Radio Times Nepal

Radio Times Nepal Radio Station / News & Entertainment
we have our own official youtude channel please
visit there fo Radio Station / News & Entertainment

इजरायलले लेबनानको राजधानी बेरुत लक्षित आक्रमणलाई थप तीब्र बनाएको छ ।
28/09/2024

इजरायलले लेबनानको राजधानी बेरुत लक्षित आक्रमणलाई थप तीब्र बनाएको छ ।

असोज १२, इजरायलले लेबनानको राजधानी बेरुत लक्षित आक्रमणलाई थप तीब्र बनाएको छ । इजरायलको सेनाले बेरुतका भवन लक्षि...

लगातारको वर्षासँगैकोे पहिरोले मुख्य राजमार्ग ठप्प भएको छ ।
28/09/2024

लगातारको वर्षासँगैकोे पहिरोले मुख्य राजमार्ग ठप्प भएको छ ।

असोज १२,काठमाण्डौ – लगातारको वर्षासँगैकोे पहिरोले मुख्य राजमार्ग ठप्प भएको छ । काठमाण्डौ उपत्यका जोड्ने त्रिभ.....

प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको ...
27/09/2024

प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

 असोज ११, अमेरिका – प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो .....

12/09/2023

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । उहाँको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहनु भएका नेम्वाङको आज बिहान निधन भएको थियो ।

10/09/2023

बिपद् व्यवस्थापनका लागि हामी पहिल्यै तयारी गर्नुपर्छ
सैनामैना - प्रमुख फणेन्द्र प्रसाद शर्मा

श्रेष्ठ दम्पति ड्रागन खेतीमा रमाउदै ।नरेश चौधरी, सैनामैना, भदौं ११ ।रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं.९ बाँसगढी जन...
28/08/2023

श्रेष्ठ दम्पति ड्रागन खेतीमा रमाउदै ।
नरेश चौधरी, सैनामैना, भदौं ११ ।

रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं.९ बाँसगढी जनज्योति टोलका श्रेष्ठ दम्पतिले ड्रगन खेतिबाट मनाग्य आम्दानी गर्दै आउनु भएको छ । बाँसगढी निवासी रिम बहादुर श्रेष्ठ र उहाँका पत्नी पार्वती श्रेष्ठले ड्रगन खेतीबाट राम्रो आम्दानी गरिरहनु भइको छ । व्यावसायिक रुपमा ड्रागन खेती गरि वार्षिक ८ देखि १० लाख सम्म आम्दानी गर्ने लक्ष्य रहेको उहाँहरुको भनाई छ ।
तीन वर्षअघिबाट व्यावसायिकरुपमा खेती गर्न थाल्नु भएका उहाँहरुले १५ कठ्ठामा करिव दुई हजार पाँच सय बोट लगाउनु भएको छ । फल, यसको विरुवा, घाँस र अन्य कृषि उत्पादन तरकारी समेत विक्री गरेर यस वर्ष वार्षिक ८ देखि १० लाख बराबरको आम्दानी गर्ने लक्ष्य रहेको श्रेष्ठ दम्पतीको भनाई छ । पानी नजम्ने सुक्खा क्षेत्रमा यो फलको राम्रो उत्पादन हुने भएपछि उहाँहरुले ड्रागनको व्यावसायिक खेती गर्न थाल्नु भएको हो ।
उहाँहरुले ‘ बहुगुणी ड्रगन फ्रुट एग्रो फार्म’ दर्ता गरेर व्यावसायिक फलफूल खेती गर्न थाल्नु भएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना–१९को समय लकडाउनमा सामाजिक सञ्जालको सदुपयोग गर्दै युट्युव, फेसवुक तथा अनलाईनबाट आफैँ यसबारे ज्ञान लिई यो फलको खेति गरेको रिम बहादुर श्रेष्ठले बताउनु भयो । ‘अहिले हामी श्रीमान् श्रीमती यस खेति गरि घर खर्चा चलाई रहेका छौं ।’ – उहाँले भन्नु भयो । यहाँ उत्पादन भएको फल स्थानीय बजारमै खपत हुने उहाँको भनाई छ । यस वर्ष करिब दुई लाख रकम बराबरको फल तथा बोट विक्री गरि सेकेको उहाँले बताउनु भयो ।
एक पटक यसको विरुवा लगाए पछि वर्षाै सम्म प्रतिफल लिन सकिने, गोडमेल गर्न सहज हुने, सिचाँई गरिराख्नु नपार्ने, खुख्खा ठाउँमा हुने भएकोले यसको खेति गर्न सहज भएको पार्वती श्रेष्ठले बताउनु भयो । ‘खाली समयको सदुपायोग भएको छ । स्थानियहरुलाई रोजगारी दिन पाईएको छ । हामी अहिले सन्तुष्ट छौं ।’– उहाँले भन्नु भयो । एक पटक लागाएको ड्रागनको बोटबाट धेरै वर्षसम्म फल लिन सकिने श्रेष्ठको भनाइ छ । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उहाँ बताउनु हुन्छ ।
व्यावसायिकरुपमा खेती गरिरहेका श्रेष्ठ दम्पतीले सैनामैना नगरपालिका र सेतो गुँरास संस्थाबाट आर्थिक सहयोग पाएको बताउनु भयो ।
प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञ बताउँछन् । पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाँडो बिग्रने समस्या हुँदैन । सिउडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन । समुद्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइमा यसको खेती गर्न सकिन्छ । कम सिँचाइमा र सुक्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन् । खेतीको लागि निकासयुक्त, प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको बलौटे, दोमट तथा चिम्ट्याइलो दोमट माटो उपयुक्त हुन्छ । यसको वैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । ड्रागन फल औषधियुक्त गुण भएकाले स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
श्रीमती पार्वती श्रेष्ठ सैनामैना नगरपालिका वडा नं. ९ का पूर्व वडा सदस्य भै जनप्रतिनिधिका रुपमा काम गरिसक्नु भएको छ भने श्रीमान् रिमबहादुर श्रेष्ठ विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ उहाँ उधोगी व्यवासयी समेत हुनुहुन्छ ।

