हाम्रो बुइपा-Hamro Buipa

हाम्रो बुइपा-Hamro Buipa बुइपा अनि बुइपाको सेरोफेरोको बारेमा ?

नेपालको प्रदेश नं. १ मा पर्ने पुर्बी पहाडी जिल्ला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ मा रहेको "बुइपा" एउटा सुन्दर गाउँ हो। पुर्वमा बाम्राङ, पश्चिममा अर्खौले, उत्तरमा नुनथला र दक्षिणमा विजयखर्क सिमाना रहेको बुइपा जिल्ला कै प्रख्यात ठाँउ मानिन्छ।
सितादेबीको मन्दिर, सहदेउगढी, पन्चरदोबाटाे हटिया, निर्माणधिण विश्व कै अग्लो (१०० फिट) को प्रथम किराँती राजा यलम्बरहाङको मुर्ति सहितको यलम्बर पार्क, यलम्बर खेल मैदान, सल्ला नर्सरी आदि यहाँको प्रमुख पर्यटकिय स्थलहरु हुन् ।

बाक्सिला अग्नि पिडितहरुलाई बुइपालि युबाहरुको सकृयतामा थोरै भएपनि मलम लगाउने काम गर्नुभएकोमा धेरै धेरै धन्यवाद, यो दुखद घ...
29/12/2022

बाक्सिला अग्नि पिडितहरुलाई बुइपालि युबाहरुको सकृयतामा थोरै भएपनि मलम लगाउने काम गर्नुभएकोमा धेरै धेरै धन्यवाद,
यो दुखद घडिमा सबैले सकेको सहयोग गरौ🙏🙏

गाईघाट बाट दिक्तेल तर्फ आउदै गरेको यात्रुबाहक बस बुइपा स्वास्थ्य चौकि मुनि ट्रनिङ्मा दुर्घटना, बुइपाको बिरेन्द्र घिमिरे,...
25/12/2022

गाईघाट बाट दिक्तेल तर्फ आउदै गरेको यात्रुबाहक बस बुइपा स्वास्थ्य चौकि मुनि ट्रनिङ्मा दुर्घटना, बुइपाको बिरेन्द्र घिमिरे, दिलकुमारि श्रेष्ठ र राजापानीको रेनुका भुजेल गम्भिर घाईते भएको हुदा उपचारको लागि हेलिकप्टर बाट काठमाडौ लाने तयारि हुदै, बस सहचालक ले चलाउदा दुर्घटना भएको हो,

थुप्रै बधाई छ ईनुमा लाई 💐'Unsung Warriors: Breaking the bias for disaster resilience in the Koshi Basin' Title मा विभिन्...
22/12/2022

थुप्रै बधाई छ ईनुमा लाई 💐
'Unsung Warriors: Breaking the bias for disaster resilience in the Koshi Basin' Title मा विभिन्न देशको फोटोग्राफरहरुको Photo Contest प्रतियोगितामा बुइपा कि चेलि ईनुमा राईको फोटो कथाले प्रथम स्थान प्राप्त गरेकोमा 👏👏

खोटाङ्लाई तराई सग जोड्ने सगरमाथा राजमार्ग अन्तर्गत को फोसिङ्टार (सुनकोशि) मा निर्माण गरिएको पक्कि पुल निर्माण शुरुगरेको ...
22/12/2022

खोटाङ्लाई तराई सग जोड्ने सगरमाथा राजमार्ग अन्तर्गत को फोसिङ्टार (सुनकोशि) मा निर्माण गरिएको पक्कि पुल निर्माण शुरुगरेको १० बर्ष पछि आजबाट सन्चालनमा आएको छ,

लियोनेल मेस्सीको सम्मानमा मुद्रा छापियो, अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि जितेर घर फर्किएलगत्तै अर्जेन्ट...
21/12/2022

लियोनेल मेस्सीको सम्मानमा मुद्रा छापियो,
अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि जितेर घर फर्किएलगत्तै अर्जेन्टिना सरकारले मेस्सीको तस्बिरअंकित मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो ।

विश्वकप कतार २०२२ को पुरस्कार राशी,  विजेता: ४२ मिलियन डलरउपविजेता: ३० मिलियन डलरतेस्रो स्थान: २७ मिलियन डलरचौथो स्थान: ...
17/12/2022

विश्वकप कतार २०२२ को पुरस्कार राशी,

विजेता: ४२ मिलियन डलर
उपविजेता: ३० मिलियन डलर
तेस्रो स्थान: २७ मिलियन डलर
चौथो स्थान: २५ मिलियन डलर

