Hello Pradesh

Hello Pradesh HELLO PRADESH NEPAL

२४ बर्षिय महिलाले जन्माईन चम्ल्यहा छोरी पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया महिलाले चम्ल्याहा छोरीलाई जन्माएकी छ...
27/10/2021

२४ बर्षिय महिलाले जन्माईन चम्ल्यहा छोरी

पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया महिलाले चम्ल्याहा छोरीलाई जन्माएकी छन् ।
रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा सीता सार्कीले मंगलबार दिउँसो चार छोरीलाई जन्माएकी हुन् ।अस्पतालका अनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माएकी हुन् ।अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार चारैजना शिशु र आमाको अवस्था सामान्य छ ।

स्रोत: अनलाईन खबर

27/10/2021

धेरै लामो समय पश्चात् हेल्लो प्रदेश पेज पुन सन्चालनमा आएको जानकारी गराउदछौ ।
(हेल्लो प्रदेश परिवार)

मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण आन्दोलनरत विद्यार्थी साथीहरूलाई एक अनुरोध: दशै अगाडि नै परीक्षा सन्चालन हुन सकेन भने...
13/08/2021

मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण आन्दोलनरत विद्यार्थी साथीहरूलाई एक अनुरोध:

दशै अगाडि नै परीक्षा सन्चालन हुन सकेन भने हजारौं बिद्यार्थीको समय बर्बाद हुने निस्चित छ। कोरोना संक्रमण बढी रहेको अवस्थामा अनलाइन वा बैकल्पिक कुनै तरिका नै अवलम्बन गर्ने हो भने पनि तयारी त चाहिन्छ नै। त्यसैले यदि समयमानै परीक्षा दिने हो भने सर्वप्रथम परीक्षा नियन्त्रण कार्यालयको मात्र भएपनि तालाबन्दी फुकुवा गरी वैकल्पिक परीक्षाको तयारीका लागि वातावरण सिर्जना गर्न आवश्यक देखिन्छ । परीक्षा नियन्त्रण कार्यालयलाई आफ्नो तयारी गर्न दवाब दिनु पर्ने अहिले lको आवस्यकता हो।
बिद्यार्थीका मागहरुका लागि विश्वविद्यालय प्रशासन सँगको संघर्ष जारी राख्दै यथासम्मभव परीक्षा अबिलम्ब संचालनका लागि दबाब सिर्जना गरौं ।
साथै अनलाईनबाट भएपनि रिभिजन कक्षा सन्चालन गर्न बिश्वबिद्धालयका सम्पुर्ण बिभागहरुलाई दवाब दिउ।

विश्वविद्यालयको गुणस्तर र कुसल प्रशासनको लागि सबै विद्यार्थी एकजुट हुन आवस्यक छ।
आन्दोलनमा घाइते भएका विद्यार्थी साथीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

मोटे ग्याङ्ग नेपाल

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।शुक्रबार दिउँसो भजनी नगरपालिका–२ को डोमपुरस्थित कान्द्रा नदीमा नुहाउने ...
30/07/2021

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भजनी नगरपालिका–२ को डोमपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा सोही ठाउँका दुई बालिकाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् ।नदीमा नुहाउन गएकी धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरीको नदीमा डुबेर मृत्यु भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले जानकारी दिए ।

स्रोत: अनलाइन खबर

कैलालीमा कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा ...
30/07/2021

कैलालीमा कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ब्याक गर्ने क्रममा नम्बर खुल्न नसकेको जीप सडकबाट कर्णाली नदीमा खसेको हो ।

स्रोत: अनलाइन खबर

Difference between lungs of smoker and non smoker. 😢 Say no to smoking before its too late.
29/07/2021

Difference between lungs of smoker and non smoker. 😢 Say no to smoking before its too late.

हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबा...
29/07/2021

हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ ।

नियमित गस्तीका क्रममा अदानचुली-३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो ।

स्रोत: अनलाइन खबर

कालिकोटमा कर्णाली नदीमा ट्रक खस्दा चालक र सहचालको मृत्यु भएको छ ।दुर्घटनामा ट्रक चालक बैतडीका दीपक साउँद र सहचालक बाजुरा...
28/07/2021

कालिकोटमा कर्णाली नदीमा ट्रक खस्दा चालक र सहचालको मृत्यु भएको छ ।

दुर्घटनामा ट्रक चालक बैतडीका दीपक साउँद र सहचालक बाजुराका रमेशबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी चक्र शाहीले जानकारी दिए ।.

