Youths of Hempur

Youths of Hempur This page is only available for providing news feeds related to the news of "Ward no.4,HEMPUR ,kablashi municiplity" Thanks for visiting.

कबिलासि ना.पा.-४ हेमपुरमा पर्ने जिरानि माईमा जागा दाता स्वर्गिय सिताराम राय को नाति भाग्य नारायण राय को छोरा मुकेश यादवज...
24/02/2024

कबिलासि ना.पा.-४ हेमपुरमा पर्ने जिरानि माईमा जागा दाता स्वर्गिय सिताराम राय को नाति भाग्य नारायण राय को छोरा मुकेश यादवज्यू लगायत ऊहाको सम्पूर्ण परिवार लाई जिरानि माईको असिम कृपा सदैब बनिरहोस। उहाँले करिब ५ धुरी जग्गा दान गर्नुभएकोमा ऊहाँ लगायत उहाँको सम्पूर्ण परिवारलाई हामि सम्पूर्ण हेमपुर बासिको तर्फबाट मुरि-मुरि धन्यवाद!!💐💐💐🙏🙏🙏माता जिरानिले उहाँको सम्पूर्ण मनोकामना पुरा गरून् भन्ने कामना गर्दछु र सदैव यस्तै ठूलो हिर्दय बनाई समाजिक कार्यमा संलग्न भईराखुन भने आशा गर्छु।
कोटि कोटि धन्यवाद!!🙏🏻🙏🏻💐💐
जग्गा दाता:- मुकेश यादव ज्यू लगायत सम्पुर्ण परिवार ❤️

जानलिजिए जनाब‌ ,अपना और पराए का फर्क सम्झना जरूरी होता है।
28/10/2023

जानलिजिए जनाब‌ ,अपना और पराए का फर्क सम्झना जरूरी होता है।

खण्डग्रास चन्द्र ग्रहण:चन्द्रमाको पुरै भागमा पृथ्वीको सघन छाया पर्न गई चन्द्रमाको पुरै भाग अँध्यारो देखिनुलाई खग्रास चन्...
28/10/2023

खण्डग्रास चन्द्र ग्रहण:

चन्द्रमाको पुरै भागमा पृथ्वीको सघन छाया पर्न गई चन्द्रमाको पुरै भाग अँध्यारो देखिनुलाई खग्रास चन्द्रग्रहण (Total lunar ecipse)भनिन्छ । यदि चन्द्रमाको केही भागमा मात्र पृथ्वीको सघन छाया पर्न गयो भने चन्द्रमाको केही भाग मात्र अँध्यारो देखिन्छ । यसलाई खण्डग्रास चन्द्रग्रहण (Partial lunar eclipse)भनिन्छ । चन्द्रग्रहण पूर्णिमामा मात्र लाग्छ ।

ग्रहण लाग्दा के गर्दा र के नगर्दा ठिक❗
ज्योतिषहरुका अनुसार आज लाग्ने चन्द्र ग्रहणको सुतक ४ बजेर १९ मिनेट देखि शुरू हुनेछ भने ग्रहण चाँहि राती १ बजेर १९ मिनेटमा शुरू भएर १ घण्टा १९ मिनेटमा सकिने छ:

सुतक सुरू भए पश्चात गर्न नहुने कुराहरू:
- 4: 19 मिनेट भन्दा पछि भोजन गर्न हुँदैन,
- सुत्नु हुँदैन,
- हत्या हिंसा मार काट गर्नु हुँदैन,
- यौन सम्बन्ध राख्नु हुँदैन,
- सकेसम्म दिसा पिसाब गर्नु हुँदैन,
- मेकअप श्रिङ्गार पटार गर्न हुँदैन,
- दाँत माझ्न हुँदैन,
- यात्रा गर्न हुँदैन।

सुतक सुरू भए पश्चात गर्न हुने कुराहरू:
- भजन किर्तन गर्न,
- दान दक्षिणा गर्न।

चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुन्छ । यस पछि कुनै पनि शुभ कार्य नगर्न सल्लाह दिइएको पाइन्छ ।

