 9089207882
UPI ID: poonuthapa6-1@oksbi
Branch name: Pradhan Nagar(Siliguri)
Branch Code: 6829
सम्पर्क सूत्र : 9089207882