CG MOON

CG MOON 100k Followers

09/07/2023

म 'ए प्लस' ल्याएर फेल भएको विद्यार्थी!

हो!
ठिक सुन्नुभयो। बिल्कुलै ठिक। म 'ए प्लस' ल्याएर फेल भएको विद्यार्थी हुँ।

मेरो समाजमा 'ए प्लस', 'बि प्लस', 'सि प्लस', 'डि प्लस'का ठूल्ठूला लक्ष्मण रेखा छन्।

मलाई यो समाज, परिवार र विद्यालयदेखि डरलाग्छ। यदि मेरो ग्रेड 'ए प्लस' भन्दा कम आयो भने, मलाई मेरो छिमेकी, साथीहरूले कस्तो यार केही जान्दैन यो त भन्नुहुन्छ।

मलाई मेरो परिवारले 'हामीले यत्रो सुविधा देको छौं तँलाई। ट्युसन हाल्देको छौं, कोचिङ क्लास छ पुगेन भने अलि लामो समय पढ् ट्युसन म पैसा तिरिदिन्छु तर हाम्रो परिवारको नाक चाहिँ राख्नुपर्छ' भन्नुहुन्छ।

मेरो परिवारले पनि मलाई एकदमै सत्य कुरा भन्नुभएको छ।

जब मेरो ए प्लस ग्रेड आउँछ मेरो समाजले पनि यसको छोरो त पढाइमा हिरो छ भनेर बुवालाई भनिदिन्छन् तर मैले अहिलेसम्म पनि बुझेको छैन खास त्यो 'हिरो' कस्तो हो भनेर!

मेरो तपाईंहरू सबै जनालाई प्रश्न छ- हाम्रो समाजले बनाइदिएका 'ए प्लस हिरोहरू'ले के भोलि हाम्रो समाजकै तिनै मान्छेका समस्या समाधान गर्न सक्लान् त?

हाम्रो समाज, वातावरण, हावापानी, अर्थ व्यवस्थालाई चाहिने जसले मेरो ओखलढुंगामा बस्नुभएकी हजुरआमाको घाउमा मलम लगाउन सकोस्!

जुम्लाको स्याउ, फर्पिङको नासपाती र भोजपुरको खुकुरीको शक्ति चिनेर विश्व बजारमा स्थापित गर्न सक्ला त!

मेरो दाइ नेपालमा काम नपाएर घरकी सानी छोरी पढाउन नसकेर मुटु निचोर्दै विदेशिएको कुरा बुझ्ला त !

यो सबै प्रश्न तपाईंहरूलाई नै छोड्दै छु।

मैले समाज र परिवारको कुरा त गरें। अब पालो आयो विद्यालयको !

मेरो समाजमा दुई प्रकारका विद्यालय छन्, सरकारी र प्राइभेट।

हाम्रो शिक्षा अहिले या त प्राइभेटको कुरा गर्दा व्यापारीकरणको पासोमा छ वा सरकारी यथास्थितिवादको पासोमा।

अब भन्नुस् कुन राम्रो हो?

खै म चाहिँ कुनलाई राम्रो भन्नु आफैं दुविधामा छु त्यसैले त यो लेख्दै छु।

अहिले यो कुरा छोडौं। अब जाऊँ मेरो ग्रेडको विषयमा!

जब मेरो ए प्लस ग्रेड आउँछ विद्यालयमा सबैले वाह ! वाह ! गर्नुहुन्छ। पत्रिकामा छापिन्छ, फोटो टासिन्छ कलेजको भित्तामा।

'कति ट्यालेन्ट छौ तिमी' भन्नुहुन्छ।

के रियल ट्यालेन्ट भनेकै एक्जाममा राम्रो ग्रेड ल्याउनु हो त?

मलाई एउटा कुराको एकदमै डर लाग्छ। के कुरा थाहा छ?

के अबको दस वर्षपछि म त्यही भित्ताको फोटो हेर्न जाँदा कतै त्यो फोटोले मलाई देखेर खित्का छोडी छोडी हाँस्ने त हैन?

हाँस्ने यो अर्थमा कि पढाइको 'हिरो'को अर्थ र परिभाषा बुझाउन।

आज मजस्ता धेरै आवाजविहीन भएर बसेका छन् किनकि हाम्रो यो कुरा कसले सुनिदिन्छ?

कोही छैन!

