Radio Lumbini

Radio Lumbini Email: info[at]radiolumbini.org www.radiolumbini.org by farmers, industrialists, educationists, lawyers, businessmen, teachers, journalists etc.

Radio Lumbini is the first radio outside Kathmandu valley, which is totally run by the local initiatives i.e. Radio Lumbini FM 96.8 MHz , Tilottama Municipality Ward No. 5, Manigram, Rupandehi, Lumbini Zone, Nepal

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ ।मार्की खेलाडीमा नेपाली क्रिकेट...
13/09/2024

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ ।

मार्की खेलाडीमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी, करण केसी, अलराउन्डर कुशल मल्ल, ओपनर कुशल भुर्तेल र आसिफ शेखको नाम मार्की खेलाडीमा सार्वजनिक गरेको छ ।

रुपन्देहीको तिलोत्तमा ५ शंकरपुरचोकमा आज भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु #तिलोत्तमा । भदौ २८ गते । रुपन्देहीको त...
13/09/2024

रुपन्देहीको तिलोत्तमा ५ शंकरपुरचोकमा आज भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु
#तिलोत्तमा । भदौ २८ गते । रुपन्देहीको तिलोत्तमा ५ शंकरपुरचोकमा छोटा हात्तीले मोटरसाइकललाई ठक्कर दिदाँ १ जनाको मृत्यु भएको छ । बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ५२ प ९५६० नम्बरको मोटरसाइकललाई शुक्रबार सोही दिशातर्फ जाँदै गरेको लु ३ च १९८० नम्बरको छोटा हात्तीले पछाडीबाट ठक्कर दिदा मोसा को पछाडी सवार तिनपा ७ सेमरा बजार निवासी ६८ बर्षिय तेज बहादुर गुरुगंको उपचारका क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तेज बहादुरको शवलाई पोष्टमार्टमका लागी हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । यसैगरि दुर्घटनामा परि मोटरसाइकल चालक तिनपा १० नमुना स्कूल बस्ने बर्ष ६४ का लिल बहादुर कामु मगर घाइते भएको र अवस्था मध्यम रहेका मगरको हाल क्रिमसन अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय मंगलापुरका वरिष्ठ हवल्दार हिराधर उपाध्यायले जानकारी दिनुभयो । ठक्कर दिने छोटा हात्ती र चालक पाल्पा रिब्दिकोट ६ बस्ने ३२ बर्षिय यम बहादुर गाहालाई नियन्त्रणमा लिएर छानवीन अघि बढाइएको उपाध्यायको भनाई छ ।

इकु विरुद्ध ४ जनाको जाहेरी पर्यो, मानव बेचबिखनमा पनि अनुसन्धान हुदै  #एजेन्सी। हास्य कलाकार सुलेमान शंकर (इकु) लाई पक्रा...
13/09/2024

इकु विरुद्ध ४ जनाको जाहेरी पर्यो, मानव बेचबिखनमा पनि अनुसन्धान हुदै
#एजेन्सी। हास्य कलाकार सुलेमान शंकर (इकु) लाई पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । उनको बैंक खातामा शंकास्पद कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयु) ले दुई साताअघि सीआईबीलाई जानकारी गराएको थियो । मंगलबार पक्राउ गरेर अनुसन्धान गर्दा इकुले गैर कलाकारलाई कलाकारका रुपमा विदेश लैजाने गरेको खुलेको सीआईबीका अधिकारीहरु बताउँछन् । तीमध्ये कतिपयसँग पैसा लिएर पनि नपठाएको पाइएको र त्यस्ता व्यक्तिहरुले जाहेरी दिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा सर्वसाधारणलाई कलाकारका रुपमा क्यानडा, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशहरुमा लैजाने भन्दै रकम लिएको र कतिपयलाई नपठाएको पाइएको सीआईबीका अधिकारीहरुको भनाइ छ । इकुलाई ठगीको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ । सीआईबीका निर्देशक तथा एआईजी दीपक थापाका अनुसार अहिले पनि इकुको खातामा ६० लाख रुपैयाँ बढी रकम भेटिएको छ । ‘इकुको खातामा ६० लाख रकम भेटिएको छ । करोड भन्दा बढी रकम निरन्तर ट्रान्ज्याक्सन भएको विवरण राष्ट्र बैंकले पठाएको छ’, एआईजी थापाले भने, ‘यी रकम विदेश पठाउने भन्दै ठगी गरेको पाइएको छ ।’ इकुले एसएमएस फिल्म प्रालि नामक कम्पनीमार्फत युरोपका विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रमको सूची देखाउने र त्यहाँ लगिदिने भन्दै सर्वसाधारणसँग रकम लिएको पाइएको सीआईबीका एसपी प्रवक्ता होबिन्द्र बोगटीले बताए । उनले कार्यक्रम नभएको ठाउँमा कार्यक्रम भएको छ भनेर पनि रकम लिएको पाइएको सीआईबीको भनाइ छ ।