हामी यस्तो देशको नागरिक हो महोदय जहा  tiktok को नचनियालाई  प्रहरीले सुरक्षा दिन्छ ।तर आरती साहको परिवारले   न्याय माग्दा...
27/10/2023

हामी यस्तो देशको नागरिक हो महोदय जहा tiktok को नचनियालाई प्रहरीले सुरक्षा दिन्छ ।तर आरती साहको परिवारले न्याय माग्दा त्यही प्रहरीले लाठी चार्ज र दुर्ववहार गरी लखेटेका छन । सानालाई एन र ठुलालाई चैन ।
हेर्नुस् :- तस्बिर आफै बोल्छ्।
Hello Sarkar
Nepal Police_नेपाल प्रहरी

26/10/2023
06/06/2023
" 🙏🏽🙏🏽होशियार भइ सावधानी अपनाउनुहोस।🙏🏽🙏🏽"तातो हावा तथा लु (Heat Wave) के हो? र यसको कारण , लक्षण , लु बाट बच्ने उपायहरु,...
06/06/2023

" 🙏🏽🙏🏽होशियार भइ सावधानी अपनाउनुहोस।🙏🏽🙏🏽"
तातो हावा तथा लु (Heat Wave) के हो? र यसको कारण , लक्षण , लु बाट बच्ने उपायहरु, लु लागेमा के खाने के नखाने र ध्यान दिनुपर्ने कुराहरु जानकारी लागि सबै जनाले शेयर गरौ 🙏🙏 गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु गर्छ । गर्मी मौसममा खासगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । यो समयमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुग्छ। गर्मी मौसममा हरेक मानिस त्यस्तो तातो हावाबाट बच्न चाहन्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ।

‘लू’ कसरी लाग्छ ?

मानव शरीरको संरचना अनौठो छ । बाहिरको तापक्रम जति सुकै परिवर्तित भए तापनि शरीर भित्रको तापक्रम सधैं ३७ डिग्री सेन्टिग्रेड नै भइरहन्छ । गर्मीमा जब हामी लापरवाहीपूर्वक बाहिर निस्कन्छौं, तब चर्को घाम र तातो हावाले शरीरको बाहिरी छालालाई अत्यधिक तातो बनाइदिन्छ ।

जसका कारण हामी ‘लू’को चपेटामा आउँछौं । अत्यधिक गर्मीका कारण रक्तनलीहर” फराकिलो हुन्छ । यसले गर्दा रक्तसञ्चार प्रकृया बढ्छ र शरीरभित्रको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ ।

रक्तसञ्चार प्रक्रिया बढ्नु र शरीरको रगत तातो हुनाले शरीर भित्रको तापक्रम पनि बढ्छ, जसलाई ‘लू’ लाग्नु भनिन्छ ।

‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो । पसिनाको रुपमा नुन र पानीको ठूलो मात्रा शरीरबाट निस्कन्छ र रगतको तापक्रम बढाइदिन्छ । टाउको भारी भएको महसुस हुनु, नाडीको गति बढ्नु, रगतको गति पनि तीव्र हुन थाल्नु यसका लक्षणहरू हुन् । त्यस्तै सास गति पनि अनियमित हुनु, ज्वरो बढ्नु, हातको हत्केला र खुट्टाको पैताला पोल्नु, आँखा पोल्नु जस्ता समस्याहरू देखिन्छन् । जसका कारण बिरामी बेहोस हुन्छ र कसै-कसैको यही कारण मृत्यु पनि हुन्छ ।

‘लू’का लक्षणहरू

-बारम्बार प्यास लागिरहनु ।

-अनुहार रातो हुनु, टाउको दुख्नु, दिगमिग हुनु र बान्ता हुनु ।

-अत्याधिक तापक्रमका कारण बेहोस हुनु ।

-नाडीको गति धेरै बढ्नुका कारण बिरामीको शरीरको तापक्रम १०१ देखि १०४ सम्म हुनु ।

-बिरामीमा छटपटी र उदासीनताको भाव देखिनु ।

‘लू’ लागेमा के गर्ने ?

