Radio Nigarani 107Mhz

Radio Nigarani 107Mhz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Radio Nigarani 107Mhz, Media/News Company, Ishwarpur, Malangwa.

निगरानी मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित
समृद्धि र सुशासनका लागि....
रेडियो निगरानी १०७ मेगाहर्ज
ईश्वरपुर नगरपालिका –६, बयलवास बजार, सर्लाही
फोन: ०४६–५७५००३

हरिपुर्वा नगरपालिकामा सिकाइ परियोजनाको वार्षिक समिक्षा बैठक सम्पन्न ।    असार २ गते । हरिपुर्वा नगरपालिकामा शनिबार सिकाइ...
16/06/2024

हरिपुर्वा नगरपालिकामा सिकाइ परियोजनाको वार्षिक समिक्षा बैठक सम्पन्न ।
असार २ गते । हरिपुर्वा नगरपालिकामा शनिबार सिकाइ परियोजनाको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।
अष्ट्रेलिया सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल, विश्व शिक्षा र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, मलङ्गवा सर्लाहीको साझेदारीमा संचालित समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजनाले परियोजनाको समीक्षा बैठक सम्पन्न गरेको हो ।
परियोजना अन्तर्गत अति जोखीममा परेका बालबालिकाहरूको शिक्षामा समान पहुँच र सहभागीता तथा आधारभुत तहमा समतामूलक सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्यका साथ हरिपुर्वा नगरपालिकासहित जिल्लाका चार ओटा पालिकामा समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना सञ्चालन हुदँै आएको थियो ।
परियोजनाको अवधि सकिन लागेकोले वार्षिक समीक्षा तथा पुनरावोलोकन बैठकको क्रममा नगरपालिकाले परियोजनाको कर्मचारीहरुलाई प्रशंसा पत्र, मायाको चिनो सहित दोसला ओढाई सम्मान गरेको थियो । परियोजनाले हरिपुर्वाको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै परियोजनाका कर्मचारीहरुालाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
सिकाई परियोजनाको वार्षिक समिक्षा तथा पाँच बर्षको पुनरावोलोकन गरिएको समीक्षा बैठकको अध्यक्षता हरिपुर्वा नगरपालिकाका मेयर विनोद कुमार साहले गर्नुभएको थियो । सो क्रममा सिकाई परियोजनाले जुलाई २०१९ देखि जुन २०२४ सम्म गरेको काम र उपलब्धिहरु संस्थाका बरिष्ठ परियोजना संयोजक आदित्य पटेलले प्रस्तुत गर्नुभयो । उहाँले हरिपुर्वामा परियोजना सञ्चालन हुनु पुर्वको अवस्था र परियोजना समापन हुन लागेको अवधिमा हासिल उपलब्धीलाई प्रस्तुत गर्नुभयो ।
त्यस्तै परियोजनाको सहकार्यमा हरिपुर्वा नगरपालिकामा थुप्रै उपलब्धिहरू प्राप्त भएकोले तिनलाई संस्थागत गर्न केही क्रियाकलापहरूलाई निरन्तरता दिन आग्रह गर्दै नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा बजेटमा समावेश गर्न आग्रह गर्दै संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
हरिपुर्वा नगरपालिकाका नगर प्रमुख बिनोद कुमार साहले नगरपालिकाले गर्नुपर्ने काम सिकाई परियोजनाले गरेकोमा आर.आर.पि.के. संस्थालाई धन्यवाद दिनुभयो । उहाँले सिकाई परियोजनामार्फत प्राप्त उपलब्धीलाई निरन्तरता दिईने प्रतिवद्धता व्यक्त गर्नुहुँदै आगामी नीति, बजेट तथा कार्यक्रममा समाबेश गर्ने प्रतिब्धता वचनवद्धता व्यक्त गर्नुभयो ।
समीक्षा वैठकमा प्रशासकिय अधिकृत कुमार परियारले सिकाई परियोजनाले हरिपुर्वामा ठुलो परिवर्तन ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हुन त सिकाई परियोजनाले भौतिक पूर्वाधार निर्माणको काम गरेको छ, तर त्यो भन्दा ठुलो परिवर्तन नबोल्ने मान्छेलाई बोल्न सक्षम बनाएको छ ।’
बिद्यालय ब्यबस्थापन समिति सदस्य अनिता यादबले सिकाई भन्ने वितिकै समुदायले थाहा पाउने एउटा नाम बनेको बताउनुभयो । उहाँले नगर स्तरीय शिक्षा समिति गठन गर्न जरुरी देखिएको पनि बताउनुभयो ।
वैठकमा आरआरपिकेका अध्यक्ष शिवजी प्रसाद साह, हरिपुर्वाका विभिन्न वडाका वडाअध्यक्षहरु, शिक्षा शाखा प्रमुख जनक काफ्ले, बिद्यालयका प्र. अ., कार्यपालिका सदस्य, बाल अधिकार समितिका सदस्य, बि. व्य.स., समुदाय परिवर्तन समुह , सि.भि.ए. समुह का प्रतिनीधितहरु, अपांगता ब्यक्तीका संस्थाका प्रतिनिधि लगाएत रुपान्तरण कक्षा का बालबालिका हरु को उपस्थिति थियो ।

