Our Sunsari .Com

Our Sunsari .Com Offcial facebook Page of
www.OurSunsari.com
(1)

राष्ट्रिय परिचयपत्र बनाउन लामवद्ध सार्वसाधारणराजविराज , १४ असारः राजविराजस्थित जिल्ला प्रशासन कार्यालय सप्तरीमा राष्ट्रि...
28/06/2024

राष्ट्रिय परिचयपत्र बनाउन लामवद्ध सार्वसाधारण
राजविराज , १४ असारः राजविराजस्थित जिल्ला प्रशासन कार्यालय सप्तरीमा राष्ट्रिय परिचयपत्र बनाउन शुक्रबार बिहानै लाइनमा बसेका सर्वसाधारण नागरिक । तस्बिरः अरूणकुमार यादव/रासस

विश्वकै अग्लो गाईको प्रतिमामोरङको सुन्दरहरैँचा नगरपालिका– ५ स्थित नयाँ बृन्दावन गौशालामा निर्माण भएको  विश्वकै अग्लो राष...
27/06/2024

विश्वकै अग्लो गाईको प्रतिमा

मोरङको सुन्दरहरैँचा नगरपालिका– ५ स्थित नयाँ बृन्दावन गौशालामा निर्माण भएको विश्वकै अग्लो राष्ट्रिय जनावर गाईको प्रतिमा ।

तस्बिर : मणिराम दाहाल

श्री रामजानकी मन्दिर कााेहलपुर
27/06/2024

श्री रामजानकी मन्दिर कााेहलपुर

समाचार लेखेको भन्दै पत्रकार अलिलाई सरकारी कार्यालय भित्रै ज्यान मार्ने धम्की : प्रहरीमा परियो उजुरी ।सुनसरीको दुहबी बाट ...
27/06/2024

समाचार लेखेको भन्दै पत्रकार अलिलाई सरकारी कार्यालय भित्रै ज्यान मार्ने धम्की : प्रहरीमा परियो उजुरी ।

सुनसरीको दुहबी बाट प्रकाशित हुदै आएका कोचिला खबर दैनिक पत्रिकाका प्रकाशक तथा स सम्पादक अकबर अलि लाई समाचार लेखेको विषयलाई लिएर दुहबी ६ स्थित संचालनमा रहेका
जय माँ वैष्णो मसाला उद्योगका संचालक सुरेन्द्र पौदारले सरकारी कार्यालय भित्रै ज्यान मार्ने धम्की दिएका छन्।

पत्रकार अकबर अलि र कोचिला खबरका कार्यकारी सम्पादक प्रेम प्रसाद गिरि सूचनाको बिषयमा कुराकानी गर्न दुहबी वडा नम्बर ६ को कार्यालयमा पुग्दा उद्योगि सुरेन्द्र पौदारले मेरो उद्योग सम्बन्धी किन समाचार लेखेको भन्दै पत्रकार अकबर अलि र प्रेम गिरि समेत लाई गालीगलौज गर्दै सिध्याइ दिने ( ज्यान मार्ने ) धम्की दिएका हुन्।

गत जेष्ठ ३२ गते कोचिला खबर पत्रिकामा" दुहबीमा १२ बर्ष देखि गैर कानुनी तथा मानव स्वास्थ लाई खेलवाड गर्दै खाद्यान्न बिभागको अनुमती बिना घरमै उद्योग संचालन गरेको’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। समाचार प्रकाशित भएपछि पौदारले वडा ६ को सरकारी कार्यालय भित्रै आफूले जे पनि गर्न सक्ने भन्दै ज्यान मार्ने सम्मको धम्की दिएका छन्।

पत्रकार र मिडिया लाई लाई हतोत्साहित गर्न डर र धम्की देखाउने कार्यको कोचिला खबर मिडियाले घोर भर्त्सना गर्दै अभद्र व्यवहार गर्ने पौदार माथि कानुनी कारबाहीको माग समेत गरेका छन्।

यता ज्यान मार्ने धम्कि दिने विरुद्ध कार्वाहीको माग सहित ईलाका प्रहरी कार्यालय दुहबीमा उजुरी परेका छन

‘पत्रकारले लेखेको समाचारमाथि चित्त नबुझे कानुनी उपचारमा जाने मार्ग र निकाय हुँदाहुँदै पत्रकारलाई स्वतन्त्र रूपमा काम गर्ने मार्गमा हतोत्साहित गर्ने, डर देखाउने, धम्की दिनेजस्ता कार्य प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्दै कोचिला खबर मिडियाको ठम्याइ छ ।

