Halesi fm 102.4 MHz - हलेसी एफ एम १०२.४ मेघाहर्ज

  • Home
  • Nepal
  • Khotang
  • Halesi fm 102.4 MHz - हलेसी एफ एम १०२.४ मेघाहर्ज

Halesi fm 102.4 MHz - हलेसी एफ एम १०२.४ मेघाहर्ज समाचार, घटना विवरण र हलेसी एफएम बारे जानकारी प्रदान गरिनेछ ।
(1)

16/04/2024

Halesi fm 102.4 MHz - हलेसी एफ एम १०२.४ मेघाहर्ज

16/04/2024

आजका ताजा खवरहरुका साथ विहानी हलेसीखवर !
*** कुभिण्डेले आफ्नै नवनिर्मित भवनबाट थाल्यो सेवा प्रवाह
*** खार्मीमा छुरा प्रहार गरी फरार तीन अभियुक्तहरु पाथेकामा पक्राउ लगायत थप खवरहरुका साथ हलेसीखवर
अहिले ७am बजेको छ अब सुन्न सक्नुहुन्छ हलेसी खबर (2081 Baisakh 3)
www.halesifm.com.np

15/04/2024

हलेसीयुजडेस्क, खोटाङ खोटाङमा छुरा प्रहार गरी एकजनाको ज्यान लिने तीन युवाहरु अन्तत समातिएका छन् । दिक्तेल रुपाको....

15/04/2024

3 pm News

15/04/2024

``नागरिकसँग प्रहरी कार्यक्रम´´
जिल्ला प्रहरी कार्यालय, खोटाङ र सामुदायिक रेडियो हलेसी एफएमको सहकार्यबाट विगत लामो समयदेखि उत्पादन / प्रशारण हुदै आईरहेको चेतनामूलक मौलिक रेडियो कार्यक्रम ...!
( महिनाको १/१५ गते नियमित/ निरन्तर)

15/04/2024

** एमाले खोटाङका नवनिर्वाचित अध्यक्ष देवविक्रम राईद्वारा पदभार ग्रहणसँगै पत्रकार सम्मेलन गरी पार्टिलाई एकतावद्द र संगठ सुदृढ गराउँदै लैजाने उद्घघोष
** डिकुवाको जंगलमा भेटिएको सालिकलाई निर्मलीको जंगलमा लगेर सुरक्षित छाडियो
** नयाँ वर्षको आगमनसँगै खोटाङले पायो नयाँ साँगीतिक उपहार साथमा थप अन्य खवरहरु----
हलेसी वुलेटिन--1 pm News/2081 Baisakh 3

भेटिएको सालक जंगलमा छाडियोहलेसीन्युजडेस्क, खोटाङखोटाङको हलेसीतुवाचुङ नगरपालिका २ डिकुवामा स्थानीय देविका राईले गोठालो जा...
15/04/2024

भेटिएको सालक जंगलमा छाडियो
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको हलेसीतुवाचुङ नगरपालिका २ डिकुवामा स्थानीय देविका राईले गोठालो जाँदा भेटिएको सालिकलाई सव डिभिजन कार्यालय खोटाङको रोहवरमा छाडिएको छ ।
डिकुवाको हात्तिवन सामुदायिक वनमा चैत्र २९ गते राईले फेला पारेपछि घरमा ल्याएको र त्यो मार्न निषेध गरिएको वन्यजन्तु सालक भएको थाहा पाएपछि तत्कालै सरकारी निकायलाई बुझाएसँगै नयाँवर्ष २०८१ को पहिलो दिन बैशाख १ दिक्तेलरुपाकोट मझुवागढी अन्तर्गत निर्मलिडाँडाको वनक्षेत्रमा सुरक्षित छाडिएको थाहा भएको छ ।

नयाँवर्षको आगमनसँगै खोटाङले पायो नयाँ साँगीतिक उपहारहलेसीन्युजडेस्क, खोटाङनयाँ वर्षको आगमनसँगै खोटाङले थप नयाँ सांगीतिक ...
15/04/2024