https://nigranitoday.com/archives/4694
15/06/2024

https://nigranitoday.com/archives/4694

सर्लाही । सर्लाहीमा जनमत पार्टीले उदाहरणीय तथा सराहनीय कार्य गर्न थालेको छ । यसै बिच जनमत पार्टीले ब

https://nigranitoday.com/archives/4692
14/06/2024

https://nigranitoday.com/archives/4692

काठमाडौं ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले मधेसमा चापाकल सुकिरहेको भए पनि सरकार

https://nigranitoday.com/archives/4689
14/06/2024

https://nigranitoday.com/archives/4689

कलैया ।बाराको सिम्रौनगढ नगरपालिका कलैयाबाट सञ्चालन हुने गरेको छ । सरकारले गाउँ गाउँमा सिंहदरबार र सर

https://nigranitoday.com/archives/4686
14/06/2024

https://nigranitoday.com/archives/4686

महोत्तरी, ३२ जेष्ठ ÷ एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझ

https://nigranitoday.com/archives/4681
14/06/2024

https://nigranitoday.com/archives/4681

लालबन्दी । सर्लाहीको लालबन्दीमा सर्लाही जिल्ला साइकलिङ्ग संघ गठन भएको छ । आज एकतावद्ध देश, खेलकुद सन

https://nigranitoday.com/archives/4678
14/06/2024

https://nigranitoday.com/archives/4678

सर्लाही ।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सिकाइ परियोजनाको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । अष्

https://nigranitoday.com/archives/4672
13/06/2024

https://nigranitoday.com/archives/4672

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसँग गरिबी निवारण गर्ने

https://nigranitoday.com/archives/4674
13/06/2024

https://nigranitoday.com/archives/4674

प्रेमनाथ पौडेल सर्लाही । सर्लाहीको हरिवनमा नेपाल पत्रकार माहसंघ सर्लाही शाखाले आयोजना गरेको रक्तदान

ब्रहम्पुरी गाउँपालिकामा सिकाइ परियोजना को वार्षिक समिक्षा बैठक सम्पन्नरेडियो निगरानीजेष्ठ २९ । अष्ट्रेलिया सरकारको आर्थि...
11/06/2024

