Kantipur TV HD

Kantipur TV HD Launched in July 2003, as one of the private channels of Kantipur Media Group Our Twitter link: https://twitter.com/ourktv

Launched in July 2003, as one of the private channels of Kantipur Media Group, Kantipur Television Network is Nepal’s leading Television station.

मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।  ...
23/06/2024

मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्न.....

23/06/2024

विश्वप्रकाश शर्माको प्रश्न-झुट बोल्नलाई देशको गृहमन्त्रीले संसद्को रोस्टम प्रयोग गर्न पाउने कि नपाउने ?

23/06/2024

Breaking
मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्दै । अन्तशुल्क छपाइमा हिनामिना भएको अख्तियारको ठहर । अख्तियारको टोली विशेष अदालतमा ।

23/06/2024

सरकारी ठगीमा फरार रहेको व्यावसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? : विश्वप्रकाश शर्मा, सांसद, नेपाली कांग्रेस

गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न-लोकेसन पत्ता लागिसक्यो भनेर जीबी राईलाई भगाउनलाई हो माइकबाट फुकेको ? विस्तृत : ...
23/06/2024

गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न-लोकेसन पत्ता लागिसक्यो भनेर जीबी राईलाई भगाउनलाई हो माइकबाट फुकेको ?

विस्तृत : https://kantipurtv.com/politics/2024/06/23/1719125771.html

आजको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अहिले सांसद्हरुले आकस्मिक समयमा बोल्नेक्रम चलिरहेको छ ।
23/06/2024

आजको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अहिले सांसद्हरुले आकस्मिक समयमा बोल्नेक्रम चलिरहेको छ ।

आजको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अहिले सांसद्हरुले आकस्मिक समयमा बोल्नेक्रम चलिरहेको छ ।

आज ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन । अतिरिक्त काम गरेबापत भत्ता पाउनु पर्ने माग राख्दै कर्मच...
23/06/2024

आज ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन । अतिरिक्त काम गरेबापत भत्ता पाउनु पर्ने माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि बैठक प्रभावित भएको हो ।

११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन । अतिरिक्त काम गरेबापत भत्ता पाउनु पर्ने माग राख्दै .....

Madesh Province vs Lumbini Province | U-19 Volleyball Championship 2081 | Kantipur MAX HD
23/06/2024

Madesh Province vs Lumbini Province | U-19 Volleyball Championship 2081 | Kantipur MAX HD

Madesh province vs Lumbini Province | U-19 Volleyball Championship 2081 | Kantipur MAX HD more mo...

कोपा अमेरिका फुटबलमा भेनेजुयलाले इक्वेडरलाई पराजित गरेको छ । लेभिस स्टेडियम क्यालिफोर्नियामा आज बिहान सम्पन्न खेलमा भेने...
23/06/2024

कोपा अमेरिका फुटबलमा भेनेजुयलाले इक्वेडरलाई पराजित गरेको छ । लेभिस स्टेडियम क्यालिफोर्नियामा आज बिहान सम्पन्न खेलमा भेनेजुयलाले १० खेलाडीमा समेटिएको इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

कोपा अमेरिका फुटबलमा भेनेजुयलाले इक्वेडरलाई पराजित गरेको छ । लेभिस स्टेडियम क्यालिफोर्नियामा आज बिहान सम्पन्न ...

आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले अष्ट्रेलियालाई स्तब्ध पारेको छ । अष्ट्रेलियाविरुद्ध कुनै पनि प्रारुपको क्रिकेटमा पह...
23/06/2024

आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले अष्ट्रेलियालाई स्तब्ध पारेको छ । अष्ट्रेलियाविरुद्ध कुनै पनि प्रारुपको क्रिकेटमा पहिलो पटक जित दर्ता गर्ने क्रममा अफगानिस्तान २१ रनले विजयी भयो ।

आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले अष्ट्रेलियालाई स्तब्ध पारेको छ । अष्ट्रेलियाविरुद्ध कुनै पनि प्रारुपको क....