'तँ तेरो जिन्दगीमा के चाहन्छस्' भनेर कसैले मात्र एकपटक सोधिदिएको भए त हुन्थ्यो नि तर कोही छैन सोध्ने, कोही छैन। म त यसरी कसैले सोधेको भए मज्जाले उसको काखमा डाँको छोडेर रोइदिन्थें।

अब मलाई भन्नुहोस् के म जस्ता धेरै हामीहरूलाई यो कुराको समाधान रूनु मात्र हो त ?

Facebook साभारः

07/07/2023

हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।

दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।

भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?
र, म मात्र अदालतको अवहेलनामा ?

सबैजना मरेका लाशहरु हुन् ?
By B***n Shah

06/07/2023

SEE को नतिजा सार्वजनिक भएको छ।

05/07/2023

६ वैशाखमा उपचारका लागि भारत लैजाने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल ।
१९ असार, काठमाडौं । सरकारले विशिष्टहरुको उपचार खर्च व्यहोर्न नेपालमा उपचार सम्भव नहुने मेडिकल बोर्डबाट सिफारिस लिनुपर्ने हुन्छ । त्यसैको आधारमा सरकारले तिनको स्वास्थ्य उपचार बापतको खर्च व्यहोर्ने गर्छ ।

सादगी नेता भनेर चर्चा गरिएका राष्ट्रपति रामचन्द्र पौडेल गत वैशाखमा उपचारका लागि दिल्ली जानुअघि मेडिकल बोर्डबाट सिफारिस लिएका थिएनन् ।

छातीको समस्याले उपचारका लागि ६ वैशाखमा दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) गएका राष्ट्रपति पौडेल १७ वैशाखमा नेपाल फर्किएका थिए ।

पौडेल नेपाल फर्किएपछि उनको सचिवालयले १९ वैशाखमा एउटा वक्तव्य जारी गर्दै भन्यो, ‘उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’

तर, १२ असारको मन्त्रिपरिषदमा उनको उपचार खर्च सम्बन्धी प्रस्ताव गएसँगै खुल्यो– खासमा राष्ट्रपतिले उपचार खर्च चुक्ता गर्न यसबीचका दुई महिनामा कुनै पहल नै गरेका रहेनछन् ।

राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५ लाख २ हजार २७९ रुपैयाँ सरकारले व्यहाेर्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले अर्थ मन्त्रालयमा लेखेको पत्रमा उल्लेख छ ।

मन्त्रिपरिषद्को निर्णय १५ असारमा परराष्ट्र मन्त्रालयमा पुगेको र परराष्ट्रले १८ असारमा सचिवस्तरबाट निर्णय गरेर अर्थ मन्त्रालयसँग निकासा मागेको हो ।

‘राष्ट्रपतिको सचिवालय तथा परिवारका सदस्यको समेत दैनिक भ्रमण भत्ता कटाएर हवाई भाडा र उपचार खर्चको मात्रै बिल स्वीकृत भएको छ, त्यहीअनुसार १८ असारको साँझ सचिवस्तरबाट निर्णय गरेर (अर्थ मन्त्रालयसँग) निकासा मागिएको हो’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

मन्त्रिपरिषदको निर्णयका आधारमा राजनीतिक व्यक्तिले मनलाग्दी उपचार खर्च लिने प्रचलन बढेपछि जनस्वास्थ्य ऐन–२०७५ ल्याइएको थियो, जसमा नेपालमा सम्भव भएका उपचारका लागि विदेश जाँदा उपचार खर्च नव्यहोर्ने व्यवस्था गरिएको छ ।

ऐनको दफा ३० मा कुनै पनि व्यक्तिले विदेशमा उपचार गरेमा सरकारले खर्च उपलब्ध नगराउने भनिएको छ । ‘कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा उपचारका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’, दफा ३० मा भनिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा पनि नेपालमा उपचार हुन नसकेमा मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउँदा लागेको उपचार खर्च सरकारले व्यहोर्ने उल्लेख छ ।

‘राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहाेर्नेछ’, ऐनमा भनिएको छ ।

यसरी, राष्ट्रपति वा उपराष्ट्रपति अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नुपर्ने भएमा कुरुवा खर्च बापत तीन जनासम्मको मनासिब खर्च सरकारले उपलब्ध गराउने पनि उल्लेख गरिएको छ ।

