19/09/2022
सके सहयोग गरिदिन र नसके सेयर गरेर दाता सम्म पुर्याइदिन अनुरोध गर्दछौँ।
उहाँ चन्दा परियार हुनुहुन्छ । कहाँको भनेर सोध्नुहोला तर उहाँको न नागरिकता छ ,न आफ्नो घर । फेरि पनि चौरजहारी क्षेत्रका धेरैजनाले उहाँलाई चिन्नु हुन्छ नै ।
करिब दुई महिना पहिला उहाँले मलाइ कल गर्नुभयो र भेट्ने चाहाना व्यक्त गर्नुभयो ,मैले रुकुम आयपछी भेट्ने वचन दिएँ। म छोराको उपचारमा नर्सिङ होम नेपालगन्जमा थिए । रुकुम आउने बित्तिकै छोरी बिरामी भएर फेरि नेपालगन्ज जानुपर्यो ।
धेरै ढिला भेट्न पाएँ उहाँलाई । तर ढिलो भेट भएकोमा पश्चाताप भो मलाई । उहाँको न घर छ,न आम्दानीको स्रोत न खानाको टुङ्गो ,न उपचार ,न लुगाफाटो ब्यबस्था ।
उहाँ संग एक छोरी छिन अहिले । सानी छोरी चाडपर्वमा अरु बच्चाहरुको जस्तै नयाँ लुगा माग्छिन र मीठो खाना पनि । तर दैनिक छाक टार्न मुस्किल उहाँले कसरी दिने नयाँ लुगा छोरिलाई र मीठो खाना ?
उहाँले कतै आफ्नो पीडा पोख्ने क्रममा मेरो नाम सुन्नु भएछ । लहरेसिमलका डिल्लिले तपाईंलाई सहयोग गर्न सक्छन भनिदिएछन कसैले ,र मलाई भेट्न खोज्नुभएको रहेछ ।
जन्मिएकी चौरजहारिमा ,बिहे भएको जाजरकोट तर सम्बन्ध बिच्छेद भैसकेकी उहाँका तीन छोरी छन ।दुइटा छोरी श्रीमानले लगिसकेका छन ।१९ बर्ष भैसकेछ श्रीमानले अलपत्र छोडिदिएको ।
सोझी र हेर्दा पनि अलि असामान्य अबस्था भएकी उहाँ हाल चौरजहारी -२ बिजयश्वरी डाँडा स्थित स्व.मुकुन्द शाहको खाली घरमा बस्नुहुन्छ ।
दशै मुखैमा आएको छ । अन्न लुगा र सामान्य आर्थिक सहयोग जुटाइदिनुपर्यो भन्ने उहाँको आग्रहले भेट्न गएका म र सुरज भाइलाई असाध्य दुखी तुल्यायो ,हामीले सकेको सहयोग गर्ने र सबैलाई अपिल गर्ने वचन दिएर बिदा लियौँ।
विशेष गरि चौरजहारी क्षेत्रका दाजुभाइ,दिदिबहिनी र इच्छुक सबै नेपालीहरु सामुन्नेमा उहाँ र उहाँको छोरिको दशै पनि तपाईं हाम्रो जस्तै खुशी भरिएको दशैँ बनाइदिन अनुरोध गर्दछौँ ।
उहाँलाई मेरो नाम बताइदिने आदरणीय सर Yadu Rana Jbr र भेट्न सहयोग पुर्याउने जीवन नेपाली ,नगर प्रहरी Salin Shrama लगायत सबैलाई धन्यवाद !
सम्पर्क -
डिल्ली राज शर्मा-9842312104
सुरज रोकाय - 9866815539
नलेज लामिछाने.-9868656676
प्रेम प्रशान्त बोहरा-9851190218
सहयोगी दाताहरुको नाम र सहयोगलाई पारदर्शिताका साथ सार्वजनिक गरिनेछ।
#चन्दा_परियारलाई_सहयोग_संकलन_अभियान