Sabdhan Media House Pvt. Ltd.

Sabdhan Media House Pvt. Ltd. A powerful Online Media

05/04/2024

घेरावन्दी, नाकाबन्दीका वावजुद अर्घाखाँचीका १२४ सरकारी तथा सामुदायिक विद्यालयको प्राङ्गणमा कक्षा १ देखि कक्षा १० सम्ममा पाठ्यपुस्तक पूर्ण सेटमा कुसलता पूर्वक पु¥याईयो । अव केहि विद्यालयहरुमा मात्र पाठ्यपुस्तक पु¥याउन बाँकी रहेको छ । बाँकी रहेका सम्पूर्ण विद्यालयहरुमा पनि पूर्ण सेटमा भोलि विहान १० बजे सम्ममा पाठ्यपुस्तक पु¥याउन लागिरहेका छौं ।
- विनोद गैरे संग पैसा छैन कसरी किताव ल्याउन्छ र तपाईहरुलाई दिन्छ ?
- विनोद गैरेलाई किताव ल्याउने ठाउँमा हामीहरुले किताव नदिन भनेका छौ उसले किताव ल्याउन सक्दै सक्दैन पछि थाहा होला ।
- विनोद गैरेको विल पास हुदैन पछि समस्यामा पर्नुहोला ।
जस्ता मलाई दर्जनौ आरोप प्रत्यारोप र नचाहिने हल्ला गर्दा गर्दै पनि होहल्लाको पछि नलागी जे पर्ला त्यही टर्ला भनि विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापक समिति लायत शुभ चिन्तकज्यूहरुले जुन किसिमको साथ सपोर्ट गर्नुभयो सम्पूर्ण प्रति म धेरै ऋणि छु ।
मलाई एउटा विद्यालयमा पनि पाठ्यपुस्तक विक्रि गर्न नदिन अर्घाखाँचीका २७/२८ जना स्टेसनरी व्यवसायी साथीहरुले वनाएका सम्पूर्ण योजनाहरु पूर्ण रुपमा धोस्त भएका छन् । एक जना मान्छेलाई असफल बनाउन आफ्ना सारा काम छाडेर लाग्ने अर्घाखाँचीका २७/२८ जना स्टेसनरी व्यवसायी साथीहरुलाई हार्दिक बधाई छ ।
तपाईहरुका अगाडी एउटा विद्यालयमा पाठ्यपुस्तक पु¥याउन सकेको भए पनि मेरो जित हुने थियो यहाँ त के भयो के के......................
पाठ त राम्रै सिक्नु भएको होलानी है ???????

25/03/2024

सम्पूर्ण विद्यालयका शिक्षक सरहरुलाई भ्रममा नपर्नुहुन सुचना
केही मान्छेहरुले विद्यालयका सरहरुलाई फोन गरेर शैक्षिक सत्रको पठ्यपुस्तकको विल जहा पायो त्यहीको पास हुदैन भन्ने झुटो भ्रम फैलाईराखेका छन् । यस सन्दर्भमा सरहरु निम्न कुरामा किलियर हुनुहुन हार्दिक अनुरोध गर्दछु ।
- तपाईले आफ्नो विद्यालयलाई चाहिने पाठ्यपुस्तक नेपाल अधिराज्यको जुन सुकै (स्थानीय तह, बाणिज्य तथा आपुर्तिमा दर्ता भएको र आन्तरिक राजस्व कार्यालयवाट पान नम्वर प्राप्त गरेको) पसलवाट खरिद गर्न सक्नुहुन्छ ।
- कुनै पनि स्थानीय तह वा सरकारी निकायलाई कुनै पनि पसलको नाम किटान गरि पाठ्यपुस्तक त्यही ठाउँवाट मात्रै किन्नु पर्छ भन्ने अधिकार छैन । यदि कुनै सरकारी निकाय वा कर्मचारीले यो विषयमा दवाव दिएको भए त्यो कानुन विपरित छ ।
जहाँ तपाईहरुलाई सहज हुन्छ त्यहीवाट किताव खरिद गर्नु तपाईहरुको स्वतन्त्र अधिकार हो यसलाई कसैले कुण्ठित गर्न सक्दैन ।

20/03/2024

नेपाल सरकारको कुनै पनि निकाय वा तहको कर्मचारी कानुनी रुपमा कुनै व्यवसायीक संघ संस्थाको अध्यक्ष हुन मिल्छ कि मिल्दैन ??????
जानकार साथीहरुले जानाकारी दिनुहोला ।

निजामती कमर्चारीहरुको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीले विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरे...
17/12/2022

निजामती कमर्चारीहरुको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीले विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ । डिभिजन वन कार्यालय, अर्घाखाँचीमा सहायक वन अधिकृत पदमा कार्यरत शिला पोखरेलको विदाई गरेको हो । उहाँ पूर्ण छात्रावृत्तिमा अमेरिकाको North Carolina State University मा वन विज्ञानमा स्नातकोत्तर अध्ययनको लागि जिल्ला छोड्न लाग्नु भएको हो । कार्यक्रममा उपस्थित सबैले उहाँलाई अमेरिका सम्मको सुखद यात्राका साथै उच्च प्रगतिको कामना सहित विदाई गरेको थियो ।

