Aparichit Kavi

Aparichit Kavi "साहित्यकार हो शब्दसँग खेल्छु म "

19/06/2022

Happy Father's Day ❤️

हजुरले मलाई देखाएको बाटोमा सधै हिन्न सकुँ ।
हजुरले मेरा खुशी किने जस्तै तपाईंका सपना मैले किन्न सकुँ ।।

हजुरको शिरलाई सगरमाथा जस्तै उठाउने हिम्मत जुटाउन सकुँ ।
हजुर थाकेर बस्दा तपाईंका जिम्मेवारीलाई आफ्नो काँधमा उठाउन सकुँ ।।

म हिड्न सिक्दा हजुरका हात जस्तै म पनि तपाईंको बुढेसकालको लठ्ठी बन्न सकुँ ।
मेरो भविष्यलाई उज्यालो बनाउन आफु जल्ने हजुरको जविनको बत्ती बन्न सकुँ ।।

हाम्रो लागि परिश्रम गर्दा गर्दै खियाएका ति हातहरूमा चिल्लो लाउन सकुँ ।
धेरै इच्छा त छैन बुबा बस! तपाईंले छाएको त्यो चुईने भएको टिनको छानोलाई मैले छाउन सकुँ ।।

हजुरको जस्तै निश्चल र निस्वार्थ माया तपाईंका लागि साँच्न सकुँ ।
मलाई आफ्नो पहिचान हुनु छैन बुबा हजुरको छायाँ भइ बाँच्न सकुँ ।

मैले देख्नु भन्दा पहिला हरेक ठाउँ हजुरलाई देखाउन सकुँ ।
दुनियाँको मनमा होईन हजुरको मनमा योग्य छोरा भइ नाम लेखाउन सकुँ ।।

तपाईंका सारा खुशी हजुरले मलाई पस्की दिनु भयो जति स्वार्थी भए पनि जमना ।
हजुरको भाग्यमा लेखिएका हरेक दुःख मेरो भागमा परुन यहि छ ईश्वर संग मेरो कामना ।।

12/06/2022

World Day Against Child Labour 🖤

ओइलिनु हुँदैन

बालक सारा, भोलिका तारा शिक्षा हो सहारा ।
कलिला हात, कलिलो मन, थाम्दैन पहरा ॥

कलिलो पन, नेपाली मन, पढ्ने छ रहर।
कोमल पाउ, नयनी आँखा, सपना लहर ॥

कोपिला हामी, भोलिका फूल, ओइलिनु हुँदैन ।
बसेमा हामी, एकता साथ, वैरीले छुदैन ।।

आमाको आशा, भविष्य हामी, पाखुरा भोलिका।
भरोसा तोडी, देशलाई छोडी, बन्दैनौ डोलीका ।।

भोलिका शिर, नेपाली वीर, म झुक्नु हुँदैन ।
पौरखी हामी, वीरका छोरा, म लुक्नु हुँदैन ।।

15/02/2022

✨✨maya✨✨

😢
10/02/2022

😢

08/01/2022
04/01/2022
03/01/2022
31/12/2021

One day you are going to miss me 🥀🥺
And you will understand how much i love you ❤️💔

Address

Jhapa District

Telephone

+9779814041620

Website

Alerts

Be the first to know and let us send you an email when Aparichit Kavi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share


Other Digital creator in Jhapa District

Show All