-लूको प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । ‘लू’बाट पीडित व्यक्तिलाई शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ ।

यदि तपाईंलाई ‘लू’ लाग्यो भने नजिकको चिकित्सकबाट तुरुन्त प्राथमिक उपचार गराउनुपर्छ, जसका कारण समयमा नै सबै कुराको नियन्त्रण हुन्छ ।

-‘लू’ लागेको बिरामीले आफ्नो जीवन रक्षाका लागि घोल (नुन,चिनी,कागती र पानी) समय–समयमा पिइरहनुपर्छ ।

-‘लू’ लागेपछि स्पञ्जलाई पानीमा भिजाएर बिरामीको निधार, हात, खुट्टामा दल्नुपर्छ । यसका साथै निधारमा बरफको पट्टी राख्नुपर्छ ।

-‘लू’ लागेमा पाकेको तित्री (इमली) को गुदीलाई हत्केला र खुट्टाको पैतालामा लगाउनाले ‘लू’को असर कम हुन्छ । इमली पानी पिउनाले ‘लू’बाट तुरुन्तै राहत प्राप्त हुन्छ ।

-दही र मौसमी फलफुल जस्तै सुन्तला, अंगुर, खरबुजा र मौसमको रस लू ग्रस्त बिरामीलाई पिउन दिनुपर्छ ।

-पुदिनाको सर्बत पिउनाले पनि लूबाट राहत प्राप्त हुन्छ । लूका बिरामीलाई तरल पदार्थ नै पिउन दिनुपर्छ ।

-लू लागेमा प्याजलाई पकाएर त्यसमा जिरा, चिनी र गाईको घिउ मिसाएर बिरामीलाई खानदिनु पर्छ। यसो गर्दा बिरामीलाई धेरै आराम प्राप्त हुन्छ ।

‘लू’बाट बच्ने उपाय

–काँक्रोको सेवन गर्नुपर्छ । गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ । जसबाट एकाएक ‘लू’को असर पनि हुँदैन ।

–बेल, आँप, कागतीको सर्बतको सेवन गर्नुपर्छ । गर्मीमा बेल, आँप तथा कागतीको सर्बतले हाम्रो शरीरमा पानीको स्तरलाई कायम गरिराख्छ। जसले निकै हदसम्म लूबाट बचाउन पनि सहयोग पुर्‍याउँछ ।

–गर्मीको मौसममा कहिलेकाहीँ टाउको, खुट्टा तथा हातहरूमा मेहन्दी लगाउनाले पनि लूको असर कम हुन्छ ।

-घाममा खाली पेट निस्कनुहुँदैन, कागतीको सर्बत भए पनि खाएर निस्कनुपर्छ ।

–सकेसम्म धेरैभन्दा धेरै पानी पिउनुपर्छ ।

–घाममा धेरै ननिस्कनु नै उत्तम उपाय हो । यदि निस्कनै छ भने शरीरलाई पूरै तरिकाले ढाकेर मात्र निस्कनु होला ।

के खाने, के नखाने ?

कागती पानी प्रचुरमात्रामा खानुपर्छ । नुन, चिनी तथा कागतीको रस (भिटामिन-सी) लाई जीवन रक्षक तरल पदार्थ पनि भनिन्छ ।

साँझको बेला तारिएका खानेकुराहरु तथा चिल्लो-पिरो खानेकुरा खानु हुँदैन । प्राय: हल्का खाना खानुपर्छ। तर, धेरै व्रत बस्नु हुँदैन । मदिरापान नगर्नु नै उत्तम हुन्छ । भोजनमा प्याज, पुदिना, सलाद तथा काँचो आँपको चाना बढी खानुपर्छ ।

ध्यान दिनु पर्ने कुराहरू

थोरैमात्र लापरवाहीले पनि तपाईंलाई लुले आफ्नो शिकार बनाउन सक्छ । त्यसैले हरेक सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्छ । यदि तपाईं एसी अथवा कुलरको अगाडि बस्नु भएको छ भने कहिले पनि अत्यधिक घाम अथवा हावामा नजानुहोला ।

एसीमा बस्दा रक्तनलीहरू संकुचित हुन्छन् । अचानक एसीबाट सोझै चर्को घाममा जानाले शरीरको तापमान अचानक परिवर्तन हुन्छ । जसबाट खुम्चिएको रक्तनलीहरू अचानक फैलिन थाल्छ र ब्लड प्रेसर बढ्छ ।

