Galaxy 4k karnali Bureau

Galaxy 4k karnali Bureau karnali province

– नेपाली मूलका नागरिकहरूको साझा संस्था मध्यपश्चिम समाज मेरिल्याण्ड, अमेरिकाले नयाँ कार्यसमिति २०२५–२०२७ को लागि चयन गर्द...
28/04/2025

– नेपाली मूलका नागरिकहरूको साझा संस्था मध्यपश्चिम समाज मेरिल्याण्ड, अमेरिकाले नयाँ कार्यसमिति २०२५–२०२७ को लागि चयन गर्दै सामाजिक, सांस्कृतिक र समुन्नत भविष्यतर्फ उन्मुख हुने प्रतिबद्धता जनाएको छ। कार्यसमिति गठनको अवसरमा संस्था तथा समुदायभित्र उत्साह, उमंग र नयाँ जोश देखिएको छ।

संस्थाको अध्यक्षमा श्री कृष्ण चन्द सर्वसम्मत रूपमा चयन हुनुभएको छ। अध्यक्ष चन्दले आफ्नो भनाइमा संस्थाको नेतृत्व पाउँदा अत्यन्त खुशी र गर्व महसुस भएको बताउँदै, “मेरो भूमिका अब समुदायलाई अझ संगठित, सचेत र सक्रिय बनाउने हुनेछ,” भन्नुभयो। उहाँले सामाजिक, सांस्कृतिक, शैक्षिक र सेवा–आधारित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर समुदायको हितमा काम गर्ने अठोट व्यक्त गर्नुभयो।

बरिष्ठ उपाध्यक्षमा श्री सुरेश कुमाल चयन हुनुभएको छ। उहाँले आफ्नो भनाइमा भन्नुभयो, “समुदायप्रतिको माया, निष्ठा र सक्रियताका साथ काम गर्नेछु। मेरो कर्तव्य संस्था र सदस्यबीच एकदमै असल खालको बिर्सनै नसकिने भूमिका निर्वाह गर्नु हो, जसले हामीलाई अझ नजिक ल्याउँछ।”

महासचिवमा श्री लोकेन्द्र वली नियुक्त हुनुभएको छ। उहाँले भन्नुभयो, “सुनियोजित कार्यशैली र समर्पित भावनाले संस्था अझ व्यवस्थित र सक्षम बन्नेछ। सञ्चार, अभिलेख र कार्यक्रम व्यवस्थापनलाई प्रभावकारी बनाउनु मेरो प्राथमिकता हुनेछ।”

कोषाध्यक्षको जिम्मेवारी तिला खत्रीले पाउनु भएको छ। उहाँले भन्नुभयो, “संस्थाको वित्तीय पारदर्शिता र जिम्मेवार खर्च व्यवस्थापन मेरो प्रमुख कर्तव्य हुनेछ। समुदायको विश्वासमा खोट नआओस् भन्ने जिम्मेवारीलाई म आत्मसात् गर्दै, प्रत्येक आर्थिक गतिविधिमा स्पष्टता र जवाफदेहिताको अभ्यास गर्नेछु।”

कार्यसमितिमा उपाध्यक्ष श्री राजन देवकोटा, सचिव श्री खेमराज थापा, र सदस्यहरूमा श्री रमेश क्षेत्री, श्री योगेन्द्र खत्री, शोभा वली, भविसरा सावद, श्री हिक्मत बसेल, र श्री बसन्त गिरी तथा केशव देवकोटा लगायतको सक्रिय सहभागिता रहेको छ।
साथै यस मध्यपश्चिम नेपाली समाज मेरिल्याण्ड अमेरिकाको सल्लाहकार समिति संयोजक श्री राजन सुनार अन्य सदस्यहरु बासुदेव पोखरेल,उत्तम गौली,हिक्मत बिक,राज बोहोरा,प्रशाराम देवकोटा, शंकर ओली,कन्हैया सिंह परियार,श्याम गुरुंग,बाबुराम भट्टाराई,दीपेश रावत,नेत्र अधिकारी, लक्ष्मीराम शाह ,जस्विर कुमाल ,दामोदर पोखरेल र शोभा गौतम सर्वसम्मत चयन हुनुभएको छ।

नयाँ कार्यसमितिबाट शिक्षा, स्वास्थ्य, युवा सशक्तिकरण, महिला सहभागिता, र कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका अभियानहरू सञ्चालन गरिने योजना बनाइएको छ। नेपाली भाषा, भेषभूषा, लोकसंस्कृति र मौलिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य लिइएको छ।

त्यस्तै, खेलकुदका माध्यमबाट युवाहरूलाई अनुशासित, सिर्जनशील र सकारात्मक दिशातर्फ प्रेरित गर्ने लक्ष्य लिइएको छ। नियमित फुटबल, भलिबल तथा सांस्कृतिक प्रतियोगिता सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको छ।

संस्थाले नेपालका संघसंस्थासँग सहकार्य गर्दै अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूको पहिचान अन्तर्राष्ट्रिय रूपमा उजागर गर्ने सोच बनाएको छ। नेपाली दूतावास, NRNA, बाना र अन्य सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै सेवा प्रवाह गर्ने रणनीति बनाइएको छ।

यस कार्यसमितिबाट नेपाली समुदायभित्र सामाजिक सद्भाव, पारस्परिक सहयोग र आपसी सम्मानको भावना अझ प्रगाढ हुने अपेक्षा गरिएको छ। जनसमुदायका लागि आवश्यक सहयोग, जानकारी तथा संलग्नताको माध्यमबाट संस्था अझ प्रभावकारी र भरपर्दो बन्ने विश्वास गरिएको छ।

कार्यसमितिले सम्पूर्ण नेपाली समुदायलाई एकता र सहकार्यमा जोड दिंदै भनिएको छ – “हामी सबैको साझा प्रयासले मात्र समुन्नत र गौरवपूर्ण समुदाय निर्माण सम्भव छ।”

13/11/2023
12/10/2023

कर्णाली प्रदेशमा लागुऔषधविरुद्ध उपप्रधान तथा रक्षामन्त्री खड्काद्वारा `लालटिन´अभियानको सुभारम्भ , लागुऔषधलाई निरुत्साहित गर्ने लक्ष ।

12/10/2023

कर्णाली प्रदेशमा पिडित सहायता कक्षको सुभारम्भ , प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरेर सेवाको सुरुवात।

11/09/2023

कर्णाली एमालेमा नेतृत्वको हानथाप , दोस्रो तहका नेताहरुको अनेक गुट सतहमा देखिदै ।

19/07/2023

सुर्खेतमा ४५ वर्षपछि लालपुर्जा पाउँदा खुसी र हर्षको आशु, ५८ हजार नागरिकलाई पुर्जा वितरण गरिदै ।

16/07/2023

सुर्खेतको पूर्वी क्षेत्रमा ईलाका प्रशासन कार्यालय उदघाटन , आईतवारदेखि नियमित सेवा प्रारम्भ ।

14/07/2023

प्रदेश अस्पताल सुर्खेतमा दोस्रोपटक सफल मृगौला प्रत्यारोपण सम्पन्न, अव नियमित गर्ने तयारी ।

16/06/2023

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण 🔴LIVE

08/06/2023

आफ्नै असन्तुष्ट

Address

Birendranagar-6
Surkhet
21700

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy 4k karnali Bureau posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Galaxy 4k karnali Bureau:

Share