Rj Kumar Abiral

Rj Kumar Abiral journalist & media person

Life= Ups & down ♥️
16/11/2024

Life= Ups & down ♥️

मन, बचन र कर्म सकारात्मक भए तपाईंलाई कसैलेपनि दु:ख दिन सक्दैन।♥️ ॐ नम: शिबाय।।
09/11/2024

मन, बचन र कर्म सकारात्मक भए तपाईंलाई कसैलेपनि दु:ख दिन सक्दैन।♥️ ॐ नम: शिबाय।।

रेफ्री तेरो डिसिजन पक्ष तेरो तर जित मात्र मेरो ...!❤️🇳🇵
27/10/2024

रेफ्री तेरो
डिसिजन पक्ष तेरो
तर जित मात्र मेरो ...!❤️🇳🇵

21/10/2024

"तपाई मीठो बोल्नुस, मीठो बोली नै फर्किन्छ। झर्केर बोल्नुस् कर्केर जवाफ आउँछ। कसैको आलोचना नगर्नुस् तपाईको आलोचनापनि कसैले गर्ने छैन। आवश्यकता भन्दा बढि अरूको प्रसंशा पनि नगर्नुस्। आवश्यकता भन्दा बढिपनि नबोल्नुस्। मनको कुरा अरूलाई नखोल्नुस्। अरूको गोप्य कुरा थाहा पाउने कोसिसपनि नगर्नुस्। कसैलाई आवश्यकता भन्दा बढी बिश्वास र प्रेम नगर्नुहोस्। आफ्नै दैनिक कर्ममा समय बिताउनुस्। जे छ त्यसैमा रमाउनुस्। परिबार, साथीभाइहरू संग घुमघाम गर्नुहोस्। साधारण जिन्दगी जिउनुहोस। छलकपट नगर्नुहोस्। सबैलाई सम्मान र प्यार् दिनुहोस। बैगुणी नबन्नुहोस। बस् यतिभए जीन्दगी आनन्दै आनन्दले चुमिरहने र खुशी नै खुशीले कट्नेछ।"🙏❤️

15/10/2024

१७ देखि २० लाखसम्म खर्च गरेर जापान र युरोप छिर्नेहरु प्रती समर्पित।।🙏

बडो शानले काधमा देशको झन्डा हालेर सुर्केस गुड्काउदै त्रिभुवन विमानस्थलमा खिचिएका तस्वीर फेसबुकमा अपलोड हुन्छन् र त्यहा बडो खुसियालीका साथ लेखिन्छ "उच्च शिक्षा अध्ययन सफल रहोस शुभकामना बधाई" आदि इत्यादि ।
सर्बप्रथम यहाँ जोड्न खोजेको प्रसंग के हो भने १७ देखि २० लाखसम्म रुपैयाको स्रोत के हो ? कमाएर राखेको नगद होकि ऋण हो ? कमाएर बैंकमा राखेको पैसा निकालेर जाँदै हुनुहुन्छ भने त मेरो केही भन्नू छैन त्यो तपाईंको व्यक्तिगत सम्पती हो जसरी प्रयोग गर्नुहुन्छ गर्नुस् तर लहडमा सयकडा २/३ र बैंकको ब्याजमा घर जग्गा धितो राखेर, ऋण काढेर देशको झन्डा काधमा भिरेर अर्काले समुन्द्र छेउमा आइफोनले खिचेको तस्बिर देखाउन र स्टान्डर्ड मेन्टेनका लागि बिदेश जाँदै हुनुहुन्छ भने तपाईको जिन्दगी त्यो ऋण गरेको पैसा तिरेरै बित्छ। गएकाहरुको अनुभवको आधारमा भन्ने हो भने त्यहा कोठाभाडा, मोबाइलको ऋण, कलेजको फी तिरेर बाकी रहेको पैसा नेपाल पठाउने हो जबकि उक्त पठाएको पैसाले सावा त के पाकेको ब्याज पनि धान्दैन।
तपाईले दु:ख सुख गरेर बचाएको पैसा ३ महिनामा बल्ल तल्ल नेपाल १ लाख पठाउनु होला तर महासय तपाईं गएको त ब्याजकै पैसामा हो ३ महिनासम्म तपाईलाई २० लाख कर्जाले माया गर्दैन बढेर २१ लाख पुगिसकेको हुन्छ हैन र ? समुन्द्र छेउमा बसेको फोटो त छिमेकीले पक्कै देख्छ, मेरो छोरो जापान वा युरोप छ भनेर बा आमाले त पक्कै छिमेकी र आफन्तलाई स्वाग दिन्छन तर २१ लाखले तपाईलाई जिस्काइरहेको छ ।
एक पटक नेपाल आएर फेरि फर्कदा ७/८ लाख खर्छ हुन्छ । पुरानै २० लाख नतिरी कसरी देश फर्किने सम्भावना नै छैन अनि फेरि ७ लाख खर्च गरेर २८ लाख ऋण बन्ने कुरामा दुईमत छैन । तपाई देश फर्किने बाटो पनि सहज छैन तपाइँलाई रोक्ने त त्यही ऋण छ । एकपटक खुल्ला मस्तिष्कले सोच्नुस बिदेश तपाईको जिन्दगी बन्ने ठाउँ होइन त्यो त बन्दी बनाउने कारागार र डिप्रेसनको सिकार हुने ठाउ हो । सकिन्छ भने स्वदेशमै परिश्रम गरेर आत्मनिर्भर बनौं।🙏🇳🇵

