Routine Of Khadi

Routine Of Khadi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Khadi, News & Media Website, Dubai.

29/09/2024
हेर्ने कथाका प्रकाशका शाहुको छोरा भन्छन, “हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भन...
30/08/2024

हेर्ने कथाका प्रकाशका शाहुको छोरा भन्छन, “हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।
मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।
पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।
हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।
प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !
प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।
गोठालाको चलन चाहिँ कस्तो भने - सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।
अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !
अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।
उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ ।
हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।
हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो - मिलेन ।
पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।
तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।
बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।
केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।
उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।
म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । “ ❤

मेस्सीलाई युट्युबमा २० लाख सब्सक्राइबर पुग्न १८ वर्ष लाग्यो भने रोनाल्डोले ३ घण्टामा ४० लाख पुगे । GOAT
23/08/2024

मेस्सीलाई युट्युबमा २० लाख सब्सक्राइबर पुग्न १८ वर्ष लाग्यो भने रोनाल्डोले ३ घण्टामा ४० लाख पुगे । GOAT

Dubai Upcoming New Project Anaconda Tower 2025 !
30/07/2024

Dubai Upcoming New Project Anaconda Tower 2025 !

Flash News :   गृहमन्त्री रवि लामिछानेले प्रहरी परिचालन गरेर आरजुलाई देउवा निवासबाटै पक्राउ गर्न तयारी गरेका थिए तर त्यो...
02/07/2024

Flash News : गृहमन्त्री रवि लामिछानेले प्रहरी परिचालन गरेर आरजुलाई देउवा निवासबाटै पक्राउ गर्न तयारी गरेका थिए तर त्यो योजना असफल भएको छ। उनलाई पक्राउ गर्न बुढानीलकण्ठको देउवाचोकदेखि देउवा निवाससम्मको सडक सिल गरिसकेको थियो तर त्यतिबेला आरजु भने घरमा थिइनन्। त्यसपछि पक्राउ पर्ने डरले आरजुले देउवालाई लिएर बालकोट पुगेकी थिईन् । टीकापुर जग्गा घोटालामा जोडेर गृहमन्त्री लामिछानेले केहिदिनकालागि भएपनि पक्राउ गरेर थुन्ने योजनामा थिए तर त्यो योजना असफल भएको थियो। त्यसैको प्रयासले नै कांग्रेस र एमाले नेतृत्वलाई सत्ता सहकार्यको सहमतिमा पुर्याएको छ।

साथै गृहमन्त्री रवि लामिछानेले आफूहरुले फाइल खोल्न सुरु गरेपछि सरकार ढलेको संचारकर्मीलाई प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले ‘जुन ढंगले सरकार अघि बढेको थियो । तपाईँहरु नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो । फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो । यसलाई के भन्नु र मैले । ’, उनले थपे, 'त्यो बेचैनीको अर्थ के होला ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो । यो संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? यो त सबैले बुझेकै कुरा हो । यसको संवैधानिक प्रक्रिया सुरु होला । त्यसपछि अरु गर्नुपर्ने कुराहरु छँदै छन् ।’
Taja khabar