पश्चिम क्षेत्रकाे प्रख्यात रूपन्देहीकाे सैनामैना -१ स्थित श्री पर्राेहा परमेश्वर बाेलबंम धाम मन्दिर
28/08/2023

पश्चिम क्षेत्रकाे प्रख्यात रूपन्देहीकाे सैनामैना -१ स्थित श्री पर्राेहा परमेश्वर बाेलबंम धाम मन्दिर

20/08/2023

रुपन्देहीको सैनामैना -४, मुर्गिया स्थित पर्राेहा बहुमुखि क्याम्पस मा भर्ना खुल्यो
Admission Open For BBS

https://twitter.com/radiotimes948
08/08/2023

https://twitter.com/radiotimes948

We’ve detected that JavaScript is disabled in this browser. Please enable JavaScript or switch to a supported browser to continue using twitter.com. You can see a list of supported browsers in our Help Center.

12/07/2023

राष्ट्रिय जनगणना २०७८ को गणनामा ७ लाख ७१ हजार ९९८ जना छुटेको पुष्टि, नेपालको वास्तविक जनसंख्या २,९९,३६,५७६ कायम भएको छ ।

श्रोत : राष्ट्रिय तथ्यांक कार्यालय

11/07/2023

अपडेट ...

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु
मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो।

दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक थिए।

11/07/2023

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको 9N–AMV कलसाइन हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। हेलिकोप्टरको खोजी कार्य जारी रहेको उनले बताए।

सैनामैना नगरपालिका, रूपन्देही
04/07/2023

सैनामैना नगरपालिका, रूपन्देही

सैनामैना नगरपालिकाकाे तेह्राैं नगर सभा सूरू भएकाे छ ,
22/06/2023

सैनामैना नगरपालिकाकाे तेह्राैं नगर सभा सूरू भएकाे छ ,

जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन : बालेन
22/06/2023

जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन : बालेन

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भनिएको छ । जानकी भारतीय छोरी हुन् भन्ने शब्द आदिपुरुष फिल्मबाट...
15/06/2023

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भनिएको छ । जानकी भारतीय छोरी हुन् भन्ने शब्द आदिपुरुष फिल्मबाट नहटाए काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने मेयर बालेन शाहकाे घाेषणा ।

युवायुवतीहरूका लागि लागुओैषध तथा दुर्वेशनी न्यूनीकरण सम्बन्धि  सचेतनामूलक कार्यक्रम रूपन्देहीकाे सैनामैना नगरपालिका वडा ...
13/06/2023

युवायुवतीहरूका लागि लागुओैषध तथा दुर्वेशनी न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम रूपन्देहीकाे सैनामैना नगरपालिका वडा नं.२ मा सम्पन्न भएको छ ।

11/06/2023

भारतकाे उत्तराखण्ड राज्यको चक्करपुरमा भएको सडक दुर्घटनामा चार जना नेपालीको ज्यान गएको छ ।

कार र दुई वटा स्कुटर ठोकिँदा भएको दुर्घटनामा स्कुटरमा रहेका चारै जना नेपालीको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Address

Sainamaina
Rupandehi

Alerts

Be the first to know and let us send you an email when Radio Times Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Times Nepal:

Videos

Share


Other Broadcasting & media production in Rupandehi

Show All