साभार।।

07/10/2024

"दसैंको बेला हड्डी/मा-सु अड्किएर मृ'त्यु भएको खबरहरु बेला बेला सुनिन्छ। यसप्रकारका दुर्घटनाबाट बच्न स-सानो टुक्रा बनाएर, राम्रोसंग पकाएर, चपाउन र राम्रोसंग निल्न सक्ने बनाएर, हतार नगरी मात्र खाने गर्नुहोला!
दशैंमा फेरि मासु नै खानैपर्छ भन्नेपनि केही छैन।
शाकाहारी भोजन गरौं सदैव स्वस्थ्य रहौ।🙏

"सम्बन्ध मनले जोड्छ, बोलीले होइन ! केही मान्छे धेरै गफ गरेरपनि आफ्ना हुँदैनन्। कोही मौन रहेर पनि आफ्नो बनिदिन्छन्।" #शुभ...
07/10/2024

"सम्बन्ध मनले जोड्छ, बोलीले होइन ! केही मान्छे धेरै गफ गरेरपनि आफ्ना हुँदैनन्। कोही मौन रहेर पनि आफ्नो बनिदिन्छन्।"
#शुभदशैं🙏 ❤️
सबैलाई दशैंको शुभकामना।।

  : काठमाडौदेखि पुर्ब जाने अर्को वैकल्पिक सडक सञ्चालनमा, भकुन्डेबेंसीबाट तिमाल हुँदै सित्खा ३५ किमि मात्रै ।काभ्रेको भकु...
05/10/2024

: काठमाडौदेखि पुर्ब जाने अर्को वैकल्पिक सडक सञ्चालनमा, भकुन्डेबेंसीबाट तिमाल हुँदै सित्खा ३५ किमि मात्रै ।

काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक आजबाट सञ्चालनमा आएको छ । भकुन्डेबेंसीबाट तिमाल खैरेनीबाट सित्खासम्म करिब ३५ किलोमिटर र सित्खाबाट खुर्कोट २० किलोमिटर छ । यहि दुरी बिपी राजमार्गमा ५९ किलोमिटर थियो । यो सडक आजबाट नै मोटरसाइकल र साना सवारीका लागि सडक खुलिसकेको छ भने भोलिबाट यात्रुसवाहक बस सञ्चालनमा आउने छ ।

03/10/2024

रक्सीको बिषयमा सुझाव...✍️ ( सन्तोष मौसुफ कार्की )

रक्सी पिउने बानीले पहिला साथी बनाउँछ त्यसपछि तिनै साथीहरुसँग झगडा र अन्तमा एक नम्बरको दुश्मन बनाउँछ।