ब्रहम्पुरी गाउँपालिकामा सिकाइ परियोजना को वार्षिक समिक्षा बैठक सम्पन्न
रेडियो निगरानी
जेष्ठ २९ । अष्ट्रेलिया सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल, विश्व शिक्षा र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, मलङ्गवा सर्लाहीको साझेदारीमा विगत पाँच वर्षदेखि यस ब्रहम्पुरी गाउँपालिकामा समावेशी शिक्षा सुदृढीकरण ९सिकाइ० परियोजना अन्तर्गत अति जोखीममा परेका बालबालिकाहरूको शिक्षामा समान पह‘ँुच र सहभागीता तथा आधारभुत तहमा समतामूलक सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्यका साथ सञ्चालन हुदँै आएको छ । उक्त परियोजनाको अवधि समापन हुने भएकोले वार्षिक समीक्षा तथा पुनरावोलोकन बैठक संगै समान कार्यक्रम पनि गरियो ्र बैठकको अध्यक्षता ब्रहम्पुरी गाउँपालिकाको अध्यक्ष राम पदारथ साहले गर्नु भएको थियो ्र बैठकमा सिकाई परियोजनाको अर्ध वार्षिक समिक्षा तथा पुनरावोलोकन गरिएको थियो ।
सिकाई परियोजना ले जुलाई देखि जुन २०२४ सम्म गरेको काम र उपलब्धिहरु संस्थाका बरिष्ठ परियोजना संयोजक आदित्य पटेल ले प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि परियोजनाको सहकार्यमा प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नका लागि केही क्रियाकलापहरूलाई निरन्तरका लागि गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा बजेटमा समावेश गर्न कार्ययोजना संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले प्रस्तुत गर्नु भएको थियो ।
ब्रहम्पुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले सिकाई परियोजनाले गरेको काम को प्रशंसा गर्दै समाबेशी शिक्षा नीति र स्थानीय पाठ्यक्रम पूर्ण रुपमा लागु गराउन को साथै सिकाई परियोजना को उपलब्धि हरु लाई निरन्तरता का लागि गाउँ पालिका को नीति तथा कार्यक्रम मा सामबेश गर्ने प्रतिबध्ता ब्यक्त गर्नु भएको थियो ।
समिक्षा बैठकमा गाउँपालिकाका अध्यक्ष राम पदारथ साह, प्रमुख प्रसासकिय अधिकृत उपेन्द्र राउत , वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख राजिब कुमार शर्मा, स्वास्थ्य शाखा प्रमुख, बिद्यालयका प्र। अ।, कार्यपालिका सदस्य, बि। व्य।स।, समुदाय परिवर्तन समुह , सि।भि।ए। समुह का प्रतिनीधितहरु , अपांगता ब्यक्तीका संस्थाका प्रतिनिधि लगाएत रुपान्तरण कक्षा का बालबालिका हरु को उपस्थिति थियो ।

10/06/2024

फुलजोर बाबा साझेदारी वन व्यवस्थापन समितिको आसन्न निर्वाचनमा अध्यक्ष पदका उमेदवार प्रदीपराज मैनालीलाई अत्यधिक मतले विजयी गराऔं ।

जनकपुरधाम, जेष्ठ २५ गते ।मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि ६ दलिय गठबन्धनले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाब...
07/06/2024

जनकपुरधाम, जेष्ठ २५ गते ।
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि ६ दलिय गठबन्धनले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेश गरेका छन् ।
५५ सांसदको हस्ताक्षर सहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले जनमतका सतिश कुमार सिंहलाई मुख्यमन्त्रीमा दावी पेश गरेको हो ।

स्रोतका अनुसार सिंहलाई आजै मुख्यमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम प्रदेश प्रमुख कार्यालयले राख्नेछ । मधेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय छ । मन्त्रालयको संख्या नबढाउनेगरी दलहरुले मन्त्रालय बाँडफाँड गर्ने सहमति गरेका छन् ।

सहमति अनुसार एमालेले भौतिक पूर्वाधार विकास, शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसंख्या र उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय पाएको छ । भौतिक पूर्वाधार मन्त्री एमाले संसदीय दलका नेता सरोज कुमार यादव बन्दैछन् । अन्य मन्त्रीको टुंगो लागिसकेको छैन ।

यस्तै माओवादीले अर्थ मन्त्रालय र उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय पाएको छ । सो पार्टीका संसदीय दलका नेता भरत प्रसाद साह अर्थ मन्त्री बन्दैछन् ।

नेकपा एसलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र गृह संचार तथा कानून मन्त्रालय दिएको छ । सो पार्टीले अर्थ वा भौतिक पूर्वाधार विकास मध्ये एकसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राखेपछि सहमतीमा सकस परेको थियो ।

एकरएक सांसद रहेको दुई दल नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी पनि मन्त्रालय पाएको छ । नाउपाले श्रम तथा यातायात र नेसंसपाले गृह संचार तथा कानून मन्त्रालय पाएका छन् ।