नयाँवर्षको आगमनसँगै खोटाङले पायो नयाँ साँगीतिक उपहार
हलेसीन्युजडेस्क, खोटाङ
नयाँ वर्षको आगमनसँगै खोटाङले थप नयाँ सांगीतिक उपहार पाएको छ । गीतकार कृष्णश्री राईको शब्द रचनामा गायक गण्डकी चाम्लिङ र गायिका मेलिना राईको स्वरमा रहेको “चम्पाबेली, ए सिम्मा” बोलको म्युजिक भिडियो नयाँ वर्षको आगमनसँगै सार्वजनिक भएसँगै खोटाङले थप साँगीतिक उपहार पाएको छ ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ याङशोलाका गायक चाम्लिङको पूर्वेली लयमा रहेको पूर्वेली लोकदोहोरी “चम्पाबेली, ए सिम्मा” बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो नयाँ वर्ष २०८१ को अवसर पारेर “गण्डकी चाम्लिङ अफिसियल” नामक युट्युब च्यानलबाट शनिवार सार्वजनिक गरिएको हो ।
खोटाङ, भोजपुर, तेह्रथुम, ताप्लेजुङ लगायतका विभिन्न ठाउँहरूमा छाँयाङ्कन गरिएको भिडियोमा उमा चाम्लिङ र गण्डकी चाम्लिङको मूख्य अभिनय रहेको छ भने तोरेम्पा हाङले सङ्गीत भर्नुभएको छ । भिडियोको निर्देशन पत्रकार भीम राईले गर्नुभएको छ भने उत्साह राई र अन्योल राईको कोरियोग्राफी रहेको छ ।

नयाँ बर्ष पारेर निता र शंकरले ल्याए ’अदभूत माया’  (भिडियो)हलेसीन्युजडेस्क, खोटाङ/ बैशाख ३--नयाँ बर्ष २०८१ सुरु भए संगै य...
14/04/2024

नयाँ बर्ष पारेर निता र शंकरले ल्याए ’अदभूत माया’ (भिडियो)
हलेसीन्युजडेस्क, खोटाङ/ बैशाख ३--
नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा ’स्माइल’ले पनि युगल स्वरमा रहेको नयाँ गीत ’अदभूत माया’ पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ ।
मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा ’स्माइल’ सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छिन ।
गीत गायन देखि संगीत कर्म सम्म त्यतिकै पोख्त ’स्माइल’ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।

14/04/2024

कोशी र मधेसमा विस्तार हुँदै ‘जाऔं’, राइड सेयरिंङमा आकर्षक अफर

हलेसीन्युजडेस्क, खोटाङ/बैशाख ३--
कोशी प्रदेशमै पहिलो पटक सुनसरीको इटहरीबाट डेढ वर्ष अघि फुड डेलिभरी सुविधा दिनेगरी सञ्चालनमा आएको ‘जाऔँ’ ले शतप्रतिशत क्यास ब्याकसहितको राइड सेयरिंङको अफर बजारमा ल्याएको छ ।

नयाँ वर्ष २०८१ को अवसरमा पारेर ‘जाऔँ’ ले सो सुविधा बजारमा ल्याएको जाऔँ सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत दुर्गेश चौधरीले बताए ।

शतप्रतिशत क्यास ब्याक अन्तर्गत यात्रुहरूले पहिलो पटक जाऔँको सुविधा लिएबापत तिरेको सम्पूर्ण रकम यात्रुकै वालेटमार्फत क्यास ब्याक गरिनेछ । यात्रु गन्तव्यमा पुगेपश्चात् सफलतापूर्वक यात्रा गरेको एसएमएस प्राप्त भएपश्चात् तत्कालै शतप्रतिशत क्यास ब्याक हुने चौधरीले बताए ।

दोस्रो पटकदेखि भने १० प्रतिशतसम्म क्यास ब्याक गरिने कम्पनीका कार्यकारी अधिकृत चौधरीको भनाइ छ । यात्रुले मोबाइलको प्लेस्टोरमा गएर जाऔँ को एप डाउनलोड गरेर चाहिए अनुसारको सुविधा लिन सक्नेछन् ।

