Fasttrack Weekly

Fasttrack Weekly Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fasttrack Weekly, Newspaper, nijgadh Hiralal marg, Nijgarh.

https://prathamikkhabar.com/?p=1953
29/05/2022

https://prathamikkhabar.com/?p=1953

सर्वोच्च अदालतले निजगढ दोस्रो विमानस्थल नबनाउन र अर्को विकल्प खोज्न आदेश दिए संगै निजगढमा सर्वोच्चको फैसला विर.....

https://prathamikkhabar.com/?p=1950राष्ट्र सेवक कर्मचारीको तलव पन्ध्र प्रतिशतले बृद्वि
29/05/2022

https://prathamikkhabar.com/?p=1950
राष्ट्र सेवक कर्मचारीको तलव पन्ध्र प्रतिशतले बृद्वि

सरकारले आज आर्थिक वर्ष ०७९/०८० को लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्र सेवक कर्मचारीको तलव पन्ध्र प्रत...

https://prathamikkhabar.com/?p=1947
29/05/2022

https://prathamikkhabar.com/?p=1947

जितपुरसिमरा उपमहानगरपालिकाको आज भएको कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेले सवै सदस्य पदमा निर्वाचित भएक.....

https://prathamikkhabar.com/?p=1944
29/05/2022

https://prathamikkhabar.com/?p=1944

सरकारले आउँदो आर्थिक वर्षका लागि प्रदेश र स्थानिय सरकारलाई पर्याप्त रूपमा वित्तीय हस्तान्तरणको व्यवस्था गरेको ...

https://prathamikkhabar.com/?p=1940
29/05/2022

https://prathamikkhabar.com/?p=1940

आज विहान पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालि....

विवादै विवादको विच प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न निजगढ नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतिय...
13/04/2021

विवादै विवादको विच प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न

निजगढ नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आज समापन भएको छ । एथलेटिक्सका विभिन्न ईभेन्ट, छात्र छात्रा भलिबल, छात्र छात्रा कवड्डी, सट पुट, हाई जम्प, लङ्गजम्प लगाएतका खेलहरु शहिद हिरालाल रंगशालामा सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको आयोजक निजगढ नगरपालिकाको पूर्व तयारीमा कमजोरी समेत देखिएको थियो । प्रतियोगिताको प्रथम खेल सट पुट बाटै खेलमा तनाव उत्पन्न भएको थियो । सहभागि विद्यालयहरुलाई सही सूचना सम्प्रेणमा आयोजकको तर्फबाट त्रुटि भएपछि सहभागि सङख्याको विषयमा अन्यौलता सृजना भएको थियो । प्रतियोगितामा लाजमर्दो कुरा त तय गरिएको खेलकुद समेत आयोजकले गर्न नसकेको प्रति सहभागि विद्यालयहरुले आक्रोस पोखेका थिए ।

आयोजकको कमजोरी यतिमा मात्र सिमीत रहेन सहभागि विद्यालयकै निर्णायक राख्नाले समेत खेल निष्पक्ष नभएको गुनासो खेलमा सहभागिहरुले बताएका छन् । निर्णायकको एक पक्षिय निर्णयले खेलाडी विद्यार्थीहरुको मनोबल घटेको समेत सहभागि विद्यालयका शिक्षक प्रतिनिधिहरुले हामीलाई जानकारी गराएका छन् ।
विवादै विवादको विच खेल सकिरहदा अन्तिम खेलमा छात्र भलिबलको फाईनल थियो । प्रतिस्पर्धा चलिरहंदा निर्णायकको एक पक्षिय निर्णयको कारण विवाद सृजना भएको थियो । विवादलाई आयोजकले सम्वोधन गर्न नसक्दा प्रतिस्पर्धी मध्येको एक सहभागि खेललाई वहिष्कार गर्दै मैदानबाट बाहिरिएको थियो । मैदानबाट बाहिरिएका खेलाडिहरुले निर्णायकले एक पक्षिय निर्णय गरेको र आयोजक मध्येको एक सदस्यले सब्सिच्यूट खेलाडिलाई हातपात गरेकोले आफुहरुलाई अन्याय भएको र न्याय खोज्दा न्याय नपाएकोले खेल बहिष्कार गर्नुपरेको बताएका छन् ।

खेल तालिका दुई दिनको थियो तर खेलहरु बांकी भएकोले एक दिन थप गरी तिन दिनको बनाइएकोमा समेत प्रतियोगिताको निर्धारित खेल सम्पन्न हुन सकेन । यसरी पूर्व तयारी विनानै खेल आयोजना गरिनु, खेलको मर्म र भावना विपरितका क्रियाकलाप आयोजक र निर्णायकबाट हुनुले खेल र खेल प्रतिको उत्साह खेलाडिहरुमा घट्नु अर्को आयोजकको कमजोरीको कारण बनेको सहभागि प्रशिक्षकहरुले बताएका छन् । यस विषयमा निजगढ नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख तथा निजगढ नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका संयोजक उत्तम लामिछानेसंग बुझ्न खोज्दा सम्पर्क हुन सकेन उहांले सम्पर्कको लागि गरिएको कल रिजक्ट गर्नुभयो ।