24/11/2022
अर्घाखाँचीको पछिल्लो मत परिणाम
22/11/2022

अर्घाखाँचीको पछिल्लो मत परिणाम

अर्घाखाँचीबाट दिल्लीसम्म बस सेवा सञ्चालनअर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री...
08/11/2022

अर्घाखाँचीबाट दिल्लीसम्म बस सेवा सञ्चालन

अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरु खुसी भएका छन् ।

दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडी खोज्नुपर्ने झन्झट अन्त्य हुनाका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट मुक्त भएको र सुविधासम्पन्न एसी बसमा यात्रा गर्न पाउँदा आफूहरु खुसी भएको यात्रुहरुको भनाइ छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालनमा ल्याएको उक्त बससेवा शुभारम्भ गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले यसबाट जिल्लादेखि दिल्लीसम्म पुग्ने यात्रुहरूका लागि सहज भएको बताउनुभयो ।

सन्धिखर्कदेखि गोरुसिङ्गे, नेपालगञ्ज, लख्खिनपुर हुँदै दिल्लीसम्म बस पुग्नेछ । सन्धिखर्कबाट झन्डै नौ सय किलोमिटरको दूरीमा दिल्ली रहेको छ । बसमा ३६ सिट, दुई चालक, दुई परिचालक रहने र बसको भाडादर रु तीन हजार दुई सय पर्छ । तत्कालका लागि हप्ताको तीन दिन सञ्चालन हुने बस यात्रुको मागअनुसार थप्न सकिने उक्त प्रालिका अर्घाखाँची शाखाप्रमुख कमलप्रसाद भट्टराईले बताउनुभयो । सोमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आइतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि बस छुट्नेछ ।

काठमाडौँमा एसी बस सञ्चालन गर्दै आएका यातायात व्यवसायीले मोटरबाटोको सहजतासँगै यातायात सेवा विस्तार गरेको प्रालिका रुट सल्लाहकार भानुभक्त भुसालले बताउनुभयो ।

उक्त कार्यक्रममा उपभोक्ता हिस संरक्षण मञ्चका अध्यक्ष सहयोगी विसी, पत्रकार महासङ्घका प्रदेश सदस्य प्रेमनारायण आचार्य,उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष काजी श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष अशोककुमार श्रेष्ठ, उक्त प्रालिका सञ्चालक सुरेन्द्र श्रेष्ठलगायतले बस सेवा सञ्चालनले यात्रुहरुलाई सुविधा पुगेको जानकारी दिनुभयो ।

अर्घाखाँची कार्तिक -१५      नेपाल कम्युनिस्ट पार्टीका तीन दलित मोर्चाद्वारा संसदिय निर्वाचन यसको औचित्य बिषयक संयुक्त अन...
01/11/2022

अर्घाखाँची कार्तिक -१५
नेपाल कम्युनिस्ट पार्टीका तीन दलित मोर्चाद्वारा संसदिय निर्वाचन यसको औचित्य बिषयक संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
नेपाल कम्युनिस्ट पार्टीको तिनदलिय मोर्चा नेकपा (बहुमत ) ,नेकपा मसाल र नेकपा क्रान्तिकारी माओबादी अर्घाखाँचीले संयुक्त रुपमा संसदिय चुनाव अबज्ञा र बहिष्कार गरौं भन्ने मुलनाराका साथ सर्बपक्षिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा (बहुमत )का केन्द्रिय सदस्य तथा अर्घाखाँची कपिलवस्तु इन्चार्ज शेरमानको प्रमुख आतिथ्यता मा शुरु कार्यक्रममा नेकपा मसालका नेता कृष्ण बहादुर केसि, एमाले नेता रामचन्द्र पोख्रेल ,माओबादी केन्द्रका नेता डिलाराम पान्डे ,नेपाल समाजबादिका नेता पुस्करनाथ आचार्य , नेकपा ( बहुमत ) का केन्द्रिय सदस्य सुनिल बन्जाडे , अनेमसंघकि केन्द्रिय महासचिव रेखा खनाल ,नेपाल परिवार दलका नेता डिल्लीराज भुसाल ,नागरिक समाजका अध्यक्ष नन्दराम पोख्रेल तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
नेपाली जनताको हित गर्ने नौलो जनबाद हुदै बैज्ञानिक समाजबाद स्थापनाका लागी अगाडि बढ्ने प्रस्तुत अपिल पत्रमा भनिएको छ चारदशक देखि संचालित दलाल संसदिय ब्याबस्थाको कारण नेपाल आर्थिक रूपमा श्रीलंका र राजनैतिक रुपले युक्रेन हुदै जान थालेको भन्दै ,नेपालमा बाइड- बडि जाहाजमा भएको भस्टाचार,सेक्युरिटी प्रेस खरिदमा भएको कमिसनखोरी ,सुन कान्ड, ओम्नि कान्ड,बतास कान्ड, एनसेल लाई ट्याक्स मिनाहा ,निर्मला पन्तको हत्या प्रकरणमा राज्यको मौनता ,निरन्तरको सरकार बदली जस्ता संसदिय ब्याबस्थाको चारीत्रीक विशेषता भएको भन्दै ढाइपेज लामो आपिलपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रम मसालका प्रतिनिधि नरेन्द्र थापाको अध्यक्षता मसाल नेता कृष्ण केसीको कार्यपत्र प्रस्तुति क्रान्तिकारी माओबादीका जिल्ला सचीव टन्कमानको स्वागत मन्तव्य तथा नेपाल (बहुमत ) का नेता नवीन खड्का बारुदको संचालनमा सम्पन्न भएको थियो ।
यो समाचार पत्रकार अशोक कुमार खनालको फेसबुक वाटबाट साभार गरिएको हो ।

