Sunsari online

Sunsari online ताजा र निष्पक्ष खबरका लागि

28/08/2022

Who dare to jump like this amazing man can fly from 2000 meters mountain high

28/08/2022

3 Days Alone - Build Bushcraft Permanent Camp - Water from Sphagnum and Nettle Soup 15

28/08/2022

That tree we climb 6_6

28/08/2022

Unique Food with Natural Cooking 15

28/08/2022

Have you ever tried this unique dish

28/08/2022

A Unique Way To Make A Useful Home Medicine Cabinet From Scrap Tires and Pallet Wood 3

27/08/2022

Outdoor picnic supplies on the water

27/08/2022

Two kids draw 3D art, funny parents 🤣😂😂

27/08/2022

Tips for pruning very beautiful fruits that you should learn

27/08/2022

Good Smart Item product can make your life easy 2022 #02

27/08/2022

Today my wife is not at home, she returned to her mother-in-law's house

27/08/2022

Put your girlfriend's phone on a special case and see if she can find it

27/08/2022

150 years history of making coconut sugar in Thailand

08/08/2022

अगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका विषयमा आज बसेको कार्यदलको बैठकले के के निर्णय गर्यो ? सिट बाडफाडकाे बिषयमा के छलफल भयो भन्ने कुराको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की ज्युले जानकारी दिनुहुदै । सभार : नेपाल प्रेस ।

07/08/2022

आजको प्रतिनिधि सभामा सुनसरी क्षेत्र नम्बर-२ का प्रतिनिधि सभा सदस्य सिताराम महतो ज्युले सुनसरी सदरमुकाम इनरुवादेखी दक्षिणको सीमावर्ती क्षेत्र देवानगज गाउँपालिकासम्मको सडक ठेक्का लागेपनी काम सूचारु नभएकोले सर्वसाधारणहरुलाई आवत जावत गर्न समस्या भएकोले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

06/08/2022

इनरुवा । सुनसरीको इनरुवा अस्पतालमा सेवा विस्तार तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शनिबार ज

06/08/2022

इनरुवा अस्पतालमा सेवा विस्तार
इनरुवा । सुनसरीको इनरुवा अस्पतालमा सेवा विस्तार तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार जिल्ला अस्पताल इनरुवामा सेवा विस्तार तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला अस्पताल इनरुवाले सेवा विस्तार गर्दै इको र इन्डोस्कोपि सेवा उद्घाटन गरि सञ्चालमा ल्याएको इनरुवा अस्पतालका मेडिकल सुपरिडेन्टेड तथा वरिष्ट फिजिसन डा. देवराज घिमिरेले जानकारी दिए ।
एमडी,डीएम पेट,आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डा.मोहन खड्काले इको र इन्डोस्कोपि सञ्चालन गरि सर्बसाधारणलाई सेवा प्रदान गरेका थिए ।
सेवा विस्तार तथा उद्घाटन कार्यक्रममा इनरुवा नगरपकलिकाका प्रमुख केदार भण्डारी,इनरुवा नगरपालिका वडा नं–५ का वडा अध्यक्ष अनिल कुमार पोखरेल,तोया गिरी,डा.देवराज घिमिरे डा.मोहन खड्का लगायतको उपस्थिती रहेको थियो भने इनरुवा अस्पतालका कर्मचारी लगाउत आम सर्वसाधारणको सहभागिता रहेको थियो ।
जिल्ला अस्पताल इनरुवामा डा.घिमिरे आएपछि अस्पतालको मुहार फेरिएको छ । अस्पतालका वेथितीहरुलाई अन्त्य गरि सुधारका कार्यहरूलाई अघि सारिएको छ । इनरुवा अस्पतालमा आउने सेवाग्राहीहरुलाई रेफर नगरी उपचार गरि घर फर्काउन थालेपछि अहिले सेवाग्राहीहरु खुशी भएका छन् । अस्पताल आवश्यक सेवा सुविधाहरुलाई चुस्त द्रुस्त बनाई समयमै उपचार गर्न थालेपछि अहिले विभिन्न सेवाहरु थप गरि सेवा सुचारु गरेका हुन । भिडियो : Ganesh Yadav

05/08/2022

सुनसरीको हरिनगर गाउँपालिकामा स्थित जीवन विकस लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हरिनगराले मानसिक अबस्था कमजोर भएको ब्यक्तीलाई लुगा , खाना र कपाल कटाई सहयोग गरिएको छ । बिगत आठ बर्ष देखि मानसिक अबस्था कमजोर भएको ब्यक्तीलाई हरिनगर बजारमा फेला पारेपछि उनलाई जीवन विकस लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हरिनगरा ईलाका प्रहरी कार्यालय र स्थानिय बासिको सहयोगमा खाधन्न सामाग्री उपलब्ध गराएको जीवन विकास लघुवित्त वित्तीय संस्था लि.हरिनगर शाखाका यदु नन्द्न साहले बताए ।