खोटाङ जिल्लाकै जेठो चम्पावति माबि बुइपाको संस्थापक सदस्य स्व. रामनारायण श्रेष्ठ को स्मृतिमा विद्यालय द्वारा आयोजित श्रद्...
13/12/2022

खोटाङ जिल्लाकै जेठो चम्पावति माबि बुइपाको संस्थापक सदस्य स्व. रामनारायण श्रेष्ठ को स्मृतिमा विद्यालय द्वारा आयोजित श्रद्धाञ्जली सभा, सस्थापक सदस्य श्रेष्ठ प्रति हार्दिक श्रध्दा-सुमन,

हार्दिक बधाई तथा शुभकामना  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४, बुइपा स्वाराटोल को पर्शुराम राई आन्तरिक खुल्...
07/12/2022

हार्दिक बधाई तथा शुभकामना
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४, बुइपा स्वाराटोल को पर्शुराम राई आन्तरिक खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदमा नाम निकाली पदोन्नति हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछौ।

जाडोको महिना शुरु भयो,  जाडो शुरु भईसक्यो स्वस्थ्य रहन जाडोको महिना मा निम्न साबधानिहरु अपनाउनु होला,
07/12/2022

जाडोको महिना शुरु भयो,
जाडो शुरु भईसक्यो स्वस्थ्य रहन जाडोको महिना मा निम्न साबधानिहरु अपनाउनु होला,

चम्पावति माबि बुइपा को ५ दिवसिय अतिरिक्त कृयाकलाप कार्यक्रम उद्घाटन को झलकहरु, स्थान :  यलम्बर खेलमैदान
05/12/2022

चम्पावति माबि बुइपा को ५ दिवसिय अतिरिक्त कृयाकलाप कार्यक्रम उद्घाटन को झलकहरु,
स्थान : यलम्बर खेलमैदान

तपाईंले अनुमान लगाईसक्नु भयो होला,First Rice Feeding यानेकी पास्नी दिदी   सँग
30/11/2022

तपाईंले अनुमान लगाईसक्नु भयो होला,
First Rice Feeding यानेकी पास्नी
दिदी सँग

अहिले सम्म बिश्वकप फुटबल जित्ने ८ राष्ट्रहरु,  यो पटक चै कुन राष्ट्रले बाजि मार्ला ??
21/11/2022

अहिले सम्म बिश्वकप फुटबल जित्ने ८ राष्ट्रहरु,
यो पटक चै कुन राष्ट्रले बाजि मार्ला ??

20/11/2022

बुइपा-१४ मा जम्मा खसेको मत: १७२९,
चम्पावति माबि बुइपा: ८०७,
सहयोगी आबि छिप्ति :५३३,
जगदम्बा माबि खिरि : ३८९,

बुइपाका प्रदेश सभा (क) का उम्मेदवारहरूद्वारा मतदान केन्द्रको सामूहिक अवलोकन र सामूहिक भोजन,भोजनको बील रु. ३,९०० प्रत्येक...
20/11/2022

बुइपाका प्रदेश सभा (क) का उम्मेदवारहरूद्वारा मतदान केन्द्रको सामूहिक अवलोकन र सामूहिक भोजन,भोजनको बील रु. ३,९०० प्रत्येक उम्मेदवारबाट जनही रु. १,३०० को लागत साझेदारी ,

साभार : देबबिक्रम राईको फेसबुकबाट

२ वटा बसपार्क प्रयोग बिहिन भएपछि को परिमाण,दिक्तेल स्थित आचार्यगाउ र सोल्मामा भएको बसपार्क संचालन मा आएपनी यात्रुबाहक बस...
10/11/2022

२ वटा बसपार्क प्रयोग बिहिन भएपछि को परिमाण,
दिक्तेल स्थित आचार्यगाउ र सोल्मामा भएको बसपार्क संचालन मा आएपनी यात्रुबाहक बस तथा जिपहरु दिक्तेल बजार मै पार्किङ गर्दाको परिणाम,धन्न मानबिय क्षति भएन छ,बजारमा राखिएको बस मादक पदार्थ सेवन गरेको स्टापहरु द्वारा चलाउदाको परिणाम।

खला भरी धान देख्दा असार देखि गरेको दु:ख नै भुलिन्छ,बुइपा धिवामा किसानले भित्र्याउनै लागेको धान।📸 : चाम्लिङ्ग पर्शु।
02/11/2022