जसले रक्सीलाई साथी बनाउँछ उसलाई शत्रुको आवश्यकता पर्दैन।

मान्छेले पहिला रक्सीलाई खान्छ, त्यसपछि रक्सीले मान्छेलाई खान्छ।

भनिन्छ
जति मान्छेहरू खोला वा नदिमा डुबेका छैनन् त्यो भन्दा बढी रक्सीमा डुबेर मान्छेहरू मरेका छन्। रक्सीले मान्छेको घरको खुशी आनन्द र धन सम्पत्तिको नाश गर्छ।

रक्सिले मान्छेलाई भित्रभित्रै खाएर खोक्रो बनाउँछ।

के रक्सी खराब चिज हो?
तपाईंले यो कुरा त ति महिलाहरुलाई सोध्नुहोस जसको श्रीमान आधा रातमा फलानी र ढिस्कानी भन्दै फलाक्दै घरमा आउँछ र स्वास्नी छोराछोरीलाई लखेट्ने कुट्ने ससुरालीको कुरा निकालेर तथानाम गाली गर्ने गर्छ...

१•रक्सी शरीरको लागि दुश्मन
२•मर्न उक्साउने दलाल
३•अल्पबुद्धिको सिकार
४•भविष्यको लागि बेरोजगारी यदि रोजगार भएर जडिया भाको छ भने उसको छोराछोरी नै त्यो बाउको लागि एक नम्बरको दुश्मन बन्छन, किनकि त्यो जडिया बाउको कारण छोराछोरीले धेरै कुरा झेलेका हुन्छन् सहेका हुन्छन्..
५• श्रीमतीको लागि यो त फ्याटै मरे पनि हुन्थ्यो नि भन्ने रातो दिनको श्राप बन्छ उ।

छिमेकीको लागि काउसो बन्छ।

त्यसैले म सन्तोष कार्की मौसुफ जस्तै रक्सी, चुरोट, खैनी देखि टाढै बस्नुहोस।🙏

03/10/2024

"असोज २१ बाट बिपी राजमार्गको अस्थायी ट्र्याक भकुण्डेबेसी देखि नेपालथोक सम्म बाटो मर्मत भैइ यातायात सन्चालन हुने भन्ने कुरा आयो।"

01/10/2024

Rapid News = सोलुखुम्बुबाट छुटेको ५ वटा जिप यात्रु सहित ३ दिनमा घुर्मी, कटारी, भिमान, सिन्धुली, मरिन, दामन, चित्लाङ्ग चन्द्रगिरि हुँदै KTM प्रवेश गर्न सफल भएकाछन ।

01/10/2024

काठमाण्डाैबाट बाहिरिने सवारी साधनलाई आज ४ घण्टा सम्म एकतर्फी खुलाउद‌ैछ र काठमाण्डाै भित्रिने गाडीहरूलाई भने यतिबेला खानीखाेलामा राेकिएकाे छ।
यात्रामा बाहिर जादा मौसम तथा राजमार्गको जानकारी लिएर मात्रै हिड्ने गरौं।। धन्यवाद ।।🙏

12/09/2024

"जस्ले आफ्नो श्रीमती वा श्रीमानमा भएको नकारात्मक गुणहरुलाई पनि स्वीकार गर्छ भने सम्बन्ध टिक्छ नभए सजिलै टुट्छ।"

आफ्नाले आफ्नो खोज्छन्। नातासम्बन्धको महत्त्व बुझ्छन्। हेर्नैपर्ने कथा।💕🙏
07/09/2024

आफ्नाले आफ्नो खोज्छन्। नातासम्बन्धको महत्त्व बुझ्छन्।
हेर्नैपर्ने कथा।💕🙏

शायद सन् १९९० तिर झापाबाट एउटा फुच्चे केटो गलैंचा बुन्न भनी काठमाडौं आइपुग्छ । काठमाडौंमा केही समय बिताएपछि उमेर...

