Nepali news

Nepali news सत्य समाचारका मा सधै अगाडी सहि र तथ्यमा विश्वास हेरेक पल तपाईं को साथ नेपाली न्यूज ।।

समाज कल्याण  विधार्थी  समितिले भोलि शनिबार  टीकापुर पार्क सरसफाई अभियान  आयोजना गरेको छ! तस्वीर : Rijan Rawal
24/11/2023

समाज कल्याण विधार्थी समितिले भोलि शनिबार टीकापुर पार्क सरसफाई अभियान आयोजना गरेको छ!
तस्वीर : Rijan Rawal

यूएईले नेपाललाई ४ विकेटले पराजित गरी नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलम...
27/10/2023

यूएईले नेपाललाई ४ विकेटले पराजित गरी नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा यूएईले १ सय ६३ रनको मध्यम लक्ष्य १ बल अगाडि पुरा गर्‍यो । Laxman Jaishi साझा समाचार ICC Cricket World Cup

काठमाडौंबाट रौतहटको पिप्राबजारतर्फ आउँदै गरेको ना ६ ख १४६३ नम्बरको बडिगार्ड बसको ठक्करबाट माधवनारायण नरपालिका–६ का ६५ वर...
27/10/2023

काठमाडौंबाट रौतहटको पिप्राबजारतर्फ आउँदै गरेको ना ६ ख १४६३ नम्बरको बडिगार्ड बसको ठक्करबाट माधवनारायण नरपालिका–६ का ६५ वर्षीय ब्रम्हदेव दास तत्माको घटनास्थलमै मृत्यु भएको हो । Laxman Jaishi साझा समाचार

श्री संवत् २०८० सालको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा निर्णीत दशैंको शुभ साइत !
04/10/2023

श्री संवत् २०८० सालको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा निर्णीत दशैंको शुभ साइत !

आज दिउँसो ३:१५ बाट सुरु हुने खेल मा तपाईं कस्को समर्थक हो नि ?
02/09/2023

आज दिउँसो ३:१५ बाट सुरु हुने खेल मा तपाईं कस्को समर्थक हो नि ?

नेपाल र भारत सोमबार श्रीलंकाको क्यान्डीमा एसिया कप क्रिकेटमा आमनेसामने हुँदा मोन्टी देसाई र राहुल द्रविड फेरि एकपल्ट मैद...
02/09/2023

नेपाल र भारत सोमबार श्रीलंकाको क्यान्डीमा एसिया कप क्रिकेटमा आमनेसामने हुँदा मोन्टी देसाई र राहुल द्रविड फेरि एकपल्ट मैदानमा सँगै हुनेछन् । द्रविड प्रशिक्षक रहेको भारत एकरुपको प्रदर्शन गर्ने दाउमा छ भने मोन्टीले नेपाललाई टेस्ट राष्ट्रको अनुभव गराइरहेका छन् ।

नेपाल र भारत सोमबार श्रीलंकाको क्यान्डीमा एसिया कप क्रिकेटमा आमनेसामने हुँदा मोन्टी देसाई र राहुल द्रविड फेरि ए....

एसियाकप खेल्न नेपाली टिम पाकिस्तानमा
23/08/2023

एसियाकप खेल्न नेपाली टिम पाकिस्तानमा

पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित कट्टरपन्थी राजनितिक तथा मुस्लिम नेताका समर्थकहरूको प्रदर्शनमा शक्तिशाल...
30/07/2023

पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित कट्टरपन्थी राजनितिक तथा मुस्लिम नेताका समर्थकहरूको प्रदर्शनमा शक्तिशाली बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । साथै ५० जनाभन्दा धेरै घाइते भएका छन् ।Laxman Jaishi साझा समाचार

पाकिस्तान ‘ए’ ले चिरप्रतिद्वन्द्वी भारत ‘ए’ लाई पराजित गर्दै एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटको उपाधि रक्षा गरेको छ ...
23/07/2023

