Sajha Bichar

Sajha Bichar www.sajhabichar.com is one of the best Nepali online media, which brings the lates news and activities
(2)

समकक्षीबीचको भेटवार्ता, भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदी...
10/06/2024

समकक्षीबीचको भेटवार्ता, भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच आइतबार राति नयाँदिल्लीमा भेटवार्ता गर्दै ।

तस्बिर सौजन्यः प्रधानमन्त्री दाहालको सचिवालय

01/06/2024

यस्ता दलाललाई जीउँदै जलाउनु पर्छ !

बल्खुमा भेटिएको तोप चराको गुण, यो चरालाई चराहरुको इन्जिनियर पनि भनिन्छ । तस्वीर - सिधाकुरा
01/06/2024

बल्खुमा भेटिएको तोप चराको गुण, यो चरालाई चराहरुको इन्जिनियर पनि भनिन्छ । तस्वीर - सिधाकुरा

नेकपा एसकी नेत्री Ramkumari Jhakri लेख्छिन "यहाँ समाजलेः ढुङ्गालाई देउता र मान्छेलाई राक्षस बनाउँछ। मान्छेलाई मान्छे र ढ...
01/06/2024

नेकपा एसकी नेत्री Ramkumari Jhakri लेख्छिन "यहाँ समाजलेः ढुङ्गालाई देउता र मान्छेलाई राक्षस बनाउँछ। मान्छेलाई मान्छे र ढुङ्गालाई ढुङ्गा भन्ने थाहा पाउन समय लाग्छ। कुरा समय र धैर्यताको हो।"

तानसेन पाल्पा !
31/05/2024

तानसेन पाल्पा !

नवलपुरमा हावाहुरीले क्षति पुर्‍याएको छ । बिहीबार साँझको हावाहुरीले १० घर र २ बिद्यालयमा क्षति पुर्‍याएको जिप्रका नवलपुरल...
31/05/2024

नवलपुरमा हावाहुरीले क्षति पुर्‍याएको छ । बिहीबार साँझको हावाहुरीले १० घर र २ बिद्यालयमा क्षति पुर्‍याएको जिप्रका नवलपुरले जनाएको छ । अहिलेसम्मको विवरण अनुसार
बिनयी त्रिबेणी, मध्यविन्दु, कावासाेती, देवचुली, गैंडाकोट क्षेत्रमा क्षति भएको हो ।
तस्बिर: जिल्ला प्रहरी कार्यालय, नवलपुर ।

सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुनःस्थापन गर्न दिएको २ दिनको अल्टिमेटम सकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर बा...
31/05/2024

सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुनःस्थापन गर्न दिएको २ दिनको अल्टिमेटम सकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अर्को 'फायर' खोलेका छन् ।

उनले लेखेका छन् : एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ? न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?

त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।

सन्दिप लामिछानेको भिषा प्रकृयामा दोस्रो पटक नेपाल सरकार नै भिसा प्रक्रियामा संलग्न रहेको, प्रधानमन्त्री र परराष्ट्रमन्त्...
31/05/2024

सन्दिप लामिछानेको भिषा प्रकृयामा दोस्रो पटक नेपाल सरकार नै भिसा प्रक्रियामा संलग्न रहेको, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले नै दूतावासमा प्रत्यक्ष पहल गरेका थिए । परराष्ट्र मन्त्रालयले कुटनीतिक नोटसमेत पठाएको थियो । तर एउटा मामुली दुतावासले सिङ्गो राष्ट्रले राष्ट्रिय खेलाडी लाई खेल खेल्न पठाउन अनुरोध, अपिल गर्दा समेत भिषा नदिनु अमेरिकाले सन्दीपमाथि होइन, नेपालको सरकारमाथि, नेपाली जनताको भावना माथी गरेको अपमानका रूपमा लिन सकिन्छ ।

✍️ Gokul Pandey

शुक्रबार साँझको हावाहुरीले पुर्व पश्चिम राजमार्ग सडक खण्ड चितवन अन्तर्गत टिकौली जंगलमा रूख ढल्दा दुई वटा गाडी च्यापिएका ...
31/05/2024