चार जनाको जाहेरी

इकुविरुद्ध अहिलेसम्म चार जनाले सीआईबीमा जाहेरी दिएका छन् । जसमा दुई जनाले समान साढे २ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन् । एक जनाले ४ लाख र अर्का एक जनाले ९ लाख रुपैयाँ ठगी भएको दाबी गरेका छन् । अन्य चार जनाले भने फोन गरेर आफूहरु पनि ठगिएको जानकारी गराएको तर जाहेरी दिन नआएको प्रवक्ता बोगटीले बताए । ‘अन्य कोही व्यक्ति पनि ठगिएको भए जाहेरी दिन भनेका छौं’, उनले भने ।

मानव बेचबिखनमा पनि अनुसन्धान

ठगी मात्रै नभएर मानव बेचबिखन पनि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । गैरकलाकारलाई कलाकार बनाएर मानव बेचबिखन तथा ओसारपसारको कसुर गरेको हुनसक्ने आशंकामा पनि अनुसन्धान अघि बढाइएको सीआईबीको भनाइ छ । दुई जना गैरकलाकारलाई २८ लाख रुपैयाँ लिएर कलाकार भन्दै युरोप पठाएको खुलेको सीआईबी स्रोतले बतायो । ‘२८ लाख रुपैयाँ लिएर गोरखा घर भएका दुई जनालाई कलाकार बनाएर युरोप पठाएको पाइएको छ । यस विषयमा पनि अनुसन्धान गर्दैछौं’, सीआईबीका एक अनुसन्धान अधिकृतले भने । दुबै जना युरोप पुगिसकेकाले जाहेरी पर्ने अवस्था छैन । मानव बेचबिखनको कसुरमा पीडित बिना मुद्दा चल्न सक्ने अवस्था नभएकाले मानव बेचबिखनको कसुर स्थापित गर्न सीआईबीलाई गाह्रो पर्ने देखिन्छ ।
इकुले विदेश जाने आवेदन दिन चाहिने कागजातहरु समेत कीर्ते गरेको प्रमाण सीआईबीले भेटेको छ । गैरकलाकारलाई कलाकार भनेर बनाइएको कागजात, नक्कली बैंक स्टेटमेन्ट, विभिन्न अनुभव तथा तालिमका पत्रहरु समेत नक्कली बनाउने गरेको पाइएको एसपी बोगटीले बताए । उनले नक्कली भिसा र टिकट समेत देखाउने गरेको पाइएको सीआईबीको भनाइ छ ।

झरना स्पोर्ट्स क्लब तिलोत्तमा ६ कुञ्जलापुर रुपन्देहीको शान, झरना रनिङ्ग शिल्ड फूटबल प्रतियोगिताको तयारी तिब्र ।
13/09/2024

झरना स्पोर्ट्स क्लब तिलोत्तमा ६ कुञ्जलापुर रुपन्देहीको शान, झरना रनिङ्ग शिल्ड फूटबल प्रतियोगिताको तयारी तिब्र ।

लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख इन्जिनियरविरुद्ध  झण्डै २ करोड भ्रष्टाचार आरोपमा मुद्दा दायर  #तिलोत्तमा । लु...
13/09/2024

लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख इन्जिनियरविरुद्ध झण्डै २ करोड भ्रष्टाचार आरोपमा मुद्दा दायर
#तिलोत्तमा । लुम्बिनी विकास कोषमा तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध एक करोड ८५ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बाबुल निर्माण सेवाले एकल तथा जे.भी.लाई ठेक्का मिलाइदिने नाममा योजना प्रमुख भट्टराईले भ्रष्टाचार गरेको देखिएपछि मुद्दा दायर भएको हो । बाबुल निर्माण सेवाका प्रोप्राइटर घुस बापत ८० लाख रुपियाँ जम्मा गराएको अनुसन्धानबाट खुलेको छ। निर्माण कम्पनीका प्रोप्राइटर एकल दस्तखतबाट सञ्चालित अर्घाखाँची–बाबुल जे.भी. को खाताबाट विभिन्न बैङ्क खातामा एक करोड पाँच लाख रुपियाँ भट्टराईलाई दिएको खुलेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । भट्टराईले घुस रकमबाट भक्तपुर, साबिक गुण्डु गाविस वडा नम्बर ३ हालको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित कि नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २–९–०–१ र ०–२–१–० का जग्गा आमा जनक नन्दनी भट्टराईको नाममा खरिद गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
कोषको योजना प्रमुख बन्दा सरकारी सम्पत्तिको गैरकानुनी ढङ्गले दुरुपयोग गरेको देखिएपछि भट्टराईमाथि सम्पत्ति शुद्धीकरण अन्तर्गत कसुरमा अख्तियारले भट्टराई र उहाँकी आमाविरुद्ध मुद्दा दायर गरेको हो । भट्टराईविरुद्ध अख्तियारले एक करोड ८५ लाख रुपियाँ बिगो कायम गर्दै बिहीबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।

नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न शुरु #काठमाण्डौ – नेपालमा उत्पादन भएको तरकारी आजदेखि कतारमा निर्यात गर्न...
13/09/2024

नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न शुरु
#काठमाण्डौ – नेपालमा उत्पादन भएको तरकारी आजदेखि कतारमा निर्यात गर्न शुरु भएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा काठमाण्डौको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित दुई हजार किलो तरकारी आज कतार पठाएको दक्षिणकालीका मेयर मोहन बस्नेतले जानकारी दिनुभयो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेर निर्यातको शरुवात भएको उहाँले बताउनुभयो । कार्यक्रममा कृषि विभागका महानिर्देशक डाक्टर नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताउनुभयो ।

ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत दक्षिणकालीमा तरकारी खेती गरिएको थियो । आज कतार पठाइएका तरकारीमा रातो चेरी खुर्सानी (अकबरे), फ्ल्याट बीन्स र करेला लगायतका रहेका छन् । दक्षिणकाली नगरपालिकाका स्थानीय किसानले खेती गरेका उत्पादनले ताजापन र गुणस्तर सुनिश्चित गरेको र कतारको बजारमा रुचाइने नेपालका लागि कतारी राजदूत अन्सारीले बताउनुभयो ।

एक वर्षमा एकचालिस हजार रुपियाँले बढ्यो सुनको मूल्य #रेडियो_लुम्बिनी ।  भदौ २७ गते । स्थानीय बजारमा बुधबार सुनको मूल्य फे...
12/09/2024

एक वर्षमा एकचालिस हजार रुपियाँले बढ्यो सुनको मूल्य
#रेडियो_लुम्बिनी । भदौ २७ गते । स्थानीय बजारमा बुधबार सुनको मूल्य फेरि बढ्न थालेको छ । लामो समयदेखि स्थिर रहेको सुनको मूल्य बुधबार एक्कासि बढेको हो । मङ्गलबार प्रतितोला एक लाख ५२ हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा एक हजार रुपियाँले बढेर एक लाख ५३ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि भदौ १२ गते प्रतितोला एक लाख ५३ हजार दुई रुपियाँमा कारोबार भएको थियो । त्यसपछि क्रमिक रूपमा घटेर गत आइतबार एक लाख ५२ हजार एक सय रुपियाँमा पुगेको थियो । त्यसपछि क्रमिक रूपमा बढ्न थालेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य दुई हजार ५२० अमेरिकी डलरमा कारोबार भइरहेको छ । यसैबिच एक वर्षको अवधिमा बजारमा प्रतितोला सुनको मूल्य ४१ हजार दुई सय रुपियाँले बढेको छ । गत वर्ष भदौ २६ गते प्रतितोला एक लाख १२ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर एक लाख ५३ हजार चार सय रुपियाँ पुगेको छ । एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशतमा पु¥याएकाले पनि सुनको मूल्य थप महँगो पर्न गएको व्यवसायीको भनाइ छ । भन्सार दर बढेका कारण तोलामा सुनको मूल्य सात हजार थप बढ्न गएको व्यवसायीको भनाइ छ । सुनको मूल्य लगातार बढ्दै गए पनि कारोबार भने न्यून अवस्थामा रहेको व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले उपभोक्तासँग पर्याप्त मात्रामा क्रयशक्ति नहुँदा बजारमा सुनको माग न्यून भई कारोबारमा उलेख्य गिरावट आएको बताउनुभयो । सुनचाँदीको कारोबारमा ७५ प्रतिशतले गिरावट आएको उहाँको भनाइ छ । यसैबिच चाँदीको मूल्य तोलामा १५ रुपियाँले बढेर एक हजार ७८० रुपियाँमा कारोबार भएको छ ।

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने #रेडियो_लुम्बिनी ।  भदौ २७ गते । चाडबाड लक्षित सहुलियत मूल्य पसल आ...
12/09/2024

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
#रेडियो_लुम्बिनी । भदौ २७ गते । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो ।

आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।

सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो रु पाँच छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु सात छुट पाइने छ । सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो रु पाँच, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो रु सात, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर रु सात र डिडिसी घ्यूमा प्रतिलिटर रु १० छुट तथा च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो रु १० छुटको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीसहित भारी वर्षाको सम्भावना #रेडियो_लुम्बिनी ।  भदौ २७ गते । देशभर मनसुनी वायुको...
12/09/2024

