Kankrebihar Daily

Kankrebihar Daily कर्णाली प्रदेशको पहिलो दैनिक पत्रिका

11/11/2024
डेंगीबाट आफु बचौ र अरूलाई पनि बचाउँ ।
04/09/2024

डेंगीबाट आफु बचौ र अरूलाई पनि बचाउँ ।

भरत शाहीको तीज गीत “लर्कियो सारी” सार्वजनिक भएको छ । म्युजिक भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस । https://www.youtube.co...
04/08/2024

भरत शाहीको तीज गीत “लर्कियो सारी” सार्वजनिक भएको छ । म्युजिक भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=z-nruLnRSo4

New Teej Song 2081 - Larkiyo Sari by Rachana Rimal | Bharat Shahi Ft Prinsika | Suresh | Babina |Anu #...

हार्दिक बधाई ।
28/06/2024

हार्दिक बधाई ।

आज घुम्दै जाँदा त्रिपुरेश्वरमा धेरै बर्षपछि पुरानो साथी रबिन्द्र दाहाल भेटियो त्यो पनि यस्तो अवस्थामा , म पुलिस क्लबमा ह...
25/06/2024

आज घुम्दै जाँदा त्रिपुरेश्वरमा धेरै बर्षपछि पुरानो साथी रबिन्द्र दाहाल भेटियो त्यो पनि यस्तो अवस्थामा , म पुलिस क्लबमा हुँदा उ कराते र म फुटबल टिममा थियौं । उ करातेबाट साफको नेपालबाट मेडलिष्ट पनि हो भने उसले नेपाल सरकारबाट गोरखा दक्षिण बाहु प्राप्त गरेको थियो ।

- LB Rai

मुग थार्प मष्टाको थानसुदुरपश्चिम र कर्णालीवासीको आस्थाको केन्द्र थार्प मष्टाको थान । छायाँनाथ रारा नगरपालिका वडा न १३ था...
13/06/2024

मुग थार्प मष्टाको थान
सुदुरपश्चिम र कर्णालीवासीको आस्थाको केन्द्र थार्प मष्टाको थान । छायाँनाथ रारा नगरपालिका वडा न १३ थार्प गाउँमा अवस्थित यो थान १२ भाइ मष्टा मध्येको प्रमुख, प्रसिद्ध र तपस्वी मानिन्छ । मष्टोसँग भाकल गरे मनोइच्छा पूरा हुने भन्दै देशभरसहित छिमेकी देश भारतबाट समेत मष्टो पुजकहरु थार्प मष्टोको दर्शन तथा पूजा गर्न आउने गर्छन् । तस्बिर / रासस

नन्दाले दोहोरो स्वर्ण जितन् नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जि...
02/06/2024

नन्दाले दोहोरो स्वर्ण जितन्

नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्यु जर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनिको फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण पदक जितेकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिकी सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेश्रो स्वर्ण पदक हो । नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् । सुर्खेतकी बस्याल चर्चित कलाकार समेत हुन् ।

बि.वान ग्रुप अफ कम्पनीले आफ्नो नवौं वार्षिकोत्सबको अवसरमा ३० लाख रकमको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।कम्पनीको ...
30/05/2024

बि.वान ग्रुप अफ कम्पनीले आफ्नो नवौं वार्षिकोत्सबको अवसरमा ३० लाख रकमको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
कम्पनीको नवौं स्थापना दिवसको अवसरमा करीब १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने त्रिभुवन ढकालले घोषणा गरेका हुन् । कम्पनीले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

व्यवसायी आन्दोलितः 'लो भोल्टेज' का कारण ईलेक्ट्री गाडिहरू समस्यामा परेको भन्दै सुर्खेतका बिद्युतिय गाडि व्यवसायीहरू गाडि...
27/05/2024

व्यवसायी आन्दोलितः 'लो भोल्टेज' का कारण ईलेक्ट्री गाडिहरू समस्यामा परेको भन्दै सुर्खेतका बिद्युतिय गाडि व्यवसायीहरू गाडि सहित बिद्युत प्रधिकरण सुर्खेत अगाडि पुगेर विरोध गरेका छन्।

दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुख्य ड्रिलिङस्थल । करिब ६ महिनामा यहाँ कति मा...
26/05/2024

दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुख्य ड्रिलिङस्थल । करिब ६ महिनामा यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ रहेको छ पत्ता लाग्ने जियोलोजिकल सर्भे कम्पनीले जनाएको छ । अहिलेसम्म करिब ६३ मिटर ड्रिलिङको काम सम्पन्न भइसकेको छ ।

