14/06/2024
फेरि अर्को चलचित्र हेर्ने मौका जुर्यो
निम्न मध्यम वर्गीय गाउँ बस्ती कथा हो चलचित्र ‘गाउँ आएको बाटो’ । मिलेर बसेको गाउँ समाजमा एउटा निर्जीव बाटोले मानिस्का आर्थिक सामाजिक सम्बन्धहरु भत्काएर नयाँ खालको सम्बन्ध कसरी बन्छ यसले प्रष्ट पारेको छ । हरेक घर परिवारले आफ्नो आर्थिक तथा सामाजिक अवस्थाअनुसारका सपना देख्दछन् । ती सपना पूरा गर्न अभिभावकले गरेको त्याग र संघर्ष तथा त्यस क्रममा आउने विभिन्न अवरोधको कथा बोलेको छ ।
कथामा पूर्वी पहाड एउटा दुर्गम गाउँमा एउटा परिवार बारेको कथा भएपनी यस कथाले पुरै नेपालको गाउँहरूको प्रतिनिधित्व गरेको छ । आफ्नो सन्तानको सपनाहरू पूरा गर्न निम्न वर्गीय परिवारलाई परेको हम्मे र बेरोजगारीले निम्त्याएको आर्थिक अभावको बारे प्रष्ट गर्छ । गाउँमा पहिलोपटक गाडी आउँदा फूलमाला लगाएर स्वागत गरिएको दृश्यले मेरो गाउघरमा म आफै त्यो गतिविधिमा सङ्गलग्न छु जस्तै बनाउछ ।
गाउँमा सडक पुग्नुअगाडि परम्परागत सीप कला क्षमताको महत्त्व र बाटो आएपछि बजारिया समानको उपलब्धताले पेशा बाट बिस्तापित गरेको कारुणिक दृश्यले आङ जिरिङजिरिङ बनाउछ । आफ्नो हातको सीपले सहजै परिवारको जीविकोपार्जन गरिरहेको परिवारको सीपनै बेकामे भइगएको कुराले थप इमोसनल बनाउछ ।
सन्तानको लागि अभिभावकले गरेको त्याग र आफ्नो वरिपरि चलिरहेको सरसमाजको देखासिकीले सन्तानको चाहाना थप वृद्धि गरेको र ती चाहाना पूरा गर्न न पाउदै छोराको मृत्युले थप कारुणिक बनाउछ ।
माइला दायाहाङ, माइलीको भूमिकामा रहेकी पशुपति राईले विन्द्रेको भूमिकामा रहेका प्रसन राईले चरित्रलाई न्याय गरेका छन् ।