भी .ओ.पी मीडिया ग्रुप प्रा.लि द्वारा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिममा सहभागी हुने इच्छुक मानवभावहरूले नाम दर्त...
27/06/2024

भी .ओ.पी मीडिया ग्रुप प्रा.लि द्वारा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिममा सहभागी हुने इच्छुक मानवभावहरूले नाम दर्ता गर्न हुन् अनुरोध गरिन्छ ।

नोट : तालिम पश्चात् उत्कृष्ट केही सहभागीलाई उत्कृष्ट केहीलाई रोजगारी समेत दिइने भएकाले पत्रकारिता गर्न इच्छुकले मात्र तालिममा सहभागी भईदिनुहोला ।

- सीट सिमित भएकाले पहिला आवेदन पेश गर्नेलाई मात्र तालिममा प्राथमिकता दिईनेछ ।

- फोन सम्पर्क एक दिन अगाडी नै जानकारी गराउनु पर्ने छ । सहभागीलाई प्रमाणपत्रको व्यवस्था रहनेछ ।
तालिम शुक्रबारदेखि आइतबारसम्म दिउँसो ३ बजेदेखि ५ बजेसम्म २ घण्टा हुनेछ ।
➖➖➖➖➖➖
थप जानकारीका लागि सम्पर्क
भी .ओ.पी मीडिया ग्रुप प्रा.लि
✅ ph :9825010136
✅ इमेल : [email protected]

24/06/2024

इनरुवा नगरपालिकाकाे १३ ओैं नगर सभाकाे अधिवेशन...

24/06/2024

इनरुवा नगरपालिकाकाे १३ औं अधिवेशन Live🛑

24/06/2024

इनरुवा नगरपालिकाकाे नगर सभामा अभियान्ताहरुले नगर प्रमुखलाई घेरेपछि ।

24/06/2024

नेकपा एमाले नगर कमिटी इनरुवाले १४ बुदें माग समहित इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीलाई आइतबार दिउँसो ज्ञापन-पत्र बुझाएकाे छ ।

23/06/2024

इनरुवामा हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न
इनरुवा । सुनसरीको इनरुवामा हस्तलेखन प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएकाे ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्यासन इनरुवा,सुनसरीको आयाेजनामा बिहिबार देखि इनरुवा नगरपालिका क्षेत्र भरि रहेका निजी विद्यालयका शिक्षक शिक्षिकाका लागि सञ्चालित हस्तलेखन प्रशिक्षण कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्यासन इनरुवाका अध्यक्ष रमेश पणरसाद गुरागाईंकाे अध्यक्षता तथा इनरुवा नगरपालिकाका नगर पणरमुख केदार भण्डारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
इनरुवा नगरपालिका वडा नं-३ स्थित रहेकाे ओम साईं पार्टी प्यालेसमा सञ्चालित उक्त कार्यक्रममा सहभागी शिक्षका शिक्षिकाहरुलाई सुरज चाैधरी,नकुल राई,सविता चाैधरीले प्रशिक्षण दिनुभएको थियाे ।
उक्त कार्यक्रममा इनरुवा नगर क्षेत्रमा रहेका निजी विद्यालयकाे ३ सय जना भन्दा बढी शिक्षक शिक्षिकाहरुले भाग लिएकाे थियाे ।

22/06/2024

सुनसरी सदरमुकाम इनरुवा नगरपालिकावडा नं-१ लाेकतान्त्रीक चाैक स्थित रहेकाे शिव मन्दिर तथा इनरुवा-१ र ४ काे सिमामा रहेकाे महानन्द पञ्चवटी मा जिल्ल प्रहरी कार्यालय सुनसरी तथा राष्ट्रिय सनातनी संघले शनिबार सरसफाइ गरेकाे छ । #सरसफाइ

ॐ हनुमते नम:ॐ शं शनैश्चराय नमः❣️🙏
22/06/2024

ॐ हनुमते नम:
ॐ शं शनैश्चराय नमः
❣️🙏

गाई काटेकाे आराेपमा पक्राउ परेका फेकु मियाँ सुनसरी जिल्ला अदालतबाट ३० हजार धराैटी बुझाई तारिखमा छुटेका छन ।  #स्राेत:जिप...
21/06/2024

गाई काटेकाे आराेपमा पक्राउ परेका फेकु मियाँ सुनसरी जिल्ला अदालतबाट ३० हजार धराैटी बुझाई तारिखमा छुटेका छन ।
#स्राेत:जिप्रका सुनसरी । फैसला पश्चात् मात्र मुद्दाको विषय टुंगिने हुन्छ । अहिलेलाई अदालतले तारिखमा मात्र छाडेकाे हाे । अनुसन्धान जारी छ : प्रहरी ।।