कोशी प्रदेशका धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, इनरुवा, झुम्कालगायतका मुख्य सहरहरूलाई लक्षित गरेर सञ्चालनमा आए पनि मधेस प्रदेशको वीरगन्ज र जनकपुरमा समेत यो राइड सेयरिङको अफर ल्याएको कम्पनीले जनाएको छ ।

अन्य राइड सेयरिंङ एपहरू भन्दा यात्रुहरूलाई जाऔँ एप प्रयोग गर्दा सहुलीयत पर्ने कार्यकारी अधिकृत चौधरीको भनाइ छ । जाऔँको एप प्रयोग गरेर राइड सुविधा लिएबापत प्रत्येक यात्रामा कम्पनीले पोइन्ट प्रदान गरी वालेटमा सोही अनुसारको पैसा फिर्ता गरिदिने व्यवस्था समेत मिलाएको छ।

जाऔँले मुख्य सहरहरूमा एक सय भन्दा बढी राइडरहरुको रजिस्ट्रेसन गरिसकेको जनाएको छ । यात्रुहरूलाई छिटो, छरितो र भरपर्दो सेवा दिनका लागि आफूहरूले सुविधा बिस्तार गर्दै लगेको जनाएको छ । राइड सेयरिङका लागि यात्रुहरूले मोटरसाइकल, अटो र कारमा सुविधा लिन सक्नेछन् ।

संस्थागत विद्यालयको शुल्क नबढाउने महानगरको निर्णय / शैक्षिकसत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउनेहल...
14/04/2024

संस्थागत विद्यालयको शुल्क नबढाउने महानगरको निर्णय
/ शैक्षिकसत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने

हलेसीन्युजडेस्क, खोटाङ/ बैशाख ३--
विराटनगर महानगरपालिकाले शैक्षिकसत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ ।
नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिकसत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिकसत्र २०८१ का लागि शुल्क नबढाउने निर्णय गरेको होे । महानगरले विद्यालयको विभिन्न सुविधालाई आधार मानेर क, ख र ग श्रेणी विभाजित गरेको छ । सोहीअनुसार संस्थागत विद्यालयले लिने शुल्क निर्धारण गरेको छ । जसमा ग श्रेणीको आधारभूत तह (५ कक्षासम्म) १ हजार ७ सयदेखि २ हजार २ सय, आधारभूत तह (कक्षा ६–८) २ हजार २ सयदेखि २ हजार ७ सय र माध्यमिक तह (कक्षा ९–१२ सम्म) २ हजार ७ सयदेखि ४ हजारसम्म शुल्क लिन पाउनेछन् ।
त्यस्तै शिक्षा निमावली २०५९ को अनुसूची २२ को खण्ड ख को उपखण्ड ७ बमोजिम प्रक्रिया पूरा गरी विद्यालयले प्रदान गरेको सेवा सुविधाका आधारमा ख वर्गका विद्यालयका लागि अधिकतम थप २५ प्रतिशतसम्म र क वर्गका विद्यालयका लागि थप अधिकतम् ५० प्रतिशतसम्म शुल्क लिन पाउने महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख कृष्ण भट्टराईले जानकारी दिनुभयो । उहाँले आर्थिकमन्दीलगायतका कारणले अभिभावकलाई आर्थिक भार नपरोस् भनेर अघिल्लो शैक्षिकसत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरिएको बताउनुभयो । त्यस्तै बैठकले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ व्यापक रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । वैशाख ७ गतेसम्म सघन भर्ना अभियान सञ्चालन गर्ने साथै छुटपुट विद्यार्थीका लागि वैशाखभर भर्ना अभियान जारी राख्ने, सामुदायिक विद्यालयहरुले भर्ना भएका सबै विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने, विद्यार्थी भर्नाका लागि विद्यालयहरुले आफ्नो सेवा क्षेत्रभित्र व्यापक प्रचारप्रसार तथा सूचना प्रवाह गर्नुपर्ने निर्णय पनि शिक्षा समितिको बैठकले गरेको छ ।
अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गर्ने व्यवस्था मिलाउनुपर्ने, त्यस्ता बालबालिकाको पढाइ निरन्तरताका लागि सहयोग गर्नेहरुको अभिलेखीकरण गरी उचित सम्मान प्रकट गर्ने, विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक, सन्दर्भ पुस्तक तथा पाठ्य सामग्री प्रयोग गर्ने, संस्थागत विद्यालयहरुले पाठ्यपुस्तक, विद्यालय पोशाक, शैक्षिक सामग्रीलगायत खरिदका लागि कुनै एउटा पसलमा मात्रै नभई विद्यार्थी र अभिभावकले चाहेको पसलबाट खरिद गर्न सक्ने गरी व्यवस्था मिलाउने निर्णय भएको भट्टराईलेले जानकारी दिनुभयो ।
संस्थागत विद्यालयको शुल्क नबढाउने महानगरको निर्णय
शैक्षिकसत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने

3 pm Halesi Bulletin

14/04/2024

1 pm Halesi Bulletin
Reader : Sunil Shrestha
Technical : Sujata Chamling Rai

14/04/2024

नववर्ष २०८१ बैशाख १ गते शनिवार प्रशिद्द गायक/ संगितकार पावल चाम्लिङ राई हलेसी एफएमको स्टुडियो अवलोकन गर्नुभएको क्षणमा...!

14/04/2024

खोटाङमा नयाँ वर्ष-२०८१ को पहिलो दिन

http://halesifm.com.np/news/23738
14/04/2024

http://halesifm.com.np/news/23738

हलेसीन्युजडेस्क, खोटाङ २०८१ सालको पहिलो दिन शनिबार खोटाङका विभिन्न स्थानहरुमा खोटाङवासीले नयाँवर्ष धुमधामले म....

14/04/2024

** खोटाङेले मनाए यसरी नयाँवर्षको पहिलो दिन
** दु:खद घटना- खार्मीमा छुरा प्रहारबाट एकको मृत्यु
लगायत अन्य खवरहरुका साथ विहानीको हलेसीखवर
🇳🇵7.00 AM-- Halesi Khabar /2081 Baisak 2
www.Halesi fm 102.4 MHz - हलेसी एफ एम १०२.४ मेघाहर्ज

13/04/2024

3 pm Halesi Bulletin

13/04/2024

अब सुन्न सक्नुहुन्छ-हलेसी बुलेटिन (२०८१ बैशाख १)
1pm News
www.halesifm.com.np

हार्दिक शुभकामना !!!***************-विक्रम संवत् २०८१ प्रारम्भ भएको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका हाम्रा सम्पू...
13/04/2024

हार्दिक शुभकामना !!!
***************-
विक्रम संवत् २०८१ प्रारम्भ भएको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका हाम्रा सम्पूर्ण श्रद्देय श्रोता महानुभावहरुमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !

० सामुदायिक रेडियो हलेसी एफएम परिवार , खोटाङ

13/04/2024

Halesi Quiz
www.halesifm.com.np
Halesi fm 102.4 MHz - हलेसी एफ एम १०२.४ मेघाहर्ज

13/04/2024

ताजा खवरका साथ विहानी हलेसीखवर
*** आज वि. सं. २०८१ को शुभारम्भ/ शुभकामना आदानप्रदान गर्दै मनाईदै
*** ख‍टाङ एमालेको अध्यक्षमा देवविक्रम राई निर्वाचित लगायत अन्य खवरहरुका साथ विहानी हलेसी खवर
7am/2081 Baisakh 1-- Halesi khabar
www.halesifm.com.np

12/04/2024

हलेसीन्युजडेस्क, खोटाङ नेकपा एमाले खोटाङको आठौँ जिल्ला अधिबेशनबाट जिल्ला कमिटि अध्यक्षमा देवविक्रम राई निर्वा....