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीसहित भारी वर्षाको सम्भावना
#रेडियो_लुम्बिनी । भदौ २७ गते । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। भारतको मध्यप्रदेश आसपास रहेको न्युनचापीय प्रणाली थप विकसित भई नेपाल नजिक सर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ।
जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखी अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

दसैँका लागि सफा तथा सुकिला नोट असोज १३ गतेदेखि साट्न पाइने #रेडियो_लुम्बिनी ।  भदौ २७ गते । नेपाल राष्ट्र बैङ्कले दशैंमा...
12/09/2024

दसैँका लागि सफा तथा सुकिला नोट असोज १३ गतेदेखि साट्न पाइने
#रेडियो_लुम्बिनी । भदौ २७ गते । नेपाल राष्ट्र बैङ्कले दशैंमा नयाँ नोट खोज्नेलाई मध्यनजर गर्दै असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गरिने भएको छ।

दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ। प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ।

साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ। ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ।

हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैङ्कले यसपालि सुकिला नोटले काम चलाउने लागेको हो। दशैंतिहारलक्षित नयाँ नोट सहटी गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो। खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन।

दशैं को मनोविज्ञान नयाँ नोटसँग जोडिएको हुँदा सर्वसाधारणलाई केही असजिलो लाग्ने भए पनि बिस्तारै सामान्य अवस्था आउने राष्ट्र बैङ्कको अपेक्षा रहेको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरे को राष्ट्र बैङ्कले जनाएको छ।

पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने तयारी गरिरहेको राष्ट्र बैङ्कले नयाँ नोट आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दशैं मा दिने जनाएको हो। दशैं मा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने बताइएको छ।

ठुलो लागत लगाएर छापेका नयाँ नोट दशैं मा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरे को कुरालाई पनि मध्यनजर गर्दै दशैं मा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरे को राष्ट्र बैङ्कले जनाएको छ। दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक पनि सुविधा दिने छ।

यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सय कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैङ्कले जनाएको छ। दशैंमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कम गर्न राष्ट्र बैङ्कले नयाँ नोट बन्द गर्न लागेको हो। सामान्यतया नोटको दर अनुसार तीनदेखि चार वर्ष नोटको आयु हुने राष्ट्र बैङ्कले जनाएको छ।

राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको छ

नेपालले पहिलो पटक 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने #काठमाण्डौ – नेपालले हङकङमा हुने 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने भएको ...
12/09/2024

नेपालले पहिलो पटक 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने
#काठमाण्डौ – नेपालले हङकङमा हुने 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने भएको छ । पहिलोपल्ट नेपालले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

सन् १९९२ देखि शुरु भएको प्रतियोगिताको १९ औं संस्करण हङकङको मिसन रोड क्रिकेट मैदानमा आउँदो नोभेम्बर एक तारिख अर्थात् कात्तिक १६ देखि नोभेम्बर ३ अर्थात् कात्तिक १८ गतेसम्म हुनेछ ।

प्रतियोगितामा बढीमा १२ टोलीको सहभागिता रहनेछ । पछिल्लो संस्करण सन् २०१७ मा भएको थियो । त्यसबेला पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिकाले उपाधि जितेको थियो ।

नेपाली क्रिकेट टोली विश्वकप लिग–दुईको त्रिदेशीय शृङ्खलाका लागि हिजो क्यानडा प्रस्थान गरेको छ । ‘द हङकङ सिक्सेस’ मा नेपालबाट कस्तो टोली सहभागी हुन्छ यकिन भइसकेको छैन ।

भोलि साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभाग...
11/09/2024

भोलि साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको अनुमान गरेको छ । त्यस्तै, लुम्बिनीको बर्दिया र कर्णालीको सुर्खेतमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आईसीसी १९ वर्ष मुनिको  महिला टी २० विश्वकपको एशिया छनोट यूएईमा हुने #रेडियो_लुम्बिनी । भदौ २६ गते । अर्को वर्ष हुने आईसी...
11/09/2024

आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपको एशिया छनोट यूएईमा हुने
#रेडियो_लुम्बिनी । भदौ २६ गते । अर्को वर्ष हुने आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपको एशिया छनोट यूएईमा हुने भएको छ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो सार्वजनिक गरेको विश्वकप एशिया छनोटको खेल तालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसँग, २२ गते कुवेतसँग, २४ गते घरेलु टोली यूएईसँग, २५ गते थाइल्यान्डसँग, २७ गते कुवेतसँग र अन्तिम खेलमा कार्तिक २८ गते यूएईसँग खेल्ने छ । ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