पाकिस्तान ‘ए’ ले चिरप्रतिद्वन्द्वी भारत ‘ए’ लाई पराजित गर्दै एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटको उपाधि रक्षा गरेको छ । पाकिस्तानले आइतबार कोलम्बोमा भएको फाइनलमा भारतलाई १ सय २८ रनले पराजित गर्‍यो ।

टीकापुर नगरपालिका सार्वजनिक बिदा बारेको सुचना
17/07/2023

टीकापुर नगरपालिका सार्वजनिक बिदा बारेको सुचना

सरकारले सर्वाेच्च अदालतबाट पनि जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीको कैद सजाय माफी गरेको छ ।मन्त्रिपरिषद्को जेठ १२ र १४ ग...
28/05/2023

सरकारले सर्वाेच्च अदालतबाट पनि जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीको कैद सजाय माफी गरेको छ ।

मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले रेशमको जन्मकैद सजाय माफी गर्ने निर्णय गरेका छन् ।

नव वर्ष २०८० को मावन अवसर सम्पूर्ण नेपाली  आमा बुबा दाजु भाई तथा दिदि बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना ।।
14/04/2023

नव वर्ष २०८० को मावन अवसर सम्पूर्ण नेपाली आमा बुबा दाजु भाई तथा दिदि बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना ।।

नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेल जित्न २ सय १३ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्त...
21/02/2023

नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेल जित्न २ सय १३ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्ता पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भयो । साझा समाचारLaxman Jaishi

नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेल जित्न २ सय १३ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेपछि ब्याटिङ.....

टिकापुर नगरपालिका को १२औ नगर सभाका केही दृश्य
05/02/2023

टिकापुर नगरपालिका को १२औ नगर सभाका केही दृश्य

बिधा की देवी सरस्वतीको दिन अनि धेरै जनाको अक्षराम्भ भएको अनि कलम किताब, मसी, सिसाकलम अनि पुस्तक संगको प्रथम साक्षात्कार ...
26/01/2023

बिधा की देवी सरस्वतीको दिन अनि धेरै जनाको अक्षराम्भ भएको अनि कलम किताब, मसी, सिसाकलम अनि पुस्तक संगको प्रथम साक्षात्कार भएको दिन। हरेक पुस्तकका पाना अनि अक्षरहरुमा बिधा की देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शव्दमालामा सदैव रहिरहोस् । बिधाको कमी यस भूमिमा कदै नहोस् । सरस्वती पुजा को अबसरमा सम्पूर्ण शिक्षक,विद्यार्थी लगायत , सम्पूर्ण नेपाली मा हार्दिक मंगलमय शुभकामना ।
तस्बिर साभारः साझा समाचार

बाजुरामा गोली चल्दा तीनजना घाइते, एकको अवस्था गम्भीरबाजुरामा गोली चल्दा तीनजना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपाल...
20/11/2022

बाजुरामा गोली चल्दा तीनजना घाइते, एकको अवस्था गम्भीर

बाजुरामा गोली चल्दा तीनजना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका–७ मा गोली चल्दा ३ जना घाइते भएका हुन् ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार मतदानका क्रममा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका हुन् ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत् घाइतेहरुलाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार घाइतेहरुको पहिचान हुन सकेको छैन ।
Nepali news
स्रोत:news24

18/11/2022

सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्याइएको छ । मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित एक हजार पाँच सय ५८ कर्मचारी र एक हजार आठ सय सुरक्षाकर्मी खटाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिनुभयो । निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री मतदानस्थल पुर्याएका छन् ।

दश स्थानीय तह रहेको खोटाङमा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्रमा चारवटाका दरले मतपेटिका पठाइएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिनुभयो ।

मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भङ्ग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्ने जनाइएको छ । आजबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा मत गणनास्थल तयारीको काम सुरु गरिने जनाइएको छ ।

आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार सात सय ९२ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४४ हजार चार सय ७४ मतदाता थिए । जिल्लामा एक प्रतिनिधिसभासहित दुई प्रदेशसभाको लागि निर्वाचन हुँदैछ ।

केही क्षेत्रमा गठबन्धनका दलबीच नै प्रतिस्पर्धा हुने   सत्ता गठबन्धनका चार दलभित्र सहमति हुन नसकेका क्षेत्रमा मित्रवत् प्...
28/10/2022

