04/25/2023
घर पालुवा जनावर #कुकुर र #बिरालोलाई केही भै हाले भुम्लु
गाउँपालिकामा पशु शाखामा लगेर पनि #राम्रो #उपचार नहुने रछ,
मानिस भन्दा पनि बफादार मानिने घर पालुवा जनावर कुकुरलाई मानिन्छ जस्ले मालिकको रक्षा गर्छ भने घरको सुरक्षा गर्छ । त्यसैले हिजो आज गाउँघरमा प्रत्यकको घरमा एउटा न एउटा कुकुर माया गरेर पालेको हुन्छ । यदी त्यस्लाई केही भैहाल्यो भने पिर र चिन्ता पर्छ र उपचारको लागि भेटेरेनरी अस्पातल लान हतारो हुन्छ । शहर मा त जताततै भेटेरेनरी अस्पातल वा क्लिनिक पाउछ तर गाउँ घरमा भने गाउँपालिका मै रहेको पशु शाखाको मुख ताक्नु पर्छ र बाध्यता बस लानु पर्छ, तर त्यहा भने कुनै सेवा हुन्न ।
यस्तै घटना हामी आफैलै परेको छ् अर्थात् रेडियो टप टाउन लाई । रेडियो टप टाउन्मा एउटा सानो कुकुर पालेको थियो जस्को नाम टासी राखेका थियौ । नीकै माया गरेको पालेको टासि राम्रै बातावरणमा हुर्किदै थियो, हामीले तालिम पनि दिएका थियौ, भनेको सबै मान्थ्यो र सानै भएकोले होला चकचक् अली बढि गर्थ्यो त्यैपनी हामीले माया गरेका थियौ, घटना ९ गते बिहानको हो । बिहान टासि उठ्न अल्छी गर्यो तैपनी हामीले उठायोउ त्यस्पछी हामी आ-आफ्नै काममा ब्यस्त थियौ र पनि उस प्रती नजर लगाई राखेको हुन्थ्योउ अली उस्को अनुहार निराश अनी न्याउरो थियो बिहानको खाना दियोउ खाना पनि बिस्तारै खायो खान मन नलागी नलागी हामी अचम्म पर्योउ जहिले हामीले खांदा उस्लाई पनि लेउ भनेर काराउथ्यो तर त्यस दिन खाना खाइ सकेपछी एकै छिन्मा भोमिट् गर्यो हामीले सम्झियोउ बढी खाएर होला भोमिट गरेको । अझै झन झन निराश र कम्जोरी हुँदै गयो टासि - थुप्रै चोटि निरन्तर भोमिट गर्दै गयो गर्दै गयो पनि खाँदै भोमिट गर्दै पछी हामीले उपचार को लागि सोच्योउ र गाउँपालिकाको पशु शाखामा कल गर्योउ पशु शाखाका हाकिम गोस्ठीका लागि धुलिखेल जानु भाको रहेछ शाखामा एक जना कर्मचारी हुनुहुन्छ जानुस् भन्नु भयो, हतार हतार टासि लाई लिएर पालिका पुग्योउ त्यहा एक कर्मचारी हूनुहुदो रछ मैले टासिको समस्या बताएे तर उक्त कर्मचारीले मेरो कुरा राम्ररी ध्यान दिएन फेरी पनि भने उेस्ले फोन घुमाउन थाले, धेरै चोटि फोन लगाए तर उठेन । मैले सोधे - कस्लाई फोन गर्नु भाको र किन ? उस्ले जवाफ दियो हाकिम लाई फोन गरेको औषधी के र कुन दिउ भनेर जान्न अनी कता राखेको छ भनेर रे । मलाई रिस उठ्यो र मैले भने किन र बिरामी अगाडि आएपाछी बिरामीको अवस्था हेरेर के भाको के औषधी दिदा हुन्छ भन्ने तपाईं लाई थाहा छैन ? उस्ले भन्यो औषधी कता छ् सोध्नु पर्यो रे अनी फेरी एक जना महिला कर्मचारी लाई फोन लागायो अनी सोध्यो उता बाट जे जे भन्यो सोही अनुरुप