गुल्मी यातायातको जिप दुर्घटना ३ जना सामान्य घाइते ।गुल्मीको नयाँ गाउँबाट सन्धिखर्ककोलागी छुटेको लु १ ज २६२० नम्बरको जिप ...
31/10/2022

गुल्मी यातायातको जिप दुर्घटना ३ जना सामान्य घाइते ।
गुल्मीको नयाँ गाउँबाट सन्धिखर्ककोलागी छुटेको लु १ ज २६२० नम्बरको जिप सन्धिखर्क १० माटेमा आज बिहान दुर्घटना ।
जिपमा चालक सहित १३ जना यात्रु सबार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची विष्णु केसिद्वारा जानकारी । घाइतेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार हुँदै ।
यो समाचार पत्रकार श्याम घिमिरेको फेसबुक वालवाट साभार गरिएको हो ।

31/10/2022

अस्ट्रेलियाले अभिभावक र दक्ष कामदार भिसा दोब्बर बनायो
अस्ट्रेलिया — अस्ट्रेलियाले दक्ष कामदार तथा अभिभावक भिसाको संख्या करिब दोब्बरले वृद्धि गर्ने भएको छ । अस्ट्रेलियाका ट्रेजरर जिम चाल्मरले बजेट सार्वजनिक गर्दै त्यसको घोषणा गरेका हुन् । बजेटमार्फत सार्वजनिक कार्यक्रम अन्तर्गत आगामी ४ वर्षका लागि अस्ट्रेलियाको अध्यागमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन करिब ६ सय मिलियन डलरसमेत छुट्याइएको छ ।

गृह मन्त्रालयमा सार्वजनिक गरिएको सूचनाअनुसार दक्ष कामदार भिसाको संख्या आगामी आर्थिक वर्ष २०२२/०२३ मा ७९ हजारबाट १ लाख ४२ हजार पुर्‍याइएको छ भने अभिभावकलाई दिइने भिसासमेत ४ हजार ५ सयबाट बढाएर ८ हजार ५ सय बनाइएको छ ।

अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणपछि कामदार अभाव भएका कारण उक्त अभावलाई पूरा गर्न दक्ष कामदार भिसाको संख्या वृद्धि गरिएको बताइएको छ । अस्ट्रेलियामा हरेक वर्षका लागि छुट्याइएको सीमित संख्यामध्येमा केही भिसालाई कम गरेर यी दुई भिसालाई बढाइएको हो । अस्ट्रेलियाले गत वर्ष जम्मा १ लाख ६५ हजार आप्रवासीलाई भित्र्याएकोमा उक्त संख्यालाई बढाएर १ लाख ९५ हजार पुर्‍याएको छ । अहिले परिवर्तन गरिएको संख्यासमेत उक्त निर्धारित कोटाअन्तर्गत नै आवश्यकताका क्षेत्रअनुसार छुट्याइएको हो ।

गृह मन्त्रालयमा उपलब्ध जानकारी अनुसार श्रीमान् वा श्रीमतीलाई दिइने (पार्टनर) भिसामा करिब आधा कटौती गरिएको छ भने व्यावसायिक व्यक्ति तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका व्यक्तिलाई दिइने भिसामा पनि अत्यधिक कटौती गरिएको छ । जानकारीअनुसार कार्यक्षेत्रबाट गरिने स्पोन्सर भिसाको संख्या २२ हजारबाट ३५ हजार पुर्‍याइएको छ भने स्वतन्त्र रूपमा आउने दक्ष कामदारको संख्या ६ हजार ५ सयबाट ३२ हजार पुर्‍याइएको छ ।