29/06/2024

किन पास भएनन् ? ल जानिराख्नुस् । हाम्रा आफ्नै उस्तै भएपछि !
-----------------------
न बासँग डर
न आमासँग डर
न शिक्षकसँग डर
गृहकार्य गर्दैन
कक्षा कार्य गर्दैन
पढ्नुपर्छ भन्ने बानी नै छैन
कुनै कुराको अभाव छैन
हामी जति पनि दुःख गर्ने
उनीहरुलाई कुनै काम नगराउने
६ कक्षा नपुग्दै लभ
फ्रि फायर
पब्जी
कसैले केहि भन्न नहुने
सजाय त थाहै छैन
एक थप्पड छोयो की
गाली गर्नेहरू सबै शत्रु
सामान्य हप्कायो आत्महत्या
की घर छोड्ने
हामी उनैको पछि पछि लागिरहने
उनीहरुले गल्ती गर्ने
सकेसम्म हामीले ढाकछोप गर्ने
ढङ्गसङ्ग केहि छैन
नुहाएको भित्री बस्त्र हामीले धोइदिने
घरमा आउने पाहुनालाई नमस्कार आदर छैन
को कस्तो आफन्त हो वास्तै छैन
चिनाउन खोजे ह्या उनीहरुलाई झ्याउ लाग्छ
घिरौँला
चिचिण्डो
बोडी
करेला
काक्रा
लौका
:::::
बोट पनि थाहा छैन
पिँडालु तरुल कहाँ फल्छ
बेसार अदुवा
खुर्सानीको वोटसम्म
चिन्नु छैन्
प्रयासै गर्दैनन्
मन्दिरमा जाने बानी छैन
पूजा आजा त आमाको कर्म
न कसैको प्रवचन सुन्छन्
न आध्यात्मिक ज्ञान
न व्यवहारिक ज्ञान
न पितृप्रति विश्वास
न ईश्वरप्रति विश्वास
न आफन्त प्रति विश्वास
न संस्कार मानेको छ
न आफूले जानेको छ
धैर्यता शुन्य
लगनशिलता हरायो
न केटा न केटी
उमेर न सुमेर
व्वाइफ्रेन्ड र गर्लफ्रेन्ड
भेडाबाख्राको ताल
घरको स्वस्थकर खाना नो
बजारीया खाना एस
व्यक्तिगत मोवाइल
मोवाइलको दुरुपयोग
न समयमा निद्रा
न समयमा खाना
जति बेला पनि घोप्टो पर्यो
मोबाइल चलायो
अझै के के हो के के
:::::::::::::::::::::::::::
करै करले बल्लतल्ल स्कुल गयो
ध्यान छैन,
हातमा पुस्तक
मनमा दश थोक
सिकाइ शुन्य
त्यसपछि
परीक्षा दिन नआउने
फेरि शिक्षक घरमा जानुपर्ने
फकाएर परीक्षा दिन लाउनुपर्ने
फेल भए पढ्दिन भनेर धम्क्याउने

नियम र कानुन पनि अचम्म

फेल गराउन नपाइने
यदि
यस वर्षको नतिजामा
एन जी लागू गर्नुथियो भने
१ कक्षा बाटै फेल पास हुनुपर्थ्यो
उतिबेला अनेक विधा छुट्याउने
उत्तीर्ण गराउँदै लैजाने
विद्यार्थीमा नपढेनी पासको बानी
उ खेल खेल्न जानेको छ
उ विद्धुतीय सामग्री बनाउन जानेको छ
उ बोल्न जानेको छ
उसले मिठो खाना बनाउन जानेको छ
उसले कक्षामा राम्रो मोनिटरिङ गर्छ
भन्दै भन्दै अनेक विधा बनाउने
कक्षा मा पास गराउने
अहिले कता गए ती विधा,
अनि ती विधा लागू गर्नु पर्दैन?
अहिले तिनै दुई चार जना पास
पास पछि अष्ट्रेलिया, अमेरिका::
कोहि कता कोहि कता
विदेश पलायनको नीति
बाँकी अरुको जिम्मा कसले लिने?

अनि शैक्षिक सत्रको दौरानमा
अभिभावकको फोन
मेरो बच्चा त फेल भए पढ्दैन गरे सर, मिस
अब राम्रोसँग पढ्छ
जे जे भयो ,भयो
म पनि ख्याल गर्छु
साथीसँग छुटिन मान्दैन
माथिल्लो कक्षामा राखिदिनुस्
हैन भने अर्को स्कुल जान्छ रे
हे भगवान ! त्यसरी नै
हल हल बाबु नानु भनि फकाइरहने
माथिल्लो कक्षा चढाइरहने
बच्चाको बानी बिग्रियो
अभिभावक काममा व्यस्त,
कोही कोही अभिभावक पनि
मोबाइलमा व्यस्त,
छोराछोरी मोबाइलमा व्यस्त
जतिबेला पनि घोप्टो पर्यो
त्यही मोबाइल चलायो
दिन कटायो
कोही केही बोल्न हुन्न ।