स्रोत: अनलाइन खबर

सुर्खेतबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।जिल्लाको वीरेन्द्रनगर नगरपालिका-५, गणेशचोकबाट लागूऔषध ब्राउनसुगरसहित उ...
26/07/2021

सुर्खेतबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका-५, गणेशचोकबाट लागूऔषध ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा वीरेन्द्रनगर–५, का २५ वर्षीय सन्दिप बि.क. र सोही ठाउँका ३० वर्षीय खडानन्द पौडेल रहको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी रामप्रासद घर्तीले जानकारी दिए ।

स्रोत: अनलाइन खबर

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा एकजना पक्र...
26/07/2021

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए ।

स्रोत: अनलाइन खबर

मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ ।मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज ब...
24/07/2021

मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ ।मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए ।वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ ।

स्रोत: अनलाइन खबर

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अ...
19/07/2021

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

स्रोत: अनलाइन खबर

सुर्खेत-बड्डिचौर सडकखण्ड अन्तर्गत ओदालताल नजिक जिप र मोटरसाईकल दुर्घटना हुदा मोटरसाइकल चालक गम्भीर घाईते भएका छन्।घाइते ...
19/07/2021

सुर्खेत-बड्डिचौर सडकखण्ड अन्तर्गत ओदालताल नजिक जिप र मोटरसाईकल दुर्घटना हुदा मोटरसाइकल चालक गम्भीर घाईते भएका छन्।
घाइते चालको शु-स्वास्थ्यको कामना 💐

स्रोत: खगेन्द्र आर. सि.

15/07/2021

#साउन_१_गते_देखि_नेपालमा_कस्ता_मोबाइल_चल्दैनन
नेपालमै मोबाइल पसलबाट भ्याट तिरेर किनेको मोबाइलमा आईएमईआई पहिले नै दर्ता भएको हुन्छ । उपहार स्वरुप पाएको मोबाइल वा भन्सारको सिस्टमबाहिरबाट ल्याएको मोबाइलमा रहेको आइएमइआई नम्बर प्राधिकरणको सिस्टममा जोडिएको हुँदैन । त्यस्ता मोबाइल सिस्टममा नजोडिँदा जुनसुकै बेला पनि बन्द हुन सक्ने भएकोले छिट्टै मोबाइललाई सिस्टममा जोड्न पनि प्राधिकरणले आग्रह गरेको छ । आफ्नो मोबाइलकोआइएमइआई थाहा पाउन * #06 # डायल गर्ने र दर्ता गरे/नगरेको https://eir.nta.gov.np/मा हेर्न सकिन्छ ।

अहिले आइएमइआई दर्ता गर्न शुल्क लाग्दैन । तर एमडिएमएस बाइ ल तयार पारेको छ । जसले निश्चित शुल्क तोक्ने तयारी गरेपनि अहिले तोकिसकेको छैन ।

स्रोत>अनलाइन खबर

असार लागे पछि कोरोना संक्रमण पनि कम हुने यो कस्तो खालको कोरोना भाईरस। सबै कार्यलयहरु संचालन भयो तर सरकारी तथा निजि बिधाल...
15/07/2021

असार लागे पछि कोरोना संक्रमण पनि कम हुने यो कस्तो खालको कोरोना भाईरस। सबै कार्यलयहरु संचालन भयो तर सरकारी तथा निजि बिधालयहरु संचालन हुन सकेको छैन। मालपोत, बिधुत, खानेपानी, कर कार्यलयहरुमा भिडभाड गर्दा कोरोना नहुने तर के बिधालय सन्चालन गर्दा कोरोना लाग्छ त..? बिधालयहरुमा जालो लागेका छन् , बेन्च-डेस्कहरु धुलम्मय भएका छन् ।

तस्बिर: हज्जु अलि

 #सुर्खेत जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका-...
14/07/2021

#सुर्खेत जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत पिपिराका ४२ वर्षीय लीलाराम पुरीलाई प्रहरीले उनकै घर अगाडिबाट पक्राउ गरेको हो ।

पुरीलाई एक ग्राम १८० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

स्रोत: अनलाइन खबर

काँक्रेविहार यातायातले भित्र्यायो सुबिधासम्पन्न जेट बस!काँक्रेविहार प्रा.लि.का काेषाध्यक्ष दिपेन्द्र खड्का भन्नुहुन्छ, "...
14/07/2021

काँक्रेविहार यातायातले भित्र्यायो सुबिधासम्पन्न जेट बस!