संघीय संसद्का आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम ...
23/06/2024

संघीय संसद्का आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको छ ।

संघीय संसद्का आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन...

आजदेखि सुरुहुने सहाना प्रधान अन्डर-नाइन्टिन पुरुष तथा महिला भलिबलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा
23/06/2024

आजदेखि सुरुहुने सहाना प्रधान अन्डर-नाइन्टिन पुरुष तथा महिला भलिबलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा

संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष...
23/06/2024

संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेतृत्वको बैठक सुरु भएको छ ।

संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दा....

जाजरकोटको कुशे गाउँपालिकामा रहेको चैयाँ खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
23/06/2024

जाजरकोटको कुशे गाउँपालिकामा रहेको चैयाँ खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

जाजरकोटको कुशे गाउँपालिकामा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

युरोकपमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको छ । यस जितले बेल्जियमको नकआउट चरणमा पुग्ने सम्भाना जिवित रह...
23/06/2024

युरोकपमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको छ । यस जितले बेल्जियमको नकआउट चरणमा पुग्ने सम्भाना जिवित रहेको छ ।

युरोकपमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको छ । यस जितले बेल्जियमको नकआउट चरणमा पुग्ने सम्भाना ...

पोर्चुगल युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा टर्कीलाई ३-० ले पराजित गरेको पोर्चुग...
23/06/2024

पोर्चुगल युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा टर्कीलाई ३-० ले पराजित गरेको पोर्चुगल समूह चरणको एक खेल अगावै प्रि-क्वार्टरफाइनल चरणमा प्रवेश गरेको हो ।

पोर्चुगल युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा टर्कीलाई ३-० ले पराजित गरेको प....

लगातार दोस्रोपटक पार्टीको नेतृत्व गरिरहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल २०८२ मंसिरमा सकिँदै छ ...
23/06/2024

लगातार दोस्रोपटक पार्टीको नेतृत्व गरिरहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल २०८२ मंसिरमा सकिँदै छ । कांग्रेसको विधानअनुसार लगातार दुई पटकभन्दा बढी सभापति बन्न पाइँदैन । चौधौं महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यकाल अझै डेढ वर्ष बाँकी रहँदा कांग्रेसका नेताहरुले भने महाधिवेशनकै झल्को दिने गरी दौडधुप गरिरहेका छन् । सभापति देउवाले नेतृत्व हस्तान्तरणका लागि विश्वास पात्र खोजिरहनुभएको छ भने सभापतिका आकांक्षी नेताहरुले पनि देउवाको विश्वास जित्न खोजिरहेका छन् ।

चौधौं महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यकाल अझै डेढ वर्ष बाँकी रहँदा कांग्रेसका नेताहरुले भने महाधिवेशनक.....

इजरायली आक्रमणबाट दक्षिणी गाजाको अल-मवासीस्थित शरणार्थी शिविरमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
23/06/2024

इजरायली आक्रमणबाट दक्षिणी गाजाको अल-मवासीस्थित शरणार्थी शिविरमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली आक्रमणबाट दक्षिणी गाजाको अल-मवासीस्थित शरणार्थी शिविरमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ । आपतकालीन का...

नेपाल आइडल सिजन ५ को विजेता करण परियार बन्नुभएको छ । शनिबार भएको फाइनलमा सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई प...
23/06/2024

नेपाल आइडल सिजन ५ को विजेता करण परियार बन्नुभएको छ । शनिबार भएको फाइनलमा सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियारले उपाधि जित्नुभएको हो ।

नेपाल आइडल सिजन ५ को विजेता करण परियार बन्नुभएको छ । शनिबार भएको फाइनलमा सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजे...