केही क्षेत्रमा गठबन्धनका दलबीच नै प्रतिस्पर्धा हुने

सत्ता गठबन्धनका चार दलभित्र सहमति हुन नसकेका क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सबै क्षेत्रमा साझा उम्मेदवार तय गर्न नसकेपछि सत्तारूढ दलभित्रै प्रतिस्पर्धा हुने भएको हो ।

बैठकपछि निकालिएको विज्ञप्तिमा केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ र ती ठाउँमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको उल्लेख छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निकाल्नुभएको संयुक्त विज्ञप्तिमा विभिन्न ठाउँमा देखिएका विवाद मिलाउन प्रतिबद्ध रहेको उल्लेख छ । सहमति भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

28/10/2022

११ कार्तिक २०७९, शुक्रबार

देशभर चिसो बढ्दै

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका हुन् । तापक्रम घटेका कारण चिसो महशुस भएको उनले बताए ।

उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गरे । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले जानकारी दिए ।

वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे । अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताए । उनले डिसेम्बर महिनाको शुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गरे ।

उनले भनेका छन्, ‘विस्तारै गर्मी समय सकिएर जाडोयाम तिर छिर्दैछौँ । मनसुनी वर्षा, गर्मीको समय थियो भने त्यो सकिएर अब हामी पोस्ट मनसुनमा लागेका छौँ । यो गर्मी सकिएको जाडो आउन लागेको अवस्था हो । अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन । यद्यपि मनसुन सकिएदेखि गतहप्ता देखि नै देशभरीको तापक्रम घट्दै गएको छ । रेकर्डेड तथ्याङ्कले पनि त्यहि भन्छ ।’

उनले थपे, ‘आज जुम्ला, जोमसोम, जिरी लगायतको क्षेत्रमा एक, जिरो डिग्रीको हाराहारीमा छ रातिको न्युनतम तापक्रम । जुन जाडो बढाउने तापक्रम हो । काठमाडौंमा पनि ११ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ आज बिहानको । त्यसैले तापक्रम घटेर चिसो महशुस भएको हो । यही किसिमले घट्दै घट्दै जान्छ भन्ने त छैन । कहिलेकाहीँ त्यही रेन्जमा रहने, कहिलेकाहीँ एक, दुई डिग्री बढ्ने पनि त्यस्तो खालको अक्टोबर, नोभेम्बर महिनामा त्यो रहन्छ ।’

उनले फेरि भनेका छन्, ‘जब डिसेम्बर शुरु हुन्छ, त्यसपछि बिस्तारै तापक्रमहरु घट्दै जाने, जाडो हुँदै जाने गर्दछ । यो महिनामा तुरुन्त त्यस्तो पानी पर्ने प्रणाली त छैन । तर बिस्तारै पश्चिमी वायुको प्रभाव रहेको हुनाले, पश्चिमी वायु कहिलेकाहीँ हिमालतिरबाट पनि आइदिन्छ । त्यसले गर्दा चिसो हुने, तापक्रम घट्ने देखिन्छ । त्यो भएर यो हप्ता त्यस्तो खालको चिसो देखिएको हो । प्राकृतिक रुपमा भएको हो ।’

Neapli news

यस्तो छ ग्रस्तास्त खण्डग्रास सूर्यग्रहणको सामूहिक प्रभावकार्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग...
25/10/2022

यस्तो छ ग्रस्तास्त खण्डग्रास सूर्यग्रहणको सामूहिक प्रभाव
कार्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दै छ। यो एउटा निश्चित समयको अन्तरालमा नियमित तथा अनिवार्य रूपमा हुने प्राकृतिक आकाशीय घटना हो। २७ वर्षको अन्तरालमा कार्तिक महिनामा पहिलो पटक सूर्यग्रहण देखिँदै छ। भोलि ८ गते मङ्गलबार, तुला राशिमा स्वाती नक्षत्रको पहिलो चरणमा ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण देखिने छ।