मुख्य चाडपर्वमा चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुटको सुविधारेडियो लुम्बिनी । भदौ २६ गते । सरकारले दशैँ, तिहार लगाय...
11/09/2024

मुख्य चाडपर्वमा चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुटको सुविधा
रेडियो लुम्बिनी । भदौ २६ गते । सरकारले दशैँ, तिहार लगायतका मुख्य चाडपर्वमा चिनी अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुट सुविधा दिएर चिनी ल्याउने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्ने सुविधा दिने निर्णय गरेको हो ।

उद्योगी–व्यवसायीले चाडपर्वमा अभाव सिर्जना गराई चिनीमा मनोमानी मूल्य लिने सम्भावना देखिएपछि भन्सार छुट दिएर आयात गर्ने निर्णय भएको सरकारले जनाएको छ । अब चाडपर्वमा चिनीको अभाव नहुने र महँगो पनि नपर्ने सरकारले दाबी गरेको छ ।

चिनी आयातमा अहिले ३० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था छ । सरकारले दुवै संस्थालाई १५–१५ हजार टनका दरले चिनी आयात गर्ने कोटा दिएको छ । दशैँ र तिहारका लागि मात्र २५ हजार टन चिनी आवश्यक पर्ने अनुमान सरकारको छ ।

दुवै सङ्ख्याले कोटाअनुसार चिनी आयात गरेमा बजारमा अभाव नहुने सरकारको भनाइ छ । बजारमा अहिले चिनीको भाउ महँगिएको छ । केही हप्ताअघिसम्म किलोको ९० रुपैयाँ रुपैयाँ पाइने चिनीको भाउ अहिले एक सय २० रुपैयाँसम्म पुगेको छ ।

मसानघाट नै अतिक्रमणमा, दाहसंस्कारमा समस्यारेडियो लुम्बिनी ।  भदौ २६ गते । मसानघाट अतिक्रमण हुन थालेपछि बागलुङमा दाहसंस्क...
11/09/2024

मसानघाट नै अतिक्रमणमा, दाहसंस्कारमा समस्या
रेडियो लुम्बिनी । भदौ २६ गते । मसानघाट अतिक्रमण हुन थालेपछि बागलुङमा दाहसंस्कारमा समस्या हुन थालेको छ। धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो। कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलालगायत दर्जन बढी खोलाहरू छन्।

तीमध्ये अधिकांश खोला किनार अतिक्रमण भएको जनगुनासो छ। खोला किनार साँघुरो बन्दै गएपछि मसानघाट नै पुरिएका छन्। वर्षौँ अगाडिदेखि मसानघाटका रूपमा प्रयोग हुँदै आएका खोला किनारमा हिजोआज कतै खेत बनेका छन् त कतै घर तथा भवन बनेका छन्।

डेढ दशक अगाडिसम्म सुनसान रहेको गलकोट नगरपालिकास्थित दरमखोला र गौदीखोला किनारमा पनि ठूलो बस्ती बसेको छ। गलकोटको हटिया बजार पनि खोला किनारमै बनेको छ। गौदीखोला किनारमा हटिया, नरेठाँटीसहितका बस्ती छन्। पहिले गौदीखोला र दरमखोला किनारका थुप्रै स्थानमा रहेका दाहसंस्कार गरिने ठाउँ अचेल अतिक्रमणमा परेका गलकोट नगरपालिका प्रवक्ता हिमबहादुर भण्डारीले बताउँछन् । उनकानुसार कतिपय दाहसंस्कार गर्ने ठाउँ सडकले त कतिपय व्यक्तिगत संरचनाले गर्दा मासिएको हुन्। प्रवक्ता भण्डारीले भने, ‘पहिले हटिया बजार छेउमा दाहसंस्कार गर्ने ठाउँ थियो, अहिले बजार बस्यो ।

पहिलेका धेरै ठाउँ सार्वजनिक ठाउँ अतिक्रमण भएका छन्, त्यसमा मसानघाटसमेत बाँकी नरहनु दुःखको विषय हो । यसैले नगरपालिकाले अतिक्रण रोक्नका लागि निरन्तर प्रयास गरिरहेका छ।’ प्रवक्ता भण्डारीले हाल नगरपालिकाका विभिन्न १० स्थानमा व्यवस्थित मसानघाट बनाइएको जानकारी दिए।

निसीखोला गाउँपालिका पूर्णबहादुर क्षेत्रीले मसानघाट रहेका स्थानमा व्यक्तिगत तथा अन्य संरचना निर्माण गरिँदा समस्या भएको गुनासो गरे। ‘निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौँमुरेलगायत दर्जन बढी घाट अहिले पुरिएर खेत बनेका छन्। कतिपय ठाउँमा सडक, सार्वजनिक तथा व्यक्तिगत संरचना बनेका छन्। मान्छेले आफ्नो अन्तिम गन्तव्यस्थानसमेत बाँकी नछोड्न जस्तो लाजमर्दो कुरा अरू के होला’, उनको कथन छ।