दुर्गम क्षेत्रमा देखिएको कामदार अभाव पूरा गर्ने उद्देश्यले उक्त क्षेत्रमा छुट्याइएको भिसाको संख्यासमेत ११ हजारबाट ३१ हजार पुर्‍याइएको छ । तर पार्टनर भिसाको संख्या भने ७२ हजारबाट ४० हजारमा झारिएको छ । गत वर्ष दक्षताका आधारमा दिइने भिसाको संख्या ७६ हजार ६ सय रहेकामा उक्त संख्यालाई बढाएर १ लाख ४२ हजार पुर्‍याइएको छ भने पारिवारिक भिसाअन्तर्गत दिइने संख्यालाई ८० हजारबाट घटाएर ५२ हजार बनाइएको छ ।
यसका साथै सरकारले आगामी चार वर्षका लागि यहाँको अध्यागमन क्षेत्रमा अझ चुस्तता ल्याउन ५ सय ७६ मिलियन डलरको घोषणा गरेको छ । भिसा प्रोसेसिङ लगायतका काममा पछिल्लो समयमा देखिएको ढिलासुस्तीलाई कम गर्न, बाहिरी स्थानमा रहेका कार्यालय तथा शरणार्थीलाई सहयोग गर्नका लागि सरकारले तोकेको रकम खर्च हुने स्थानीय समाचार संस्था एसबीएसले उल्लेख गरेको छ ।

अस्ट्रेलियाले बढाएको दक्ष कामदार भिसामा विदेशमा रहेका दक्ष कामदार तथा अस्ट्रेलियामा लामो समयसम्म बसोबास गरिरहेका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजीले अध्यागमन विभागको बजेटमा उल्लेख्य वृद्धि भएको बताएका छन् । परिवर्तन गरिएको नीतिले चार वर्षमा ९ सय २५ मिलियन डलर राजस्व संकलन हुने आकलन गरिएको छ ।

अध्यागमन क्षेत्रका जानकारका अनुसार अस्ट्रेलियाले कोभिडपछि देखिएको कामदार अभाव पूरा गर्ने उद्देश्यका साथ भिसा नीतिमा परिवर्तन गरेको हो । सिड्नीस्थित कानुन व्यवसायी सञ्जीव पाण्डे सरकारको पछिल्लो निर्णय कामदार अभाव पूरा गर्ने उद्देश्यले ल्याइएको भए पनि नेपाली विद्यार्थीलाई समेत प्रत्यक्ष फाइदा पुग्ने बताउँछन् । नेपाली विद्यार्थीले दक्ष भिसाको प्रक्रियाबाट पीआर लिने भएकाले यसको फाइदा उनीहरूलाई पनि हुने उनको भनाइ छ ।

यो समाचार कान्तिपूरवाट साभार गरिएको हो ।

अर्घाखाँचीको एयरपोर्टमा मोटरसाइकल दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु, २ घाइतेसन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कस्थित न...
28/10/2022

अर्घाखाँचीको एयरपोर्टमा मोटरसाइकल दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु, २ घाइते
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा गएराती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन्।
प्रदेश नम्बर बा प्र. ०२-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए।
अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइतेको बुटवलमा रहेको मर्सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ। मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनु‍सन्धान रहेको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले जानकारी दिए।

२० बर्ष कैद सजाय  भई फरार रहेका कर्तव्य ज्यान मुद्दाका फरार  १२ बर्ष पछी पक्राउ*******************************    भुमिका...
23/10/2022

२० बर्ष कैद सजाय भई फरार रहेका कर्तव्य ज्यान मुद्दाका फरार १२ बर्ष पछी पक्राउ
*******************************
भुमिकास्थान नगरपालीका वडा नं -१० न धनचौर बस्ने बर्ष २८ की खुमकला भुषालको जाहेरी वादी नेपाल सरकार प्रतिवादी भुमिकास्थान न.पा. १० स्थाई ठेगाना भएका नारायण बुढा समेत भएको मिती २०६७।१०।२५ गते साविकको धनचौर गा.वि.स वडा नं. ९ प्यारे भन्ने स्थानमा बर्ष ४० को दधिराम भुषाललाई खड्क बहादुर बुढाथोकी समेतका ९ जनाले कर्तव्य गरि मारेको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत अर्घाखाँची को २०७५।०३।०३ गतेको भएको फैसला बमोजिम २० बर्ष कैद सजाय भई फरार रहेका भुमिकास्थान न.पा.१० स्थाई ठेगानामा बस्ने बर्ष ४० को शालिक बहादुर बुढा र नारायण बुढा गरि दुई जनालाई अर्घाखाँची र कपिलवस्तु जिल्लाको सिमानामा लुकिछिपि बसेका छन भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट प्र.नि. अर्जुन पौडेलको को कमाण्डमा खटिएको प्रहरी टोलिले मिती २०७९।०७।०६ गते अर्घाखाँची र कपिलवस्तु जिल्लाको सिमानामा बाट पक्राउ गरी कैद भुक्तानको लागि अर्घाखाँची जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरिले जनाएको छ ।

रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेजरुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएक...
22/10/2022

रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज

रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो ।
सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रारम्भिक दृष्टिकोण दिएको हो ।
‘निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन । कालोसूची कायम रहेको भन्ने देखियो’, आदेशमा भनिएको छ, ‘कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन ।’
यो पनि पढ्नुहोस
रुपन्देही–२ मा राजु गुरुङको मनोनयन किन विवादित बन्यो ?
यसअघि रुपन्देही-२ का निर्वाचन अधिकृत उदवीर नेपालीले गुरुङको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएका थिए । निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।
दुबै पक्षसँगको छलफलपछि शुक्रबार न्यायाधीश खतिवडा र रेग्मीको इजलासले गुरुङ २०७४ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र त्यसमा कुनै कानुनी उपचार प्राप्त नगरेकाले कालो सूचीमा कायम रहेको देखिएको र उम्मेदवार हुन नमिल्ने ठहर गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) मा कालोसूचीमा रहेको व्यक्ति त्यस अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
सर्वोच्च अदालतको यो आदेशसँगै रुपन्देही–२ मा सत्तारुढ गठबन्धनको उम्मेदवारविना नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । यसले एमाले उम्मेदवार एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सहज बनाएको छ । अब निर्वाचन आयोगलाई रुपन्देही–२ मा मतपत्र डिजाइन र छपाइको बाटो खुल्नेछ ।

22/10/2022

प्रहरीको अनुरोध- राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्नुस्, घर जान लागेको फोटो सार्वजनिक नगर्नुस्

तिहारको बेला राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न काठमाडौं प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मर्यादित एवं सभ्य तरिकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि पनि हुन सक्ने भएकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरिएको जानकारी दिए । यदि अवाञ्छित क्रियाकलाप भएको जस्तो लागेमा तत्कालै प्रहरीलाई खबर गर्न पनि उनले आग्रह गरे ।
प्रहरीले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेको देखेमा वा पटाका पड्काएमा पनि तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना हुनसक्ने व्यवस्था रहेको छ ।
मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले काठमाडौंवासीलाई आग्रह गरेको छ ।
छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबायाँ जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।
यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।
तिहार तथा छठ पर्वका लागि गाउँ जान लागेको तस्वीर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।

साना किसान खिल्जीको २१औँ वार्षिक साधारण सभा सम्पन्नसाना किसान कृषि सहकारी संस्था लि खिल्जीले २१औँ वार्षिक साधारण सभा सम्...
21/10/2022

साना किसान खिल्जीको २१औँ वार्षिक साधारण सभा सम्पन्न
साना किसान कृषि सहकारी संस्था लि खिल्जीले २१औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले सहकारीको माध्यमवाट समाज रुपान्तरीत हुने हुँदा सहकारीका मुल्य मान्यताहरुलाई आत्मसाथ गर्दै व्यवस्थित र मर्यादित रुपमा सहकारी संचालन गर्नु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशसकीय अधिकृत नारायण पोख्रेल, सहकारी शाखाका प्रमुख शंकर अधिकारी, भूमिकास्थान नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेम नारायण बेलवासे, वडा नं. ५ का वडा अध्यक्ष जय गोपाल श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
कुल १६ करोड बराबरको ऋण लगानी रहेको यस संस्थाले ऋण लगानी, बचत संकलन, शेयर सदस्यहरुका लागि बाख्रा पालन कार्यक्रम, रसायनिक मल वितरण, रेमिट कार्यक्रम साथै पिक अप भ्यान, हाटबजार सञ्चालन गर्दै आएको साथै २० थान वायुपंखी चूलो समेत वितरण गरेको संस्थाका प्रबन्धक श्री हरि प्रसाद पौडेलले जानाकारी दिदै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष प्रेम नारायण बेल्वासेको अध्यक्षता, प्रवन्धक हरि प्रसाद पौडेलको स्वागतमा र लेखापाल चन्द्र बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।

झापामा मोटरसाइकल ठोक्किँदा दुई जना चालकको ज्यान गयो : दुई जना घाइतेकात्तिक १, २०७९ मंगलबार ७:१३:५२ | उज्यालो सहकर्मीकाठम...
18/10/2022

झापामा मोटरसाइकल ठोक्किँदा दुई जना चालकको ज्यान गयो : दुई जना घाइते
कात्तिक १, २०७९ मंगलबार ७:१३:५२ | उज्यालो सहकर्मी
काठमाण्डाै - झापामा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
विर्तामोड नगरपालिका–२ बेलडाँगीमा मे ५ प १६०४ र मे ३ प ५५८० नम्बरका मोटरसाइकल ठोक्किँदा चालकहरु बाह्रदशी गाउँपालिका–२ का २५ वर्षका अनिस साउदेन र बाह्रदशी गाउँपालिका–६ का ४३ वर्षका भोलाराज भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भुजेलको श्रीमती ४२ वर्षकी चन्द्रकला, छोरी ९ वर्षकी प्रशना घाइते भएका छन् । घाइते चन्द्रकला र प्रशनाको उपचारका लागि बी एन्ड सी पठाएकोमा थप उपचारको लागी विर्तासिटी अस्पताल लगिएको छ ।