शुक्रबार साँझको हावाहुरीले पुर्व पश्चिम राजमार्ग सडक खण्ड चितवन अन्तर्गत टिकौली जंगलमा रूख ढल्दा दुई वटा गाडी च्यापिएका छन् ।

Photo :Bhagawat Lamichhane

आज हिरासतमुक्त भएपछि सिरोहियाको विज्ञप्तिः '९ दिन बिनाकारण थुनामा राखिएकोमा म कानुनी उपचारमा जान्छु।'सुशासन र लोकतन्त्रक...
30/05/2024

आज हिरासतमुक्त भएपछि सिरोहियाको विज्ञप्तिः '९ दिन बिनाकारण थुनामा राखिएकोमा म कानुनी उपचारमा जान्छु।'

सुशासन र लोकतन्त्रको पक्षमा तथा बेथितिका विरूद्ध विगत ३१ वर्षदेखि निर्भीक पत्रकारिता गर्दै आएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष मलाई नागरिकता कसुरको आधारहीन आरोपमा पक्राउ गरी विगत ९ दिनदेखि थुनामा राखिएकामा आज हाजिरी जमानीमा रिहा गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय समेतको सहमतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले मलाई फौजदारी कार्यविधि संहिताको दफा १५ख(१) अनुसार 'थप अनुसन्धानका लागि थुनामा राखिरहन नपर्ने' भन्दै रिहा गरेको हो। मलाई जसरी पनि पक्राउ गर्ने, कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शंका रहेन।

बजारमा अनेकथरी हल्ला गरिए पनि मविरूद्ध मूलतः दुई आरोप लगाइएका थिए। अरू कोही व्यक्तिको नागरिकता र मेरो नागरिकताको नम्बर मिलेको विषयमा जिल्ला प्रशासन कार्यालयको आफ्नै संयन्त्रभित्र अध्ययन गर्नुपर्नेमा सेवाग्राही नागरिकलाई पक्राउ गर्नु आफैंमा गैरजिम्मेवार हरकत थियो भन्ने प्रस्ट छ। अझ, नागरिकतामा नम्बर मिलेको विषय प्रशासनिक त्रुटि भएकाले नागरिकमाथि कारबाही गर्न नपर्ने भनेर जिल्ला प्रशासन कार्यालयले दिएको लिखित रायलाई समेत दबाएर प्रहरीबाट मलाई पक्राउ गरिएको थियो।
त्यस्तै मेरो नागरिकताको प्रतिलिपिमा हस्ताक्षरमा शंका गरिएकामा तत्कालीन प्रशासकीय अधिकृतले अरू सरकारी दस्तावेजमा गरेको हस्ताक्षरसँग भिडाएको भए त्यो प्रश्न तत्कालै निरूपण हुने थियो। तर मैले मेरो नागरिकतामा अक्षर आफै थपेको भनेर गम्भीर आरोप लगाइएको थियो। हस्ताक्षर कस्को हो भन्ने प्रश्नको जबाफ खोज्न नागरिकता जारी गर्ने अधिकारीलाई बोलाएर सोधपुछ गरिएको भए यो प्रश्न तुरून्तै हल हुने थियो।

तर, सरकारी कार्यालयका अभिलेख हेर्न र अधिकारीसँग सोधपुछ गर्नुको सट्टा मलाई किन पक्राउ गरियो भन्ने प्रश्नको उत्तर सचेत नागरिकले पाइसकेका छन्। अझ, पक्राउ गरिएपछि पनि सरकारी कागजपत्र भिडाउन, सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्न तथा फरेन्सिक परीक्षण गर्न मेरा वकिलहरूले पटकपटक आग्रह गर्दा पनि आलटाल भएको विषय पनि म सार्वजनिक अभिलेखमा राख्न चाहन्छु। आरोपी पक्षले अनुसन्धानका लागि ताकेता गर्ने र प्रहरी प्रशासनले ढिलाइ गर्ने यस्तो प्रवृत्ति वास्तवमा कानुनी शासनका लागि चुनौती हो भन्ने मेरो ठहर छ।

