गजबको TV

गजबको TV तपाईलाई हाम्रो। पेजमा स्वागत छ । नयाँ

सत्य तथ्य  हरेक खबरका लागि गजबको TV को पेज लाइक र फलो गर्नुहोस् ।
29/06/2024

सत्य तथ्य हरेक खबरका लागि गजबको TV को पेज लाइक र फलो गर्नुहोस् ।

28/06/2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा 8 महिना देखि फरार, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन ।

Sad News : झापाको पृथ्वीनगरमा धारिलो हतियार सिक्कल प्रयोग गरी ७० वर्षीया गौरीमाया तामाङलाई सोही ठाउँका ४० वर्षीय राजेश त...
28/06/2024

Sad News : झापाको पृथ्वीनगरमा धारिलो हतियार सिक्कल प्रयोग गरी ७० वर्षीया गौरीमाया तामाङलाई सोही ठाउँका ४० वर्षीय राजेश तामाङले हत्या गरेको प्रहरीले जनाएको छ l

दक्षिण क्षेत्रकै उत्कृष्ट बन्यो विद्या निकेतन सेकेन्डरी स्कुलझापा । हालसालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई)को न...
28/06/2024

दक्षिण क्षेत्रकै उत्कृष्ट बन्यो विद्या निकेतन सेकेन्डरी स्कुल
झापा । हालसालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई)को नतिजामा कचनकवल-६ मा अवस्थित विद्या निकेतन सेकेन्डरी स्कूल कचनकवल गाउँपालिका मात्र नभई झापा जिल्लाको दक्षिणी क्षेत्रकै उत्कृष्ट भएको छ ।
परीक्षामा सम्मिलित ३७ जना विद्यार्थीहरु मध्ये उक्त विद्यालयकी विद्यार्थी स्वेक्षा भट्टराईले ३.७८ जीपिए सहित दक्षिण क्षेत्र टप गरेकी हुन् । त्यस्तै, प्रसान्त चौहानले ३.७० जीपिए, उत्सव ओझाले ३.६६ जीपिए सहित ३.२ भन्दा माथि जीपिए हाँसिल गर्ने ८ जना, २.८ भन्दा माथि जीपिए हाँसिल गर्ने ९ जना,२.४ भन्दा माथि जीपिए हाँसिल गर्ने १० जना साथै अन्य विद्यार्थीहरु पनि राम्रो जीपिए सहित उत्तीर्ण भएका छन् ।
कचनकवलकै अब्बल शिक्षण संस्थाका रुपमा अग्रसर रहेको विद्या निकेतन सेकेन्डरी स्कुलले भौतिक पूर्वाधार, शिक्षण पद्दति पनि सोहि अनुसारको अवलम्वन गर्दै आएको छ । विद्यालयका प्रिन्सिपल गोविन्द राजवंशीले शैक्षिक गुणस्तर वृद्धिका लागि गरेका अभ्यास, विभिन्न क्षेत्रसँगको सहकार्यको नतिजा यस वर्षको रिजल्ट रहेको बताए । उनले भने, ' गत वर्ष पनि 3.85 GPA सहित दक्षिण क्षेत्र टप गरेको थियो, यस वर्ष पनि सन्तोषजनक नै छ र आगामी वर्ष क्रमशः थप राम्रो बन्दै जान्छ, यस्तो नतिजा शैक्षिक मात्र नभई सबै क्षेत्रमा आउँछ, आउनुपर्छ ।
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न विषय विज्ञहरुद्वारा विभिन्न कृयाकलापमा सहभागी गराउँदै आएको विद्या निकेतनले शैक्षिक गुणस्तरका लागि पनि नवीन शिक्षण पद्धति अवलम्बन गर्दै आएको छ।
'हामीले देखेको सपना र गरेको लगानीलाई अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीले गरेको मेहनतको प्रतिफल रहेको उक्त विद्यालयका एकेडेमिक को-अर्डिनेटर प्रदिप थापाले भने, 'सबै क्षेत्रमा उत्कृष्टता हाँसिल गर्दै यस विद्या निकेतन सेकेन्डरी स्कूल कचनकवलकै उत्कृष्ट शिक्षा प्रदान गर्ने संस्थाको रुपमा स्थापित हुने लक्ष्य लिएको छ ।'
साभार Kajikhabar.com

