SisneHimal erukum

SisneHimal erukum sherpali/eastrukum

रुकुमपूर्वका तीन गाउँपालिकाको चौध करोड बेरुजु रुकुमपूर्वका स्थानीय तहको बेरुजु १४ करोड बढी देखिएको छ । महालेखापरीक्षकको ...
10/06/2024

रुकुमपूर्वका तीन गाउँपालिकाको चौध करोड बेरुजु

रुकुमपूर्वका स्थानीय तहको बेरुजु १४ करोड बढी देखिएको छ । महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लाका ३ वटा गाउँपालिकाको बेरुजु अर्थात् नियम सङ्गत खर्च नभएको रकम १४ करोड चार लाख सात हजार रुपियाँ देखिएको छ । यो कुल लेखापरीक्षण गरिएको रकमको ११.३७ प्रतिशत हो ।

तीन गाउँपालिकाको गरी तीन अर्ब ७६ करोड १९ लाख ५९ हजार रुपियाँको लेखापरीक्षण गर्दा १४ करोड चार लाख सात हजार रुपियाँ बेरुजु निस्किएको हो । जिल्लामा सबैभन्दा बढी बेरुजु पुथाउत्तगङ्गा गाउँपालिका र कम भूमे गाउँपालिकाको देखिएको छ । पुथाउत्तरगङ्गाको एक अर्ब २१ करोड ५९ लाख रकमको लेखापरीक्षण भएकामा यसको ८.१० प्रतिशत अर्थात् नौ करोड ८५ लाख चार हजार बेरुजु निस्किएको महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी सिस्ने गाउँपालिकाको एक अर्ब २९ करोड ८४ लाख सात हजार रुपियाँको लेखापरीक्षण गर्दा दुई करोड ९४ लाख ७९ हजार रुपियाँ अर्थात् २.२७ प्रतिशत बेरुजु देखिएको छ । सबै भन्दा कम बेरुजु देखिएको भूमे गाउँपालिकाको एक अर्ब २४ करोड ७६ लाख ५२ हजार रुपियाँको लेखापरीक्षण गर्दा १ प्रशिसत अर्थात् एक करोड २४ लाख २४ हजार रुपियाँ बेरुजु देखिएको छ ।

सरल अर्थमा बेरुजु भन्नाले रुजु हुन नसकेको आर्थिक कारोबारलाई बुझिन्छ । आर्थिक कार्यविधि ऐन–२०५५ अनुसार बेरुजु भनेको प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपुराई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठहराएको कारोबार हो ।

बेरुजु हुनु भनेको आर्थिक सुशासनलाई कमजोर बनाउनु र आर्थिक अनुशासन उल्लङ्घन गर्नु हो । तर बेरुजु निस्कँदैमा आर्थिक हिनामिना नै भई सक्यो भन्न नमिल्ने यससम्बन्धी जानकारहरू बताउँछन् । तर यसलाई जतिसक्दो छिटो नियमित गरिनुपर्ने उनीहरूको सुझाव रहने गरेको छ । बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की बाँकी गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

09/06/2024

सिहदरबार भित्र बसेको सरकारले यो देख्दैन र ?

09/06/2024

दु:खद खबर ! 😥😥
सुदूरपश्चिमकाे अछाम र कर्णालीकाे दैलेख जाेडने कर्णाली नदीमाथिकाे झाेलुङ्गे पुलकाे लट्ठा चुँडिदा १४ खच्चर पुलकाे जालीमा जेलिन पुगेका छन् । सवैको सकुशल उद्दार होश।

दुःखद घटना सुदूरपश्चिमकाे अछाम र कर्णालीकाे दैलेख जाेडने कर्णाली  नदीमाथिकाे झाेलुङ्गे पुलकाे लट्ठा चुँडिदा १४ खच्चर पुल...
09/06/2024

दुःखद घटना
सुदूरपश्चिमकाे अछाम र कर्णालीकाे दैलेख जाेडने कर्णाली नदीमाथिकाे झाेलुङ्गे पुलकाे लट्ठा चुँडिदा १४ खच्चर पुलकाे जालीमा जेलिन पुगेका छन् ।
SisneHimal erukum

