Kumbir यो पेजमा हुने समाचारहरु हेरेर कस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिन नभुल्नु होला ।
(1)

22/11/2024

युरोप जाने चाहनेहरुको लागि अब ढुक्क संग Connect global HR मा सम्पर्क गर्न सक्नु हुने छ , ।

18/08/2024

नेपालमा Hamster Kombat बाट यसरि पैसा कमाउनुहोस लिंक कमेन्टमा छ जोइन हुनुहोस

चिल जसलाई हामी ईगल पनि भन्नेगर्छौ ! जुन उमेरमा बाकी चराहरुको बच्चाले कराउन चिच्याउन सिक्दै गर्दा त्यस उमेरमा एक आमा चील ...
08/06/2024

चिल जसलाई हामी ईगल पनि भन्नेगर्छौ ! जुन उमेरमा बाकी चराहरुको बच्चाले कराउन चिच्याउन सिक्दै गर्दा त्यस उमेरमा एक आमा चील आफ्नो बच्चालाई खुट्टाको पन्जाको सहायताले बच्चालाई लिएर माथी आकाशमा उड्छे ! पंछिको दुनियाँमा यस्तो कठोर तालीम अरु कसैको हुँदैन !

आमा चिल आफ्नो बच्चालाई लिएर लगभग १२ Km. आसपासमा उड्छे जति माथी हबाइजहाज उड्ने गर्छ त्यो दुरि तय गर्नलाई आमा चिललाई ६ देखि ९ मिनेट सम्ममा पुर्‍याउछे ! त्यहाँ देखि सुरु हुन्छ उस बच्चाको कठिन परिक्षा !
अब बच्चालाई यहाँ आमाले भन्छे कि, तँ के को लागि जन्मिएको होस? तेरो दुनियाँ के हो? तेरो उचाइ कति छ? तेरो धर्म धेरै ठूलो छ ! र फ़ेरि आमा चिल त्यस बच्चालाई आफ्नो खुट्टाको पन्जाबाट छाड्दिन्छे...!

पृथ्वीमा माथी देखि तल खस्दैगर्दा लगभग २ Km त्यस बच्चालाई आभास नै हुदैन कि उसको साथमा के भैरहेको छ ! ७ km तल झर्दैगर्दा त्यस बच्चाको पखेटा खुल्न थाल्छ ! लगभग ९ km तल झर्दैगर्दा उसको पखेटा पुरै खुल्छ ! यो जिबनमा पहिलो कठिनाइ मुक्त भएको हुन्छ !

अब जमिनबाट लगभग ३००० मिटर उ टाढा छ ! तर अझै उड्न सिकेको छैन ! अब माथिदेखी जमिन तर्फ नजिक आइ रहेको छ ! जहाँबाट आफ्नो इलाका देख्न सक्छ ! अहिले उसको दुरि पृथ्वीबाट ७००/८०० मिटर मात्र बाकी छ ! तर त्यस बच्चाको पखेटा त्यति बलियो छैन कि उ उड्न सकोस् ! जमिनबाट लगभग ४००/५०० दुरि माथी आउदै गर्दा अब उसलाई लाग्छ कि उसको जिबनको यो नै अन्तिम यात्रा हो ! अचानक एक खुट्टाको पन्जा त्यस बच्चा नजिक आएर उसलाई समात्छ... !

यो पन्जा उसको आमाको हुन्छ ! जो ठिक उसको माथी लुकेर उडि रहेको हुन्छ ! र बच्चालाई यस्तै खाले तालिम निरन्तर चलिनै रहन्छ ! जब सम्म कि उ उड्न सिक्दैन ! यो तालीम एक कमान्डो जस्तै हुन्छ ! त्यसपछि एक मजबुत चील यो संसार ले पाउछ !

यो चिल आफुभन्दा १० गुणा वजन जिबलाई पनि सिकार गर्न सक्छ!
नेपालमा एक कहावत छ - हुने बिरुवाको चिल्लो पात..!