यो ग्रहण चलनको पात्रो अनुसार साँझ ४स्५२ मा सुरू भएर सूर्यास्त हुने समय ५:२४ सम्म देखिने हुन्छ। ग्रहणको जम्मा ३२ मिनेट मात्र सर्वपर्व काल(ग्रहण लाग्ने सम्पूर्ण समय) रहेको बुझिन्छ। ठीक २ वर्ष ४ महिना अघि नेपाली आकाशमा ७७ असार ७ गतेको खण्डग्रास सूर्यग्रहण ३ घन्टा ३३ मिनेट थियो।

नाशाको वेवसाइटमा यो पटकको ग्रहण युरोप,उत्तर अफ्रिका, मध्य पूर्व र त्यसैगरी पश्चिम एशियाबाट देखिने भनेर उल्लेख गरेको छ। यो भन्दा अगाडि २०५२ सालमा पनि यो वर्ष जस्तै कार्तिकको औंसी मङ्गलबार तुला राशिमा नै खण्डग्रास सूर्यग्रहण थियो तर त्यो बेला भने बिहानको समयमा थियो यसपटक साँझमा र ग्रस्तास्त पनि छ।हिनानुसार ग्रहणफलः जुन चान्द्रमासमा ग्रहण देखिन्छ, त्यस महिनानुसार फल यस्तो छ – कार्तिक महिनामा ग्रहण हुँदा – अग्निजीवी (आगोले पगाल्नुपर्ने सुन,फलामको कामगर्ने, बेकरी, रेस्टुरेन्ट चलाउनेहरू, सेकुवा वा तन्दूरीको कामगर्ने , मदिराको फैक्ट्री भएका, बिजुली दियो,सलाई, पटाखा, तेजाब, पेट्रोल, तेल, ग्याँस) आदिबाट जीविका चलाउनेहरूलाई कष्ट हुनसक्छ। मगध देश, पूर्वी प्रदेशहरूका अधिपति, भारतको अयोध्या, मथुरा र काशीमा निवास गर्नेहरूलाई कष्ट हुन्छ। भारतको उडीसा प्रदेश, मन्त्रिहरू र सचिवहरूलाई पनि विशेष कष्ट, प्रायः सबै राजाहरू अर्थात् देश एवं प्रदेशहरूका अधिपति सर्वोच्च शासकहरू मुख्य मन्त्री आदिमा हडकंप हुने मानिन्छ। वर्षा र कृषि उब्जाउका लागि भने कार्तिक महिनाको ग्रहण शुभ मानिन्छ। (बृ.सं ५/६९) प्राचीन ऋषिहरूले गहिरो अध्ययन, र अनुसन्धान तथा चिन्तन मननद्वारा परिक्षण गरेर हामीहरूको कल्याणका लागि जुन कुराहरूको बारेमा संकेत गरेका छन् ती कुरा अहिलेको आधुनिक समयमा पनि कुनै न कुनै रूपमा धेरै हदसम्म मिल्न गएको देखिन्छ।

यो वर्षको राजा शनि हुनु तथा विशेषगरी यो कार्तिक पूर्णिमा र कृतिका नक्षत्रको संयोगले विचार गरिने चौथो आर्षमान अति कमजोर हुनु त्यति शुभ होइन। यो वर्ष गर्मी हुनुपर्ने जेठ महिना ऋतुको धर्म विपरित जाडो हुनु लगायतका लक्षणहरू पनि विचार गर्दा आउने नजिकैका ६ महिना माथि उल्लेख भएका लगायत सबै पक्षले हेलचेक्र्याई नगरी सबै दृष्टिकोणले विशेष सजगता अपनाउनु नै सबैको लागी शुभ रहन सक्छ।