06/09/2024

तिजमा व्रत बस्ने कि नबस्ने।।
नारायण गाउँले।।🙏

विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्धापूर्वक गर्छन् । नगर्नेहरू पनि छन् तर तिनले गर्नेहरूको चेतना र व्रतको औचित्यलाई प्रश्न गर्दै खिसी गर्दैनन् । मैले त व्रत बसिन भन्दै 'अत्याधुनिक चेतना'को प्रदर्शन गर्दैनन् । रमजानको महिनामा अरबका शहरहरूले दिनभर रेस्टुरेन्ट खोल्दैनन् । दुबई लगायतका केही शहरमा शटर आधा झुकाएर, पर्दा लगाएर या व्रत बस्नेहरूलाई अप्ठेरो नपर्ने गरी खाना बेचिने रहेछ ।

हामीलाई तीजको एकदिन गरिने व्रत पनि अर्घेलो लाग्छ, मुख चिलाउँछ र जान्ने पल्टिँदै वैज्ञानिक बन्न मन लाग्छ !

व्रत, ध्यान, योग आदि साधना या उपकरणले शारीरिक या मानसिक फाइदा हुने त व्रत जसले गर्छ उसैलाई नै होला तर पनि एक दिनको व्रत श्रीमान् कै दीर्घायु र सुस्वास्थ्यका लागि समर्पण गरियो रे, के त्यो अनुचित हो र ? सुखदुःख र जीवन सँगै बिताउने श्रीमान् को दीर्घायु चाहनु अपराध हो र ? जीवनमा एउटा गाड़ी, मोबाइल, डिग्री या घडेरी पाउनका लागि त कति मिहिनेत, साधना र समर्पण चाहिन्छ भने जीवनसाथीजस्तो अत्यन्त महत्त्वपूर्ण व्यक्ति असल होस् भन्ने कामना राखेर एक दिन व्रत बस्नु अनुचित हो र ? खै पुरुषले बसेको अरे ! के यो व्यापार हो र ? नारी दिवस भन्ने त छ त । जिन्दगी हिसाबमात्रै हो र ? असल र यो संसारबाट तार्न सक्ने पत्नी दिनुहोस् भनेर नवरात्रिभर पुरुषले गर्ने व्रत पनि छ फेरि । औंशी, एकादशी, श्राद्ध, शिवरात्रि जस्ता अन्य थुप्रै व्रत पनि छन् । नभएकै भए पनि एक दिन भगवान् शिवको नाममा कुनै नारी व्रत बस्छिन् र आफ्नो श्रीमान् को आयु लामो होस् भन्ने कामना गर्छिन् भने त्यसमा कुनै दोष छैन ।

फेरि व्रत बस्नै पर्ने कठोरता पनि छैन । दिनको तीन चार पल्ट पूजा गर्नै पर्ने भन्ने पनि छैन । मन्दिर गए पनि हुन्छ, नगए पनि हुन्छ । व्रत बसे पनि हुन्छ, टन्न खाए पनि हुन्छ । नाचे पनि हुन्छ, घरमैं सुतेर बसे पनि हुन्छ । मानसिक पूजाको त विधान नै छ । बिस्तरामैं बसेर मनैमन पूजा गर्न पनि सकिन्छ । नगरे पनि तपाईंलाई धर्म या समाजबाट निष्काशन गर्न कोही आउने होइन । हरेक हप्ता व्रत बस्ने पनि छन् । ५१ हप्ता त अरू उद्देश्यका लागि पनि बाँकी रहन्छ ।
फेरि उद्देश्य भनेको कामना न हो । बिरामी हुँदा 'गेट वेल सुन' भन्ने कार्डले उपचार नै गर्ने त होइन । ह्याप्पी बर्थडे, मेनी रिटर्न्स अफ द डे भन्दैमा मान्छे मर्दै नमर्ने भन्ने पनि होइन । एउटा बहाना न हो उत्सव मनाउने, सेलिब्रेट गर्ने । प्रश्न नै गर्ने हो भने त जनयुद्ध दिवस मनाएर के हुन्छ, लेलिन, माओ या मार्क्सको जयन्ती मनाएर के हुन्छ, संविधान दिवस मनाएर के हुन्छ, बर्थडे नै मनाएर पो के हुन्छ ? हुनेलाई हुन्छ, नहुनेलाई हुँदैन ।
तीजले पुरुषको मात्रै आयु बढ्ने र महिलाको घट्ने भन्ने त नहोला ।