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले खोलाका केही घाट अतिक्रमण र केही बाढीले बगाउँदा समस्या देखिएको बताए। गाउँपालिकाले हाल तीन स्थानमा व्यवस्थित घाट निर्माण गरेको र अतिक्रमित अन्य ठाउँ खाली गर्ने विषयमा पनि आवश्यक तयारी भइरहेको उनले जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले मसानघाटसहित सार्वजनिक जग्गा अतिक्रण भएको मौखिक गुनासो सुनिए पनि उजुरी नआउँदा कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको बताए। उनले जिल्लाका १० वटै पालिकामा अक्रिमण भएका जग्गाको विवरण उपलब्ध गराउन पत्राचार गरे पनि उपलब्ध हुन नसकेको जानकारी दिए।

‘धेरै ठाउँका नदी किनारमा सार्वजनिक जग्गा अतिक्रमण भएको देखिन्छ तर कसैले पनि लिखित रूपमा उजुरी गरेको अवस्था छैन। त्यसैले कारबाही प्रक्रिया अगाडि बढाउन सकेका छैनौँ’, सहायक प्रजिअ बरालले भने, ‘उजुरी आउनेवित्तिकै नाप जाँच गरी सार्वजनिक जग्गा फिर्ता लिने काम अगाडि बढाउछौँ।’ रासस

देशैभरि खुल्यो जग्गाको कित्ताकाट, किनबेच गर्न चाहनेलाई सहजरेडियो लुम्बिनी । भदौ २६ गते । सरकारले रोकिएको जग्गा कित्ताकाट...
11/09/2024

देशैभरि खुल्यो जग्गाको कित्ताकाट, किनबेच गर्न चाहनेलाई सहज
रेडियो लुम्बिनी । भदौ २६ गते । सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेसँगै चार वर्षदेखि रोकिएको जग्गाको कित्ता कत्ताकाटको समस्या अब समाधान हुने भएको हो । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कतिपय सर्वसाधारण, मोही र तल्सिङको जग्गा छुट्याउन, जग्गा किनबेच गर्नबाट वञ्चित हुँदै आएका थिए । देशभरका ७५३ पालिकामध्ये १९३ ले मात्र जग्गा वर्गीकरण गरेका छन् । अन्य पालिकाले समयमै जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ ।

माैसम पूर्वानुमान : लुम्बिनी सहित आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना #रेडियो लुम्बिनी । भदौ २६ गते। हाल देशभर मनस...
11/09/2024

माैसम पूर्वानुमान : लुम्बिनी सहित आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
#रेडियो लुम्बिनी । भदौ २६ गते। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बुद्ध एअरको सबैभन्दा पुरानो विमानको बिदाइ #एजेन्सी । नेपालमा  १६ वर्ष उडान गरेको बुद्ध एअरको सबैभन्दा पुरानो ‘एटीआर ४२-३...
11/09/2024

बुद्ध एअरको सबैभन्दा पुरानो विमानको बिदाइ
#एजेन्सी । नेपालमा १६ वर्ष उडान गरेको बुद्ध एअरको सबैभन्दा पुरानो ‘एटीआर ४२-३२०’ विमानलाई बिदाइ गरिएको छ। मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई बिदाइ गर्दै बुद्ध एअरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपालको हवाई क्षेत्रको इतिहासमा पहिलो पटक विमानलाई बिदाइ गरिएको बताए। “यो क्षण बुद्ध एअर र नेपालको हवाई क्षेत्रको इतिहासमा महत्त्वपूर्ण छ। यो पहिलो पटक हो, जब कुनै विमानले आफ्नो पूरै सेवा अवधि पूरा गरेर सेवानिवृत्त भएको छ।” सन् २००८ मा बुद्ध एअरले यो विमान खरीद गरेको थियो। त्यति वेला तीन वटा विमान खरीद गरिएका थिए। ‘९एन-एआईएन’ कल साइनको यो विमान सन् १९९५ मा निर्माण भएको थियो। ४७ सीटे विमानको एटीआर सिरियल नम्बर ४०३ हो। यसले सन् २००७ सम्म फ्रान्सेली प्रशान्त उपनिवेशको एअर क्यालेडोनियाका लागि उडान गरेको थियो। त्यसपछि बुद्ध एअरले किनेको थियो। नेपालमा धेरैजसो विमान आफ्नो जीवनचक्र पूरा गर्नुअघि नै बेचिने वा कवाडीमा परिणत हुने गर्छन्। सामान्यतया प्रेसरयुक्त विमानको जीवनकाल ३० वर्षको हुन्छ। २९ वर्ष पुरानो यो विमानले लगभग ७० हजार पटक उडान र अवतरण गरिसकेको थियो।
सो विमानका केही ककपिट उपकरण, ल्यान्डिङ गियर र ‘प्राटी एन्ड ह्वीट्नी पीडब्लू-१२१’ इन्जिनहरू कम्पनीका बाँकी दुई ‘एटीआर-४२’ विमानमा प्रयोग गरिने बुद्ध एअरले जनाएको छ। विमानको बाहिरी भाग भने काठमाडौं विमानस्थलले आगलागी नियन्त्रण र उद्धार अभ्यासमा प्रयोग गर्नेछ।