यो सूर्यग्रहणले सबै राशिका व्यक्तिलाई पार्न सक्ने प्रभावः वृष,सिंह, धनु, मकर राशि भएका व्यक्तिलाई जन्म राशिदेखि क्रमशः ६, ३,११ र १० वौं राशिमा स्थित ग्रहण भएकाले सुखदायी हुन्छ। कन्या, मिथुन, मेष, र कुम्भ राशि भएका व्यक्तिलाई जन्म राशिदेखि क्रमशः२, ५, ७, र ९वौं राशिमा स्थित ग्रहण भएकाले मध्यम फलदायी हुन्छ। तुला, कर्कट,मीन र वृश्चिक राशि भएका व्यक्तिलाई जन्म राशिदेखि क्रमशः १, ४, ८ र १२वौं राशिमा स्थित ग्रहण भएकाले अशुभ फलदायी मनिन्छ। धर्मशास्त्रमा ग्रहण लागेका बेला विशेष काम, खानपान, मनोरञ्जन, खेलकुद, शयन, शृंगार, मंगलमय धार्मिक कृत्य, मूर्तिस्पर्श आदि गर्न निषेध गरिएको छ। ग्रहणका बेला मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ।

कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्युकैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृ...
24/10/2022

कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु
कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु भएको छ ।

जिल्लाको कैलारी गाउँपालिका ३ भर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरीको थ्रेसरमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले आफ्नै घर नजिकै खेतमा धान थ्रेसरमा बेरिएर मृत्यु भएको बताए ।उनका अनुसार चौधरीको टाउकोमा बाँधेको पटुकी थ्रेसरमा फसेर बेरिएपछि मृत्यु भएको हो ।
स्रोत अनलाइन खबर

एपीएफले जित्यो नवौं राष्ट्रिय खेलकुदमा फुटबलको स्वर्णसशस्त्र प्रहरी बलको एपीएफ क्लबले नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटब...
20/10/2022

एपीएफले जित्यो नवौं राष्ट्रिय खेलकुदमा फुटबलको स्वर्ण

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलको स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा बिहीबार सम्पन्न सनसनीपूर्ण फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी शुटआउटमा ६–५ ले हराएर स्वर्ण जितेको हो ।
आठौं राष्ट्रियमा पनि एपीएफले आर्मीसॅगै पराजित भएर स्वर्ण पदक गुमाएको थियो । सातौंमा एपीएफले आर्मीमाथि जित रचेको थियो ।

पेनाल्टी शुटआउटमा एपीएफबाट नवीन लामा, आभाष लामिछाने, सुदीप सिख्राकार, राजु योगी, दिपेश धिमाल, मणि लामाले गोल गरेका थिए । सनिश श्रेष्ठको पेनाल्टी खेर गएको थियो ।

आर्मीका लागि नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सीमान्त थापा, विवेक बस्नेत र विकास खवासले गोल गरेका थिए । सेसेहाङ आङदम्बे र सुमन अर्यालको प्रहार विपक्षी गोलकिपर राजु योगीले बचाए ।

सुरुका ५–५ पेनाल्टी प्रहारमा ४–४ गोल भएपछि खेलको निर्णय सडनडेथमा गएको थियो । निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन सकेको थिएन ।

नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रम सुरु हुँदै छ ।
स्रोत:कान्तिपुर
लक्ष्मण जैशि नेपाली न्यूज

18/06/2022

एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपालले आज शनिवार कुवेतसँग खेल्दैछ । खेल मलेसियाको किनरारा मैदानमा नेपाली समयअनुसार दिउँसाे पाैने १ बजे सुरु हुनेछ ।

नेपालले हिजो शुक्रवरा भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपालको दुई अङ्क रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन भएको थियो । कुवेतसँग नेपालले यसअघि खेलेका दुई खेलमा जित निकालेको छ ।

च्याम्पियनशिपमा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह 'बी' मा छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । नेपालले आउँदाे साेमवार बहराइन र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्नेछ ।

च्याम्पियनशिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

18/06/2022
सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३६ ...
15/06/2022

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गर्नुभएको हो ।

सरकारले कुल बजेटमध्ये चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार (३३.४६ प्रतिशत) र पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपियाँ (६५.७४ प्रतिशत) बजेट विनियोजन गरेको छ ।

यसैगरी, सरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४० लाख (३.७१ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपियाँ (०.८२ प्रतिशत) बजेट विनियोजन भएको मन्त्री रावलले बताउनुभयो ।

Address

Kailali

Alerts

Be the first to know and let us send you an email when Nepali news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share