कार्यक्रमको उद्घाटन निजगढ नगर प्रमुख सुरेश कुमार खनालले सट पुट बाट गर्नुभएको थियो । विजयी विद्यालयका सहभागीहरुलाई मेडल शिल्ड तथा प्रशंसा पत्र पछि दिईने आयोजकले जनाएको छ ।

22/02/2021
15/02/2021
06/01/2021

अन्तरवार्ता
पुरुषोत्तम पौडेल
नेकपाका नेता तथा पूर्व युवा तथा खेलकुद मन्त्रि

१. कम्युनिस्ट पार्टीको दुई तिहाई सरकार किन र कसरी असफल भयो ?

२०७४ सालको आम निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धन लाई जनताले झण्डै दुई तिहाई मत दिएका हुन । मुलुकलाई आमुल परिवर्तन र नेपाली जनताको सम्वृद्वीको नारा दिएको संयुक्त गठबन्धनले जनताको विश्वास पाएको थियो । तर नेतृत्वको गलत कार्यशैली र कम्युनिष्ट पार्टीको सोच अनुरूप सामुहिक नेतृत्वको आधारमा चल्न नसक्दा सरकार असफल भयो । पार्टीको आन्तरिक विवाद र अन्तरविरोध समाधान गर्न असफल भएर प्रधानमन्त्रीले संसद विघटन गर्न पुग्नु भयो ।

२, कम्युनिष्टका नेताहरुले नेपाली जनतालाइ धोका दिएको हैन ?

सामान्यतः नेकपाको नेताहरूले नेपाली जनताको भरोसालाई तोडेकै हुन् । नेपाली जनताको आशा थियो कमसेकम पाँच वर्ष सरकार चल्नेछ । जनताका मागहरूको सम्वोधन गर्नेछ । सरकारले नेकपालाई यहा सम्म ल्याई पु¥याउन त्याग तपस्या र बलिदान गरेका जनताको भरोसा कायम राख्नेछ । तर पार्टी एकताका वखत दुई पाइलट र २० वर्ष कम्युनिष्ट पार्टीले शासन गर्ने भाषण गर्ने हाम्रा नेताहरूमा साहस देखीएन । वहाँहरूले विचैमा भारी बिसाएर जनतालाई विचल्लीमा पु¥याईदिनु भयो ।

३, अब नेपाली जनता किन कम्युनिष्ट पार्टीमा आवद्ध हुने ?

कम्युनिष्ट पार्टी श्रमजीवी वर्गको पार्टी हो । यसले श्रमिक वर्गको मुक्तिको लागी काम गर्छ । श्रमिक वर्ग रहेसम्म कम्युनिष्ट पार्टी रहि रहन्छ । त्यसैले श्रमिक तथा शोषित पिडीत वर्ग कम्युनिष्ट पार्टीमा संगठित हुने क्रम रोकिँदैन ।

४, नेपाल कम्युनिष्ट पार्टी आधिकारिक रुपबाट बिभाजन भएको हो ?

नेकपा आधिकारिक रूपमा विभाजीत भैसकको छैन । अर्थात अहिलेको कानुन अनुसार नेकपा विभाजीत हुने ठाउ पनि देखिदैन । पहिलो त दल त्याग सम्वन्धी कानुन अनुसार पार्टी विभाजीत हुनको लागी पार्टीको केन्द्रीय कमिटी र संसदिय दलमा ४० प्रतिशत सदस्य संख्या पुग्नु पर्दछ । त्यो संख्या अल्पमत पक्षमा देखिएको छैन । दोश्रो राजनीतिक दल सम्वन्धी कानुन अनुसार संसदमा उत्पत्ती भएको दलले एक संसदीय अवधी भर पार्टी विभाजन गर्ने अवस्था पनि छैन । त्यसैले यो विभाजन भन्दा पनि अल्पमत पक्षले नयां दल दर्ता गर्नको लागी गरेको तयारी हो ।

५, पार्टी लाई मजबुद बनाएर अगाडी बढ्नुपर्ने समयमा पार्टी यसरी बिभाजित भएको प्रती तपाइँको धारणा के छ ?