जानेर हो वा नजानेर टासी लाई ४ प्रकारको ईन्जेक्सन लगायो । बल्ल आशा पलायो हामीलाई अब बाँच छ होला भनी घर लायोउ तर उस्को अवस्था झन नाजुक हुँदै गयो फेरी बेलुका मैले पशु शाखाका हाकिम बिजय थापाजिलाई कल गरे वहाँ ले फोन मै सुझाब दिनु भयो हाम्रो पालिकामा कुकुरको लागि खासै पूर्ण रुपमा औषधी पर्याप्त छैन हजुर अहिले लाई भोमिट रोकिने र खाना पच्ने औषधी दिनुस् तर त्यो चै मान्छेको औषधी हो त्यस्ले पनि काम गर्छ भन्नु भयो । होलानित भनेर राती ८ बजे भुम्लु टारको मेडिकलमा गयोउ र औषधी किनेर लायोउ तुरुन्त खान पनि ख्वाईहाल्योउ । फेरी मन मा आर्को आशा पलायो अब बाँच छकी भन्ने । बाच्यो भने भोली पल्ट फेरी उपचार् को लागि भुम्लु टार ८ का एक पशु चिकित्सक आउने कुरा गर्नु भाको थियो जो कर्मचारी २ दिन भएछ परिक्षा को लागि काठमन्डौ गएको । झिनो आशा सहित् हामीले खाना खायोउ र उस्लाई पनि दियोउ तर खाना हेर्दा पनि हेरेन होस् अब औषधी दिएका छौ आज को रात कट्छ होला बिहान त उपचार् भाईहाल्छनी भनेर सुत्योउ ।
तर बिहान सबेरै उठेर हेर्दा उस्ले प्राण त्यागी सकेको रहेछ । साह्रै दु:ख लाग्यो त्यती माया गरेर पालेको, ऊ सँग खेलेको याद आयो मन रोयो अनी उस्को शरीर अली पर खोलाको छेउमा लगेर गाडी दियोउ - तिम्रो स्वर्ग मा वास होस् र आत्माले शान्ती पावओस भनी अनी हामी फर्कियो ।
यो सम्पूर्ण कुरा राख्नु को आशय मात्रा केवल गाउँपालिकालाई झक्झकाउन हो ।
#हाम्रा केही #प्रश्नहरु छन #गाउँपालिका लाई
१) गाई बस्तुको मात्रा पशु शाखा होकी त्यस्मा यस्ता कुकुर बिरालो पनि पर्छ ?
२) यदी पर्छ भने किन उपचार्का लागि पर्याप्त औषधी र उपकरण छैन ?
३) यदी पर्दैन भने किन रेबिजको खोप भन्दै टोल टोल मा कुकुर खोज्दै हिंडेको ?
४) किन बन्ध्यकरणको नाममा टोल टोलमा कुकुर खोज्दै हिंडेको?
५) किन कर्मचारी लाई औषधीको बारेमा जानकारी नभएको ?
६) कर्मचारीको बोल्ने शैली किन रिसउठ्दो भाको ?
महँगो कुकुर भए पनि लोकल कुकुर भएपनी एउटा बफादार जनावर हो बेलैमा राम्रो उपचार पाएको भए टासीले नयाँ जीवन पाउथ्यो होला तर आज गाउँपालिकाको लापर्बाहीले गर्दा उस्को ज्यान गयो । यसरी टासि को जस्तै अरु कुकुरको पनि ज्यान नजावओस् भनी हामी भन्न चाहन्छौ र बिन्ती छ पशु शाखाको नाम मा #एउटा #नाम मात्र अनी खाली #तालिम #मात्र अनी #मासिक #तलब पकाउने/ पचाउने काम मात्र नहोस् ।
गाई बस्तु को पनि भै परि आउने दुर्घटनाको बिमा रकम पनि समय मा नआउने बार्षौ कुर्नु पर्ने किसानको बाध्यता छ । जस्लाई पशु पालन को (प )पनि थाहा छैन उसैलाई अनुदान पर्छ । जस्ले गरेर खान्छु भन्यो उस्लाई रित्तै । यस् बिषयमा पनि पालिकाको ध्यान जान जरुरी छ् ।
😭😭