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको 'सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०' का सम्बन्धमा राष्ट्रिय सभाबाट प...
23/06/2024

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको 'सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ११ बजेका लागि बोलाइएको छ ।

आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर एटको आफ्नो दोस्रो खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको छ ।
23/06/2024

आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर एटको आफ्नो दोस्रो खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको छ ।

आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर एटको आफ्नो दोस्रो खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको छ । जितसँगै भ.....

संसद् सचिवालयले कस्ता गैरसरकारी संस्थाबाट के कस्ता सहायता लिने भन्ने स्पष्ट निर्देशिका नबनाइदिँदा र सांसदहरुले त्यसको फर...
23/06/2024

संसद् सचिवालयले कस्ता गैरसरकारी संस्थाबाट के कस्ता सहायता लिने भन्ने स्पष्ट निर्देशिका नबनाइदिँदा र सांसदहरुले त्यसको फरक छुट्याउन नसक्दा गैरसरकारी संस्थाबाट लिने सहयोग बदनाम भएको छ । यही कारण राज्य व्यवस्था समितिका सांसदहरुले विदेशी दाताको पैसामा खाजा खाएको विषयले हंगामा नै भयो । यसले संसद्का निर्णय मात्र नभएर कानुन निर्माणको प्रक्रिया नै प्रभावमा पर्ने जोखिम देखिएको छ ।

संसद् सचिवालयले कस्ता गैरसरकारी संस्थाबाट के कस्ता सहायता लिने भन्ने स्पष्ट निर्देशिका नबनाइदिँदा र सांसदहरुल....

हिजोआज हिमाली हीरा अर्थात बहुमूल्य जडीबुटी यार्चा टिप्ने सिजन हो । उच्च हिमाली भेकका पाटनहरुमा पाइने हिमाली हीरा टिप्न न...
23/06/2024

हिजोआज हिमाली हीरा अर्थात बहुमूल्य जडीबुटी यार्चा टिप्ने सिजन हो । उच्च हिमाली भेकका पाटनहरुमा पाइने हिमाली हीरा टिप्न निकै कठिन छ । घरखर्च चलाउने सपना बुनेर पाटन पुगेका कतिपय नागरिक त घरै फर्कन पाउँदैनन् । यो वर्ष मात्रै लेक लागेर सातजना यार्चा संकलकको मृत्यु भएको छ ।

हिजोआज हिमाली हीरा अर्थात बहुमूल्य जडीबुटी यार्चा टिप्ने सिजन हो । उच्च हिमाली भेकका पाटनहरुमा पाइने हिमाली हीर....

बुट मोडलमा काम गर्ने घोषणा गर्नुभएका दाहालले अहिले कुन मोडलमा काम गर्दै हुनुहुन्छ, उहाँलाई नै थाहा छैन । हरेक दिन १० बजे...
23/06/2024

बुट मोडलमा काम गर्ने घोषणा गर्नुभएका दाहालले अहिले कुन मोडलमा काम गर्दै हुनुहुन्छ, उहाँलाई नै थाहा छैन । हरेक दिन १० बजे प्रधानमन्त्री कार्यालयमै गएर काम गर्ने उहाँको घोषणा अलपत्र परेको धेरै भइसक्यो । गठबन्धन टिकाउन दल र नेताहरु मिलाउँदैमा घर्किएको समय बचाएर ‘म त देशको प्रधानमन्त्री हुँ’ भन्ने आभास भएका बेला, जनताका पक्षमा दिएका निर्देशनहरु पनि कार्यान्वयन नै हुँदैनन् ।

आगामी वर्षको बजेट त आयो, तर, सत्तारुढ एमाले मात्र होइन आफ्नै पार्टीका नेताले समेत आलोचना गरिरहेका छन् । यता छोप्यो...

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रह...
23/06/2024

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्....

विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने भएको छ ।
22/06/2024

विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने भएको छ ।

विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने भएको छ ।

अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको कूटनीतिक प्रस्तुति यसै त कमजोर र अपरिपक्व छ, त्यसमाथि सरकार फेरिएपिच्छे राजदूत फिर्ता ...
22/06/2024

अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको कूटनीतिक प्रस्तुति यसै त कमजोर र अपरिपक्व छ, त्यसमाथि सरकार फेरिएपिच्छे राजदूत फिर्ता बोलाउने परिपाटी मौलाउँदा विश्वसनीयता झन् खस्कँदै जाने देखिएको छ । पछिल्लोपटक सरकारले ११ राजदूतलाई फिर्ता बोलाएर नयाँलाई सिफारिस गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको कूटनीतिक प्रस्तुति यसै त कमजोर र अपरिपक्व छ, त्यसमाथि सरकार फेरिएपिच्छे राजद...

के तपाईंको कपाल पातलो हुने, झर्ने, फुस्रो हुनेजस्ता समस्या छ ? यदि छ भने यस्ता समस्या समाधान होस् भनेर तेलको पनि प्रयोग ...
22/06/2024

के तपाईंको कपाल पातलो हुने, झर्ने, फुस्रो हुनेजस्ता समस्या छ ? यदि छ भने यस्ता समस्या समाधान होस् भनेर तेलको पनि प्रयोग गर्ने गर्नुभएको होला ।
तेल लगाउँदा कपाल उम्रिन्छ त ? कपालमा कस्ता समस्या देखिन सक्छन् र ती समस्या समाधान गर्ने के गर्नुपर्ला छाला रोग विशेषज्ञ डा. अनिलकुमार दाससँग गरिएको कुराकानी ।

के तपाईंको कपाल पातलो हुने, झर्ने, फुस्रो हुनेजस्ता समस्या छ ? यदि छ भने यस्ता समस्या समाधान होस् भनेर तेलको पनि प्र...

आजका मुख्य समाचार,* हिमाली पाटनमा यार्चा टिप्न पुगेका सात जनाको मृत्यु / वर्ष दिनको घर खर्च टार्ने सपना चकनाचुर / चर्को ...
22/06/2024

आजका मुख्य समाचार,

* हिमाली पाटनमा यार्चा टिप्न पुगेका सात जनाको मृत्यु / वर्ष दिनको घर खर्च टार्ने सपना चकनाचुर / चर्को राजस्व असुल्ने सरकार नागरिकको सुरक्षामा लापरबाह ।

* संसद्‌मा गैरसरकारी संस्थाको हालीमुहालीले कानुन निर्माण प्रक्रिया नै प्रभावमा पर्ने जोखिम / सांसदहरुलाई खाजादेखि विदेश सयर र तालिमसम्म दाताकै भर ।

* मुद्दाको सुनुवाइ सकिँदा पनि फैसला मिति सारेर अदालतबाटै कानुनको उल्लंघन / न्याय निरुपणमा ढिलाइले पीडितलाई थप पीडा ।

* गाजाको उत्तरी रफाहस्थित अन्तर्राष्ट्रिय रेडक्रस कार्यालयमा इजरायलको आक्रमण / २२ को मृत्यु, ४५ जना घाइते ।

* आईसीसी टी-ट्वेन्टी विश्वकपको सुपर एटमा भारत र बंगलादेश भिड्दै / टस हारेको भारत ब्याटिङमा / सेमिफाइनल सम्भावना कायमै राख्न बंगलादेशलाई जित आवश्यक ।

आजका मुख्य समाचार,* हिमाली पाटनमा यार्चा टिप्न पुगेका सात जनाको मृत्यु / वर्ष दिनको घर खर्च टार्ने सपना चकनाचुर / चर...

22/06/2024

संसद्‌मा गैरसरकारी संस्थाको हालीमुहालीले कानुन निर्माण प्रक्रिया नै प्रभावमा पर्ने जोखिम

Address

Subidhanagar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kantipur TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kantipur TV HD:

Videos

Share

Category

Nearby media companies


Other TV Channels in Kathmandu

Show All