काँक्रेविहार प्रा.लि.का काेषाध्यक्ष दिपेन्द्र खड्का भन्नुहुन्छ, "सुर्खेत–काठमाडौं रुटमा सञ्चालन गर्ने उदेश्यले यात्रुहरुको चाहनाअनुसार काँक्रेविहार यातायात प्रालिले सुबिधा सम्पन्न नयाँ ४ वटा बस थप गरेको छ। थपिएका चार नयाँ बस द्वारा आजदेखि नियमित रुपमा सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेत रुटमा पुरानै भाडादरमा सेवा शुरु गरिनेछ।"

४० सीट क्षमताको सुबिधा सम्पन्न बसमा यात्रुहरुले निम्न विशेष सुबिधा पाउनुहुनेछ:
१) लक्जरियस सिट
२) CCTV camera
३) AC
४) Wi-Fi

साभार: सुर्खेत भ्याली

कर्णाली प्रदेशको राजधानी सुर्खेतको मङ्गलगढी चोकमा सवारी साधन पार्क गर्दा सडक साघुरो हुन्छ भनेर पार्किङ निषेधको बोड लगाइए...
13/07/2021

कर्णाली प्रदेशको राजधानी सुर्खेतको मङ्गलगढी चोकमा सवारी साधन पार्क गर्दा सडक साघुरो हुन्छ भनेर पार्किङ निषेधको बोड लगाइएको छ। तर हिजो आज फलफुल ब्यापारीले पार्किङ निषेध एरियामा बिहान देखि साझ सम्म ब्यापार गरिरहेका छन् । यस विषयमा स्थानीय निकायको ध्यान जाओस् ।

तस्बिर: हज्जु अलि

काठेखोला गाउँपालिका-४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ ।गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर ...
13/07/2021

काठेखोला गाउँपालिका-४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ ।

गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ ।

स्रोत: अनलाइन खबर

कर्णाली प्रदेशको राजधानी सुर्खेतको रहलपुर सडक तस्बिर: हज्जु अलि
13/07/2021

कर्णाली प्रदेशको राजधानी सुर्खेतको रहलपुर सडक

तस्बिर: हज्जु अलि

कतै पानीको अभाव त कतै पानीको फालाफालतस्बिर: पाल्पा जोरधारा
10/07/2021

कतै पानीको अभाव त कतै पानीको फालाफाल
तस्बिर: पाल्पा जोरधारा

तस्बिरमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सिमाना जोड्ने राम्दी पुल
08/07/2021

तस्बिरमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सिमाना जोड्ने राम्दी पुल

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएक...
06/07/2021

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो ।
पेट्रोलको मूल्य १२९,
खाना पकाउने ग्यासको मुल्य १४२५
डिजेलको मुल्य ११२

स्रोत: अनलाइन खबर

कालीकोटको नरहरिनाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।रास्कोट नगरपालिकाबाट...
06/07/2021

कालीकोटको नरहरिनाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प१ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए ।

साभार: अनलाइन खबर

 #टिकटकले_बन्द_गर्यो_बालबालिकाका_७३लाख_एकाउन्ट १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द ग...
03/07/2021

#टिकटकले_बन्द_गर्यो_बालबालिकाका_७३लाख_एकाउन्ट
१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।

टिकटकको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन् । यो भिडियो प्लाटर्फम त्यसैले किशोर किशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ । तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता सन्दिग्ध एकाउन्टहरु टिकटकले बन्द गरिदिएको हो ।

स्रोत: अनलाइन खबर

सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्ने वीरेन्द्रनगर नगरपालिका–११, गाग्रेता...
03/07/2021

सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने वीरेन्द्रनगर नगरपालिका–११, गाग्रेतालका २८ वर्षीय नवीन तिवारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । विशेष सूचनाको आधारमा प्रहरीले गाग्रेतालबाटै उनलाई नियन्त्रणमा लिएको हो ।

स्रोत: अनलाइन खबर

क्यानडामा अत्यधिक गर्मीका कारण १३० जनाभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँको प्रहरीले दिएको जानकारीअनुसार क्यानडाको तापक्...
30/06/2021

क्यानडामा अत्यधिक गर्मीका कारण १३० जनाभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँको प्रहरीले दिएको जानकारीअनुसार क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको अवस्थामा तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो अन्य स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरु छन् ।मंगलबार क्यानडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । यो अहिलेसम्मकै उच्च हो

स्रोत:अनलाइन खबर

Address

Surkhet

Telephone

+9779802450705

Website

Alerts

Be the first to know and let us send you an email when Hello Pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello Pradesh:

Share


Other Media/News Companies in Surkhet

Show All