यो स्थितिमा कुनै पनि व्यक्ति लूको शिकार बन्न सक्छ । यसबाट बच्नका लागि एउटा सरल तरिका के छ भने एसीबाट बाहिर आएको केही समयका लागि कुनै शीतल ठाउँमा बसेर शरीरको तापमानलाई सामान्य बनाउनुपर्छ ।

कुनै पनि प्रकारको क्रिम लगाएर घाममा निस्कनुहुँदैन । क्रिम तैलीय पदार्थ भएकाले त्यसलाई लगाउनाले छालाको रौं छिद्र बन्द हुन्छ। जसबाट पसिना नआउनाले शरीरको तापमान नै असन्तुलित हुनपुग्छ ।

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना |
04/06/2023

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना |

🥰🥰(सन्दर्भ:- बाटो निर्माण)🥰कबिलासी ना.पाा:-४ ,हेमपुरमा पर्ने बिभिन्न धार्मिक स्थल ( श्री जिरानि माई, श्री सर्लाहीया बाबा...
05/05/2023

🥰🥰(सन्दर्भ:- बाटो निर्माण)🥰
कबिलासी ना.पाा:-४ ,हेमपुरमा पर्ने बिभिन्न धार्मिक स्थल ( श्री जिरानि माई, श्री सर्लाहीया बाबा )मा जाने बाटोहरू बनाई त्याहा पुगन सहज र सजिलो बनाऊन यस वडाका वडा अध्यक्ष "श्री गिरधारी राय यादवज्यू" को पहलमा निर्माणको कार्य अगाडि बढेको छ।हामि सम्पूर्ण हेमपुुर बासिहरूको तर्फबाट वडा अध्यक्षज्यू लगायत सम्पूर्ण टिमलाई कोटिकोटि धन्यवाद दिन चाहन्छौं। र आशा गर्छौ कि अगामि दिनहरूमा पनि यस्तै बिकासका कार्यहरू हेर्न पाउन ।👏👏👏✊✊

शिक्षक संख्याको अभाबमा पाले परीक्षा संचालन गर्दै । Shree Janaki Das janta higher secondary school Hempur..Exam ko supite...
27/12/2022

शिक्षक संख्याको अभाबमा पाले परीक्षा संचालन गर्दै । Shree Janaki Das janta higher secondary school Hempur..
Exam ko supitendent khoi.exam ko samiti nai aafu lai thulo thane ra base ko hola.Headmaster le rajanama dinu pariyo jasto lagdai xa aab.school ma aaye ko 20 lakh rakam ke vayo.yaha ka neta vane manchhe kaha gayo.अन्धो देश को बन्रा राजा.

अब यहिँ हेर्न बाकि रहयो,  आदरणीय  हेमपुर बासिहरू कृपया आफ्नो बच्चाको भबिष्य प्रति ध्यान दिनु होस।"सम्बन्धित निकायको ध्या...
26/12/2022

अब यहिँ हेर्न बाकि रहयो,
आदरणीय हेमपुर बासिहरू कृपया आफ्नो बच्चाको भबिष्य प्रति ध्यान दिनु होस।
"सम्बन्धित निकायको ध्यानाकर्षण होस ।"
श्री जानकीदास जनता मा वि कबिलासि :-४ ,हेमपुर का बिधार्थी भाईंबहिनीहरू दोश्रो त्रैमासिक परिक्षमा सहभागी भई रहेक़ो अवस्था ।

Pushpa Kamal Dahal "Prachanda" has been appointed as the new Prime Minister of Nepal. He will take an oath tomorrow.
25/12/2022

Pushpa Kamal Dahal "Prachanda" has been appointed as the new Prime Minister of Nepal. He will take an oath tomorrow.

To the Kavilaasi municipality..
12/12/2022

To the Kavilaasi municipality..