18/10/2022

अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा भीड (अन्नपूर्ण):
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सेवाग्राहीको भीड बढेको छ । राजधानी तथा अन्य स्थानबाट घरमा प्रमुख आएको समयमा नागरिकता, राष्ट्रिय परिचयपत्र राहदानीलगायत अन्य सेवा लिने सेवाग्राहीको भीड बढेको हो । अन्य समयमा दैनिक एक सयदेखि तीन सय जनासम्मले सेवा लिने प्रशासन कार्यालय अर्घाखाँचीमा अहिले सेवाग्राहीको संख्या दोब्बर वृद्धि भएको छ । दसैंयता जिल्ला प्रशासन कार्यालयमा दैनिकजसो सयौं सेवाग्राहीको भीड लाग्ने गरेको जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । सेवाग्राहीलाई सेवा छिटो दिने उद्देश्यले राष्ट्रिय परिचयपत्रका लागि दुई वटा स्टेसनबाट काम भइरहेको र अब पञ्जीकरण विभागले स्थानीय तहमा नै सेवा सुचारु गर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए ।

18/10/2022

निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने

- रासस

काठमाडौँ - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि ९कात्तिक १८० मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् ।

सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन् । निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादित रुपमा प्रचारप्रसार गराउन आयोगले राजनीतिक दलको छलफलका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा यस्तो व्यवस्था गरेको हो ।

आयोगले कडाइँका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सबै जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख) लाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा ९२० मा सो दफाको उपदफा ९१० को खण्ड (ज) विपरीत कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राखेमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने स्पष्ट व्यवस्था भएको स्मरण गराएको छ ।

आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइसकेको छ । उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नुपर्ने भएकोले उम्मेदवार तथा राजनीतिक दलले गरेको खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा गहन तथा सूक्ष्म रुपमा अध्ययन तथा निगरानी गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको उलङ्घन गरेको पाइए कडा कारबाही गरिने जनाउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न र गराउन सम्बन्धित पक्षलाई निर्देशन दिइएको र उलङ्घनका घटना र उजुरीका आधारमा कारबाही प्रारम्भ भएको स्पष्ट गर्नुभयो ।

आयोगले आचारसंहिताको उलङ्घनलाई स्थलमै कारबाही गर्न केन्द्रीय र जिल्लास्थित आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतलाई निर्देशन दिइसकेको छ । आयुक्त भण्डारीले राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लङ्घन तथा निर्वाचन खर्चका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र सोको विवरण आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको बताउनुभयो । आचारसंहिता तथा निर्वाचन ९कसुर र सजाय० ऐन, २०७३ विपरीत त्यस्तो प्रचार सामग्री राखिएको, भित्ते लेखन गरिएको, तुल ब्यानर टाँगिएको, डिजिटल डिस्प्ले गरिएको, पर्चा टाँसिएको अवस्थामा सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी चौबीस घण्टाभित्र त्यस्तो सामग्री हटाउन वा त्यस्तो स्थान दुरुस्त गर्न लगाउने र सो बमोजिम नगरेमा निजलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० वा ९४० बमोजिम जरिबाना गर्ने तथा उम्मेदवारी रद्द गर्ने कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधी कारबाहीको लागि सिफारिससाथ आयोगमा लेखी पठाउन पनि आयोगले निर्देशन दिएको छ ।

आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ । ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी आफूलाई स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानुनको उल्लङ्घनसमेत भएको पाइएकाले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको छ ।

प्रचारप्रसारका क्रममा आचारसंहिता उलङ्घन गर्ने उम्मेदवारलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ भने आयोगको सहमति लिनुपर्नेमा सहमति नलिई नयाँ कार्यक्रम सञ्चालन गर्ने, तलब सुविधा बढाउने, कर्मचारी नियुक्ति र सरुवा गर्ने निकायलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आफ्नो ६७ औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।कार्यलयले आफ्नो प्र...
18/10/2022

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आफ्नो ६७ औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

कार्यलयले आफ्नो प्रहरी युनिट भित्र विभिन्न खेलकुदका कार्यक्रम संचालन , परिबर्तनको आन्दोलनमा साहादत गर्नुहुने सहिद परिवारलाई संमान, पुर्ब प्रहरी संमान, उत्कृष्ट कार्य सम्पादन गरेका प्रहरी अधिकृत तथा जबानलाई संमान तथा पुरस्कार बितरण, दैबीप्रकोप तथा बिपदको बेला रातदिन खटेका प्रहरी अधिकृत जबान सम्मान तथा प्रहरी चौकीलाई जग्गा उपलब्ध गराउने जग्गा दातालाई सम्मान गरेर प्रहरी दिवस मनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, जिल्ला स्थित शुरक्षा निकायका प्रमुख, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेकि अध्यक्षता, निमित्त प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाद घिमिरेको स्वागत मन्तव्य तथा प्रहरी निरीक्षक अर्जुन पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

शुरक्षित गर्भपतन अपराध हैन अधिकार हो  भन्ने मुलनाराका साथ जिल्लामा क्रियाशिल संचारकर्मीहरु सग अन्तरक्रीया कार्यक्रम सम्प...
17/10/2022