अहिले नेकपाका अगाडी तिन प्रमुख कार्यभार थिए ।
पहिलो ः पार्टी एकता प्रकृया पुरा गरेर नेकपालाई संगठित, व्यवस्थीत र कृयाशिल पार्टी वनाउनु ,
दोश्रो ः नेकपाको सरकारलाई पार्टीको सामुहिक नेतृत्व र जिम्मेवारीका आधारमा प्रभावकारी र सफल वनाउनु , र
तेश्रो ः वर्षौ देखी नेपाली जनताले आशा गरेको परिवर्तनका एजेन्डाहरूलाई अघि वढाउनु थियो ।
तर पार्टी आफ्नो कार्यभार पुरा गर्न चुक्यो र सरकारले जनताका जिम्मेवारी पुरा गर्नु भन्दा संसद विघटन गरेर फेरी एक पटक नेपाली जनतालाई निरास वनाउने काम ग¥यो ।

६, एउटै पार्टी भित्र यति धेरै असन्तुष्टि र बर्तमानमा देखिएको आरोप प्रत्यारोपले कम्युनिष्टलाई कता पु¥याउछ ?

पार्टी भित्र प्रशस्त असन्तुष्टिहरू हुन सक्छन । कमी कमजोरीहरू पनि हुन सक्छन । असन्तुष्टिहरूलाई सम्वोधन गर्नु पर्छ । कमी कमजोरीलाई सच्याएर अघि वढ्न सकिन्छ । तर अनावश्यक आरोप प्रत्यारोप कमजोर मानसिकताको उपज हो । निती हिनताको प्रतिक हो । विचार हिनताको नमुना हो । तिन वर्ष सम्म पार्टीलाई खोपीमा राख्ने ठुला नेताहरूको अकर्मण्यता र असफलताको परिणाम हो ।

७, अब नेपाली जनताले कम्युनिष्ट पार्टीलाई किन बिश्वास गर्ने ?

अहिले स्वभाविक ढंगले यो प्रश्न उठेको छ । अनपेक्षित घट्ना घटेकोले जनतामा आक्रोश पनि देखिन्छ । तर पनि नेपालमा अहिले पनि जनताको लागी काम गर्ने कम्युनिष्ट पार्टीले नै हो । आज अघि पनि यसले जनमुखी काम गरेको हो ।

८, तपाईं कुन नेताले नेतृत्व गरेको पार्टीमा आवद्ध हुनुहुन्छ र किन ?

म नेकपामा आवद्व छु । खास गरि सामुहिक नेतृत्व र विधिवाट चल्ने पार्टीको पक्षमा छु । म हावा चल्ने वित्तिक्कै हल्लिने खालको मान्छे होईन । म जुन पार्टीमा थिए त्यहि छु । उछलकुदमा लागेको छैन । आफ्नो ठाउँमा छु । काम गरिरहेको छु ।

९, तपाईं लामो समय देखि निजगढको बिकास निर्माणमा जोडिनु भएको छ, पार्टी बिभाजन पछि निजगढ बासीहरू तपाइको साथमा हुनुहुन्छ जस्तो लग्छ ?

२०४३ सालको जनपक्षिय चुनाव देखी नै निजगढको विकाश र प्रगतिमा निरन्तर लागी रहेको छु । निजगढ गाउँका आधारभूत विकासका कार्यक्रमहरूको सुरू गर्ने अवसर पाएको छु । नागरिकता वितरण, जग्गा दर्ता, वाटो घाटो कुलो निर्माण जस्ता काम गर्ने अवसर पाएको छु । खानेपानी, विजुली र टेलिफोन ल्याउने कुरामा पहल गर्ने अवसर पाएको छु । पछिल्लो चरणमा निजगढ सहितका जनताको समर्थन वाट संविधान निर्माण गर्ने र निजगढको सडक सञ्जाललाई भरतगंज, रतनपुर , अनी धियाल सम्म जोड्ने काम भैरहेको छ । शहिद हिरालाल मार्ग, शहिद हिरालाल पार्क निजगढ र शहिद हिरालाल रङ्गशाला निर्माण सुरू गर्ने अवसर पाएको छु । यसर्थ म निजगढका जनता संग जोडिई रहेकै छु ।

१०, पार्टीका अग्रजहरु प्रचण्डको कारण पार्र्टी बिभाजन भयो र अब फेरि माधव नेपाल र प्रचण्ड विच पनि बिभाजन हुन्छ भन्ने गुनासो छ तपाईंको धारणा के छ ?