सर्लाही क्षेत्र नं ३ अन्तर्गत प्रदेश सभा क्षेत्र नं ३(ख) को नेपाली काँग्रेसको चुनावी समिक्षा बैठक सम्पन भयो। गएको चुनावम...
06/12/2022

सर्लाही क्षेत्र नं ३ अन्तर्गत प्रदेश सभा क्षेत्र नं ३(ख) को नेपाली काँग्रेसको चुनावी समिक्षा बैठक सम्पन भयो। गएको चुनावमा पार्टीका उमेदवारलाई पराजय गर्न विपक्षसँग साँठ-गाँठ गरी अन्तरघात गर्ने निम्न अन्तरघातीहरुलाई पार्टीको सधारण सदस्य समेत नरहने गरी कार्वाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने सर्वसहमतिबाट निर्णय गरियो। कार्वाहीमा पर्ने अन्तरघातीहरु:

१. ब्रह्मदेव राय यादव (कबिलासी न.पा. का निर्वाचित नगर प्रमुख (मेयर))

२. कृष्णदेव राय यादव (केन्द्रीय महाधिवेशन प्रतिनिधि)

३. नवराज राई (बरहथवा न. पा. वडा नं ११ (हिरापुर) का निर्वाचित वडा अध्यक्ष)

४. रामजी राय (बरहथवा न. पा. वडा नं १२ (लौकठ) का निर्वाचित वडा अध्यक्ष)

#सर्लाहीप्रेस #सर्लाही #नेपालीकाँग्रेस #नेपाल Nepali Congress Brahma Deo Ray Krishna
Deo Yadav Ramjee Yadav Navraj Rai
Source:-sarlahi press

30/11/2022

कुनै नेतोले चुनाव जित्नासाथ उसैसितको टाँसिएर खिचेको फोटो पोष्ट्याएर बधाईका स्वस्तिवाचन गर्नेहरू एक्काइसौं शताब्दीका महान् चाकडीबाजहरू हुन् भनेर चिन्नुस्। यस्ता चम्चा प्रवृत्तिसंग होशियार हुनुहोला।

Hae dekha upendra cha-cha ke,Ka ho Marde kahat rahe log sab sardi ke season ba chhata☂️⛱️🌂🌂 na kaam lagi aab samet🌂🌂 ke ...
21/11/2022

Hae dekha upendra cha-cha ke,
Ka ho Marde kahat rahe log sab sardi ke season ba chhata☂️⛱️🌂🌂 na kaam lagi aab samet🌂🌂 ke rakhla 😅😅😂 lagal lagal jhulaniya me Dhaka balam kalkatta SE ladi na...😜😜

भोट हाल्दा नङ्गमा मात्र दाग लागोस स्वाभिमानमा दाग नलागोस 🙏Purity is our first priorityसोचेर मात्र भोट दिनु होला.....
20/11/2022

भोट हाल्दा नङ्गमा मात्र दाग लागोस
स्वाभिमानमा दाग नलागोस 🙏

Purity is our first priority
सोचेर मात्र भोट दिनु होला.....

16/11/2022

घोषण पत्रहरु हेर्दा त चुनाव पछि नेपाल संसारको No 1 धानी देश होला जस्तो छ त ।

याे साेफाकाे नाम नेपाल हाे जुन पहिले कति सुन्दर थियाे तर केही वर्ष देखि यी कुकुरहरुले यसलाई  सत्यानाश गरि दिएछ..!
11/11/2022

याे साेफाकाे नाम नेपाल हाे जुन पहिले कति सुन्दर थियाे तर केही वर्ष देखि यी कुकुरहरुले यसलाई सत्यानाश गरि दिएछ..!

05/11/2022

जिन युवाओं को जवानी में ही
‶चमचागिरी‶
की लत लग जाती हैं उनकी पूरी उम्र ‶दलाली‶
में गुजर जाती हैं🤣 #
युवा

Notice for all  wards of Kavilaasi municipality..
01/11/2022

Notice for all wards of Kavilaasi municipality..