शुरक्षित गर्भपतन अपराध हैन अधिकार हो भन्ने मुलनाराका साथ जिल्लामा क्रियाशिल संचारकर्मीहरु सग अन्तरक्रीया कार्यक्रम सम्पन्न ।
प्रजनन स्वास्थ अधिकार र शुरक्षित गर्भपतन सेवाको पैरवीका लागी जिल्लामा क्रीयाशिल संचारकर्मीहरु सगको अन्तरक्रीया तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
समाजसेवा तथा बाताबरण संस्कृति संरक्षण समूह अर्घाखाँचीको आयोजना आइपास नेपालको आर्थिक सहयोग र स्वास्थ कार्यालय अर्घाखाँचीको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ कार्यालय अर्घाखाँचीका प्रमुख पुस्पा थापा , स्वास्थ निरीक्षक गणेशराज पौडेल ,सस्थाका अध्यक्ष लक्ष्मी अधिकारी पौडेल , समुहका पुर्ब अध्यक्ष बाबुराम पौडेल, सल्लाहकार राजेश पन्थी , कार्यक्रम अधिकृत आदर्श अधिकारी , पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायत जिल्लामा क्रीयाशिल संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

15/10/2022

अर्घाखाँचीबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा गठबन्धनका साझा उम्मेद्धार सागर के.सी.ले राजनीतिक यात्रामा आफु हालसम्म निश्कलङ्कित रहेकोले चुनाव जित्ने दाबी गर्नुभएको छ । मंसिर ४ गते हुने निर्वाचनमा पार्टी र गठबन्धनले विस्वाँस गरेकोमा धन्यावाद दिंदै नेता के.सी.ले आफुले जितेपछि राजनीति,जनता र जिल्लाको विकासमा दृढ भएर लाग्ने संकल्प गर्नुभएको छ । राष्ट्रिय जनमोर्चा सन्धिखर्क १ र २ ले आज चुत्रावेसीमा आयोजना गरेको आसन्न निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो संकल्प गर्नुभएको हो । “अहिले चुनावमा पैसाले भोट किन्ने र जितेपछि लगानी फर्काउनमै ब्यस्त भएको देखिन्छ,नेता के.सी.ले भन्नुभयो,“पैसा र व्यक्तिगत स्वार्थ पुरा गर्न राजनीतिमा लाग्नु हुदैन ।” नेता के.सी.ले थप्नुभयो,“निर्वाचनमा अमुल्य भोट मलाई दिनुस्,त्यो जित मेरो र तपाईको मात्रै हैन सिङ्गो जिल्लाको जित हुनेछ ।” नेता के.सी.ले अर्घाखाँचीमा गठबन्धन एक ढिक्का भएसंगै विपक्षीहरु अताल्लिएको आरोप समेत लगाउनुभएको छ । कार्यक्रममा राजमो नेता शेर बहादुर वि.सी.,जिल्ला अध्यक्ष थम्मन के.सी., सन्धिखर्क नगर अध्यक्ष कमल प्रसाद घिमिरे र अखिल नेपाल उद्योग ब्यापार संघ केन्द्रिय अध्यक्ष ढुन्डिराज आचार्यले मन्तव्य राख्दै निर्वाचनमा गठबन्धनलाई जिताउन असार १५ सम्झिएर काममा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । राजमो सन्धिखर्क २ का अध्यक्ष जिवनारायण खनालको अध्यक्षता,मिना वि.सी.को स्वागत मन्तव्य र तुल्सीराम खनालको संचालनमा सम्पन्न भेलाले मिना वि.सी. संयोजक रहेको सन्धिखर्क १ को ५ सदस्यिय निर्वाचन परिचालन समिति र राधा आचार्य सम्योजक रहेको १ सय १ सदस्यिय प्रचार–प्रसार समिति गठन गरेको छ । यस्तै जिवनारायण खनाल सम्योजक रहेको ५ सदस्यीय सन्धिखर्क–२ को निर्वाचन परिचालन समिति र साजन वली सम्योजक रहेको २ सय १ सदस्यिय प्रचार–प्रसार समिति गठन गरेको बताइएको छ । यसैविच राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरसमितिले आसन्न निर्वाचनमा प्रतिगमनलाई घुंडा टेकाउन एक जुट भएर लाग्ने निर्णय गरेको छ । आज पोखेडाँडामा सम्पन्न नगर समितिको बैठकले मुलुकका उपलब्धिको रक्षा र जिल्लाको समग्र विकासको निम्ती बाम लोकतान्त्रिक गठबन्धनको खाँचो रहेको निष्कर्ष निकाल्दै नगरको सिङ्गो टिम चुनावी अभियानमा लाग्ने निर्णय गरेको हो । नगर समिति अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकमा राजमो केन्द्रिय सदस्य झविलाल थापा,सागर के.सी.,जिल्ला सचिव बाबुराम पन्थी,अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला राना,नगर इन्चार्ज तुल्सीराम वेल्वासेले सहजीकरण गर्नुभएको थियो । बैठकले कार्तिक २ गते १० वटै वडा समितिका बैठक बस्ने गरि हिमलाल बन्जाडे संयोजक र चेतनारायण गैरे सह–संयोजक रहेको २ सय ५ सदस्यिय प्रचार–प्रसार समिति, निर्वाचन क्षेत्र नम्बर १ क मा खड्क बहादुर थापा संयोजक रहेको ९ सदस्यिय र निर्वाचन क्षेत्र नम्बर १ ख मा खिमानन्द वेल्वासे संयोजक रहेको ११ सदस्यिय निर्वाचन परिचालन समिति गठन गरेको नगर अध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभएको छ ।