12/04/2024

अपरान्ह ३ वजेको ताजा खवरलिएर हलेसी वुलेटिन:
** कोशी प्रदेशका पूर्व मूख्यमन्त्री शेरधन राईबाट साकेला गाउपालिकाका विकास निर्माणको अवलोकन/ अनुगमन भयो
** ताप्लेजुङको फाक्तालुङ गाउपालिका-७ ओलाङचुङ्गोलामा पहिलोपटक गाडि पुग्यो लगायत अन्य खवरहरुका साथ हलेसी वुलेटिन
(3 :00 pm / 2080 Chaitra 30) Halesi Bulletin
www.halesifm.com.np

12/04/2024

ताजा हलेसी वुलेटिन
** खोटाङ एमालेको नेतृत्व चयनका लागि मतदान सम्पन्न
** साकेलामा पूर्वमुख्य मन्त्री शेरधन राईले विकास निर्माणको अवलोकन गर्नुभयो !
** विजयखर्कमा हिजो चट्याङबाट दुई गोरु ठहरै लगायत अन्य खवरहरुका साथ दिउसो १.०० वजेको हलेसी वुलेटिन ! (२०८० चैत्र ३०)
----सुनिल श्रेष्ठको आवाजबाट
-----प्राबिधिक : सुजता राई
www.halesifm.com.np/ hamropatro/ nepalipatro

12/04/2024

हलेसीन्युजडेस्क, खोटाङ मनसुन दोश्रोपटक सकृय भएको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भ...

12/04/2024

7am Halesi khabar
www.halesifm.com.np
Halesi fm 102.4 MHz - हलेसी एफ एम १०२.४ मेघाहर्ज

एमाले खोटाङ पहिलो पटक निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्दैहलेसीन्युजडेस्क, खोटाङ /नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला ...
12/04/2024

एमाले खोटाङ पहिलो पटक निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्दै

हलेसीन्युजडेस्क, खोटाङ /

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी खोटाङको आँठौ जिल्ला अधिवेशनबाट सहमतिको आधारमा नेतृत्व चयन गर्ने वातावरण नभएपछि अन्ततः निर्वाचनको प्रकृया अगाडि बढेको छ ।

निर्वाचनमा ५७९ जना प्रतिनिधिले मताधिकार प्रयोग गरी तीनवर्षे कार्यकाल हाँक्ने नेतृत्व चयन गर्नेछन् । एमाले खोटाङको विगत अधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुदै आएकोमा यो पटक निर्वाचन प्रणाली अख्तियार गरिएको पहिलो अधिवेशन बताइन्छ ।

निर्वाचन कमिटिले बिहीबार राती ९ः३० बजेपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा राम प्रसाद दंगाल र देवविक्रम राईको उम्मेदवारी परेको छ । दंगाल वर्तमान अध्यक्ष र राई उपाध्यक्ष हुनुहुन्छ ।

उपाध्यक्षमा कुमार प्रसाद आचार्य र उपिन कुमार राईको प्रतिस्पर्धा हुदैछ । आचार्य पार्टीको वर्तमान सचिव र राई सचिवालय सदस्य हुनुहुन्छ । सचिवमा सुरेन्द्र कुमार राई निर्विरोध चयन हुनुभएको छ । राई यसअघि पार्टीको उपसचिव हुनुहुन्थ्यो ।

पुरुष उपसचिवमा गीरेन्द्र बहादुर राई, कमल ढकाल, गोपालचन्द्र आचार्य, गोपिकृष्ण खड्का, चक्र बहादुर राई (दिलचक्र), दिनेश कुमार राई, राजन कुमार बन्जारा, युवराज रिजालले प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । महिला उपसचिवमा कविता राई र भगवती प्रधान उम्मेदवार हुनुहुन्छ ।

बुधबार दिक्तेलबजारस्थित बहुउद्देश्य कभर्डहल माटिकोरेमा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवंम् बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अधिवेशन उद्घाटन गर्नुभएको थियो ।

11/04/2024

रावावेशी गाउँपालिकाको तर्फबाट नववर्ष २०८१ सालको शुभआगमनका पावन अवसरमा हामी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हलेसी एफएमका माध्यमबाट हार्दिक शुभकामना टक्याउँछौँ !

Address

दिक्तेल लफ्याङ्ग
Khotang

Alerts

Be the first to know and let us send you an email when Halesi fm 102.4 MHz - हलेसी एफ एम १०२.४ मेघाहर्ज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Halesi fm 102.4 MHz - हलेसी एफ एम १०२.४ मेघाहर्ज:

Videos

Share