पार्टी विभाजन एकजनाको कारणले मात्र भएको छैन । मुल नेतृत्वमा वस्नेहरूको कमजोरीका कारण पार्टी विभाजन भएको हो । कस्को कती कमजोरी छ । पुरै विश्लेषण आवस्यक हुन्छ । जो जती जिम्मेवार छ त्यसको त्यत्तीनै दोष पनि हुन्छ । जति ठुलो जिम्मेवारी हुन्छ । उसको त्यतीनै वढि दोष हुन्छ । नेपाली राजनितीमा जस लिने तर दोष अरूमा थुपर्ने प्रचलन छ । सवैले आफ्नो जिम्मेवारीको दोष वोक्न तयार हुनु पर्छ । भोली को को मिल्छन । को को फुट्छन भविष्यले नै वताउँछ । म त भन्छु कुनै पार्टी नफुटुन । यी फुट्न खोज्नेहरूको पनि वुद्वी फिरोस् । फेरी जुटुन ।

११, प्रचण्ड र माधव नेपालले काम गर्न नदिएर संसद विघटन गर्नुपरेको प्रधानमन्त्रि केपि ओलिको भनाई छ, तपाइको धारणा के छ ?

नाच्न जान्दीन अाँगन टेढो भने जस्तै हो । खाने मुखलाई कहि जुगाँले छेक्छ र । काम गर्न चाहेको भए धेरै काम हुन सक्थ्यो । २०५१ सालमा ७ महिना मात्र काम गर्न पाएको मनमोहन अधिकारीको सरकार आज सम्म प्रसंसीत छ । अहिलेको सरकारले ३ वर्ष बिताई सकेको छ । एउटा नक्सा जारी गर्ने प्रशंसनीय काम भयो । अरू खास नतिजा आउन सकेन । थुप्रै कुरा भए । रेलका, पानी जहाजका, विजुली बसका तर काम अघि वढेन । सरकार बाहिर वस्नेले काम गर्न दिएन भन्नु फत्तुर मात्र हो ।

१२, के पि ओलीलाई अध्यक्ष पदबाट हटाएर पार्टी बिभाजन गराउन बल पुगेको भन्ने छ ,तपाईको धारणा के छ ?

वहाँलाई पार्टीले पहिले पदबाट हटाएको होईन । वहाँलाई हटाउन खोजेको पनि थिएन । वनको वाघले खावोस कि नखाओस । मनको बाघले खाएको हो । वहाँले पार्टीको वैठकमा नजाने, पार्टी निर्णय नमान्ने घोषणा गरेपछि समस्या आएको हो । खास गरी प्रधानमन्त्रीले भाद्र २६ गतेको स्थायी कमिटीको बैठकका निर्णयहरू कार्यान्वयन गर्न अस्वीकार गरेपछि समस्या पैदा भएको हो । तैपनी समस्या समाधान गर्न नसकिने ठाउँमा पुगेको पनि थिएन । पार्टीको नेतृत्व र वहाँकै टिमका साथीहरू पनि समाधानका प्रयास गरिरहेका थिए ।
तर समस्या समाधानका प्रयास भैरहेकै वेलामा कमरेड केपी ओलीले पार्टीलाई थाहै नदिएर संसद विघटन गरेपछि शंकट आएको हो । नेपाली जनताको ७० वर्षको संघर्षको उपल्व्धी र नेकपाको ७० वर्षको संघर्षको प्रतिफल संसद विघटन गरेपछि वल्ल अध्यक्षलाई स्पष्टीकरण सोधेको हो । पदबाट हटाएको पनि थिएन । सच्चीन तयार हुनु भएन अनी यस्तो डरलाग्दो परिणाम आयो ।

Fasttrack Weekly 8-15
30/11/2020

Fasttrack Weekly 8-15

27/11/2020

Against Gender Violence 16 day campaign @ nijgadh

2077-7-24 fasttrack weekly
09/11/2020

2077-7-24 fasttrack weekly

Fasttrack 7-17
02/11/2020

Fasttrack 7-17

Fasttrack 07-10
26/10/2020

Fasttrack 07-10

फास्टट्रयाक साप्ताहिकको दशैं स्पेशल अंक २०७७
19/10/2020

फास्टट्रयाक साप्ताहिकको दशैं स्पेशल अंक २०७७

07/10/2019

स्वेच्छाचारिता र स्वतन्त्रता
दिनेश राउत
स्वतन्त्रताको आन्दोलनले नेपालमा लामो इतिहास बोकेको छ । स्वतन्त्रताको लडाईको क्रममा घेरै नेपालीहरु शहिद भएका छन् । २००७ मा राणा शासन अन्त्यकोलागी होस या ३० वर्षे लामो पञ्चायती व्यवस्था ढाल्नको लागी होस् वा २०६२÷०६३ को महान जनआन्दोलन सबै मोर्चाहरुमा नेपालीको त्याग र वलिदानी बिश्व स्वतन्त्रता अन्दोलनको इतिहासमा सुनौलो अक्षरमा लेखिएको छ । नेपालमा विभिन्न काल खण्डमा भएका जति पनि अन्दोलन थिए, ति सबै स्वतन्त्रताकै लागि भएका थिए भन्दा अतिसयोक्ती नहोला ।