अबश्यपनी आफ्नो सन्तानलाई आफू संगै आफ्नो निगरानीमा राख्नुहोस ! उसलाई संसार को कठिनाइ बारे जानकारी गराउनुहोस् ! उसलाई परिश्रम गर्न सिकाउनुहोस् ! उनिहरुलाई लड्न सिकाउनुहोस् ! बिना आबश्यकमा पनि संघर्ष गर्न सिकाउनुहोस् !

अहिले को अनन्त मुखी र अनुयायी हरुको बानी छ ! अभिभावक हरुको बेहिसाब माया ममता मा राखेर आफ्नो छोराछोरी (बोइलर कुखुरा) जस्तै बनाउदै गएका छन् ! जसको साथमा मजबुत खुट्टा त छ तर हिड्न सक्दैनन् ! वजनदार पखेटा त छ तर उड्न सक्दैनन् ! किनकी गमला को बिरुवा र जमिनको बिरुवामा धेरै फरक हुन्छ !

19/05/2024

• जिन्दगी उमेरले होईन अनुभवले चल्छ ।
एक अर्कालाई लात हानेर होईन, एक अर्का सङ्ग सहकार्य र हातेमालो गरेर अघि बढछ।

भाँचिएको रुखमा त नयाँ जिवन फुल्दछ भने तिमी किन आतिन्छौं मित्र , धैर्य गर्न सक्नु पर्छ हरेक कूरा काे दिन आउँछ।
18/05/2024

भाँचिएको रुखमा त नयाँ जिवन फुल्दछ भने तिमी किन आतिन्छौं मित्र , धैर्य गर्न सक्नु पर्छ हरेक कूरा काे दिन आउँछ।

हार्दिक श्रद्धाञ्जली भेलु बाजे ।
02/05/2024

हार्दिक श्रद्धाञ्जली भेलु बाजे ।

हेरौं र सिकौं ।बालेन सबै आफै जान्दैनन् , जान्ने संग ( बिधागत ) सल्लाह लिन्छन, निर्णय गर्छन, पछाडी फर्किदैनन । अब उनी केव...
28/04/2024

हेरौं र सिकौं ।
बालेन सबै आफै जान्दैनन् , जान्ने संग ( बिधागत ) सल्लाह लिन्छन, निर्णय गर्छन, पछाडी फर्किदैनन । अब उनी केवल एक स्थानिय तहका नागरिकले होईन देशभरकै नागरिकले अभिभावक मान्ने लाईनमा अगाडि बढ्दै छन ।
यो हो "काम हैन कुरा भन्ने उदाहरण"

28/04/2024

इलामको चुनावमा कस्ले जित्छ ?

Have a safe flight both of you 😃 Qatar 😁
24/04/2024

Have a safe flight both of you 😃 Qatar 😁

नयाँ बर्षमा मैले छोडनुपर्ने ३ कुरा लेख्नुहोस् !
11/04/2024

नयाँ बर्षमा मैले छोडनुपर्ने ३ कुरा लेख्नुहोस् !

10/04/2024

यो पेजबाट आएका पोस्टहरु कस्तो लागि रहेको छ कमेन्ट गर्नुहोस है ।

10/04/2024

जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछ —

१. गरिब, दुःखी, बिरामी, वृद्ध, भिखारीहरूमा पनि मान्छेहरू देखिन थाल्छन् !

२. अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् अरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् ।

३. आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !

४. कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !

५. कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !

६. आमा-बुबाको मूल्य बुझिन्छ !

७. प्रेम र काम बासनाको अन्तर बुझिन्छ !

८. स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !

९. यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !

१०. जीवनमा शिक्षाको महत्व बुझिन्छ !

११. फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्छन् तर दैनिक वास्तविक जीवनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभवी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !

१२. धेरै किताब पढ्ने मान्छेहरूलाई केवल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानवता !

१३. हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !

१४. यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्छन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !

दुई हातले दिएको सफलता — Zion Clark जन्मदै कम्मरमुनीका खुट्टा पलाएनन् । किनभने गर्भावस्थामा उनको आमाले विभिन्न थरीका लागू...
10/04/2024

दुई हातले दिएको सफलता — Zion Clark जन्मदै कम्मरमुनीका खुट्टा पलाएनन् । किनभने गर्भावस्थामा उनको आमाले विभिन्न थरीका लागूऔषध सेवन गरेकी थिइन् । बच्चा जन्मेपछी बुवा-आमाले उनलाई हुर्काउन चाहेनन् । उनलाई एडप्ट गर्नको लागि फोस्टर होममा छोडियो । तर १६ वर्षसम्म उनलाई कसैले आफ्नो सन्तान बनाउन चाहेनन् । त्यो अवधीमा उनले निकै दुर्व्यवहार र यातना भोगे । उनलाई बारम्बार म बाँचेर के अर्थ भन्ने लागिरह्यो । तर एक दिन Kimberli Hawkins उनको जीवनमा आमा होइन, भगवान बनेर आइन ।

उनैले उनमा आँट, सहस र विश्वास भरिदिइन् । अर्थहीन लागेको आफ्नै शरीर प्रति उनको विश्वास पलाएर आयो । जीवनमा उद्देश्य भेटे उनले । आफ्नो हात र शरीरको बलमा उनले रेसलिंग सिके । शरीरलाई बलियो बनाए । र, खुट्टाले गर्ने काम हातले गर्न थाले । उनि आफ्नो दुइ हातले सबैभन्दा छिटो दौडिएर गिनिज बुकमा नाम लेखाए । त्यो बाहेक आज उनको नाममा अरू दुई गिनिज बुक रेकर्ड कायम छ ।

आफू माथीको विश्वास र निरन्तरको अभ्यास हुने हो भने कुनै पनि अवस्थाबाट माथी उठ्न सकिन्छ भन्ने उदहारण हुन् उनि । आज उनको आँट र विश्वास लाखौंको लागि प्रेरणा बनेको छ ।

भर्रखरै विवाह गरेको घरकी एक्ली बुहारी निजी बैंकमा ठूलो पदमा जागिरे थिइन् । उनकी सासुको करिब एक वर्षअघि निधन भएको थियो । ...
10/04/2024

भर्रखरै विवाह गरेको घरकी एक्ली बुहारी निजी बैंकमा ठूलो पदमा जागिरे थिइन् । उनकी सासुको करिब एक वर्षअघि निधन भएको थियो । घरमा वृद्ध ससुरा र श्रीमान् बाहेक कोही थिएनन् । श्रीमानको आफ्नै व्यवसाय थियो ।

केही दिनयता बुहारीसँग एउटा अनौठो कुरा चलिरहेको थियो । बुहारी घरायसी काम सकेर अफिस जाने बेलामा ससुराले भने, "बुहारी, मेरो चस्मा सफा गरेर मलाई दिन सक्छौ कि ?।" अफिस जाँदा बुहारीलाई ससुराले सधैं चस्मा सफा गर्न भन्थे । कामको दबाब रसमयमा काममा निस्कन नपाउदा कहिलेकाहीँ बुहारीलाई मनमा रिस उठ्छ तर ससुरालाई केही भन्न सक्दिनन् ।

ससुराको यस्तो बानीबाट बुहारी पुरै दिक्क भइन्, उनले पतिलाई सबै कुरा सुनाइन्, बुवाको यस्तो व्यवहार देखेर श्रीमान् पनि छक्क परे तर बुहारीलाई केही भनेनन् । बुबा श्रीमानले आफ्नी श्रीमतीलाई सल्लाह दिए कि बिहान उठ्ने बित्तिकै बुवाको चस्मा सफा गरेर कोठामा राखिदियों भने यो समस्या समाधान हुन्छ कि भनेर सुझाए ।

भोलिपल्ट बुहारीले पनि त्यस्तै गरिन् र बिहानै ससुराको चस्मा राम्ररी सफा गरेर कोठामा राखिन् तर त्यस दिन पनि त्यही घटना दोहोरिन पुग्यो र अफिस जानुअघि ससुराले बुहारीलाई बोलाएर चस्मा सफा गर्न भने। बुहारी रिसले रातो भइन् तर रिसलाई कन्ट्रोल गर्नुको विकल्प थिएन । बुहारीले जति उपाय गरे पनि बिहान अफिस जाँदा ससुराले चस्मा साफ गर्न अर्हाउन छोडेनन् ।