झापाको कचनकवल गा.पा.मा कुन विद्यालयमा कती उतिर्ण भए। एस.इ.इ. परीक्षामा को रिजल्ट बिवरण ।
28/06/2024

झापाको कचनकवल गा.पा.मा कुन विद्यालयमा कती उतिर्ण भए।
एस.इ.इ. परीक्षामा को रिजल्ट बिवरण ।

झापाको कचनकवल गा.पा.को मुटु बनियानीमा रहेको एक मात्र माध्यमिक बिद्यालय लक्ष्मी माध्यमिक विद्यालयको एस.इ.इ. परीक्षामा 0% ...
28/06/2024

झापाको कचनकवल गा.पा.को मुटु बनियानीमा रहेको एक मात्र माध्यमिक बिद्यालय लक्ष्मी माध्यमिक विद्यालयको एस.इ.इ. परीक्षामा 0% पास भएको पाइएको छ। शिक्षकहरु आफ्नो कर्तब्य भन्दा अन्य काममा केन्द्रिक हुनु, राजनीतिक आडमा बिद्यार्थीको पढाई प्रति जवाफ देहि नहुनु, केहि मुट्ठी भरका शिक्षकहरु मनोमानी गर्नु आदि कारणले यस्तो नातिजो आएको अभिभावक हरुको अरोप रहेको छ।

भारतिय कलाकार नेपालका ज्वाइँ गोविन्द आफ्नी पत्नीसँग नेपाली पोशाकमा🥰
27/06/2024

भारतिय कलाकार नेपालका ज्वाइँ गोविन्द आफ्नी पत्नीसँग नेपाली पोशाकमा🥰

पाँचथर जिल्लाको तुम्बेवामा रहेको एक आधारभुत विद्यालयको नाम कसरी गर्भवती  रहन गयो होला 🤔🤔🤔 ?
26/06/2024

पाँचथर जिल्लाको तुम्बेवामा रहेको एक आधारभुत विद्यालयको नाम कसरी गर्भवती रहन गयो होला 🤔🤔🤔 ?

26/06/2024

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस २६ जुन,२०२४ मनाउने सन्दर्भमा जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड तथा जिल्ला ट्राफिक कार्यालय बिर्तामोडको संयुक्त आयोजनामा झापा जिल्लाका स्थानीय जनप्रतिनिधिहरु, सरकारी निकायका पदाधिकारीज्यूहरु, स्थानीय भद्रभलाद्मी,शिक्षक तथा विद्यार्थीहरु सहित अन्दाजी १००० जनाको सहभागीतामा लागु औषधको असर, कानुनी व्यवस्था र यसबाट कसरी बच्न सकिन्छ भन्ने सल्लाह,सुझाव सहितको प्रभावकारी कार्यक्रम बिर्तामोडको सिटि सेन्टरमा सम्पन्न भएको छ ।

यो दृश्य सुदुरपश्चि्म विकट कर्णाली  को हो ।  युवा जती खाडीमा बिरामी होस् या मरेको लास उठाउन सम्म पनी अब  गाँउमा छोरा मान...
24/06/2024

यो दृश्य सुदुरपश्चि्म विकट कर्णाली को हो । युवा जती खाडीमा बिरामी होस् या मरेको लास उठाउन सम्म पनी अब गाँउमा छोरा मान्छे पाउन मुस्किल । वाउ मेरो देश

 #आँपकोलागी_कुटाकुट_गरी_कचनकवलमा_७जना_घाईते।झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँप...
23/06/2024