हेमपुर बजारको छठि घाटको केही तस्विरहरू!तपाईंहरू पनि आ-आफ्नो घाटको फोटो comment गर्नु।
31/10/2022

हेमपुर बजारको छठि घाटको केही तस्विरहरू!
तपाईंहरू पनि आ-आफ्नो घाटको फोटो comment गर्नु।

कविलासि -४,हेमपुरका  युवाहरूद्वारा हिन्दुहरूको महान पर्व छठ पुजाको पावन अवसरमा सरसफाइको कार्यक्रम सम्पन्न भएको छ। "💐🙏🏽🙏🏽...
30/10/2022

कविलासि -४,हेमपुरका युवाहरूद्वारा हिन्दुहरूको महान पर्व छठ पुजाको पावन अवसरमा सरसफाइको कार्यक्रम सम्पन्न भएको छ। "
💐🙏🏽🙏🏽Happy chhat 🙏🏽🙏🏽💐🎇🎆

 #हिन्दूहरूको_महान्_पर्व_ छठको शुभ उपलक्ष्यमा सम्पूर्ण "हेमपुर बाँसी हरुमा लगायत देश-विदेशमा रहनुभएका सम्पूर्ण साथीभाईहर...
28/10/2022

#हिन्दूहरूको_महान्_पर्व_ छठको शुभ उपलक्ष्यमा सम्पूर्ण "हेमपुर बाँसी हरुमा लगायत देश-विदेशमा रहनुभएका सम्पूर्ण साथीभाईहरु तथा इष्टमित्रहरुमा" सुख,शान्ति , समृद्धि , दीर्घायु र खुष्याली छाअोस भन्ने कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु|
🎈💐💐🎇 HAPPY CHHAT PUJA 🎇🎆 🙏🏽🙏🏽 🙏🙏

26/10/2022

न्हु दँ नेपा सम्वत ११४३ या दुनुगलं निसे लसताय भिन्तुना ।

Happy Nepal Sambat 1143 to all Nepalese.

नयाँ वर्ष नेपाल संवत् ११४३ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

दुःखद घटना 😥😢सर्लाहि,कविलासि -४,हेमपुर (पुरानो :हेमपुर:-७)मा परने श्री रामचन्द्र राय को घरमा आज राति करिब ७:३०  आगलागी भ...
25/10/2022

दुःखद घटना 😥😢
सर्लाहि,कविलासि -४,हेमपुर (पुरानो :हेमपुर:-७)मा परने श्री रामचन्द्र राय को घरमा आज राति करिब ७:३० आगलागी भएको छ। करिव १:३०-२ घन्टामा आगो नियन्त्रणमा आयेको थियो। स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रत्यक्षदर्शी बताउँछन् । करेन्ट सट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ।
तस्बिर:- YOH

दुःखद घटना😥😢हार्दिक श्रद्धाञ्जली 💐💐सर्लाही,कविलासि-४,हेमपुर बजारमा बस्ने बिनदे पासवानको नातिनि (पोति) सुनिल पासवानको छोर...
24/10/2022

दुःखद घटना😥😢
हार्दिक श्रद्धाञ्जली 💐💐
सर्लाही,कविलासि-४,हेमपुर बजारमा बस्ने बिनदे पासवानको नातिनि (पोति) सुनिल पासवानको छोरी करिब ८-९ बर्ष उमेर भएको नानि सिता कुमारीको पोखरिमा डुबेर भएको अकल्पनीय एवम् असामयिक निधन भएकोमा हामि सबै स्तब्ध भएका छौं।सोकको यस घडीमा स्वर्गीय अात्माकोचिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।
💐💐😢RIP😢

 #हिन्दूहरूको_महान्_पर्व_ दीपावली तथा तिहारको शुभ उपलक्ष्यमा सम्पूर्ण "हेमपुर बाँसी हरुमा लगायत देश-विदेशमा रहनुभएका सम्...
23/10/2022

#हिन्दूहरूको_महान्_पर्व_ दीपावली तथा तिहारको शुभ उपलक्ष्यमा सम्पूर्ण "हेमपुर बाँसी हरुमा लगायत देश-विदेशमा रहनुभएका सम्पूर्ण साथीभाईहरु तथा इष्टमित्रहरुमा" सुख,शान्ति , समृद्धि , दीर्घायु र खुष्याली छाअोस भन्ने कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु|
🎈💐💐🎇 Happy Deepawali 🎇🎆 🙏🏽🙏🏽 🙏🙏

Address

Malangwa

Website

Alerts

Be the first to know and let us send you an email when Youths of Hempur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like