07/06/2024

आज कालको प्रेम मा सती गइँदैन।।
एक पटक चुम्दैमा पति भइँदैन।।
Repply दिन के सारो भाउ खोज्छेऊ कान्छी
च्याटमा कुरा गर्दैमा गर्भपती भइँदैन।।

ट्याक्टर दुर्घटना अपडेट : चालकको मृत्यु SisneHimal erukum SisneHimal erukum बुधबार, जेठ २३, २०८१मृतक सागर परियार ।मुसिका...
05/06/2024

ट्याक्टर दुर्घटना अपडेट : चालकको मृत्यु
SisneHimal erukum
SisneHimal erukum
बुधबार, जेठ २३, २०८१

मृतक सागर परियार ।
मुसिकाेट ८

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्ब ५ सेरिगाउँमा ट्याक्टर दुर्घटना परेर घाइते भएका चालकको मृत्यु भएको छ । बुधबार विहान ट्याक्टर दुर्घटना हुँदा घाईते हुनुभएका मुसीकोट नगरपालिका वडा नम्बर २ का १८ वर्षीय ट्याक्टर चालक सागर परियारको मृत्यु भएको हो । बुधबार विहान रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटना परेर चालक परियार र वडा नम्बर ५ का ४० बर्षीय हरिचन्द्र केसी घाइते हुनु भएको थियो ।

उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा परियारको चौरजहारीमा मृत्यु भएको र केसीलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी बखत शाहीले जानकारी दिनुभयो । दुवै जनालाई जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि रेफर गरिएको थियो । परियारको शव पोष्टमार्टको लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको छ ।

ट्याक्टर सेरिगाउँबाट पिपलनेटा जानेक्रममा दुर्घटना हुँदा सेरिगाउँस्थित विद्युत प्राधिकरणको कार्यालय नजिकै मध्यपहाडी राजमार्गबाट ३ मिटर तल खसेको थियो ।

गुनासो पेटिका ।।          गुनासो अभिभावकको ।। नमस्कार!! यसै सिस्ने गाउँपालिका वडा नं २ मा रहेको श्री हिमालय माध्यमिक विद...
05/06/2024

गुनासो पेटिका ।। गुनासो अभिभावकको ।।

नमस्कार!!
यसै सिस्ने गाउँपालिका वडा नं २ मा रहेको श्री हिमालय माध्यमिक विद्यालय मा शिक्षक को गलती सार्वजनिक हुँदासम्म पनि किन कारबाही प्रक्रिया अगाडि बड्न सकेको छैन।। कुनै पनि शिक्षक ले आफ्नो मनमानी गरेर अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक गर्दा सम्म पनि बिद्यालय ब्यवस्थापन समिति लगायत बिद्यालय प्रशासन के हेरेर बसेको छ।।
यस्ता शिक्षक लाई उसको गलती अनुसार कारबाही गर्नुपर्ने गरुरी छ।। केही समय हाम्रै छोरी चेलीलाई अनैतिक सम्बन्ध बाँधिएको कारण बिद्यालय निकाशा पनि भएको थियो ।। तर आज खुलेआम भिडियो सार्वजनिक हुँदासम्म पनि बिद्यालय ब्यवस्थापन समिति र बिद्यालय प्रशासन निदाएर बसेको पाइन्छ।।

सम्पूर्ण अभिभावक हरु हामीले यस पक्ष मा आवाज नउठाउने हो भने भोलि हाम्रा विद्यार्थी हाम्रै छोरी चेली लाई पनि यस्ता अनैतिक क्रियाकलाप मा समावेश गर्न सक्छन्।। यसमा हामीले पहिले नै आफ्नो ध्यानाकर्षण गर्नुपर्ने जरुरी छ।।
धन्यवाद!!

हिमालय माध्यमिक विद्यालय सिस्ने २ रूकुम पूर्व
मिति २०८१/०२/२३
प्वाङ्गेली जनता सम्पूर्ण अभिभावक

सानीभेरी  १० मा सडक निर्माणको क्रममा ढुंगा लागेर एक महिलाको मृत्यु SisneHimal erukum SisneHimal erukum शुक्रबार, जेठ १८,...
01/06/2024