पछिल्लो समय विशेष गरी संधिय गणत्रन्त नेपालको स्थापना पश्चात् आम नागरिकहरुमा स्वतन्त्रताको बुझाई नकरात्मक हुन पुगेको छ । नेपालको संविधान २०७२ को भाग ३, धारा १७ मा स्वतन्त्रताको हक सुनिश्चित गरिएको छ । जस अन्तर्गत विचार र अभिव्यक्तिको स्वतन्त्रता, राजनैतिक दल खोल्न र आवध हुन पाउने , भेला, साझा र सम्मेलनमा सहभागि हुन पाउने, पेशा रोजगारको स्वतन्त्रता, नेपालको कुनै पनि भु ९भागमा आवतजावत तथा वसोवास गर्न पाउने स्वतन्त्रता लगायतका अग्रगामी व्यवस्था रहेका छन् । आम नागरिकले यि सबै हकहरुको कानुन बमोजिम कर्तव्यको पालना गर्दै निसन्देह उपभोग गर्न गराउन पाउ“दछन् ।

संविधानमा व्यवस्था भएका धेरै हक अधिकारको बारे आम नागरिकलाई खासै जानकारी छैन न आम जनतालाई ति व्यवस्था बारे जानकारी गराउने कार्य सम्बन्धित निकायले नै गरेका छन् । सबै भन्दा खतराको बिषय जसले यो संविधान बनायो उसै बाट बारम्बार संविधानको मर्म माथि प्रहार भई रहेको छ । साथै शिक्षित जमातले पनि संविधानको व्यवस्था माथि हलुका टिप्पणी गर्नुले आम नागरिकको संविधान प्रतिको धारणा नकरात्मक हुदै गएको आजको यर्थात हो । यो लेखको खास बिषय स्वतन्त्रता र स्वेछारिता भएको हुंदा त्यसै विषय संग सम्बन्धित हुन चाहन्छु ।

स्वतन्त्रता र स्वेच्छारिताको अर्थ सतहिरुपमा हेर्दा उस्तै लाग्न सक्छन् । तर यि दुई शब्दहरु विच प्रायोगिक रुपमा हेर्दा तात्विक विभिन्नता रहेका छन् । स्वेच्छारित भन्नाले आफ्नो इच्छा अनुसार प्रर्दशन गर्ने व्यवहार जहां अरुमा पर्नसक्ने प्रभाव ख्याल गरिदैन् । अर्थात, आफ्नो व्यवहारबाट अरुलाई हुन सक्ने हानि नोक्सानी वा मानाहानीको ख्याल नगरि प्रर्दशन गरिने व्यवहार स्वेच्छाचारी व्यवहार हो । स्वेच्छारिता बोली र कार्य शैलि दुवैमा देखिन सक्छ । स्वतन्त्रताले पनि एकहद सम्म स्वतन्त्ररुपमा प्रर्दशन गरिने इच्छित व्यवहारनै जनाउंदछ । तर स्वतन्त्रतामा आफ्नो बोली र व्यवहारबाट अरुमा पर्न सक्ने प्रभाव ख्याल गरिएको हुन्छ या गर्नु पर्दछ । स्वेच्छाचारी द्धन्द र अशान्तिको जड हो । अहिले नेपाली समाजमा देखिएका तमाम समस्याका कारण स्वेच्छाचारी कार्यशैली र व्यवहार हुन् ।

२०६२÷०६३ को जन आन्दोलन पछि सरकार, व्यवस्था र राज्य संयन्त्र सबै अस्थिर र अव्यवस्थित हुन पुगे । संक्रमणकाली त्यो समय स्वेच्छारिताको विकासको लागी सुनौलो र उर्वर वन्न पुग्यो । त्यो समयमा भएका अराजक क्रियाकलापहरुलाई राजनितिक संक्रमणको खोल ओढाइयो र आ“खा चिम्म गरियो । अहिले समय क्रमसंगै हुर्कदै बढदै, स्वेच्छाचारि व्यवहार र विचार व्यवस्था, संविधान र कानुन माथीनै खतरनाक चुनौती बन्न पुगेको छ । अहिले स्वेच्छाचारिता सरकार संचालन देखि राज्य संयन्त्रका हरेक तह र तप्कामा प्रस्ट देखिन्छ । सरकारी कार्यलयहरुमा हुने ढिल्लासुस्ती, अनिर्णयको बन्धि, विकास कार्यहरुमा हुने भ्रष्टाचार र खिचातानी, मनोपोलीकरण अदि सबै स्वेच्छारिताको उपज हुन । आम नागरिकमा पनि यो व्यवहार प्रष्ट देखिन्छ । कानुनको उपहास गर्नु, , नैतिक्ता पतन हुदै जानु , अमानविय व्यवहार प्रर्दशन गर्नु , सामाजिक व्यवस्था , धर्म , संस्कृति तथा एकता र सहिष्णुता माथी धावा बोल्नु , फर्जी र गैर कानुनी गर्नु , केही कुराको पनि डर र धक नहुनु आम नागरिकका लागि समान्य भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल स्वेच्छारिता प्रर्दसन गर्ने उत्कृष्ट प्लेटफर्म सावित भएको छ । सामाजिक सञ्जाल एकै क्षणमा कसैलाई दानव र देवता वनाउने राम्रो उद्योगको रुपमा विकास भएको छ । यो उद्योग सञ्चालन गर्न नवजवान र भोलीको नेतृत्व लिन सक्ने जमात लागि पर्नु खतराको घण्टी हो ।