खला भरी धान देख्दा असार देखि गरेको दु:ख नै भुलिन्छ,
बुइपा धिवामा किसानले भित्र्याउनै लागेको धान।
📸 : चाम्लिङ्ग पर्शु।

सबै सबैमा शुभ दिपावली को शुभकामना।
25/10/2022

सबै सबैमा शुभ दिपावली को शुभकामना।

बुइपामा जन्मिए पनी हाल काठमाडौ लाई आफ्नो कार्यक्षेत्र बनाउनु भएको ईन्जिनियर मानबहादुर राई ले जनमुक्ति पार्टिबाट काठमाडौ ...
23/10/2022

बुइपामा जन्मिए पनी हाल काठमाडौ लाई आफ्नो कार्यक्षेत्र बनाउनु भएको ईन्जिनियर मानबहादुर राई ले जनमुक्ति पार्टिबाट काठमाडौ क्षेत्र न.१ प्रतिनिधिसभा सदस्यको उम्मेद्बारी दिनुभएको छ,उहालाई जितको अग्रिम शुभकामना।

हेल्लो खोटाङ,टिकटक बनाउनुस रु,५० हजार जित्नुहोस
23/10/2022

हेल्लो खोटाङ,
टिकटक बनाउनुस रु,५० हजार जित्नुहोस

हाम्रो पन्चरदोबाटो,दिउँसो अनि साझमा।
21/10/2022

हाम्रो पन्चरदोबाटो,
दिउँसो अनि साझमा।

बांदर लखेट्ने जुक्ती। पोखरा महानगर- २२ पुम्दिभुम्दी राजमार्ग छेउको जंगलमा दार्जिलिंग तिर बैंस बिताएका फर्किएको फुर्तिलो ...
19/10/2022

बांदर लखेट्ने जुक्ती।
पोखरा महानगर- २२ पुम्दिभुम्दी राजमार्ग छेउको जंगलमा दार्जिलिंग तिर बैंस बिताएका फर्किएको फुर्तिलो घलेभाई ले खाजाघर खोलेका छन।जंगलको बिचमा भएकोले बांदर र चितुवाले हैरान पार्दा रहेछन,घलेभाईले एउटा जुक्ति निकाले छ्न आफ्नो घरको कुकुरलाई डेन्ट पेन्ट गरेर यस्तो रुप दिएछ्न यस्तो अद्भुत प्राणी देखे पछी बांदर त के खोर खोरमा कुखुरा खान आउने चितुवा समेत कुलेलाम ठोक्दा रहेछन ।
घलेभाइको जुक्तिलाइ सलाम।

बुइपा मा जन्मिए पनि हाल भक्तपुर कार्यक्षेत्र बनाएर रहनुभएको नयन बास्तोला भक्तपुर-१(क) प्रदेश सभा सदस्य पदको लागि स्वतन्त...
17/10/2022

बुइपा मा जन्मिए पनि हाल भक्तपुर कार्यक्षेत्र बनाएर रहनुभएको नयन बास्तोला भक्तपुर-१(क) प्रदेश सभा सदस्य पदको लागि स्वतन्त्र उम्मेद्बारी दिनुभएको छ उहालाई जितको अग्रिम शुभकामना।

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। ग्वार्को स्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारर...
16/10/2022

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। ग्वार्को स्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको छ।

बुइपाली हुनुमा गर्व छ।चुनाव लागेपछि चर्चामा आएको फोक्सिङ्टार पुल छिटो बनाउन दबाब दिदै प्रदेशसभा को ३ बुइपाली उम्मेद्बारह...
12/10/2022

बुइपाली हुनुमा गर्व छ।
चुनाव लागेपछि चर्चामा आएको फोक्सिङ्टार पुल छिटो बनाउन दबाब दिदै प्रदेशसभा को ३ बुइपाली उम्मेद्बारहरु
उ बेला पनि सगै अहिले पनि सगै चुनावी मैदानमा हुनुहुन्छ।

बीउ काक्रा 😍तपाईंको मा चाहिँ कत्रो छ हेरौ है,📷️ : केदार लाफा
10/10/2022

बीउ काक्रा 😍
तपाईंको मा चाहिँ कत्रो छ हेरौ है,

📷️ : केदार लाफा

मङ्सिर ४ गत्ते हुने चुनावमा बुइपा ले पायो ३ उमेद्द्वार।प्रदेश सभा (क)  : पिके (पाचकर्ण) राई  (नेकपा एमाले)प्रदेश सभा (क)...
09/10/2022