बिस्तारै केहि वर्ष यसरी नै बित्यो । अब बुहारी पनि परिवर्तन भइसकेको थिइन् । बिस्तारै उनले ससुराको कुरालाई बेवास्ता गर्न थालिन् र एक समय यस्तो आयो जब बुहारीले ससुरालाई पूर्ण रूपमा बेवास्ता गर्न थालिन् । ससुराले केही बोल्दा पनि उनले कुनै प्रतिक्रिया जनाइनन् र चुपचाप आफ्नो काममा व्यस्त भइन् । समय बित्दै जाँदा एक दिन वृद्ध ससुरा पनि बित्नुभयो ।

समयको चक्र रोकिनेवाला थिएन, घुमिरह्यो । त्यो दिन छुट्टी थियो। एक्कासी बुहारीको मनमा घर सफा गर्ने सोच आयो । घर सफा गर्न थालिन् । त्यसपछि सरसफाई गर्दागर्दै उनको मृत ससुराको डायरी भेटियो। जब बुहारीले ससुराको डायरी पल्टाउन थालिन्, त्यसको एउटा पानामा लेखिएको थियो —

"आजको चहलपहल, चरम तनाव र व्यस्त जीवनमा घरबाट बाहिर निस्किदा आफ्ना सन्तानले ठूलाको आशीर्वाद लिन बिर्सन्छन् । तर ठूलाको आशीर्वादले अप्ठ्यारो समयमा सधै अवचको काम गर्छ । त्यसैले त तिमीले चस्मा सफा गरेर झुकाएर मलाई दिरहदा, मनमनै म तिम्रो टाउकोमा हात राख्थें, किनकी मर्नुअघि तिम्रो सासुले मलाई मलाई भनेकी थिइन्, 'आफ्नो बुहारीलाई सधै माया गर्नु भन्नुभएको थियो । बुहारीलाई आफ्नो छोरी जस्तै बनाउनु र कहिले पनि उनी आफ्नो ससुराको घरमा छौ भन्ने आभास हुन नदिनु । उनको सानातिना गल्ती लाई आफ्नो अज्ञानता सम्झेर माफ गरिदिनु ।' यसैले मेरो आशिर्वाद सदैव तिम्रो साथमा छ बुहरी !

डायरी पढेपछि बुहारी रुन थालिन् ।आज ससुरा बितेको २ बर्ष भन्दा बढी भैसक्यो तर आज पनि हरेक दिन बिदा हुँदा घरमा, उनी आफ्नो ससुराको चश्मा सफा गर्छिन् र उनको टेबुलमा राख्छिन्, ताकी उनको नदेखेको हातबाट आशीर्वाद प्राप्त मिलिरहोस ।

---
जीवनमा हामी सम्बन्धको महत्व तबसम्म बुझ्दैनौं, जबसम्म हामीले महसुस गर्छौं, तिनीहरू हामीबाट टाढा भइसकेका छन्। यसैले आफ्ना अग्रज साथमा रहँदा नै सम्बन्धको सुमधुर बनाइरहनुहोस् ।

जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तोताले सोधे — सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनु...
09/04/2024

जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तोताले सोधे — सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनुहुन्छ ?

रतन टाटाले भने — मैले जीवनमा खुशीका चार चरण पार गरेको छु, र यी चार चरण पश्चात खुसीको अर्थ बुझ्न सके ।

पहिलो चरणमा धन र सम्पति कमाउनु थियो । तर यो चरणमा मैले चाहेको खुशी पाउन सकिन ।

त्यसपछि दोस्रो चरणमा आफूलाई मन परेका महंगा र वहुमुल्य सामन जोड्नु, सोख पुरा गर्नु थियो । तर यो कुराको प्रभाव पनि क्षणिक हुन्छ र बहुमूल्य वस्तुको चमक धेरै दिन टिक्दैन भन्ने बुझेँ ।

त्यसपछि तेस्रो चरणमा ठूलो परियोजना प्राप्त गर्नु थियो । त्यो बेला भारत र अफ्रिकामा डिजेल सप्लाई गर्ने प्रोजेक्ट पाए । म भारत र एशियाको सबैभन्दा ठूलो स्टिल कारखानाको मालिक पनि थिएँ। तर यहाँ पनि मैले सोचे जस्तो खुशी पाउन सकिन ।