03/08/2022

सप्तकोशी नदि फुटिरहेको हालको अवस्था !!!

video credit:- Belaka

सप्तकोशी नदिकाे पश्चिमी तटबन्ध फुटेर बेलका नगरपालिकामा पानी पसेकाे छ  बेलका नगरपालिकाका अनुसार `अबको २/३ घन्टामा कोशिले ...
03/08/2022

सप्तकोशी नदिकाे पश्चिमी तटबन्ध फुटेर बेलका नगरपालिकामा पानी पसेकाे छ बेलका नगरपालिकाका अनुसार `अबको २/३ घन्टामा कोशिले धेरै क्षति गर्दैछ, हजारौं बिघा जग्गा त जान्छ नै १० हजार बढी जनसंख्या बिस्तापित हुनेभयो । अरु त माया मारिसक्यो, मानिसलाई कसरी सुरक्षित गर्ने मात्रै अबको विकल्प।´ फायल तश्विर
श्राेत : प्रकाश तिम्सिना

आज नागपञ्चमीकाठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना ...
02/08/2022

आज नागपञ्चमी
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।

प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ ।

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रीसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिंडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् ।

मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।

प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।

गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।

संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।

आज काठमाडाैंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

श्राेत: अनलाइन खबर

ईनरुवा अस्पतालमा अब देखि प्रत्येक शनिबार बरिष्ठ मुटुरोग बिशेषज्ञ बाट मुटुको जाच र ईकोकार्डियोग्राफि(मुटुको भिडियो एक्सरे...
01/08/2022

ईनरुवा अस्पतालमा अब देखि प्रत्येक शनिबार बरिष्ठ मुटुरोग बिशेषज्ञ बाट मुटुको जाच र ईकोकार्डियोग्राफि(मुटुको भिडियो एक्सरे)सेवा शुभारम्भ भएकाे इनरुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.देवराज घिमिरेले आफ्नो प्रस्नल फेसबुक आइडी मार्फत जानकारी दिए । #इनरुवा_अस्पताल

31/07/2022

जनार्दन शर्माको तथ्य बाहिर आउँछ भनेर सिसिटिभी नै गायव पारियोः ओली
भिडियो : देश सञ्चालन

31/07/2022

आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको हो ।

30/07/2022

ओशो तपोवन पुगेर नाचे कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ओशो तपोवन पुगेका छन्।

घिसिङ प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित शुक्रबार त्यहाँ पुगेका हुन् । उनी ओशो तपोवन पुगेर स्वामी आनन्द अरुणले आफूसँगै गेरुवस्त्र लगाएर नाचिरहेको भिडिओ सार्वजनिक गरेका छन् ।

आनन्द अरुणले राखेको टिकटक भिडियोमा रातो गेरुवस्त्र लगाएर घिसिङ ध्यानमग्न भएर नाचिरहेको देखिन्छ । उनीसँगै अरु अधिकारीहरुपनि ध्यानमग्न भएर नाचिरहेका छन् ।

बिहीबार मात्रै सीके राउतले तपोवनमै सन्यास धारण गरेको भिडिओ र फोटो सार्वजनिक भएको थियो । राउतले तपोवन पुगेर आफनो नाम समेत परिवर्तन गरेका छन् ।

श्री भगवती मन्दिर इनरुवा ९ बबिना,सुनसरी इति सम्वत्  २०६२ साल जेष्ठ १३ गते राेज ७ शुभम् ।
30/07/2022

श्री भगवती मन्दिर इनरुवा ९ बबिना,सुनसरी
इति सम्वत् २०६२ साल जेष्ठ १३ गते राेज ७ शुभम् ।

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नम्बर -२ लक्ष्मी नारायण चाैकमा निर्माण भइरहेकाे श्रि लक्ष्मी नारायण मन्दिरकाे निर...
29/07/2022

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नम्बर -२ लक्ष्मी नारायण चाैकमा निर्माण भइरहेकाे श्रि लक्ष्मी नारायण मन्दिरकाे निर्माणकार्य अब अन्तिम चरणमा पुगकाे छ ।
फाेटाे : Ganesh Yadav

#इनरुवा_२_लक्ष्मी_नारायण_चाैक_सुनसरी

Address

Inaruwa 2 Sunsari
Sunsari

Telephone

+9779811039746

Website

Alerts

Be the first to know and let us send you an email when Sunsari online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies


Other Media/News Companies in Sunsari

Show All