हो तैंले व्रत बस्नै पर्छ भनेर कुनै पुरुषले तपाईंको इच्छाविपरीत जबरजस्ती गर्यो भने त्यसविरुद्ध बोल्नै पर्छ । तर
बौद्धिक र आधुनिक हुने नाममा स्वेच्छाले व्रत बस्ने, रमाउने र आस्था राख्नेहरूलाई प्रश्न गर्ने, दुःखाउने या व्यङ्ग्य गर्ने तुच्छता देखाउन जरूरी छैन । आफैलाई सभ्य ठान्नुहुन्छ र यस्तो गर्नुहुन्छ भने त झन् पाखण्ड हुन्छ । सुधारवादी हुनुहुन्छ भने पनि धेरै चिन्ता गर्न पर्दैन । मनाउनेले नै आफै सुधार गर्छन्, गरेका पनि छन् ।

सबैमा तीजको हार्दिक शुभकामना 💐🙏

05/09/2024

"रातदिन बुढालाई तनाब दिने अनि एकदिन चै आयु लामो होस् भनी व्रत बसेर आयु बढ्छ त दिदीबहिनी हरु?
☺️जिज्ञासा है!😂

बुबाको मुख हेर्ने दिनमा असल पिताको सम्झना!🙏आगोको लप्काले आफुलाई पोलिरहदा पनि आफ्नो छोरालाई ज्ञान गुणका कुरा सिकाईरहेका थ...
02/09/2024

बुबाको मुख हेर्ने दिनमा असल पिताको सम्झना!🙏

आगोको लप्काले आफुलाई पोलिरहदा पनि आफ्नो छोरालाई ज्ञान गुणका कुरा सिकाईरहेका थिए!(बाबू असल बन्नुपर्छ, ममिले भनेको मान्नुपर्छ, कसैलाई नराम्रो गर्नुहुन्न, ठुलाको आदर सम्मान गर्नुपर्छ, ज्ञानि बन्नु है छोरा भन्दै!) रोजगारीका लागि कम्बोडिया पुगेका उनी होटलमा लागेको आगलागिमा परेर ज्यान गुमाए तर असल पिता बनेर सबैको मन जितिरहेका छन्।❤️🙏

02/09/2024

कुशेऔंसीको अवसरमा एक पिताको चिठ्ठी पुत्रीलाई

मेरो प्रिय छोरी,

अतीतका दिनहरूलाई नियाल्दै म आउने दिनहरूका बारेमा सोचिरहेको छु । जब समयले मेरो जीवनलाई बिस्तारै उत्तरार्धको चुलीतिर धकेल्दै लानेछ, मेरा हातहरू काँप्न थाल्नेछन्, मेरा पाइलाका गति धीमा हुनेछन् र मेरो मन-मुटुले पहिलेजस्तो साथ दिन छाड्ने छ, तब प्रिय छोरी, मेरो आग्रह छ— मप्रति आफ्नो धैर्य र प्रेमलाई कायम राख्नू, जसरी मैले सधैँ तिमीप्रतिको मेरो माया र धैर्यलाई कायम राखेँ।

छोरी, एक दिन यस्तो क्षण आउने छ- जब मेरो स्मृति मन्द हुनेछ, म उही कथा बारम्बार दोहोर्याउनेछु। मलाई आशा छ, मेरो मनमा अङ्कित ती कुराहरू तिमीले धैर्यपूर्वक सुन्नेछौ, जसरी म तिमीलाई सधैँ एउटै कथा सुनाउँथेँ, जबसम्म तिमी निदाउन्न थियौ। त्यस वेला त्यो कथा महत्त्वपूर्ण थिएन, सायद अहिले पनि ती शब्दहरू महत्त्वपूर्ण छैनन्— महत्त्वपूर्ण कुरा छ त केवल हाम्रो यो सम्बन्ध र यो आभास— हामी एक-अर्काको साथमा छौँ।