मङ्सिर ४ गत्ते हुने चुनावमा बुइपा ले पायो ३ उमेद्द्वार।
प्रदेश सभा (क) : पिके (पाचकर्ण) राई (नेकपा एमाले)
प्रदेश सभा (क) : बिरबलकाजी राई (नेकपा समाजबादी)
प्रदेश सभा (क) : राकेश राई (जसपा)
तिनै जना उमेद्द्वार हरुलाई विजयको शुभकामना।

चाडपर्व मनाउदै गर्दा आफ्नो र परिवारको स्वास्थ्य को पनि ख्याल गर्नुहोला ।
03/10/2022

चाडपर्व मनाउदै गर्दा आफ्नो र परिवारको स्वास्थ्य को पनि ख्याल गर्नुहोला ।

हिन्दु नेपालिहरुको महान चाड बडा दशैको सबैमा शुभकामना।
03/10/2022

हिन्दु नेपालिहरुको महान चाड बडा दशैको सबैमा शुभकामना।

मासु चपाउदै अनि चिरिप्प लगाउदै,चुनावमा कति खर्च गर्न पाईन्छ हेर्नुस है नेता तथा कार्यकर्ता ज्युहरु😍
02/10/2022

मासु चपाउदै अनि चिरिप्प लगाउदै,
चुनावमा कति खर्च गर्न पाईन्छ हेर्नुस है नेता तथा कार्यकर्ता ज्युहरु😍

दशैमा सातको पातको दुना मा भुटुवा मासु खानुको मजै बेग्लै हुन्छ, तपाईंहरु पनि ट्राई गर्नुस है।
02/10/2022

दशैमा सातको पातको दुना मा भुटुवा मासु खानुको मजै बेग्लै हुन्छ, तपाईंहरु पनि ट्राई गर्नुस है।

दशैमा घरजाने को जाम🚍️ (बिपि राजमार्ग धुलिखेल भकुण्डेबेशि)
01/10/2022

दशैमा घरजाने को जाम🚍️
(बिपि राजमार्ग धुलिखेल भकुण्डेबेशि)

बजारमा Rai is King को पुत्र लाभ भएको व्यापक चर्चा छ अहिले,आशा गरौ अमेरिकाबाट फर्किएपछि राजेश पायल राई ज्युबाट आधिकारिक ध...
01/10/2022

बजारमा Rai is King को पुत्र लाभ भएको व्यापक चर्चा छ अहिले,आशा गरौ अमेरिकाबाट फर्किएपछि राजेश पायल राई ज्युबाट आधिकारिक धारणा आउने छ,कसैले नकारात्मक कमेन्ट नगरौ🙏

दशैको बिदामा उपयुुक्त ट्रेकिङ जाने ठाउँ हो मुन्दुम ट्रेल।नेपाल सरकारले निर्धारण गरेको एक सयवटा गन्तव्यमा पर्ने मुन्धुम ट...
30/09/2022

दशैको बिदामा उपयुुक्त ट्रेकिङ जाने ठाउँ हो मुन्दुम ट्रेल।

नेपाल सरकारले निर्धारण गरेको एक सयवटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल चखेवाभञ्ज्याङबाट सुरु भएर मुन्धुम ट्रेल धोत्रे, जलजले, मानेडाँडा, मात्तिम, दिल्पा, ढुङ्गागाखर्क, घोडेटार, फोक्से, सातदोबाटोपोखरी, बलौटेभञ्ज्याङ, ह्याकुले, हर्कटे, जग्गे, गुराँसे, घोप्टे, लौरे, रावाढाप, हाँडीपोखरी, निकास, देउराली हुँदै सालपा सिलिचुङ पुगेको छ।८ दिनको समय छुट्याउनु भए सहज यात्रा हुनेछ।

ट्रेकिङका चाहिने सामग्री :-

ट्रेकिङ जाँदा ह्याट वा क्याप,चस्मा, ट्रेकिङ सुज,लठ्ठी,पन्जा आवश्यक सामान हुन् ,पहिरनको कुरा गर्दा जिन्स वा अरू भारी कपडाभन्दा सजिलो र खुकुलो टिसर्ट र ट्राउजर लगाउन उपयुक्त हुन्छ, त्यस्तै बाक्लो ज्याकेट, टोपी र मोजा पनि बोकेर हिँड्नुपर्छ।
यीबाहेक झोला, पानीको बोतल, सनब्लक क्रिम, हेडलाइट, एयरफोन, सानो चक्कु पनि तपाईंको आवश्यक सामानको सूचीमा हुनुपर्छ।
त्यस्तै लेक नलाग्ने औषधि, जीवनजल, ब्यान्डेज लगायत प्राथमिक उपचारका सामग्री बोक्नुपर्नेछ।
मुन्दुम ट्रेलको बिचको केहि ठाउमा बासबस्ने प्रबन्ध नभएको हुदा आवश्यक खानेकुरा पकाउने सामग्रीहरु र राती सुत्नको लागि ट्रेकिङजादा प्रयोग गरिने हल्का तर तातो हुने ओड्ने ओछ्याउने पनि लिएर जानुहोला।