चौथो चरण थियो जब मेरो एक साथीले मलाई अपाङ्गता भएका बालबालिकाका लागि ह्वीलचेयर किन्न आग्रह गरे । साथीको आग्रहमा मैले तुरुन्तै ह्वीलचेयरहरू किनें ।

तर साथीले मलाई उनीसँगै गएर बच्चाहरूलाई ह्वीलचेयर वितरण गरिदिन आग्रह गरे। म तयार भएँ र उनीसँगै गएँ । त्यहाँ मैले यी बालबालिकाहरूलाई आफ्नै हातले ह्वीलचेयर दिएँ । ती बालबालिकाको अनुहारमा अनौठो खुशीको चमक देखेँ । मैले ती सबैलाई ह्वीलचेयरमा बसेर, घुमफिर गरेको र रमाइलो गरेको देखेँ ।

मैले आफू भित्र साँच्चै खुशी महसुस गरें।

जब कार्यक्रम सकियो र म फर्कन लागेको थिए, एउटा बच्चाले मेरो खुट्टा समात्यो। मैले बिस्तारै खुट्टा छोड्ने कोसिस गरें, तर बच्चाले मेरो अनुहार हेर्यो र मेरो खुट्टालाई समातिरह्यो । मैले झुकेर बच्चालाई सोधें — तिमीलाई अरू केही चाहिन्छ?

यो केटाले दिएको जवाफले मलाई स्तब्ध बनाएको मात्र होइन, जीवनप्रतिको मेरो दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गरिदियो ।

यो बच्चाले भन्यो — "म तपाईको मुहारलाई हेरेर सम्झन चाहन्छु ताकि जब म तपाईलाई स्वर्गमा भेट्नेछु, त्योबेला म तपाईलाई चिन्न सकूँ र फेरि एकपटक धन्यवाद दिन सकूँ।"

09/04/2024

बुवा बाँचुन्जेल छोरी माइतीघर हक ले आउँछिन् र घरमा पनि जिद्दी गर्ने गर्छिन्। उनलाई कसैले केही भन्यो भने हिम्मत ले भन्ने ग...
08/04/2024

बुवा बाँचुन्जेल छोरी माइतीघर हक ले आउँछिन् र घरमा पनि जिद्दी गर्ने गर्छिन्। उनलाई कसैले केही भन्यो भने हिम्मत ले भन्ने गर्छिन्, यो मेरो बुबाको घर हो ।

तर बुबा स्वर्गवास भएपछि छोरी माइतीघर आउछिन र यति धेरै रुन्छिन कि सबै आफन्तजन छिमेकीले थाहा पाउँछन् छोरी आइ पुगिछ भनेर ।

र उनै छोरीले त्यसै दिन आफ्नो हिम्मत हार्छिन्, किनकी त्यस दिन उनको बुबा मात्रै होइन उनको त्यो हिम्मत पनि मर्ने गर्छ ।

तपाईंले पनि महसुस गर्नुभएको छ होला बुबाको मृत्यु पछि छोरी कहिले आफ्नो दाजुभाइ-भाउजू-बुहारीको घरमा उनले जिद्दी गर्दिनन् जुन आफ्नो बुबा हुने बेला गर्ने गर्थिन्। जे भागमा आउँछ खन्छिन् , जे दिन्छन् लगाउँछिन् किनकि जबसम्म उनको बुबा हुनुहुन्थ्यो तबसम्म सबै कुरा उनको थियो यो कुरा उनले राम्रोसँग जान्दछिन ।

अगाडि लेख्नको लागि हिम्मत छैन, मात्रै यति भन्छु बुबाको लागि छोरी उसको जिन्दगी हुन्छिन्। तर बुबाले कहिले यो कुरा भन्दैनन । र छोरीको लागि बुबा संसारको सबैभन्दा ठूलो हिम्मत र सान हुन्छन् , तर छोरीले पनि यो कुरा कसैलाई भन्दैनन । बुबा छोरीको माया सागर भन्दा गहिरो हुन्छ ।

लेखक — सन्तोष कार्की 'मौसुफ'

 #मननयोग्य
08/04/2024

#मननयोग्य

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Kumbir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category