नेपालको संविधानले कानुन बमोजिम असन्तुष्टी जाहेर गर्न पाउने , विरोध तथा शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने र विद्युतीय माध्यममा आफ्ना विचार अभिव्यक्त गर्न पाउने अधिकार पूर्णरुपमा सुनिस्चित गरेको छ । तथापी संविधानको भाग ३ , धारा ४८ मा स्पष्टरुपमा नागरिकले पालना गर्नुपर्ने ४ ओटा कर्तव्यहरु उल्लेख गरिएको छ, जसमा सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा , राष्ट्रसेवा , कानुनको पालना र सर्वजनिक सम्पतीको समरक्षण पर्दछन् । हरेक नागरिकले आफ्ना मौलिक हक तथा स्वतन्त्रताको अभ्यास गर्दा कर्तव्यहरुको पालना गर्न कदापी भुल्नु हुदैन् ।

लोकतन्त्रको नाममा अधिकारको गलत उपभोग गर्नु तथा राजनिति अभिष्ट पुरा गर्नको निम्ती सडक तथा सदन जहा सुकै र जो कोहीले प्रर्दशन गर्ने व्यवहार स्वतन्त्रताको अभ्यास नभई अराजकता हो । यो अराज क्रियाकलाप टुलुटुलु हेरेर बस्नु सरकारको अकर्मण्यता हो । गतल कार्यको विरोध गर्न अपनाइने गलत माध्यम, व्यवहार तथा शैली पनि गलत नै हो । गलत कुरालाई गलत व्यवहारबाट सच्याउन सकिदैन र त्यसो गर्न खोज्नु सर्वदा गलत र कानुुन बमोजिम दण्डनिय हो ।

सरकारले जनअपेक्षा पुरा गर्न नसकेको अर्थात एकातर्फ होला तथापी राज्यले स्विकारेको र संविधानले व्यवस्था गरेको पद तथा ति पदमा आसिन विशिष्ट व्यक्तित्वहरुको हदै सम्म गिरेर तल्लो स्तरको टिप्पणी गर्नु , सार्वजनिक रुपमा मान मर्दन गर्नु नेपाली समाजको सिकाई हुन सकदैन् । तर आजकल सामाजिक सञ्जालहरुमा मनलाग्दी यस्ता विषयहरु प्रकाशित हुन्छन् , भईरहेका छन् तर पनि समाजमा उत्तेजना फैलाउने , भ्रम छर्ने तथा एक प्रकारको सनसनिपूर्ण परिस्थिती सृजना गर्नेहरु विरुद्ध कारवाही भएको देखिदैन् । यि क्रियाकलापहरु स्वेच्छारिता र अराजक हुन् । तसर्थ यि कुराहरुलाई स्वतनत्रताको रुपमा बुझनु सतप्रतिशत गलत हुन जान्छ ।

यो खालको परिस्थिती बन्नुमा मुख्यरुपमा नेपालको राजनितिक दल र नेतृत्व दोसी भएको हुदा सुधार उनिहरुबाटनै हुन जरुरि छ । राजनितिलाई व्यापार र पेशा भन्दा नि एक विसुद्ध सेवाको रुपमा विकास गर्न जरुरी छ । अव कार्यकर्तालाई धम्काएर , चन्दा उठाएर होइन काम गरेर खान सिकाउनु जरुरी छ । नेताको जिवन शैलीले जनतामा प्रभाव पार्ने हुंदा , उनीहरु जनताका लागि रोल मोडेल हुन जरुरी छ । दोस्रो सरकार हो । जसले व्यापक सुधार गर्न जरुरी छ । सरकार स्वार्थी समुहका चंगुलबाट मुक्त हुन जरुरी छ । भ्रष्टाचार अन्त्य , सुशासन कायम , कानुन पालना गर्ने गराउने सरकारको पहिलो शर्त हुनु पर्दछ । आम जनताको दैनिकी सहज बनाउन जरुरी छ । सरकारी कार्यालयहरुमा काम लिएर जाने जनताले तुरुन्तै रेस्पोन्स पाउनु पर्दछ । सामाजिक सञ्जाल माथी यथोचित नियन्त्रण गर्न ढिला भई सकेको छ । केही समुहले स्वतन्त्रता भनेको जे पनि गर्न र बोल्न पाउने अधिकारको रुपमा परिभाषित गरि राजनितिक रोटी सेकिरहेका छन् , त्यस्तालाई कडा भन्दा कडा सजाय गर्न जरुरी छ । समय मै यि मुदा माथि उचित कदम नचाले नेपालको गणतन्त्र बालखमै कुपोषित हुने निश्चित छ ।