सानीभेरी १० मा सडक निर्माणको क्रममा ढुंगा लागेर एक महिलाको मृत्यु
SisneHimal erukum
SisneHimal erukum
शुक्रबार, जेठ १८, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० मा सडक खनिरहेको बेला ढुगां लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ वडाको घण्ठाना, अमला टाकुरा तिमिले सडक खण्डमा सडक निर्माणको क्रममा ढुगां लागेर रजैया खोर्याकी ४८ वर्षिया नैउली कामीको मृत्यु भएको हो । आफन्तको घरबाट आफ्नो घरतिर फर्किदै गर्दा ढुगां लागेर कामीको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष टिकारा खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक निर्माण भइरहेको स्थानदेखि १ सय ५० मिटर माथिको भागबाट तल्लो मोड ननिकै गोरेटो बाटोमा हिडिरेका बेला ढुगां लागेको कामीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी पुगेको र शव उठाउने बारेमा छलफल भइरहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो

30/05/2024
27/05/2024

रुकुम पूर्वको भुमे गाउँपालिका काँक्रीमा छायांकन गरिएको टेलि सिरियल “भुमरी” यही जेठ २७ गते आइतबार सार्वजनिक

24/05/2024
20/05/2024
स्थापनाकालदेखि वडा सचिव विहिन।।
20/05/2024

स्थापनाकालदेखि वडा सचिव विहिन।।

सिस्नेमा भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि ७ दिने तालिम सुरु सिस्ने गाउँपालिकामा “भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन...
19/05/2024

सिस्नेमा भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि ७ दिने तालिम सुरु

सिस्ने गाउँपालिकामा “भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि निर्माणकर्मीका लागि ७ दिने तालिम“ सुरु भएको छ । आईतवार सिस्ने गाउँपालिकाको सभाहलमा सिस्ने गाउँपालिका रुकम (पर्वी भाग) को आर्थिक सहयोग र सिभिल क्रिएसन्स नेपाल प्रा.लि. कपिलबस्तुको आयोजनामा “भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि निर्माणकर्मीका लागि ७ दिने तालिम“ कार्यक्रमको औपचारिक रुपमा उद्धघाटन गरिएको हो ।

बिशेष गरि घर निर्माण गरिरहेका सिस्ने गाउँपालिकाका विभिन्न वडाका १६ जना मिस्तेरीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण कसरी गर्न सकिन्छ । भूकम्प प्रतिरोधी भवन बनाउदा के फाइदा हुन्छ । भूकम्प प्रतिरोधी भवन बनाउन किन जरुरी छ । कम लगानीमा भुकम्प प्रतिरोधी घर वा भवन कसरी बनाउन सकिन्छ लगायतका बिषयमा ७ दिन सम्म प्रशिक्षण दिइने सिस्ने गाउँपालिकाका इन्जिनियर कर्ण बहादुर केसीले जानकारी दिनुभएको छ ।७ दिन सम्म चल्ने उक्त तालिममा शिभिल क्रियसन्स नेपाल प्रा.लि. कपिलबस्तुका धर्मराज पन्थी र मदनराज जोशीले प्रशिक्षण दिनुहुने भएको छ । त्यस्तै गाउँपालिकाले यसरी घर तथा भवन निर्माणकर्ताहरुलाई लक्षित गरि यो महत्त्वपूर्ण तालिमको आयोजना गरि आफुहरुलाई सिक्ने अवसर दिएकोमा सहभागीहरुले गाउँपालिकालाई धन्यवाद दिएका छन् ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले पछिल्लो समय पटकपटक नेपालमा भुकम्प जाँदा धेरै धनजनको क्षति हुने गरेको र त्यही कुरालाई मध्य नजर गरि गाउँपालिकाले “भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि निर्माणकर्मीका लागि ७ दिने तालिम“ तालिमको आयोजना गरेको बताउनुभयो ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा सुरु भएको ७ दिने तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकी, इन्जिनियर कर्ण बहादुर केसी, प्रशासन शाखा प्रमुख अरुण कुमार ओली लगायत गाउँपालिकाका शाखा गत कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

सिस्ने गाउँपालिकामा ३ दिने गणित शिक्षकहरूकाे क्षमता बिकास तालिम सम्पन्न रुकुम पुर्वकाे सिस्ने गाउँपालिका शिक्षा युवा तथा...
18/05/2024