पटकपटकको ताकेतापछि सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्दा उहाँले हस्ताक्षर आफ्नो हो भनेर बयान कागज गरिदिनुभएपछि मेराविरूद्धको प्रपञ्च समाप्त भएको छ र अहिले हाजिरी जमानी भन्दै रिहा गरिएको छ।

मलाई अहिले हाजिरी जमानीमा छाडिएको छ, थप अनुसन्धानमा सहयोग गर्न म सम्पूर्ण रूपमा तयार छु। तर, प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जबाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु।

त्यस्तै म गैरनेपाली रहेको, मसँग दुई/तीन थरी नागरिकता रहेको र मेरो नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेहरूलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौती दिन चाहन्छु।

तर, आफ्नो दाबी प्रमाणित गर्न नसक्ने व्यक्ति तथा समूहविरूद्ध कानुनी उपचार खोज्ने अधिकार पनि मसँग सुरक्षित राखेको जानकारी गराउन चाहन्छु।

अन्तमा, राज्यशक्तिको चरम दुरूपयोगबीच भएको भयानक षड्यन्त्रबीच पनि नेपाली प्रेसजगतले देखाएको ऐतिहासिक ऐक्यबद्धताका सामु म नतमस्तक छु। त्यस्तै नागरिक समाज, कूटनीतिक नियोग, प्रेस र मानव अधिकारसम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय संगठन, कानुन व्यवसायी अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरूले न्यायको पक्षमा उठाउनुभएको आवाजका लागि आभारी छु। सम्पूर्ण दुष्प्रचारबीच पनि कान्तिपुरमाथि विश्वास व्यक्त गर्ने विशेषतः जनकपुरका बासिन्दा तथा देश–विदेशका नेपाली दाजुभाइप्रति हार्दिक धन्यवाद।
फेरि पनि यो हरकतप्रति बिनाउत्तेजना, बिनाप्रतिशोध र बिनासम्झौता कान्तिपुरले आफ्नो पेसागत धर्म अविचलित रूपमा पूरा गर्नेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु र निर्भीक पत्रकारिता गर्दा आइलाग्ने कुनै पनि आक्रमणको डटेर सामना गर्न तयार रहेको पनि स्मरण गराउन चाहन्छु।
धन्यवाद।
कैलाश सिरोहिया
अध्यक्ष
कान्तिपुर मिडिया ग्रुप

भ्रमण गर्दा फोटो खिची फेस्बुकमा राख्न नपाइने सर्त । गुल्मीको इस्मा गाउपालिकाले असार मसान्त आउदै गर्दा  बजेट सक्नकै लागि ...
29/05/2024

भ्रमण गर्दा फोटो खिची फेस्बुकमा राख्न नपाइने सर्त ।

गुल्मीको इस्मा गाउपालिकाले असार मसान्त आउदै गर्दा बजेट सक्नकै लागि २ ग्रुपमा पालिकाका सिमित कर्मचारिहरुलाइ अध्ययन अवलोकन भ्रमण भन्दै मुस्ताङ घुमाउन लगेको छ। यता गाउपालिका भरी अग्नि पीडितहरु बिचल्लीमा छन्। तर गाउपालिकाका कर्मचारी घुम्नमा ब्यस्त छन् , गतवर्ष पनि उनै कर्मचारिहरुलाइ पुर्व र पस्चिम भ्रमणमा लगेको थियो साथै भ्रमण अबधिभर कसैले पनि फोटो भिडियो फेसबुकमा पोस्ट नगर्ने सर्तमा लगेको थियो।
Gokarna Bista
Isma Network - इस्मा नेटवर्क (इस्मालीहरुको साझा चौतारी)
Isma Network - इस्मा नेटवर्क

Inspirational: 'बाल मन्दिर प्रकरण' अगाडि ल्याउने सुर्खेत की पत्रकार दिपा दाहाल आफ्नो रिपोर्टिङ को लागि चर्चित छिन् । सान...
26/05/2024