#आँपकोलागी_कुटाकुट_गरी_कचनकवलमा_७जना_घाईते।

झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको छ ।
शनिबार बेलुका कचनकवल गाउँपालिका–४ खुट्टामुनी जंगलटोलका मुस्ताक मियाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मियासँग झगडा र कुटपिट गर्दा दुई पक्षका सातजना घाइते भएका छन्
कुटाकुटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिया, २५ वर्षीय समसेर मिया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३० वर्षीय लालबाबु मिया, २० वर्षीय अर्फिन मिया, ५० वर्षीया लेजिना मिया र ३९ को समसोधिन मिया घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि ओमसाई पाथिभारा अस्पताल भद्रपुरमा ल्याएको छ । सबैको अवस्था सामान्य रहेको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी नायव निरीक्षक र बिओपी केचनाबाट सशस्त्र प्रहरी निरीक्षक समेतको टोली खटिएको जनाइएको छ ।
Daily Highlight ゚

याे माेटरसाईकल आज वेलुकि ५ बजेतिर बिरिङ पुल कनकाई नगरपालिका ८ मा दुर्घटनामा परेकाे छ । यसमम सवार महिला घाइते रहनुभएकाे छ...
18/06/2024

याे माेटरसाईकल आज वेलुकि ५ बजेतिर बिरिङ पुल कनकाई नगरपालिका ८ मा दुर्घटनामा परेकाे छ । यसमम सवार महिला घाइते रहनुभएकाे छ । उहाँ हाल उपचारका क्रममा विर्तासिटि अस्पतालमा रहनुभएकाे छ उक्त स्कुटि चिन्नुहुने महानुभावले चाडाे विर्तासिटि अस्पतालमा सम्पर्क राख्नुहाेला । पाेस्टलाई शेयर गरिदिनुहाेला।

स्रोत - कन्काइ अन्लाईन!

16/06/2024

Sad News :- झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथिभरा होटल एन्ड लजमा सुर्योदय ४ इलाम निवासी ३८ बर्षिय कर्मा शेर्पा नाम गरेका ब्यक्ती झुन्डिएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।

Best of luck team Nepal🇳🇵against South Africa 🇿🇦        Play strong and make us proud !
14/06/2024

Best of luck team Nepal🇳🇵against South Africa 🇿🇦
Play strong and make us proud !





Breaking: सन्दिप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश
10/06/2024

Breaking: सन्दिप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश

08/06/2024

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:-********मिति २०८१ जेष्ठ २५ शुक्रबार, जिल्ला प्रहरी कार्यालय झापा ।           न...
07/06/2024

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:-
********
मिति २०८१ जेष्ठ २५ शुक्रबार, जिल्ला प्रहरी कार्यालय झापा ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको चलानी नम्बर च.नं.७६७३ को पत्र आदेशले प्रहरी बरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा र चलानी नम्बर ७६७४ को पत्रले प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका कार्यालय प्रमुख मिलन के.सी. ज्युबाट दर्ज्यानी चिन्ह सुशोभन गर्नु भई बधाई तथा शुभकामना सहित आवश्यक निर्देशन दिनु भएको छ ।
साथै उक्त कार्यक्रममा यस कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको तस्विरहरु..............

झापामा करिब ८९१९ घरधुरी बाढीका कारण प्रभावित समितिले झापामा करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरेक...
07/06/2024

झापामा करिब ८९१९ घरधुरी बाढीका कारण प्रभावित

समितिले झापामा करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुबानबाट प्रभावित हुने अनुमान गरिएको हो ।

प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरुसँग समन्वय गरेर विपद व्यवस्थापनका लागि एकीकृत योजना बनाइएको समितिले जनाएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति झापाले मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य योजना नै तयार गरेर सरकारी तथा गैरसरकारी संघसंस्थासँग आवश्यक सामग्रीको तयारी गर्न आग्रह गरेको छ ।

मेची, निन्दा, रतुवा, मावा, कनकाई, बिरिङलगायत दर्जनौँ नदीबाट हुनेसक्ने बाढी र डुबान प्रभावितलाई उद्धारका लागि लाइफ ज्याकेट, रबर बोट, रेस्क्यु हेल्मेट, प्लास्टिकजन्य ट्युब र एम्बुलेन्स तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरुलाई आग्रह गरिएको छ ।
#झापा_टुडे_अनलाइनबाट