यदि कुनै दिन मैले तिमीलाई भन्न खोजेका कुराहरू भन्दाभन्दै बिर्सिएँ भने दिक्क नमान्नू, धैर्य गर्नू ! म केवल हाम्रो कुराकानी मात्र होइन, तिमी पनि मसँगै भएको महसुस गर्न चाहन्छु। तिम्रो निकटताको आभास नै मेरा लागि सबैभन्दा ठूलो महत्त्वको विषय हुनेछ, जसरी तिमी सानो हुँदा म सधैँ तिम्रा लागि त्यही अनुभूत गराउँथेँ।

जसै-जसै समय बित्दै जानेछ, मेरा पाइलाका गति पनि धीमा हुँदै जानेछन्। छोरी, यदि म तिम्रो गतिमा हिड्न सकिन भने मलाई माफ गर्नु, अन्यथा नठान्नू। बरु, मेरा कमजोर र चाउरिएका पाखुरा समात्नु— त्यसैगरी, जसरी तिमीलाई मैले जीवनको पहिलो पाइला चाल्न सिकाउँदा तिम्रो हाथ समातेको थिएँ। तिमीले संसारको आँखिझ्यालबाट पहिलोपटक चिहाउन थाल्दा म तिम्रै पछाडि थिएँ, अब तिमी पनि त्यही माया र कोमलताका साथ मेरो साथमा रहनू।

छोरी, यदि कहिल्यै मैले तिमीलाई म थाकेको छु या अब म विश्राम गर्न चाहन्छु भनेँ भने तिमी नरिसाउनू बरु बुझ्नू कि यो मेरो जीवनप्रतिको विमोह होइन, यो थाकेको जर्जर शरीरको बाध्यता हो। मैले जीवनबाट मुक्ति खोजेको होइन, म त केवल यसभित्र समाहित दुःखहरूबाट मुक्त हुन चाहन्छु।

प्रिय छोरी, एक दिन तिमीले महसुस गर्नेछौ, मेरो जीवनमा निश्चय नै मबाट धेरै कमीकमजोरी भएका होलान्, तर मैले तिमीप्रतिको मेरो मायामा कुनै कमीकमजोरी हुन दिइनँ। मैले तिमीलाई एउटा उत्कृष्ट जीवन दिन कहिल्यै कुनै सम्झौता गरिनँ। अब मेरो जीवनको उतरार्द्धमा म तिमीलाई अनुरोध गर्छु— मलाई माया र समझदारीले साथ देऊ, जसरी मैले तिम्रो जीवनको सुरुवातमा सधैँ तिम्रो साथ दिएको थिएँ।

बाबु, विन्ती छ, मलाई शान्तिपूर्वक मेरो जीवनामा बाँकी रहेका दिनहरूमा मेरो साथ देऊ। तिम्रो माया र स्नेहले मेरा ती क्षणहरूलाई सार्थक बन्न मदत गर। तिम्रो माया, तिम्रो धैर्य र तिम्रो साथ नै मेरा लागि जीवनको बहुमूल्य उपहार हुनेछ। यस अनुभूतिका साथ, म तिमीलाई सधैँ आफ्नो हृदयबाट असीम माया र आशीर्वाद दिरहनेछु— यस्तो माया जसलाई शब्दहरूले नसके मेरा आँखाहरूले व्यक्त गर्नेछन्।

सधैँ तिमीलाई माया गर्ने,

तिम्रो पिता

साभार- बसन्त चौधरीज्युको पेजबाट।🙏

Address

Gaighat
Udayapur Garhi

Telephone

+9779816703237

Website

Alerts

Be the first to know and let us send you an email when Rj Kumar Abiral posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rj Kumar Abiral:

Videos

Share

Category

Nearby media companies