तर राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लैजाँदा मेडिकल बोर्डको स्वीकृति लिइएको थिएन । वीर अस्पतालका निर्देशक एवं अध्यक्ष रहने मेडिकल बोर्डमा वीर अस्पतालकै मेडिकल र सर्जिकल विभागका प्रमुख पदेन सदस्य रहन्छन् ।

बोर्डका अध्यक्ष डा. सन्तोष पौडेलले सरकारी खर्चमा उपचारका लागि विदेश जानुपरेमा उपचारमा संलग्न चिकित्सकले सिफारिस गर्नुपर्ने र त्यही सिफारिसका आधारमा बोर्डले निर्णय गर्ने प्रचलन रहेको बताउँछन् । तर राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकबाट त्यस्तो सिफारिस नआएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारी भने राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लैजाँदा मेडिकल बोर्डबाट सिफारिस नलिएका कारण उपचार खर्च राज्यले ब्यहोर्न नहुने बताउँछन् ।

‘नियमले राष्ट्रपति पौडेलको उपचारमा लागेको खर्च मेडिकल बोर्डबाट सिफारिस नलिएका कारणले आफैंले नै व्यर्होनुपर्ने हो’, ती अधिकारी भन्छन् ।

‘उपचार नेपालमै सम्भव थियो’

नेपालमा उपचार सम्भव नभएको अवस्थामा विदेश जानुलाई अन्यथा भन्न मिल्दैन । तर, नेपालकै अस्पतालमा उपचार हुने रोगको लागि पनि विदेश जाने क्रम बढिरहेको छ ।

राष्ट्रपतिले उपचार गराएको भारतको अस्पताल एम्सबाटै छाती रोग विषयमा डीएम उपाधि हासिल गरेका तीन जना वरिष्ठ कन्सल्ट्यान्टहरु वीर अस्पतालमा कार्यरत छन् ।

‘वीर अस्पतालमा छातीको उपचारका लागि छुट्टै विभाग समेत छ । एम्सबाटै छाती रोग विषयमा डीएम उपाधि हासिल गरेका अब्बल चिकित्सक छन् । छातीरोगको परीक्षण गर्न अत्याधुनिक उपकरण पनि छ’, यसबारे जानकार एक चिकित्सक भन्छन् ।

तर राष्ट्रपतिको पौडेललाई उपचारका लागि भारत लैजाँदा उनका निजी चिकित्सक छातीरोग विशेषज्ञ डा. निरज बमसहित ७ सदस्यीय चिकित्सकको टोली र परिवारका सदस्य दिल्ली गएका थिए ।

राष्ट्रपति पौडेलको छातीमा पानी जमेका कारण थप परीक्षण र उपचारका लागि भारतको लगिएको थियो । त्यहाँ पनि नेपालमा नै गरिएको उपचार पद्धति अवलम्बन गरिएको चिकित्सकहरु बताउँछन् ।

‘नेता तथा सार्वजनिक पदमा रहेकाहरु सामान्य रोग पत्ता लगाउन पनि विदेश जान्छन् । यस्तो प्रवृत्तिले नेपाली चिकित्सा प्रणालीप्रति आमनागरिकको विश्वास बलियो बन्न सकेको छैन’, एक चिकित्सक भन्छन् ।

संविधानको धारा ३५ मा ‘कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनिएको छ । तर अहिले पनि कयौं नागरिक अस्पतालको मुख नदेखी मृत्युवरण गर्छन् ।

शीतल निवासका एक उच्च अधिकारीका अनुसार राज्यका विशिष्ट पदमा भएका व्यक्ति भारतमा उपचार गर्न गएपछि त्यहाँस्थित नेपाली दूतावासले समन्वय र व्यवस्थापन गर्नु स्वभाविक हो ।

‘त्यस क्रममा उठेको बिल परराष्ट्र मन्त्रालयमा आउनु स्वाभाविक हो । परराष्ट्रले त्यसैका लागि अर्थमन्त्रालयमा पत्राचार गरेको होला’, उनले भने, ‘त्यसपछिका प्रक्रिया शीतलनिवासलाई भन्दा पनि सम्बन्धित निकायलाई जानकारी होला ।’

उपचार खर्च राष्ट्रपति आफैंले व्यहोर्ने तत्कालीन समयको वक्तव्य र अहिको पत्रबारे थप नबुझी औपचारिक रुपमा प्रतिक्रिया दिन नसक्ने भन्दै उनले नाम खुलाउन चाहेनन् ।