मुख्यमन्त्री पाएको जनमत पार्टीले वन तथा वातावरण मन्त्रालय पनि पाएको छ । एमालेका एक सांसदका अनुसार सबै दलले आजै मन्त्री टुंग्याएर मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ ।

https://nigranitoday.com/archives/4654
06/06/2024

https://nigranitoday.com/archives/4654

लालबन्दी । सर्लाही प्रहरीले ठुलो सफलता हात पारेको छ । सर्लाही प्रहरीले १६ क्विन्टल १२ के.जी गाँजा बर

https://nigranitoday.com/archives/4631
05/06/2024

https://nigranitoday.com/archives/4631

महोत्तरी, २३ जेष्ठ । एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा

https://nigranitoday.com/archives/4634
05/06/2024

https://nigranitoday.com/archives/4634

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं सांसद प्रभु साहले विदेशको ग्रीन कार्ड लिएका धनाढ्य, ब्य

https://nigranitoday.com/archives/4624
03/06/2024

https://nigranitoday.com/archives/4624

सर्लाही । सर्लाही प्रहरीले लाखौँको भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सर समान बरामद गर

03/06/2024

डा. सचीन यादव, प्रसूति तथा स्त्री रोग विशेषज्ञ, नि. मेडिकल सुपरिन्टेन्डेन्ट, तथा क्लिनिकल कोआर्डिनेटर, प्रादेशिक अस्पताल मलङ्गवा, सर्लाही

Today's Photo📷 By Som Diyali Radio Nigarani 107Mhz
02/06/2024

Today's Photo📷 By Som Diyali Radio Nigarani 107Mhz

https://nigranitoday.com/archives/4616
31/05/2024

https://nigranitoday.com/archives/4616

सर्लाही,१८ जेष्ठ । सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीले शुक्रबार २९ ओैं स्थापना दिवस विभिन्न कार्य

https://nigranitoday.com/archives/4609
30/05/2024

https://nigranitoday.com/archives/4609

सोम दियाली जेष्ठ १७ गते । अत्यधिक गर्मी बढेपछि सर्लाहीमा धमाधम विद्यालय बन्द हुन थालेका छन् । चर्को

कविलासीमा गर्मीका कारण कक्षा समय घटाउने निर्णयरेडियो निगरानीजेष्ठ १७ गते । तराईमा बढेको अत्यधिक गर्मीका कारण जिल्लाका वि...
30/05/2024

कविलासीमा गर्मीका कारण कक्षा समय घटाउने निर्णय
रेडियो निगरानी
जेष्ठ १७ गते । तराईमा बढेको अत्यधिक गर्मीका कारण जिल्लाका विद्यालयहरु धमाधम बन्द भइरहेका बेला कविलासी नगरपालिकाले भने कक्षा समय घटाएर पठनपाठन जारी राख्ने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत विष्णु यादवले जारी गर्नुभएको एक सूचना अनुसार गर्मीका कारण पठनपाठन प्रभावित हुने, बालबालिका अचेत हुने अवस्था आएकोले विद्यालय सञ्चालनको समय व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
हाल कविलासी नगरपालिकाका विद्यालयहरु विहानको समयमा सञ्चालन भईरहेकोले अर्को सूचना जारी नहुन्जेल प्रति घण्टी १०देखि १५ मिनेट समय घटाई कक्षा सञ्चालन गर्न सूचनामा भनिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत यादवले नगरप्रमुखको निर्देशन भन्दै विहान १० बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न नगरका सबै विद्यालयहरुलाई अनुरोध गर्नुभएको छ ।

गर्मीका कारण ईश्वरपुरमा पनि विद्यालय बन्द रेडियो निगरानी जेष्ठ १७ गते । अत्यधिक गर्मी बढेपछि सर्लाहीमा धमाधम विद्यालय बन...
30/05/2024