सबै आमाहरु सचेत रहुनुहोला🙏 सुत्ने ठाउँमा झुल अनिवार्य प्रयोग गर्नु हुन अनुरोध गर्दछु 🙏 त्रियुगा नपा ४ बगाहा बस्ने राजीब ...
06/06/2024

सबै आमाहरु सचेत रहुनुहोला🙏 सुत्ने ठाउँमा झुल अनिवार्य प्रयोग गर्नु हुन अनुरोध गर्दछु 🙏
त्रियुगा नपा ४ बगाहा बस्ने राजीब राउतका १६ महिनाको छोरी राजस्बी राउतलाई २०८१ /०२ /२३ गते बिहान आफ्नो सुत्ने बेडमा खेलिरहेको बेला करेत सर्पले ६ ठाउँमा ड्सेको छ सामुदायिक सर्प दंश उपचार केन्द्र भुल्केले आवश्यक उपचार आवश्यक औषधी दक्ष प्राबिधिक सहित एम्बुलेन्सको सहायतामा नोवेल हस्पिटल बिराटनगरमा उपचार भइरहेको छ।
शीघ्र स्वास्थ्य लाभको कामना छ नानु तिमीलाई 🙏

झापाको धाईजनमा सडक किनारामा रोकिराखेको बोलेरोमा स्कुटीले ठक्कर दिंदा स्कुटीमा सवार दुबैजनाको मृ’त्यु भएको छ। मृत्यु हुने...
06/06/2024

झापाको धाईजनमा सडक किनारामा रोकिराखेको बोलेरोमा स्कुटीले ठक्कर दिंदा स्कुटीमा सवार दुबैजनाको मृ’त्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका वडा नम्वर ५ बस्ने वर्ष अन्दाजी २५ का लिला प्रसाद ढुङगेल र ईलामको रोङ गाँउपालिका वडा नम्बर ५ बहुवन बस्ने अन्दाजी बर्ष २९ को चेतन रीजाल रहेका छन् ।

चुलाचुली,  इलाममा अवस्थित पर्यटकिय स्थल ऐना पोखरीमा पौडी खेल्ने क्रममा डुबेर  चुलाचुली-४ निवासी  बिन्दा जोगिको मृत्यु भए...
06/06/2024

चुलाचुली, इलाममा अवस्थित पर्यटकिय स्थल ऐना पोखरीमा पौडी खेल्ने क्रममा डुबेर चुलाचुली-४ निवासी बिन्दा जोगिको मृत्यु भएको छ।।बहिनी प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सोकसन्तप्त परिवार प्रती धैर्य धारण गर्ने शक्ति मिलोस।।😥😥😥
फोटो: कृष्ण गीरी

Cricket Crazy Nepal fans watching   match📸SocialMedia
05/06/2024

Cricket Crazy Nepal fans watching match

📸SocialMedia

चाबहिलमा एक पुरुषले श्रीमती र ३ छोरीसहित आफैंलाई आगो लगाएजेष्ठ २३, २०८१Highlightsकीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै, २...
05/06/2024

चाबहिलमा एक पुरुषले श्रीमती र ३ छोरीसहित आफैंलाई आगो लगाए

जेष्ठ २३, २०८१
Highlights
कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै, २ जना सिकिस्त

काठमाडौँ —काठमाडौंमा एक पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका छन् ।
काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेका अनुसार सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएको जानकारी दिए । डीएसपी थेबेका अनुसार आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
२४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी मंगलबार राति झगडा गरी घटना घटाएको प्रहरीले जनाएको छ ।

05/06/2024

With Ishtu karkee – I just got recognised as one of their rising fans! 🎉

04/06/2024

झापाको बिर्तामोडमा देखिएको क्रिकेट क्रेज
T20 Craze 🤟🏻❤️

04/06/2024

Jay Nepal 🇳🇵
Best of luck to Team Nepal - we can do it - we will do it . BIRTAMODE JHAPA

04/06/2024
04/06/2024

Nepal vs Netherlands Cricket

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when गजबको TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गजबको TV:

Videos

Share