07/10/2019

जनस्वास्थ्य सरोकार ः प्राथमिक उपचार
मणिश्वर घिमिरे
मानौं, तपाईंको घरमा कसैलाई सामान्य चोट लाग्यो, आगोले पोल्यो,घरको र्भयाङबाट लडेर घाइते भए, ज्वरो आयो, सर्पले डस्यो । अब के गर्ने रु
जब यस किसिमको दुर्घटना हुन्छ, तब हामीले तत्काल केही उपचार गर्नुपर्ने हुन्छ ताकि उनीहरुले थप जोखिम मोल्न नपरोस् । अस्पताल पु¥याउन समय लाग्न सक्छ, वा अस्पताल पु¥याईरहंदा पीडितले असाहय दुखाई झेल्नुपर्छ । यस्तो अवस्था आउन नदिनका लागि प्राथमिक उपचार उपयोगी हुन्छ ।
प्राथमिक उपचार भनेको कुनैपनि दुर्घटना लगत्तै गरिने सामान्य रोकथाम विधी हो । तर, प्राथमिक उपचारले संभावित जटिलताबाट छुटकारा दिलाउन सक्छ ।
किन जान्नुपर्छ प्राथमिक उपचार रु
तपाईं, हामी, जो कोही पनि दुर्घटनामा पर्न सक्छौं । हाम्रा परिवारका सदस्यहरु पर्न सक्छन् । घरमा कुनै सदस्य लडेर चोट लाग्न सक्छ , आगोले पोल्न सक्छ, यस्तो अवस्थामा प्राथमिक उपचार जानिएको छ भने संभावित जोखिमबाट बच्न सकिन्छ ।
त्यसैले प्राथमिक उपचारबारे हरेकलाई ज्ञान हुनुपर्छ । यो एक दैनिक जीवनपायनको आधारभूत ज्ञान नै हो । घर परिवारका कुनै न कुनै सदस्यलाई प्राथमिक उपचारबारे ज्ञान छ भने कतिपय अप्ठ्याराबाट सजिलै बच्न सकिन्छ ।
प्राथमिक उपचारको उदेश्य
– संभावित जोखिमबाट बचाउनु ।
– अवस्था अरु खराब वा जोखिमपूर्ण हुन नदिनु ।
– उचित उपचारका लागि सम्बन्धित स्थानमा पु¥याउनु ।
– अवस्थामा सुधार ल्याउनु ।
प्राथमिक उपचारको सिद्धान्त
उपचारकले सुरुमा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिनु पर्दछ । यो अस्थायी हेरचाह मात्र हो । मानवतामा आधारित नैतिक सहयोग, निष्पक्षता, तथस्थता, ऐच्छिक सेवा हो । जानी गर, हानी नगर भन्ने हो ।
प्राथमिक उपचारका मूख्य जिम्मेवारी
९सुरक्षाको स्थिती सुनिश्चित गर्ने
– उपलब्ध साधन श्रोतको उपयोग गर्ने
– जांच, परीक्षण गर्ने ।
– प्राथमिक उपचार गर्ने ।
– ओसार्ने र विवरण दिने ।
प्राथमिक उपचारका नियमहरु
– दुर्घटना स्थलमा सकेसम्म चांडै पुग्ने प्रयास गर्ने ।
– प्राथमिकताको आधारमा, सिकिस्त र जोखिम भएका घाइतेहरुलाई उपचार गर्नुपर्छ ।
– रोगी तथा नातेदारलाई सान्तवना दिनुपर्छ ।
– रत्तश्राव भएको भए त्यसलाई रोक्ने प्रयास गर्नुपर्छ ।
– घाईते वा पीडितलाई सजिलो एवं आरमसाथ सुताउने ।
– शरीरमा लगाएको लुगा असहज भए फुकाइदिने ।
– सकेसम्म चाडै विशेष उपचारका लागि पठाउने वा पहल गर्ने ।
– उपचार सेवा भएको स्थानमा र्पुयाउने ।