सिस्ने गाउँपालिकामा ३ दिने गणित शिक्षकहरूकाे क्षमता बिकास तालिम सम्पन्न

रुकुम पुर्वकाे सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ३ दिने गणित शिक्षकहरूको क्षमता बिकास तालिम सम्पन्न भएको छ । गत बिहीबारदेखि पालिकाकाे सभा हलमा तालिम सुरु गरिएकोमा उक्त ३ दिने तालिम आज सम्पन्न भएको हाे ।

पालिका भित्रका सबै सामुदायिक बिद्यालयका गणित बिषयका शिक्षकको सहभागीतामा सुरु भएको क्षमता बिकास तालिम आज एक कार्यक्रमका बिच सम्पन्न गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभएको छ । गणित विषयका शिक्षक हरूकाे क्षमता लाई थप प्रभावकारी बनाउने उद्देश्यले ३ दिने तालिमको आयोजना गरिएको शाखा प्रमुख बुढाले बताउनुभएको छ ।

तीन दिने क्षमता विकास तालिम बाटै गणित बिषयकाे घाेषना पत्र पनि सार्वजनिक गरिएको छ । आज तीन दिने तालिमको अवसर पारी गणित विषयमा थप सुधार ल्याउन १५ वटा घाेषना पत्र सार्वजनिक गरिएको छ । जसमा सिस्ने गाउँपालिकामा गणित बिषयकाे सुधार अभियान समितिकाे संयाेजकमा डिकेन्द्र शाहलाई जिम्म दिएको छ । अब सिस्ने गाउँपालिकाकाे शिक्षा सुधार अभियानलाई तिब्रता दिने अभियान समितिले जनाएको छ ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले पालिका भित्रको शैक्षिक गुणस्तरलाई तदारुकताका साथ सुधार बनाएर लैजाने बताउनुभएको छ । त्यस्तै अध्यक्ष रेग्मीले शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउदै प्रविधि मुलक शिक्षा बनाउन सिस्ने गाउँपालिका लागिपरेको बताउनुहुदै जहा शिक्षा निति बिग्रिन्छ त्यहाँ प्रविधि मुलक शिक्षा भित्राउने प्रतिबद्धता पनि गर्नुभएको हाे । रेग्मीले शिक्षा प्रणाली गुणस्तर नभए बिकास हुन नसक्ने भन्दै पहिलो एजेन्डा शिक्षा सुधार र गुणात्मक शिक्षा बनाउन अब सिस्ने गाउँपालिका लाग्ने र गुणस्तरीय व्यवहारीक तथा प्रबिधि मुलक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीकाे अध्यक्षतामा भएको तीन दिने क्षमता विकास सम्बन्धि तालिम समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गाेपाल रेउले, प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकी, रुक्मेणी माध्यमिक बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्ल लगायतको उपस्थिति रहेको कार्यक्रमकाे सहजीकरण सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगल सिंह बुढाले गर्नुभएको थियो भने तीन दिने तालिमको प्रशिक्षण दयमान श्रेष्ठ र रामबि शाहले दिनुभएको थियो ।।

आज परेको पानी सहिदको असिना पानीले भर्खरै रोपिएको मकै बालीलाई निकै क्षति पुराउने सम्भावना बढी देखिन्छ।।सिस्ने गाउँपालिका ...
18/05/2024

आज परेको पानी सहिदको असिना पानीले भर्खरै रोपिएको मकै बालीलाई निकै क्षति पुराउने सम्भावना बढी देखिन्छ।।

सिस्ने गाउँपालिका वडा नं २सुर्दि
@कृषीपेशा

घोराही-तुलसीपुर सडकखण्डमा बस दुर्घटनादाङमा बस दुर्घटनामा दश जना यात्रु घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत...
17/05/2024

घोराही-तुलसीपुर सडकखण्डमा बस दुर्घटना

दाङमा बस दुर्घटनामा दश जना यात्रु घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्वरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएकाे छ ।

प्रहरी नायव उपरिक्षक मल्लका अनुसार घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । घाइते सबै खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

बेलुकी साढे पाँच बजे तुलसीपुरको बसपार्कबाट काठमाडौंका लागि छुटेको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मल्लले बताउनु भएकाे छ ।

Address

Rukumkot

Alerts

Be the first to know and let us send you an email when SisneHimal erukum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SisneHimal erukum:

Videos

Share


Other News & Media Websites in Rukumkot

Show All