प्रतिगमनलाई प्ररास्त गर्न आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन एउटै भएर जान्छ:महामन्त्री सिंहअर्घाखाँची । नेकपा मसालका महा...
20/09/2022

प्रतिगमनलाई प्ररास्त गर्न आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन एउटै भएर जान्छ:महामन्त्री सिंह

अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सत्तासाझेदार पाँच दलिय गठवन्धन व्यबस्था जोगाउन र प्रतिगमनलाई परास्त गर्नेको लागि आगामी सघीय निर्वाचन र प्रदेशको निर्वाचनमा एक भएर जाने बताएका छन् ।

प्रगतिशिल पत्रकार सघ नेपाल जिल्ला समिति अर्घाखाँचीले सदरमुकाम सन्धिर्खकमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । महामन्त्री सिहले सत्तागठवन्धनमा रहेका दलहरुले हैसियतभन्दा बढि माग गरेका कारण केही समय ढिलो भएर पनि प्रतिगमनलाई परचात गर्न व्यबस्था जोगाउनको लागि आफुहरु एक भएर जानेर आफुहरुले बाग्लुङ व्युठानमा आफ्नो पार्टीको दावी रहने बताए ।

गत स्थानिय निर्वाचनमा आफुहरुले ईमान्दारिता प्रस्तुत गरेको दावी गर्दै नेता सिंहले भने “बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसंग तालमेल गरेन, तर काँग्रेस माओवादीले ठाउँठाउँमा एमालेसंग तालमेल गरेको बताउदै आफुहरुको जोड गठवन्धन बचाउन केन्द्रित भएको नेता सिंहले बताए । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले राजा ल्याउने बाटोमा अगाडि बढेको भन्दै आगामी निर्वाचनबाट एमाले सहितका प्रतिगमनकारीलाई हराउनुपर्ने बताएका छन् ।

हिन्दु राज्यको बाटोमा एमाले हिडेको र हिन्दु राष्ट्रको लागी हिन्दु राजा चाहिन्छ भनेर राजा फर्काउने बाटोमा एमाले रहेको बताउदै सिहले परिवर्तन जोगाउन जनताले एमालेलाई हराउनुपर्ने बताएको छन् । सिहले एक फरक प्रसगमा कुराकानी गदै नागरिकता विधेयक एमसिसि एसपिपि लगायतका विषयमा आफुहरुले सुरु देखि विरोध गरेको बताउदै ओली नेतृतवको सरकार अहिलेको सरकार भन्दा बढी मात्रामा नागरिकता एमसिसि लगायतका विषयमा लागेको बताए ।

कार्यक्रम प्रगतिशिल पत्रकार सघ नेपालका जिल्ला अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता सचिब भगतबता पाण्डेको सञ्चालन उपाध्यक्ष गोपाल प्रसाद भट्टाराईको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिब मनोज भट्ट लगायतका केन्द्रिय नेताहरुको सहभागिता रहेको थियो ।

विश्वकै उत्कृष्ट संविधान मध्येको १ उत्कृष्ट संविधान भनिएजस्तै यसको कार्यान्वयन पनि उत्तिकै उत्कृष्ट होस । नेपाल राज्यमा ...
19/09/2022

विश्वकै उत्कृष्ट संविधान मध्येको १ उत्कृष्ट संविधान भनिएजस्तै यसको कार्यान्वयन पनि उत्तिकै उत्कृष्ट होस । नेपाल राज्यमा न्याय नपाएर कसैलाई मर्न नपरोस । एकजना नेपालीलाई पनि कस्तो न्याय हराएको देशमा जन्मिएछु भन्ने आभाष नहोस ।
हामीसबैलाई संविधान दिवसको शुभकामना ।

सन्धिखर्क नगरपालिका अर्घाखाँचीले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई हर्लिक्स तथा फलफुल बितरण गरेर ८ औं संविधान दिवस २०७...
19/09/2022

सन्धिखर्क नगरपालिका अर्घाखाँचीले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई हर्लिक्स तथा फलफुल बितरण गरेर ८ औं संविधान दिवस २०७९ मनाएको छ । नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उप प्रमुख मिश्रा अचार्य, प्रमुख प्रशासीय अधिकृत खुमराज भुसाल, जिल्ला अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक कुमार खनाल लगायत नगरपालिकाका कर्मचारी संचारक्रमीको साथै स्थनीय राजनैतिक तथा सामाजिक व्यक्तिहरुको कार्यक्रम उपस्थिती रहेको थियो ।

Address

Kathmandu
Kathmandu
01

Telephone

+9779857061081

Website

Alerts

Be the first to know and let us send you an email when Sabdhan Media House Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sabdhan Media House Pvt. Ltd.:

Share


Other Broadcasting & media production in Kathmandu

Show All