21/06/2024

भूमिसुधार कार्यालयका कर्मचारीले पैसा खाएर जग्गाधनीकाे पक्षमा फेैसला गरेकाे आराेप 😮 माेही पक्षले नामै लिएर गर्याे पत्रकार सम्मेलन । निर्णय बिरूद्ध अदालत जाने तयारी ।।

कमाइ खाने भाँडो महानन्द पञ्चवटी अर्थात् महानन्द पार्कसुनसरी सदरमुकाम इनरुवा नगरपालिका वडा नं-१ र वडा नं-४ काे सिमामा रहे...
20/06/2024

कमाइ खाने भाँडो महानन्द पञ्चवटी अर्थात् महानन्द पार्क
सुनसरी सदरमुकाम इनरुवा नगरपालिका वडा नं-१ र वडा नं-४ काे सिमामा रहेकाे महानन्द पञ्चवटी अर्थात् महानन्द पार्क बर्षाैंदेखि कमाइखाने भाँडो भएकाे छ ।
बर्षैपिछे उक्त पार्क निर्माणका लागि प्रशस्त बजेट पारित हुन्छ र पार्कमा निर्माण भएकाे जस्तो टालटुल निर्माण कार्य समेत हुन्छ । तर निर्माण कार्य भने पूरा हुँदैन । कहिले प्रदेश सरकारबाट बजेट आउँछ त कहिले स्थानीय सरकारबाट पार्कभने जस्ताकाे त्यस्तै देखिन्छ । केही महिना अगाडि उक्त पार्कमा स्थानीय सरकारले खुल्ला व्यायाम साला निर्माण गरे स्थानीयले केही हदसम्म उक्त व्यायाम सालाबाट लाभ समेत लिए हाल सरसफाइ नभएको कारण उम्रिएका झारपातले गर्दा सर्वसाधारण व्यायाम गर्न छाडेका छन् । र स्थानीय सरकारले लाखौं खर्चिएर बनाएकाे उक्त व्यायामसाला कामै नलाग्ने भएकाे छ भन्न सकिन्छ ।
#गणेशयादव

Sad News 😥 सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा भैरवाबाट जनकपुर जाँदै गरेको बस दुर्घटनामा ७ जना को घटनास्थलमै ...
20/06/2024

Sad News 😥 सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा भैरवाबाट जनकपुर जाँदै गरेको बस दुर्घटनामा ७ जना को घटनास्थलमै मृत्यु अन्य चिन्ताजनक अवस्था । बाकी विवरण आउन बाकी !

फोटो : सामाजिक सञ्जाल

इनरुवा नगरपालिका वडा नं-४ स्थित पूर्वपश्चिम राजमार्गको अवस्था !
19/06/2024

इनरुवा नगरपालिका वडा नं-४ स्थित पूर्वपश्चिम राजमार्गको अवस्था !

अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठनhttps://oursunsari.com/blog/main-news/4188/
19/06/2024

अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन
https://oursunsari.com/blog/main-news/4188/

सुनसरी प्रशासनले राष्ट्रिय परिचयपत्र सम्बन्धि अभिमुखिकरण कार्यक्रम राखेकाे छ । आशा गराैं रातीबाटै लाइन बस्नु पर्ने वृद्ध...
19/06/2024

सुनसरी प्रशासनले राष्ट्रिय परिचयपत्र सम्बन्धि अभिमुखिकरण कार्यक्रम राखेकाे छ । आशा गराैं रातीबाटै लाइन बस्नु पर्ने वृद्धवृद्धाकाे विवशताकाे सुनुवाइ हुनेछ ।

काेशी ब्यारेज।
19/06/2024

काेशी ब्यारेज।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि टाेकन लिन बिहान ५ बजे देखि नै जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि सर्वसाधारणहरु लाइनमा...
19/06/2024

राष्ट्रिय परिचयपत्र बनाउनका लागि टाेकन लिन बिहान ५ बजे देखि नै जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि सर्वसाधारणहरु लाइनमा बसेकाे दृश्य ! टाेकन भने ८ बजेदेखि वितरण गर्ने गरिएकाे छ ।
#गणेशयादव #राष्ट्रिय_परिचयपत्र

18/06/2024

राष्ट्रिय परिचयपत्र बनाउन रातिदेखि नै प्रतिक्षामा सर्वसाधारण
इनरुवा । राष्ट्रिय परिचयपत्र बनाउनका लागि सर्वसाधारणहरु रातिदेखि नै जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि बस्न बाध्य भएका छन् ।
थप कुरा भिडियो भित्र .....
#गणेशयादव #राष्ट्रिय_परिचयपत्र