प्राथमिक उपचारको क्षेत्र
प्राथमिक उपचारकले रोगी वा चोटपटक लागेका व्यक्तिको जांच गरेर समस्या वा चोटका सम्बन्धमा सम्पूर्ण जानकारी लिनुपर्दछ ।
उपचार रोग अथवा चोटको उचित मूल्यांकन पछि जीवन जोगाउने र पुनः चोट लाग्नसक्ने स्थितीबाट बचाउने । समस्याबाट पूर्ण रुपमा छुटकारा दिलाउन पीडितलाई सुरक्षित वा आवश्यक उपचारको निमित्त सुविधा सम्पन्न संस्थामा पठाउने ।
प्राथमिक उपचारमा तुरुन्त गर्नुपर्ने काम
९दुर्घटना स्थलमा तुरुन्तै पुगेर निरिक्षण गर्ने ।
– घाइतेलाई असुरक्षित ठाउंबाट सुरक्षित ठाउंमा राख्ने ।
– प्राथमिकता निर्धारण गरेर काम गर्ने । जस्तो सबैभन्दा चिन्ताजनक अवस्थामा रहेकालाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने ।
– श्वसप्रश्वास निरिक्षण गर्ने । श्वासमार्ग खुकुलो बनाइदिने ।
– रगत बगिरहेको भए कुनैपनि उपाय अपनाएर रक्तश्राव रोक्ने ।
– मुटुको चाल बन्द भएको भए तुरुन्तै कार्डियो मसाज दिने ।
– हात खुट्टा भांचिएको भए काम्रो बाध्ने । घाइतेलाई धेरै हलचल नगराई होशियारी पूर्वक बोकेर उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउने ।
– दुर्घटनाको रेकर्ड राख्ने ।
– ३ देखि ४ मिनेटसम्म अक्सिजन मस्तिष्कमा पुगेन भने बे्रन डेड हुने भएकाले दुर्घटनामा परेका घाइतको श्वास प्रश्वास निरन्तर गराउन प्राथमिक उपचारको महत्वपूर्ण भूमिका छ ।
– यसमा श्वास भित्र लिने र बाहिर छाड्ने भए प्रर्याप्त छ कि छैन हेर्ने ।
– यदि सास फेरिरहेको छैन भने श्वास प्रश्वासको गति ढिलो छ भने मुखबाट मुख जोडेर श्वासप्रश्वास गराउने ।

07/10/2019

यसपालिको टीकाको श’भ साइत बिहान १० बजेर ३५ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको शभ साइत २१ असोज मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ ।
यसपालिको बडा दसैंमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओली तथा प“र्वराजा ज्ञानेन्द« शाहले आफ“कहां आउने सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति विद्या भण्डारीले श’भ साइतमै आमा मिथिला पाण्डेबाट टीका लगाउने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रसेवक उच्चपदस्थ कर्मचारी र सर्वसाधारणलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा टीका लगाईदिने कार्यक्रम बनेको छ । सर्वसाधारणलाई भने २ बजेपछि शीतलनिवासमै टीका लगाइदिने कार्यक्रम बनेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले पनि पहिले पारिवार संग टीका लगाउने र बाल’वाटार प’ग्नेलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ भने प“र्वराजा ज्ञानेन्द« शाहले पनि विजयादशमीको दिन अपराह्न ४ बजेपछि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम बनाएका छन् ।

मुटु रोगीलाई सहयोग हस्तान्तरणनिजगढ ९ निवासि १ वर्षिय मुटु रोगी निकिता लामालााई विदेशमा बस्ने नेपाली द्वारा सहयोग हस्तान्...
07/10/2019

मुटु रोगीलाई सहयोग हस्तान्तरण
निजगढ ९ निवासि १ वर्षिय मुटु रोगी निकिता लामालााई विदेशमा बस्ने नेपाली द्वारा सहयोग हस्तान्तरण भएको छ ।
लामो समयदेखी विदेशमा बस्दै आएका नेपाली द्वारा नगद २१ ह्जार रुपैया सहयोग प्राप्त भएको छ । सहयोगि दाताहरुमा गोविन्द प्रसाद सुवेदी १० हजार, कुमार खतिवडा ६ हजार , शर्मिला आचार्य बाट ५ हजार रुपैया युथ अफ निजगढको माध्यम बाट सहयोग गरिएको हो ।युथ अफ निजगढ सामाजिक कार्यमा अग्रसर निजगढको अग्रणी संस्था हो । कार्यक्रममा युथ अफ निजगढका अध्यक्ष सागर थोकर , उपाध्यक्ष गंगा श्रेष्ठ, पूर्व अध्यक्ष जनक श्रेष्ठ , राजन श्रेष्ठ पत्रकार प्रहलाद तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

Address

Nijgadh Hiralal Marg
Nijgarh

Website

Alerts

Be the first to know and let us send you an email when Fasttrack Weekly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fasttrack Weekly:

Share

Category