उपसभामुख हटाउन दुई तिहाइ सांसद्को हस्ताक्षर तयार, राजीनामा नआए तत्काल दर्ताकाठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन...
11/09/2024

उपसभामुख हटाउन दुई तिहाइ सांसद्को हस्ताक्षर तयार, राजीनामा नआए तत्काल दर्ता
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर तयार पारेर राखेका छन्। नेपाली कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार, दुई तिहाइ सांसदको हस्ताक्षर तयार भइसकेको छ। यो संख्या संसद्‌मा बहुमतका लागि आवश्यक पर्ने संख्याको पर्याप्त हुन्छ। ‘सरकारलाई समर्थन गरेका सांसदहरूको हस्ताक्षर भइसकेको छ,’ एमालेका एक नेताले नेपालखबरसँग भने, ‘अब भोलि (भदौ २६) संसद्‌मा दर्ता गर्ने पनि हुनसक्छ।’ हस्ताक्षर संकलन भएको सूचना पाउनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबार बेलुकी भेट गरेका छन्। भेटमा उनले प्रधानमन्त्री ओलीसँग उपसभामुखबारे सरकारको आधिकारिक धारणा माग गरेका थिए। दिनभर पोखरामा रहेका रविले काठमाडौँ फर्किएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

लुम्बिनीका विवादित मन्त्री बादशाह कुर्मीले दिए राजीनामा #बुटवल । नियुक्तिदेखिनै विवादित लुम्बिनी प्रदेशका वन तथा वातावरण...
11/09/2024

लुम्बिनीका विवादित मन्त्री बादशाह कुर्मीले दिए राजीनामा
#बुटवल । नियुक्तिदेखिनै विवादित लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित कुर्मीको विषयलाई लिएर आलोचना नरोकिएपछि राजीनामा दिएका हुन् । उनले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए । उनको राजीनामा स्वीकृत भएको छैन । मन्त्री भएपछि उनको बारेमा चौतर्फी विरोध भएको थियो । स्रोतका अनुसार कुर्मीलाई कांग्रेस पार्टी केन्द्रले मुद्दाको छिनोफानो नलाग्दासम्म मन्त्री पदबाट राजीनामा दिन सर्कुलर गरेको हो । कांग्रेस-माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए । शाहलाई साउन ९ गते कांग्रेसबाट बिनाविभागीय मन्त्री बनाएको थियो । मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए । कुर्मीविरुद्ध कर्तव्य जान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

क्यानडामा हुने विश्वकप लिग दुईको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा #काठमाण्डौ – क्यानडामा हुने विश्वकप लिग ...
10/09/2024

क्यानडामा हुने विश्वकप लिग दुईको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा
#काठमाण्डौ – क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा हिजो १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

सन्दीप लामिछाने १२ महिना पछि एकदिवसीय टोलीमा फर्किएका छन् । सन्दीपले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए । अर्जुन साउद पनि झण्डै १४ महिना पछि नेपालको एकदिवसीय टोलीमा परेका छन् ।

यस्तै टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र देव खनाल रहेका छन् । विश्वकप लिग दुई अन्तर्गत क्यानडामा हुने त्रिदेशीय श्रृङ्खलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।

प्रतियोगिता यही भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ । यो प्रतियोगितामा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ । तेस्रो खेलमा असोज ६ गते क्यानडा र असोज ८ गते ओमानसँग रहेको छ । सबै खेल नेपाली समयअनुसार वेलुका पौने ८ बजे शुरु हुनेछ ।

तस्बिर : क्यान

बादलुको घुम्टोमा घोराही बजार दाङ । दाङको घोराही उपमहानगरपालिका-१८ स्थित घोरदौराबाट मङ्लबार बिहान देखिएको बादलले ढाकेको घ...
10/09/2024