१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ सुनसरी  । १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा विराटनगरका ए...
18/06/2024

१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
सुनसरी । १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा विराटनगरका एक जना पक्राउ
विराटनगर । १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगरका एक व्यवसायी धनकुटाको भेडेटारबाट पक्राउ परेका छन्।

सर्लाही घर भएकी १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई धनकुटा प्रहरीले पक्राउ गरेको हो ।

अग्रवालले ती किशोरीलाई असार २ गते आईतबार ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–६ भेडेटारस्थित होटेलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको धनकुटा प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नामको अक्षर अनुसार डिजाइन गरिएको प्रशासकीय भवन:सुर्खेतको सिम्ता गाउँपालिका- ६ लिसेडाँडामा रहेको सिम्ता गाउँपालिकाको नामक...
18/06/2024

नामको अक्षर अनुसार डिजाइन गरिएको प्रशासकीय भवन:

सुर्खेतको सिम्ता गाउँपालिका- ६ लिसेडाँडामा रहेको सिम्ता गाउँपालिकाको नामको अक्षरअनुसार डिजाइन गरिएको प्रशासकीय भवन।

तस्बिरः सुरेश आचार्य/रासस

सुनसरीको इनरुवा नगरपालिका वडा नं-९ बबियामा रह्काे सरस्वती मा.वि. अगाडि पानी जमेका कारण विद्यार्थीलाई विद्यालय प्रवेश गर्...
18/06/2024

सुनसरीको इनरुवा नगरपालिका वडा नं-९ बबियामा रह्काे सरस्वती मा.वि. अगाडि पानी जमेका कारण विद्यार्थीलाई विद्यालय प्रवेश गर्न समस्या हुनेगरेकाे छ ।

मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्वको अवसरमा सोमबार बिहान सुनसरी जिल्लास्थित भुटाहाको ईदगाहमा नमाजको तया...
17/06/2024

मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्वको अवसरमा सोमबार बिहान सुनसरी जिल्लास्थित भुटाहाको ईदगाहमा नमाजको तयारी गरिदै । यो मुस्लिमहरुको दोस्रो ठूलो महान चाड हो । सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक विदा समेत दिएको छ ।

तश्वीर : नसिम अन्सारी

आज निर्जला एकादशीसुनसरी  । आज ज्येष्ठ शुक्ल एकादशी, तुलसीको बिउ रोप्ने दिन । आजको एकादशीलाई निर्जला एकादशी पनि भनिन्छ । ...
17/06/2024

आज निर्जला एकादशी
सुनसरी । आज ज्येष्ठ शुक्ल एकादशी, तुलसीको बिउ रोप्ने दिन । आजको एकादशीलाई निर्जला एकादशी पनि भनिन्छ । वर्ष भरीका एकादशीको पुण्य प्राप्त हुने विश्वासमा आजका दिन पानी पनि नखाई ब्रत बस्ने र भगवान विष्णुको पूजा गर्ने चलन छ ।

ज्येष्ठ शुक्ल प्रतिपदादेखि शुरु भएको दशहरा स्नान तुलसीको बिउ रोपी आजैदेखि सम्पन्न भएको छ । प्रतिपदादेखि एकादशी सम्म जलाशय वा नदीमा गई स्नान गरे दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ ।

शरीर, मन र वचनले गरिने दश प्रकारका पाप ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीका दिनसम्म स्नान गरेर नाश हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो ।

ईद-उल- अजहा अर्थात बकर ईद पर्वको भुटाहा ईदगाहमा नमाजकाे तयारी हुँदै! तश्वीर : नसिम अन्सारी
17/06/2024

ईद-उल- अजहा अर्थात बकर ईद पर्वको भुटाहा ईदगाहमा नमाजकाे तयारी हुँदै!
तश्वीर : नसिम अन्सारी

नेकपा एमाले इनरुवा नगर कमिटि अध्यक्ष पदमा  प्रेम पौडेल निर्बाचित भएका छन्।
16/06/2024

नेकपा एमाले इनरुवा नगर कमिटि अध्यक्ष पदमा प्रेम पौडेल निर्बाचित भएका छन्।

Address

Inaruwa Sunsari
Sunsari

Alerts

Be the first to know and let us send you an email when Our Sunsari .Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Our Sunsari .Com:

Videos

Share


Other Media/News Companies in Sunsari

Show All

You may also like