गर्मीका कारण ईश्वरपुरमा पनि विद्यालय बन्द
रेडियो निगरानी
जेष्ठ १७ गते । अत्यधिक गर्मी बढेपछि सर्लाहीमा धमाधम विद्यालय बन्द हुन थालेका छन् ।
चर्को घाम लाग्ने र तातो हावा समेत चल्न थालेपछि बालबालिकाको पठनपाठनमा समस्या आउने भन्दै यहाँका पालिकाहरुले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् ।
जिल्लाको ईश्वरपुर नगरपालिकाले पनि जेष्ठ २५ गतेसम्म नगरभित्रका सामुदायिक तथा संस्थागत(सबै) विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘केही दिनदेखि मधेश क्षेत्रमा बढ्दै गईरहेको अत्यधिक गर्मी र तातो हावाका कारण बालबालिकाको पठनपाठनमा समस्या आउन उत्पन्न भएको र विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेकोले मौसममा सुधार नआएमा नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा गराउनुहुन अनुरोध छ ।’
नगरपालिकाले अहिलेको विदा वर्षेविदाबाट कट्टा हुने जनाउँदै २०७३ वैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप अभियानमा सहभागि गराउन अनुरोध गरेको छ ।
खोप अभियान ईश्वरपुर नगरपालिकामा जेष्ठ २७,२८ र २९ गते तीन दिन सञ्चालन हुने छ ।

29/05/2024
29/05/2024

आकस्मिक गर्मी विदा तथा विद्यालयहरुमा खोप कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सूचना।

फेरिए सर्लाहीका सिडियो, प्रजिअ धमाला जाँदै अधिकारी आउँदैरेडियो निगरानी जेष्ठ १६ गते । सर्लाहीका प्रमुख जिल्ला अधिकारी को...
29/05/2024

फेरिए सर्लाहीका सिडियो, प्रजिअ धमाला जाँदै अधिकारी आउँदै
रेडियो निगरानी
जेष्ठ १६ गते । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको सरुवा भएको छ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बुधबारको निर्णय अनुसार सर्लाहीका प्रमुख जिल्ला अधिकारी धमलासहित गृहका २५ जना सहसचिवको सरुवा तथा हेरफेर भएको हो ।
गृहको सूचि अनुसार सर्लाहीका प्रजिअ सहसचिव धमलालाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
झण्डै ८ महिनाअघि अर्थात २०८० असोज २९ गते प्रमुख जिल्ला अधिकारीको रुपमा सर्लाही आउनुभएका धमलाले जिल्लाको शान्ति सुरक्षामा उल्लेखनिय काम गर्नुभएको जिल्लावासीले बताएका छन् ।
यता प्रजिअ धमलाको ठाउँमा हाल कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत गोपाल कुमार अधिकारी सर्लाही आउनुहुने भएको छ । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार उहाँलाई कञ्चनपुरबाट सर्लाहीमा सरुवा गरिएको हो ।

 # # #हाम्रो सूचना प्रभाव # # #चन्द्रनगर गाउँपालिका १ निवासी नरेश कापडीका १५ वर्षिय छोरा लखिन्दर कापडी यही जेष्ठ ६ गते ल...
28/05/2024

# # #हाम्रो सूचना प्रभाव # # #
चन्द्रनगर गाउँपालिका १ निवासी नरेश कापडीका १५ वर्षिय छोरा लखिन्दर कापडी यही जेष्ठ ६ गते लालबन्दीबाट हराईरहेको हामीलाई प्राप्त जानकारीको आधारमा हामीले खोजविनका लागि सूचना सम्प्रेषण गर्यौ । धेरै साथीहरुले सूचना बढीभन्दा बढी शेयर गरिदिनुभयो । फलस्वरुप हराईरहेका यि बालक लखिन्दर कापडी रौतहटबाट फेला परेको भन्ने जानकारी उनका बुवा नरेश कापडीले गराउँनुहुँदा निकै खुशि लागेको छ ।
बालकको खोजविनमा सहयोग गर्ने सबैलाई धन्यवाद ।

28/05/2024
https://nigranitoday.com/archives/4591
28/05/2024

https://nigranitoday.com/archives/4591

सर्लाही,१५ जेष्ठ । सर्लाहीको बलरा नगरपालिकामा साना किसानहरुको लागी कृषि तथा पशु विकासमा परिवर्तनका ल

https://nigranitoday.com/archives/4581
27/05/2024

https://nigranitoday.com/archives/4581

सर्लाही,१४ जेष्ठ । सर्लाहीको बरहथवा नगरपालिकामा एक मृत्क परिवारलाई राहत वापतको रु. १० लाख रकम हस्तान

Address

Ishwarpur
Malangwa
45800

Alerts

Be the first to know and let us send you an email when Radio Nigarani 107Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Nigarani 107Mhz:

Videos

Share



You may also like