बादलुको घुम्टोमा घोराही बजार
दाङ । दाङको घोराही उपमहानगरपालिका-१८ स्थित घोरदौराबाट मङ्लबार बिहान देखिएको बादलले ढाकेको घोराही बजार र आसपासको दृश्य । तस्बिर : कुलदीप न्यौपाने/रासस

मेलम्ची खानेपानीको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर, एघार जनालाई सफाई  #काठमाण्डौ – मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट...
10/09/2024

मेलम्ची खानेपानीको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर, एघार जनालाई सफाई
#काठमाण्डौ – मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर भएका छन् । विशेष अदालतले एघार जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले हिजो मेलम्ची आयोजनासम्बन्धीे भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा, सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो ।

पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मासहित ११ जनाले सफाइ पाएका हुन् । कसुर ठहर भएकाको हकमा अदालतले असोज ७ गते सजाय निर्धारण गर्ने अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताउनुभयो ।

आयोजनाको विभिन्न प्रकृति र चरणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० साल फागुन ६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । परामर्शदातासहित चार कम्पनीलाई बिगो कायम गरिएको छ ।

आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस : साक्षरता अभियानको १६ वर्ष बित्दा पनि लक्ष्य अधुरैकाठमाण्डौ – आज ५८ औँ अन्तर्राष...
08/09/2024

आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस : साक्षरता अभियानको १६ वर्ष बित्दा पनि लक्ष्य अधुरै
काठमाण्डौ – आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने गरिन्छ । यस वर्ष 'बहुभाषिक शिक्षाकाे प्रवर्धन: पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता' भन्ने नारासहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदैछ । सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा भएको छैन ।

सरकारले २०६५ सालमा अभियानको शुरुवात गरेको थियो । त्यसयता हरेक वर्ष अभियान सञ्चालन हुँदै आएको छ । डेढ दशकमा झन्डै १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार नेपालमा अहिलेसम्म ६४ वटा जिल्ला साक्षर घोषणा गरिसकिएका छन् । अब १३ वटा जिल्ला घोषणा हुन बाँकी छन् । ती जिल्लासमेत साक्षर घोषणाको तयारीमा रहेको केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक नीलकण्ठ ढकालले जानकारी दिनुभयो ।

बागमती, गण्डकी र कोशीबाहेकका प्रदेश साक्षर घोषणा हुन बाँकी नै छन् । घोषणा हुन बाँकीमा मधेस प्रदेशका सबै जिल्ला : सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा रहेका छन् । त्यस्तै कर्णाली प्रदेशका मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा रहेका छन् । अहिलेसम्म ८५ प्रतिशत जनसङ्ख्या साक्षर भएको उहाँको भनाइ छ ।

केन्द्रले साक्षरता अभियान सञ्चालनका लागि साक्षर घोषणा हुन बाकी रहेका नगरपालिकालाई चार लाख, गाउँपालिकालाई तीन लाख र साक्षर घोषणा भइसकेका पालिकालाई दुई लाख रुपैयाँका दरले बजेट पठाउँदै आएको छ । आउँदो वर्षसम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी सिकाइका अवसरहरू सुनिश्चित गर्ने सरकारको उद्देश्य छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सूनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय जाने उमेर नाघेका नागरिकलाई जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

साक्षरताका लागि विभिन्न १२ सूचक तोकिएका छन् । जसमा राष्ट्रभाषा वा मातृभाषाका वर्ण र अक्षरको पढ्न र लेख्न जानेको हुनुपर्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्य सूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न, एक देखि एक सयसम्म गणना गर्न सक्नेलगायत रहेका छन् ।

त्यस्तै लेनदेनका हरहिसाब राख्न सक्ने, पोस्टर साइनबोर्ड र ट्राफिक संकेत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्ते पात्रो हेरी तिथिमिति बताउन सक्ने, बैंक भौचर भर्न र चेकको प्रयोग गर्न सक्ने भएमा व्यक्ति साक्षर मानिने केन्द्रको सूचक छन् ।

आज ऋषिपञ्चमी : अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाइँदैतिलोत्तमा – ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋष...
08/09/2024

आज ऋषिपञ्चमी : अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाइँदै
तिलोत्तमा – ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने र स्नान गर्ने गर्छन् ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राध्यापक डा. देवमणि भट्टराईकाअनुसार आज सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कलालगायत खाई बस्नुपर्ने व्रतविधि छ । आज काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्छ । मन्दिर नजाने या जान नसक्ने महिलाले नदी किनार वा घरमै पूजा गर्ने गरेका छन् ।

Address

Manigram
Rupandehi

Alerts

Be the first to know and let us send you an email when Radio Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Lumbini:

Videos

Share

Nearby media companies


Other Broadcasting & media production in Rupandehi

Show All