27/06/2023

हुनुपर्ने सुन: १०७ किलो ९२४.७५ ग्राम
भएको सुन: १०७ किलो ४७ ग्राम
पानीले बगाएको सुन: ८७७.७५ ग्राम (अर्थात ७५.२५ तोला)
अबधि: ८५० दिनमा
पुरै जलहरी बग्न लाग्ने दिन - आफै निकालौ?
१३ जनाको नाम किन लेखियो? आफै पत्ता लगाउ।
उदघाटन गर्नेको लेख्ने भये भन्डारीको मात्र हुन्थ्यो। र सबैलाइ तेहि बेला थहा हुन्थ्यो , लुकाइन्न थ्यो।
१ तोला = ११.६६ ग्राम वा १०० लाल
१ दिनमा बगेको सुन: १.०३ ग्राम अर्थात ८.८५ लाल
१ तोलाको बजार मूल्य : रु. १,१०,०००
यो हिसाबले प्रत्येक दिन रु. ९७३५ बराबरको सुन पानीले बगायो !
यो घटनाबाट के शिक्षा लिन सकिन्छ त?
यदि तपाइँले १ तोलाको सुनको औठी लगाएर दैनिक नुहाईरहनु भयो भने १२ औ दिनमा तपाईको हातबाट त्यो औठी नै गायब हुनसक्छ ! (Surface area फरक छ है)। साच्ची कति दिनमा गायब होला आफै पत्ता लगाउ।
तसर्थ बिरोध नगरौ, सतर्क रहौ !
नुहाउदा र स्विमिंग खेल्दा सुन फुकाल्ने बानी बसालौ !!
धन्यबाद

काठमाडौं महानगरपालिकामा बालेन शाहले गरेका काम तथा कारबाही ट्राफिकको रिपोर्टको आधारमा यहि कडाइको कारणले गर्दा काठमाडौको ट...
23/06/2023

काठमाडौं महानगरपालिकामा बालेन शाहले गरेका काम तथा कारबाही
ट्राफिकको रिपोर्टको आधारमा यहि कडाइको कारणले गर्दा काठमाडौको ट्राफिक ५ मिनेट चाडो भएको छ ।
धन्यवाद सबैलाई यो अभियानमा साथ दिनु भएकोमा ।

23/06/2023

जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।
By B***n Shah

कैलालीका १६ वर्षिय पारस साउदले करिब रु. 1 लाख पर्ने इलेक्ट्रिक बाइकको निर्माण गरेका छन ।जसले एकै चार्जमा 80 किलोमिटर यात...
22/06/2023

कैलालीका १६ वर्षिय पारस साउदले करिब रु. 1 लाख पर्ने इलेक्ट्रिक बाइकको निर्माण गरेका छन ।जसले एकै चार्जमा 80 किलोमिटर यात्रा गर्न सक्छ र 60 किलोमिटर प्रति घण्टाको उच्च गति प्रदान गर्दछ।

CG MOON

काठमाडौं महानगरपालिका भित्र बालेन शाह ले आज देखि कुनै पनि हिन्दी फिल्महरुको प्रदसनीमा  रोक लगाइएको छ।
19/06/2023

काठमाडौं महानगरपालिका भित्र बालेन शाह ले आज देखि कुनै पनि हिन्दी फिल्महरुको प्रदसनीमा रोक लगाइएको छ।

18/06/2023

यो "आदिपुरुष" भन्ने भँडास त प्रतिबन्धनै लाग्नु पर्ने चिज रैछ, फिलिमको डाइलग लेख्नेकै दिमाग एस्तो रैछ बाँकिको हाल के होला ?😂😂

1903/04 आसपामा भारतबाट स्वतन्त्र भएको अरे नेपाल 😂😂😂

Bale Shaha ले भने दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  सब्द जबसम्म नेपालमा मात्र नभै ...
16/06/2023

Bale Shaha ले भने दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
By B***n Shaha

15/06/2023

रास्वपाको प्रस्ताव : प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काम यस्तो गर्नुस कि सबैले भनुन यो चै प्रधानमन्त्री बन्नु पर्ने मान्छे हो ! ❤️🇳🇵
14/06/2023

काम यस्तो गर्नुस कि सबैले भनुन

यो चै प्रधानमन्त्री बन्नु पर्ने मान्छे हो ! ❤️🇳🇵

  अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका युवक विजय शाही केही समयदेखि गुमनाम थिए । अहिले फेरि उनी अर्...
13/06/2023

अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका युवक विजय शाही केही समयदेखि गुमनाम थिए । अहिले फेरि उनी अर्को झनै अपत्यारिलो कुरा गर्दै ‘Comeback ’ भएका छन् ।

उनी भन्छन,-"मान्छे मरेको ८ घन्टाभित्र खबर गर्नुस्, कुदेर आउछौं र फेरि जीवित पार्छौं। हामीले पूर्वमन्त्रीज्यूकै अगाडि मरेको चरा बचाइदिएका छौं । पूर्वमन्त्रीज्यू आफैंले चरा मार्नुभयो, त्यसलाई हाम्रो टीमले फेरि ज्यूँदो बनाइदियोचरामा गरिएको परीक्षण सफल भएपछि अब मान्छेमा गर्न लागेका छौ। यसका लागि भर्खरै मरेको ताजा लास खोज्न अस्पताल जान लागेको छु।"

यस्तो हुनुपर्छ नेपाल र नेपालीकै हित हुन्छ।
13/06/2023

यस्तो हुनुपर्छ नेपाल र नेपालीकै हित हुन्छ।

12/06/2023

लडाई सकिएपछि ....
एक सिपाहीले क्याप्टेनसँग भन्यो –ः सर ! मेरो साथी युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाई लिन जान्छु ।

क्याप्टेन–ः के लिन जान्छस् छोड्दे । यति बेलासम्म त्यो मरिसक्यो ।

क्याप्टेनको कुरा नसुनी ऊ साथी भएतिर जान्छ र केही समयपछि उक्त साथीको लास लिएर आउँछ । तब क्याप्टेनले भने छ–ः मैले भनेको थिए, ऊ मरिसक्यो भनेर ।

सिपाही भन्छ – सर ! जब म त्यहाँ पुगे, ऊसँग अन्तिम ढुकढुकी मात्र बाँकी थियो । तब साथीले मुस्कुराउँदै भन्यो ‘साले ! मलाई थाहा थियो, तँ जरूर आउँनेछस् ।’ यति भनेर मलाई अङ्गालो हाल्यो अनि प्राण त्याग्यो । सर ! मैले मेरो साथीलाई बचाउन सकिन तर मैले साथीलाई उसको अन्तिम घडीमा आफ्नो न्यानो अंगालो दिन पाए । अन्तिम पल त्यो माथी यो बिरानो ठाँउमा उसको पनि आफ्नो भन्ने भावना दिलाउँन पाएँ । साथीको विश्वास दिलाउन पाए । अन्तिम साससम्म साथ दिन पाए ।

साभार

10/06/2023

'अखण्ड भारत' नामक नक्साको जवाफ कसरी दिनुहुन्छ ? मतदान गर्नुहोस् ।
(क) संसद भवनमा ग्रेटर नेपालको नक्सा राखेर
(ख) सगरमाथा चुचुरोमा हिमवत खण्डको झण्डा
(ग) कञ्चनजङ्गामा किराँत साम्राज्यको चित्र कुँदेर
(घ) त्यसले टोक्यो भन्दैमा आफुले नटोकेर
(ङ) उसले आफ्नोमा राख्नु त्यसको अधिकार हो
(च) हामीले हाम्रोमा राख्नु हाम्रो अधिकार हो
(छ) हाम्राहरुले बोल्न नसक्नु धिक्कार हो
(ज) अन्य 👇️

B***n Shah ले आफ्नो कार्यकक्ष मा ग्रेटर नेपाल काे नक्सा राखेपछि इन्डियन मीडिया हरू लगायत भारतीय पत्रपत्रिका हरुमा तबाही ...
10/06/2023

B***n Shah ले आफ्नो कार्यकक्ष मा ग्रेटर नेपाल काे नक्सा राखेपछि इन्डियन मीडिया हरू लगायत भारतीय पत्रपत्रिका हरुमा तबाही मच्चाएका छन् ❤️
हट्ने हैन डटी लढ्ने नेपाली काे बानी हुन्छ .....❤️

Address

Kathmandu
44600

Opening Hours

Monday 11:00 - 17:00
Tuesday 11:00 - 17:00
Wednesday 11:00 - 17:00
Thursday 11:00 - 17:00
Friday 11:00 - 17:00
Sunday 11:00 - 17:00

Telephone

+9779861177387

Alerts

Be the first to know and let us send you an email when CG MOON posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CG MOON:

Videos

Share