Inspirational: 'बाल मन्दिर प्रकरण' अगाडि ल्याउने सुर्खेत की पत्रकार दिपा दाहाल आफ्नो रिपोर्टिङ को लागि चर्चित छिन् । सानोमा नाटकहरूमा भाग लिँदा आफूले कति राम्रा प्रभाव पार्न सक्ने सन्देश दिन सकिँदो रहेछ भनेर सुरु भएको उनको यात्रा रेडियो भेरी F.M मा सचेतना कार्यक्रमहरू गर्दा गर्दै विभिन्न ठाँउ हरुमा पत्रकारिता गरेको १७ वर्ष भइसक्यो । यसै बिच उकालोबाट उनले बाल मन्दिर संस्थाको जग्गा घोटालामा Reporting गरिन् र आफ्नो निडर पत्रकारिताका लागि Barbara Investigative Journalism Award मा दोस्रो अवार्ड र रु ६ लाख जितिन् । उनी भन्छिन् "जनताले प्रश्न उठाउनु पर्छ, विभिन्न श्रोतबाट खबर खोज्नु पर्छ । भविष्यमा कसैले पत्रकारिता गर्ने सोच राख्नु भएकोले सम्झिनुस् हामीले तथ्य मात्र भन्ने हैन, आवाज नभएकालाई आवाज र कथा सुनाउने प्रयत्न गर्ने हो । तपाईँको कामले तपाईँको काममा परिवर्तनलाई सूचित गर्ने, प्रेरित गर्ने र उत्प्रेरित गर्ने शक्ति छ । "

26/05/2024

लुम्बिनी प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री खड्ग बस्नेत
अर्घाखाँची जिल्लाको पाणिनी तपोभुमिको समग्र विकासका लागि आफ्नो धारणा राख्दै l

हिरासतमा पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया काव्या अस्पतालमा भर्ना भएका छन् । सिरोहिया भर्ना भएको अस...
25/05/2024

हिरासतमा पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया काव्या अस्पतालमा भर्ना भएका छन् । सिरोहिया भर्ना भएको अस्पताल सुविधासम्पन्न मानिन्छ । एक प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ ।

महाराष्ट्रमा रासायनिक कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु
25/05/2024

महाराष्ट्रमा रासायनिक कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु

काठमाडौं । महाराष्ट्रको ठाणे जिल्लाको डम्बिवलीमा रहेको एक केमिकल कारखानामा भएको आगलागीमा ८ जनाको मृत्यु भएको छ ....

भारतको लोकसभाको छैटौं चरणको मतदान आज
25/05/2024

भारतको लोकसभाको छैटौं चरणको मतदान आज

काठमाडौं। भारतको लोकसभा निर्वाचनको पाँच चरणको मतदान प्रक्रिया पूरा भएको छ। आज छैटौं चरणको निर्वाचन हुदै छ । छैटौ...

धरहरा !
19/05/2024

धरहरा !

पछाडिबाट हात्तीलाई धकेल्ने मान्छेले न त धकेलेर ट्रकमा चढाउन सक्छ न त हात्ती लड्न लाग्यो भने थाम्न नै सक्छ । तर पनि उसले ...
19/05/2024

पछाडिबाट हात्तीलाई धकेल्ने मान्छेले न त धकेलेर ट्रकमा चढाउन सक्छ न त हात्ती लड्न लाग्यो भने थाम्न नै सक्छ । तर पनि उसले पछाडी हात लगाई दिँदा हात्तीलाई ‘मेरो पछाडी पनि कोही छ’ भन्ने हौसला मिल्छ र हात्तीको आत्मविश्वास बढ्छ । अनि हात्ती ट्रकमा उक्लिन्छ । मान्छेलाई पनि यसरी नै हात दिने र हौसला दिने हो भने उसले पनि नसोचेको नतिजा प्राप्त गर्न सक्छ । सवैकालागि भरोसा ठुलो शक्ति हो ।

बारपाक सुलिकोट गाउँपालिका गोरखाको प्रशाकीय भवन। पालिकाको यो भवन वडा नम्बर ६ मा पर्ने ताकु-पाल्खुमा अवस्थित छ।  तस्विर : ...
19/05/2024

बारपाक सुलिकोट गाउँपालिका गोरखाको प्रशाकीय भवन। पालिकाको यो भवन वडा नम्बर ६ मा पर्ने ताकु-पाल्खुमा अवस्थित छ। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी

सिम्ता गाउँपालिका सुर्खेतको प्रशासकीय भवन !छैन त गज्जब ?
19/05/2024

सिम्ता गाउँपालिका सुर्खेतको प्रशासकीय भवन !
छैन त गज्जब ?