दशै सगै भिषा आएपछि परदेशिनु को पिडा आफ्नै ठाउमा होला, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आफ्नो गन्तव्यमा जादै युबाहरु...
30/09/2022

दशै सगै भिषा आएपछि परदेशिनु को पिडा आफ्नै ठाउमा होला, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आफ्नो गन्तव्यमा जादै युबाहरु।

आफ्नो गाउँ आफै बनाउ।नवकिरण टोलबिकास संस्था द्वारा भुमेथान (उर्लेनी) हुन्दिङ्ग हुदै मान्केथान जाने सडक मर्मत गरिदै।
27/09/2022

आफ्नो गाउँ आफै बनाउ।
नवकिरण टोलबिकास संस्था द्वारा भुमेथान (उर्लेनी) हुन्दिङ्ग हुदै मान्केथान जाने सडक मर्मत गरिदै।

24/09/2022

दि.रु.म.न.पा. १४ पन्चरबाटो शुक्रबारे हटिया बाट मिति २०७९ असोज ७ गते कर्ण बहादुर राई र पञ्चहिरा राई को नागरिकता सहित केही महत्त्वपूर्ण कागजात हरु हराएकाे हुदा कसैले फेलापार्नु भए ९८२३१३११०४,९८६७५३२१३५ मा सम्पर्क गरिदिनुहोला।
(सम्मान स्वरुप उचित पुरस्कार पनि दिईने छ)

रङ्गमञ्चमा सकृय बुइपा को नबप्रतिभा कलाकार भाई मिलन शाक्य।
24/09/2022

रङ्गमञ्चमा सकृय बुइपा को नबप्रतिभा कलाकार
भाई मिलन शाक्य।

आहा कति मिठो संयोग।धेरै मिल्ने सहकर्मी तथा चर्चित कलाकार द्वोय दयाहाङ्ग राई लाई पुत्रलाभ र बुद्दी तामाङ (हैट) को शुभबिबा...
23/09/2022

आहा कति मिठो संयोग।
धेरै मिल्ने सहकर्मी तथा चर्चित कलाकार द्वोय दयाहाङ्ग राई
लाई पुत्रलाभ र बुद्दी तामाङ (हैट) को शुभबिबाह एकै दिन
थुप्रै बधाई छ कलाकार द्वोयलाई।

सबै सबैमा चुल्है निम्तो 🙏डा.सुकराज राई (चमा थुलुङ)को गीति खण्डकाव्य तथा बालकबिता संग्रह लोकार्पण कार्यक्रममा उपस्थितिको ...
22/09/2022

सबै सबैमा चुल्है निम्तो 🙏
डा.सुकराज राई (चमा थुलुङ)को गीति खण्डकाव्य तथा बालकबिता संग्रह लोकार्पण कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

परिवर्तन युबा समूह बुइपा छापगाउ को सकृयतामा श्री तिनधारे आ.बि.छापगाउमा प्रोजेक्टर जडान गरि बिद्यार्थीहरुलाई बालमैत्री सि...
21/09/2022

परिवर्तन युबा समूह बुइपा छापगाउ को सकृयतामा
श्री तिनधारे आ.बि.छापगाउमा प्रोजेक्टर जडान गरि बिद्यार्थीहरुलाई बालमैत्री सिकाईको शुरुआत गरिएको छ।

Address

Buipa
Khotang
DIKTELRUPAKOTMAJHUWAGADHIMUNICIPALITY-14

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो बुइपा-Hamro Buipa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो बुइपा-Hamro Buipa:

Videos

Share


Comments

हाम्रो पञ्चरदोबाटो बजार
हाम्रो बुइपा-Hamro Buipa
Jasle yo kukur sg 2 lakha utaux m to manxe Lai 1 lakha den xu koe hunu hunx mlai help grne
Mlai help gri denu hola jasle yo poisa utaux uha Lai 50000 denxu
कुनै समयमा।