तस्बिर: सुरेश आचार्य

नेपाल साईक्लिङ संघ कर्णालीको अध्यक्षमा शर्मासुर्खेत, ७ जेठ ।नेपाल साईक्लिङ संघ, कर्णाली प्रदेश कमिटीको अध्यक्षमा ओमप्रका...
20/05/2024

नेपाल साईक्लिङ संघ कर्णालीको अध्यक्षमा शर्मा
सुर्खेत, ७ जेठ ।
नेपाल साईक्लिङ संघ, कर्णाली प्रदेश कमिटीको अध्यक्षमा ओमप्रकाश शर्मा चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा आयोजित भेलाले शर्माको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा नेत्रबहादुर शाही, सचिवमा सनतकुमार शर्मा र कोषाध्यक्षमा कमला मल्ल (चन्द) चयन भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
कमिटीको सदस्यहरुमा प्रनिल चन्द, शारदा पुन, महाविर पाण्डे, प्रेम शाही, धिरेन्द्र सापकोटा, मोहन आचार्य (शर्मा), कुलबहादुर रावत, श्रवणकुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी सरोज सुनाम, प्रतिक्षा खड्का (किशोरी) र सुवासकुमार थापा सदस्य पदमा चयन रहेको परिषद्ले जनाएको छ ।
ओमप्रकाश शर्मा, सनतकुमार शर्मा र नेत्रबहादुर शाहीलाई केन्द्रिय प्रतिनिधिका रुपमा चयन समेत गरिएको हो । शनिवार आयोजना भएको भेलामा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमलाको समेत उपस्थिती रहेको थियो ।

18/05/2024

कोपिला मावि पर्सेनी वीरेन्द्रनगर, सुर्खेत ।

कोपिला माध्यामिक विद्यालय पर्सेनी वीरेन्द्रनगरको ३९ ओैँ वार्षिक उत्सव अभिभावक दिवस मनाएको छ । सो अवसरमा विद्यालयका प्रधा...
18/05/2024

कोपिला माध्यामिक विद्यालय पर्सेनी वीरेन्द्रनगरको ३९ ओैँ वार्षिक उत्सव अभिभावक दिवस मनाएको छ । सो अवसरमा विद्यालयका प्रधानाध्यापक दुर्गा शाक्यले विद्यालयको प्रगति प्रतिवेदन पेश गरेकी थिईन । कर्णाली प्रदेशका सांसद जानकी सिंहको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरू सम्मान गरिएको थियो ।

जनयुद्धको अन्तिम लडाइँ भएको कालिकोटको पिलि क्षेत्रमा बन्दै गरेको निर्माणाधीन भ्युटावर !फोटो-पूर्णसिंह ‘अनुराग'
18/05/2024

जनयुद्धको अन्तिम लडाइँ भएको कालिकोटको पिलि क्षेत्रमा बन्दै गरेको निर्माणाधीन भ्युटावर !

फोटो-पूर्णसिंह ‘अनुराग'

पर्यटकीय स्थल बुलबुले तालकर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले तालका साथै वी...
10/05/2024

पर्यटकीय स्थल बुलबुले ताल
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले तालका साथै वीरेन्द्रनगर बजार क्षेत्रको दृश्य । पछिल्लो समय ताल विस्तार गरी मोटरबोट सञ्चालनमा आउँदा आन्तरिक पर्यटक सङ्ख्यामा वृद्धि भएको छ । (तस्बिर: सुरेश आचार्य/रासस)

दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटनप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार सल्यानको दार्मा गाउँप...
10/05/2024

दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार सल्यानको दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै । (तस्बिर: प्रदीपराज वन्त/रासस)

कारागारको संयुक्त अनुगमन :हुम्लाको सदरमुकाममा रहेको जिल्ला कारागारको संयुक्त अनुगमन गर्दै राष्ट्रिय मानव अधिकार आयोग कर्...
09/05/2024

कारागारको संयुक्त अनुगमन :
हुम्लाको सदरमुकाममा रहेको जिल्ला कारागारको संयुक्त अनुगमन गर्दै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश र इन्सेक हुम्ला टोली । (तस्बिर: दाने बोहरा/रासस)

घोराही बजार र गुलमोहरदाङको घोराही उपमहानगरपालिका– १५ स्थित जिल्ला समन्वय समिति परिसरमा ढकमक्क फूलेको गुलमोहर र घोराही बज...
09/05/2024

घोराही बजार र गुलमोहर
दाङको घोराही उपमहानगरपालिका– १५ स्थित जिल्ला समन्वय समिति परिसरमा ढकमक्क फूलेको गुलमोहर र घोराही बजारको दृश्य । (तस्बिर ः कुलदीप न्यौपाने/रासस)

Address

Birendranagar/6
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Kankrebihar Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kankrebihar Daily:

Videos

Share