पाेखराबाट तम्घास गुल्मी आउँदै गरेको बस रिडीमा दुर्घटना भएको छ । जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ मक्वादी स्थ...
16/05/2024

पाेखराबाट तम्घास गुल्मी आउँदै गरेको बस रिडीमा दुर्घटना भएको छ । जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ मक्वादी स्थित रिडी-तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरकाे बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए । दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन ।

भारी बर्षाका कारण बर्बोट भनभने गुल्मी ,पुर्कोट सडक खण्डकमा एसि कन्ट्रकसन प्रा.लि.का दुइओटा टिप्पर,दुइ ओटा इस्काभेटर,जेसी...
16/05/2024

भारी बर्षाका कारण बर्बोट भनभने गुल्मी ,पुर्कोट सडक खण्डकमा एसि कन्ट्रकसन प्रा.लि.का दुइओटा टिप्पर,दुइ ओटा इस्काभेटर,जेसीबी मा भौतिक क्षती

प्रवासी नेपाली संघ भारतले विभिन्न राज्यमा मनायो ५८औं संघको स्थापना दिवस।
06/05/2024

प्रवासी नेपाली संघ भारतले विभिन्न राज्यमा मनायो ५८औं संघको स्थापना दिवस।

नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिले आइतबार एक भब्य कार्यक्रमका बीच संघको ५८औं स्थापना दिव....

हेल्प फर नेपाल संघ दिल्ली द्वारा इस्मा गाउँपालिकाका आगलागी पिडितलाइ राहत वितरण
06/05/2024

हेल्प फर नेपाल संघ दिल्ली द्वारा इस्मा गाउँपालिकाका आगलागी पिडितलाइ राहत वितरण

जापानकी विदेशमन्त्री खामिखावा वशन्तपुर दरवार क्षेत्रमा
05/05/2024

जापानकी विदेशमन्त्री खामिखावा वशन्तपुर दरवार क्षेत्रमा

05/05/2024
हेल्प फर नेपाल संघ दिल्ली द्वारा आगलागी पिडित लाई इस्मा गाउँपालिका वडा नं. २ सिदुंखा, वडा नं. ४ कोटकोटेरी र हुल,  वडा ६ ...
05/05/2024

हेल्प फर नेपाल संघ दिल्ली द्वारा आगलागी पिडित लाई इस्मा गाउँपालिका वडा नं. २ सिदुंखा, वडा नं. ४ कोटकोटेरी र हुल, वडा ६ अमरपुर, वडा नं. १ मा तपसिलका राहत सामग्री उपलब्ध गराउनु भएकोमा इस्मा गापा धन्यवाद ज्ञापन गर्दछ।
गाग्री : २८ थान
चामल : २८ बोरा
ग्यास चुलो सेट : १ थान

05/05/2024

प्रवासी नेपाली संघ भारतको ५८औं स्थापना दिवस अवसरमा दिल्ली राज्य समितिले आयोजना गरेको एक कार्यक्रम ।

पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज बिष्ट यतिबेला जिल्लाको इस्मा गाउँपालिकाका भित्र आगलागी भएका ब...
26/04/2024

पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज बिष्ट यतिबेला जिल्लाको इस्मा गाउँपालिकाका भित्र आगलागी भएका बस्तीमा पुगेका छन् । पुर्वमन्त्री बिष्टले आगलागी पीडितका समस्या सुन्ने ऊनीहरुलाई आवश्यक सहयोग समेत गर्ने छन् ।

Address

Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Sajha Bichar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Bichar:

Videos

Share


Other News & Media Websites in Lalitpur

Show All

You may also like