नतिजा
चिड्चिडाहट ,
एन्जाइटी,
डिप्रेसन,
आत्महत्या

सामाजिक सञ्जालबाट साभार

26/06/2024

SEE Update: SEE को नतिजा भोलि बिहान 9 बजे सार्वजनिक हुने भएको छ ।

19/06/2024

सावधानी अपनाऔं, सतर्क रहौं : देशका ७२ वटा जिल्लामा एक हजार भन्दा बढीमा डेंगु संक्रमणको पुष्टि हुदाँ लुम्बिनी प्रदेशमा १४८ जनामा डेंगु संक्रमणका बिरामी भेटिएका छन ।

News sources tilottama khabar

 #मणिग्राममा_बेवारिसे_कार : तिलोत्तमाको मणिग्राममा लुम्बिनी एफएम टोलमा रहेको माछापुछ्रे पथमा एक हप्तादेखि एउटा कार पार्क...
17/06/2024

#मणिग्राममा_बेवारिसे_कार : तिलोत्तमाको मणिग्राममा लुम्बिनी एफएम टोलमा रहेको माछापुछ्रे पथमा एक हप्तादेखि एउटा कार पार्किङ गरिराखेको अवस्थामा रहेको स्थानीयले बताएका छन् । एक हप्तादेखि एकै स्थानमा पार्किङ गरिराखेको कार लिन कोही नआएपछि शङ्कास्पद ठानी स्थानीयले टोल विकास संस्थामा खबर गरेका हुन् । वा १२ च ९४८० नम्बरको मारुति स्विटको सेतो रंगको कार एक सातासम्म एफएम टोलमा रहेको तर कोही लिन नआएको स्थानीयले जानकारी दिएका छन् । बेवारिस कारका विषयमा प्रहरीलाई समेत खबर गरेको तिलोतमा ५ का वडा सदस्य हरि पन्थी र लुम्बिनी एफ एम टोल विकास संस्थाका अध्यक्ष मोहनसिंह थापाले जानकारी गराउनुभयो । टोल विकास संस्थाका प्रतिनिधिहरूले सोधपुछ गर्दा गाडी कसको हो भन्ने पत्ता नलागेको र प्रहरीलाई जानकारी गराएको भएपनि समयमै छानबिन नगरिएको स्थानीय टोल विकास संसथाका उपाध्यक्ष लक्ष्मणबहादुर सुवेदीले गुनासो गर्नुभयो ।

News sources Tilottama khabar dabali

13/06/2024

नवलपरासीमा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु, एक जना बेपत्ता
तिलोंत्तमा । जेठ ३१ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर आज दुई मजदुरको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए । पुरिएकामध्ये कावासोती नगरपालिका-५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको खोजी भइरहेको छ । ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ पौडेलले जानकारी दिए ।
News Source tilottama khabar

01/06/2024
21/05/2024


नागरिकता किर्ते प्रकरणमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई विरुद्ध पक्रा'उ पुर्जी जारी ।

20/05/2024

भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।

जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन ।

B***n

15/05/2024

: उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । #थपसमाचारकमेन्टमा

बाल्यकालमा हावा हुरी आउँदा आँप बटुल्ने बालबालिका अहिले फेसबुकमा बसेर आँपका तस्बिर हेरिरहेका छन्....! 😗 page follow गर्नु...
10/05/2024

बाल्यकालमा हावा हुरी आउँदा आँप बटुल्ने बालबालिका अहिले फेसबुकमा बसेर आँपका तस्बिर हेरिरहेका छन्....! 😗 page follow गर्नुहोला ❤️❤️❤️❤️ जय शृी राम 🙏🙏

08/05/2024

Dubai

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Khadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Khadi:

Videos

Share